Category Archives: नेपाली काव्य

Poetry

कविता : आशा र ज्याकरान्डा

~भुवनेश्वर शर्मा~ दरबारमार्ग उजाड हुंदा हामीले रूखहरू रोप्यौ ज्याकरान्डा र पैयुंका रुखहरू सुन्दरता ल्याउनलाई हिउंद आयो दरबारमार्गमा पतझड बृक्षका पातहरू झरे

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम छ

~शिरीष~ जन्मदेखि मृत्युसम्म जीवनको त्यो लामो यात्रा यसमा मेरो प्रेरणा तिमी, मेरो गीत हौ, संगित हौ । जन्म दिने आमा तिमी, ज्ञान र ममताको सागर सफलताको सही बाटो देखाउने प्रदीप हौ ।। बुवा तिमी सबैभन्दा सहयोगी मित्र हौ आत्मीय साथी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपालको निर्माण गरौ

~राजन पौडेल~ मेची देखी महाकाली सम्म, तराइ देखी पहाड सम्म चारै तिर बिकास को फुल फुलाउनु छ देश लाई अब प्रगती को मार्ग देखाउनु छ सारा नेपाली मिली नयाँ नेपाल को निर्माण गर्नु छ जाग नेपाली हो, हिम्सा र हतियार … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कहिलेकाही त नाच न चरी।

~नवराज दाहाल~ बथान छोडी चारोको आसमा नौ डाँडा काटी यहाँसम्म आयौ ति साथी-संगी , ति डाँडा-काँडा ति दिन सम्झी हाँस न चरी। त्यो हरियो फाँट त्यो चिसो बतास त्यो निलो आकाश, निस्फिक्री उडान तस्विर मनमा टाँस न चरी।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~केशव थापा~ चन्द्रमाको सतहमा उफ्रिनेनि मान्छे सगरमाथा चुचुरोमा पाइला टेक्ने मान्छे । बाटो-घाटो घर-पुल बनाउने मान्छे बनाएका आक्रितीलाइ भत्काउने मान्छे ।। मध्ये रातमा जाली नोट कमाउने मान्छे पसिनाले भाग्य कोर्ने मेहनती मान्छे । आकाशको छानो मुनी सडकमै सुत्ने मान्छे भोकै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनका उकालीहरु

~कमल भण्डारी~ जीवनका उकालीहरु तिमीलाई मैले सापटी दिएथे। एक हल मनको बगैचामा तिमीलाई नै नासोको रुपमा दिएथे। आज म जीवनको ओराली हिड्दै गर्दा जीवनका उकालीहरु सम्झिरहेछु। तिमिले भर्‍याङ् चढाउन खोज्दा मैले चढ्न नमानेका कथा पनि सम्झिरहेकि छु।

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल हाम्रो देश

~आभाष वाग्ले~ नेपाल हाम्रो देश बनाउनु छ, विश्व सामु हामी मिली चिनाउनु छ । नेपाल अब नेपालीको, हामी नेपाली, मिलिजुली सबै मिली हामी बनाउने । अङ्रेज पनि आए गए, राणा पनि छैनन्, राजातन्त्र सकीइ सक्यो, नेपाल हाम्रै हो। नेपाल हाम्रो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी घरको याद आयो

~सहदेव पौडेल~ काठे पुल तर्दै धुलौटे माटोमा खेल्न मन लाग्यो घासे चौरमा उफ्रदै बगर् बगर् दौडन मन लाग्यो फुल्दै गएको मेरी आमाको कालो कपाल केलाउन मन लाग्यो यसपटक फेरी घरको याद आयो बाक्लिदै गएको मेरो गाउ, पातलीदै गएको परिवार भेट्न … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गिन सपनाहरु

~उषा गिरी~ जीबनका रङ्गिन सपनाहरु जङ्गलका कन्दमुल खाएर होस् वा रमाइला क्षेणहरु लुटेर होस् भाबुकताको पोखरीमा स्वतन्त्ररुपमा अरुको मन नदुखाइ भुगोलको कुनै पनि कुनामा संकटहरुलाई भुली आफुलाई जलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~पवन चाम्लिङ ‘किरण’~ तिम्रो दु:ख मलाई लाग्छ मुटु मेरै दुखे जस्तो, तिम्रो आँसु मलाई लाग्छ मेरै आँसु बहे जस्तो । यति धेरै लाग्छ मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रफुल्लित मन

~केशर थुलुङ~ मन त्यसै-त्यसै फुरुङ्गिएको छ खुसीले नयाँ विचारले नयाँ पाइलाले मैले सोधेँ- कोसी किनारै-किनार हिँडिरहेका आमाबुबाहरुलाई भन्दै थिए उहाँहरु- साकेवा सिल्ली, मारुनी, सोरठी, कौरा, देउडा, च्याब्रुङ, वैरभ, धाननाच, लाठीनाच, लाखेनाच, देउसी-भैलो खेल्न /नाच्न हिँडेका हामी त उकालिदै आपस-आपसमा कुरा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय मान्छे

~कला राई~ यो धर्तीको सवैभन्दा नयाँ गीत गाएर सम्झनाको सवैभन्दा पुरानो प्रेम सन्देश बोकेर उडिरहने प्रिय बादल र मेरो प्रियतमको अनुहार आइरहन्छ आँखामा एकसाथ | समयलाई चुनैति दिएर दौडने

Posted in कविता | Tagged | Leave a comment

गजल : पैलो प्रस्ताव

~कृष्ण प्र. पाण्डे~ पैलो प्रस्तावमै यदि सत्कार पाए अझ कुन हाल होला ? पत्यार पाए मुटु दिनेलाई मुटु दिनेछु भन्ने मेरो मनलाई जित्ने बिचार पाए

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी नै तिमी पाउँछु

~रजित ओझा~ तिमी नै तिमी पाउँछु रानी आफु भित्रको हराईमा होश आजकल रहन छोड्यो भनाई र गराईमा लहराएर सँधै तिमी किन यसरि भागी दिन्छ्यौ ? तिम्रो आँचलको बुट्टा देख्छु ताराको त्यो झराईमा

Posted in कविता | Tagged | Leave a comment

कविता : खै के हो के हो?

~आर पि दाहाल~ म त तिमीलाई सम्झन्छु नि तिमी त खै के हो के हो? मलाई त लाग्छ तिमी आफ्नै मान्छे म त खै को हो को हो? हिजो हैन र? परिचय भएको आज फेरी को हो को हो?

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर र अवयव इन्द्रियहरु

~मोती चाम्लिङ~ शहर तिम्रो नेत्र ज्योती अद्यावधि ठिकै हो भने छदम कांचको चस्मा लगाउने रहर किन ।।? चुच्चे नेप्टे नाकको डाडीलाई सास्ती दिने हो भने, सदाकांक्षा वांच्दैन त सादा कात्रोले नयन छोप लौ ।। यसो गर्दा श्मसानको निनादमा संगीत अंकुरिन्थ्यो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~रामचन्द्र कार्की~ रुन्छौं आमा बनपाखामा, म शहरको माझमा, दियो बाली सम्झँदै हौली, मलाई झम्के साँझमा। बनका माझ खेतका आली, पानी धारा सँगै, रातदिन एकैनाश, आकाशका तारासँगै। गोठालो र घाँस दाउरा, जंगलको बास, मेलापात पधेरोले छैन, बेलामा गाँस। सगै हुदाँ साथ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : षड्यन्त्र

~तारामणि राई~ खट्प्वाल लिम्सो भित्तो झ्यालका काप अथवा कहीँ कतैबाट आईरहेछ- एक तमास षड्यन्त्रको गन्ध षड्यन्त्रको प्रपञ्च: -मेरो थात बास उठाउनका लागि हुन सक्छ -सर्बश्वहरणका लागि हुन सक्छ -अथवा यसो भनौँ मलाई दुई टुक्रा पारेर

Posted in कविता | Tagged | Leave a comment

कविता : रूख

~जगदीश घिमिरे~ कवि, केही त सार्थक लेख शब्द धेरै लेख्यौ केही सार्थक भाव पनि लेख तिमीले सधैँ फूलका कविता लेख्यौ अब रूखका कविता लेख हाँगाबिँगा र मूलका कुरा लेख ती अझ बढी सौन्दर्यमय र यथार्थ छन्जराका कुरा लेख ती जराले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यो मन र जीवन

~विश्वास दीप तिगेला~ यो मन क्षणक्षण टोलाइ दिन्छ खोइ बैरागिएर पो हो की यो मन बतासिन्दै बहिरहन्छ खोइ कुनै सीमा परिधि नपाएर हो की कतै माया पि्रर्तिलाइ गुथेर कतै बैशालु जोवनलाइ छोपेर फेरी यो मन र जीवन उडिरहन्छ उडिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : चोट

~डा. वानीरा गिरी~ चोट तिम्रो परशुको सशक्त प्रथम प्रहार मैबाट सुरु गर दुइ आँखाका कुलाबाट यस्तरी बगेर रित्तिऊन् पानीका धारहरू आँखा खडेरी परून् मेरा हरिया बनून् खेत तिम्रा र पाकिरहून् चोटका बालीहरू र पाकिरहून् चोटका बालीहरू तिमी र म मितेरी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरको कथा

~रुपेश राई~ इन्फेचुएसन जस्तै ईश्वर तिम्रो कथा। प्रेमको। रिमिक्स छ कथा। पात्रहरूले भोग्न परेको। मान्छेको आस्था। तिमी वेपर्वाह छौ। तिम्रो नाटक। विपरित लिङ्गमा। प्रयोजनीय छ। कार्यकलाप पनि। कथानक होला अलिक फेरबदल। प्रश्न उठ्छ। शिवलिङ्गमा अङ्गालिएकी युवती,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीमात्र सत्य होइनौ

~शशी लुमुम्बू~ यस पृथ्वीमा — तिमीजस्ता धेरै मानिसहरू बस्दछन् तिमी जे सोच्दछौ त्यो तिनीहरू पनि सोच्न सक्दछन् तिमी जे बोल्दछौ त्यो तिनीहरू पनि बोल्न सक्दछन् देख्दछन् तिमीले झैँ उनीहरूले पनि सुन्दर सपना नठान— ममात्रै सत्य हुँ र, भ्रम हुन् अरु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी को हौ ?

~विक्रम सुब्बा~ तिमीलाई पहिलोचोटि देखेपछि मेरा हराएका घाम जून भेटेजस्तो लाग्यो तर तिमीले भन्यौ यी त मेरा आँखा हुन् मेरो सपना पनि हराएको थियो हेर्दै लाँदा त्यो पनि तिमीमा भेटेजस्तो लाग्यो तर फेरि तिमीले भन्यौ यो त मेरो शरीर हो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नाँउ छैन

~कल्पना राई~ नदी मिल्छ दोभानमा, हामी मिल्ने ठाँउ छैन कस्तो माया बस्यो हाम्रो जसको कुनै नाँउ छैन डालीबाट फूल झर्यो, काँडा देख्छु हाँगाभरी ढुङ्गामाथी बज्रिदिन्छ मन यहाँ छाँगासरी

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो भगवान

~ईश्वरी कार्की वर्षा~ आँ आँ गर्दै पहिलो पटक मैले सिकेको शब्द हो आमा मैले गरेको पहिलो स्पर्ष आमालाई हो । याद छ मलाई आफ्नो भाग्को भन्दा आमाको भागको मीठो लाग्थ्यो । मेलापातबाट थाकेर घर पस्दा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मुखाँ हानु जस्तो

~प्रेम ओली~ अफिस गयो काम गराउने घेर्ने भ्याइ नभ्याइ गर्‍यो काम हाकिमले ढिला सुस्ती भनि हेर्ने साहायकलाई अह्रायो टेर्दै नटेर्ने टेन्सनले एक प्याक तानु जस्तो थुइक्क जागीर ! मुखाँ हानु जस्तो । जति राम्रो गरे पनि पत्रकारको कलमले सधै नराम्रो … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : साँढेको सिङबाट चुहेको दूध

~पुरुषोत्तम दाहाल~ मेरा आँखा अगाडि बुर्लुक्क उफ्रने साँढेका सिङहरूबाट अजस्र ‘दूध’ का धाराहरू चुहिरहेका छन् र मानव भीड पङ्क्तिबद्ध दूधेरो बोकेर उभिएको छ कसैका बाल्टीभरि दूध छ कसैका करुवाभरि कोही त ड्रम बोकेर आएका छन् गाउगाउहरूबाट बस्तीहरूबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति आइनन्

~यतिराज अजनबी~ अणु बमको बिष्फोट संगै धुजा धुजा भएर च्यातिएकी, पिइसकेको रक्सीको बोतलसंगै फ्यालिएकी, फुत्किएकी मेसिन् गन मिजाइलहरूबाट, त्यो कोलाहलदेखि ज्यानमारा बन्दी झैं हिडेकी आश्रयको खोजीमा कहीं, रावणले हरेकी सिता झैं खोसिएकी मेरो जिन्दगीदेखि, प्रचण्ड हुरीको चक्रब्यूहले रन्थन्याएकी, आकस्मिक भीमकाय … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो कुन हो माया

~राम कृष्ण आचार्य~ अल्मलिएको मनको प्रश्न मेरो कुन हो माया, हजार तारा हो की कहीँ एउटा जुन हो माया | सम्झनाले रोपी रोपी घाऊहरु बनाइदिन्छ, मन मात्र कि नसा नसा बग्ने खुन हो माया |

Posted in गजल | Tagged | Leave a comment

कविता : सुदूर भविष्यवाणी

~बिष्णु सुवेदी ‘दोलखे’~ कुनै नयाँ शताब्दीको एक साँझ अनायास जानेछ एउटा डरलाग्दो भूकम्प ! र उँभो– उँभो पहाडतिर बग्न थाल्नेछन् नदीहरू ! रङ्गहरूले सिंगारिएर बनेका मालिकका गुँडहरू भग्नावशेष लडिरहेछन् यत्रतत्र !

Posted in कविता | Tagged | Leave a comment

कविता : आग्रह

~आश्रय रवि~ काडाँघारीको जंगली मान्छेलाई फूल नपठाईदिनु महोदय जब कि मलाई फूलभन्दा काडाँनै प्रिय लाग्छ म चाहन्छु फूलको अपमान नहोस् अध्यारै-अध्यारो

Posted in कविता | Tagged | Leave a comment