Category Archives: नेपाली काव्य

Poetry

कविता : एटलान्टिक प्रेम

~राजव~ सायद तिम्रो पिँडुला देखेर अथवा तिम्रो खुट्टाका सङ्गला औंला देखेर अथवा भुइँमा तिनको नाङ्गो स्पर्श देखेर केले हो मैले तिमीलाई प्रेम गर्न थालेको एटलान्टिक सागरको यो एकान्तको बालुवाको न्यानो स्पर्श गर्दै सोच्दै छु म त्यस्ता के कुरा हुन् जसले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : प्रयास

~ज्ञानेन्द्र स्थापित~ संध्या को सुन्दर दृष्याबली मा मुग्ध हुँदै कल्पना को मिठो अनुभूति मा चुर्लुमिन्न खोज्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : बेड नम्बर मेटिएका बेडहरू

~विप्लव ढकाल~ मध्ययुगीन अन्धकारको एउटा विराट शून्यतालाई चिरेर यति अमूर्त लयमा— को रुादै छ बाहिर ? ‘हुँ हुँ हाँ ! … हुँ हुँ हाँ !!’ ‘हुँ … हुँ … हाँ ! … हुँ … हुँ … हाँ !!’ कि कुनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी घोषणा

~युद्धप्रसाद मिश्र~ चुराका हत्कडी पोते मिसाएको छ गलफन्दी गरेको धरपकड देखी रहेका छौं भई बन्दी हजारौं नारीका बन्छौ तिमी चाहिँ भने स्वामी मरेको च्यानलाई के कुरी राखौं सधैं हामी

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तै छ यहाँ

~“जीवन्त” रुकु~ विश्वाश भित्र धोका दिनेहरु भेटिन्छन् , आफ्नहरु नै पाराया भईदिन्छन् । जब दु:ख पर्छ आफुलाई , दुनियाँ सारा बिराना भईदिन्छन् ।। हिजोको दिन भुल्छन यहाँ , आज मात्र देख्ने भेटिन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पालमा प्रेम

~श्यामल~ तिमीलाई मैले देखेको उहिल्यै हो तर हामी बस्थ्यौं हामीले नै बनाएका पर्खालै पर्खालका घरमा सिमेन्ट र छडहरुले बनाएका अति गहँगा मनजस्ता चिसा चिसा घरमा । भुर्इंचालोले हामीलाई देखाइदियो वास्तविक घर प्रेमले ढलान गरिएका न्यानो सासले स्पर्श गरिएका आफ्नै करङहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अछुतको प्रेमगीत

~अभय श्रेष्ठ~ सहृदय वेश्याको प्रेममा मैले उसलाई गरेको प्रेम श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन । जस्तो कि तपाईंलाई थाहा छ-

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~अमर नेम्बाङ लिम्बू~ आज म मात्र कोठामा सुतिरहेँ, केवल मेरो मनमात्र घुम्नगयो बाहिर । कुनै वेला मेरो मनले बाहिर एउटा अग्लो रुखमा बसेर चियाइरहेको हुन्छ संसार। कुनै वेला मेरो मनले बुर्कुसी मार्दै चुम्नपुग्छ टाढा एकार्कामा अडेस लागेर उभिएका म्लान पहाडहरूलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राजमार्ग

~विश्व राज भेटुवाल~ लमतन्न परेर सुतेको हिउुद बर्खा र झरी ओस र घाम खायको यक निरिह आफ्नो शरीर भरी खाल्टै खल्टा लियर खन्डहर हुन लाग्दा पनि अरुको बोझ बोक्न तल्लिन राजमार्ग ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : म त फूल थिए

~ईलामेली टीकाराम दुलाल~ तोटक छन्द जुन ठाँउ थिएँ फुलदै म थिएँ रसरङ्ग सुवाश दिदै म थिएँ म फुलेँ भनि है कुन स्वार्थ लिएँ तर एक यहाँ म त फूल थिएँ ।।१।। कति मन्दिरको म प्रसाद भएँ भमरा कतिको म त … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~मुक्ता सापकोटा~ देशले परिवर्तन चाहेको थियो हेर, अयोनित, ठूलै आयो धेरै ठूलो, चाँहेको भन्दा थाम्नै गार्हो, मानौ फन्दा थामोस् नि कसरी, बिचरो बारम्बार एक पछि अर्को आशा ठूलै फट्को मार्ने फट्को त मारेकै हो ने फगत परेछ उल्टो दिशा जातियताको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाबु तँलाई धिक्कार छ

~रेशम बोहोरा ‘भाबुक’~ परिवर्तनका कुरा गर्र्थिस् मुक्तिका कुरा गर्र्थिस् यो देशमा, हाम्रा दिन आउँछन् पनि भन्थिस् हजारले मुक्ति पाउँदा एकाध मर्नु गौरव हो पनि भन्थिस् । त्यसैले, तँ सहिद बनेको खबर सुन्दा मेरो छाति गौरवले चुलिएथ्यो तेरो मृत शरिरमाथि हर्षले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गुलाबविरुद्ध

~देवकी अभिलाषी~ फेरि अब फुल्नेछैन गुलाब बोटमा निर्दोष हरिया हाँगाहरूले गर्नुपर्ने छैन मृत्युवरण तिमीले कलमी गरेर जबर्जस्ती सारेका बेमौसमी बोटमा यसपालि गुलाब फुलेन ठीकै भो

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमकम्पन

~तारा ज्ञवाली~ त्रिशुली तटमा……….. भूकम्पले पनि हल्लाउन नसकेको हृदय हल्लाईरहेछ – तिम्रो यादले प्रकम्पनको पीडाले पनि नगरेको लगातारको प्रहार

Posted in कविता | Tagged | Leave a comment

कविता : एकान्त

~आभास~ एकान्तमा पनीको तप् तप् बज्छ र गुनगुनाउन थाल्छ पिपलको पात एकान्तमा शीत झर्छ र फक्रनथाल्छ सयपत्री फूल एकान्तमा

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रपति

~सुदर्शन राजोपाध्याय~ थिएँ म एकदिन सयपति भइयो पनि एकदिन म हजारपति भन्छन् आजकल मलाई लखपति हैन म अरबपति करोडपति रहर छ बन्ने खरबपति हुने छैन म पतिदेबको पति उफ ! गन्हाउने भएछ त्यो सुन्दर वाग्मति चाबहिल भएछ अब त्यो चारुमति

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्य सुबेला

~कणाद महर्षि~ अहिलेभन्दा पहिले राम्रो लेख्थेँ भनूँ भनूँ लाग्यो आफूले आफैँलाई सोध्न मन लाग्यो – हो कि होइन? अब उत्तर म के दिऊँ सोधेको आफैँले

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वर्गीय कविताहरु

~उमेश राई ‘अकिञ्चन’~ नाराहरुका पछि दौड्दै आएका जुलुसझैँ कहाँ हराए निर्माणाधिन क वि ता हरु कुनै गुरिल्लाको

Posted in कविता | Tagged | Leave a comment

गजल : थाकी सकेँ म

~राम शरण श्रेष्ठ~ राम्रो सोच्दा सोच्दा थाकी सकेँ म ।। बुद्ध खोज्दा खोज्दा थाकी सकेँ म ।। किन मेरा कुरा पनि कोहि सुन्दैनन् ब्यथा पोख्दा पोख्दा थाकी सकेँ म ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरो सामु नआऊ अब

~तीर्थ संगम राई~ परायाको सिन्दुर हाली मेरो सामु नआऊ अब अरुसँग मलाई जस्तै झुटो माया नलाऊ अब सुहागरातको बिछ्यौना तिम्रो प्रिय हुन्छ जब सतीत्वको स्वाङ् पारी उसलाई पनि नदाऊ अब

Posted in गजल | Tagged | Leave a comment

कविता : गाउँ छोडेको दिन

~फूलमान वल~ मैले गाउँ छोडेको दिन चराहरुले गीत गाउने छन यो तोरीबारी, यो अम्रिसोघारी, यो गोरेटो, यो चौतारो, सब–सब हुनेछन अंध्यारो र, भन्नेछन– ए परदेशी, जाने नै भए, लैजाऊ – तिमीले गोरेटोमा बनाएका पद्छापहरु लैजाऊ – तिमीले सुनाएका साँझभरीको सेलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कचिंगलै कचिंगल

~एन.बी. लामा~ हर काम कुरामा अहिले देखिन लागिरहेछ कचिंगलै कचिंगल बहुनायकवाद चलेको बेला विविध हुन लागेको पाइन्छ छलफल आफ्नो विशेषता दर्शाउने हो या अरुलाई झिट्ने दाउले हो ? देखिन्छ खनेको असन्तुष्टले पासो थाप्ने खाडल कचिंगलै कचिंगल

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँसुरी

~सुधीर ख्वबि~ एउटा मान्छेले उहिले देशलाई बाँसुरी ठान्थ्यो खूब बजाइरन्थ्यो | ऊ बाँसुरीलाई ऊखु जस्तै चुस्थ्यो कहिले लट्ठी बनाइ प्रयोग गर्थ्यो कहिले शान्तिको राग अलाप्थ्यो कहिले बिकासको धून सुनाउथ्यो बाँसुरी उस्को लागी प्रजातन्त्र थियो यो अस्तिको कुरा हो |

Posted in कविता | Tagged | Leave a comment

गजल : बिबाद मात्र चल्यो आज

~सरस्वती शर्मा ‘जिज्ञासु’~ शान्ति फुल्ने मेरो देशमा बिबाद मात्र चल्यो आज आस्था विश्वाश नेपालीको क्ष्यडभर्मै ढल्यो आज सुन्य सुन्य उराठ्लाग्दो गाउघर बस्ती देख्दा पौरखी यो शरीरको अंग- अंग गल्यो आज

Posted in गजल | Tagged | Leave a comment

कविता : घरको सम्झना

~बासु श्रेष्ठ~ दशैं बित्यो तिहार बित्यो विदेशमा दाई सुख छ कि दुख छ कि हेरि देउ आई आमा बावु साखा सन्तान देशमा नै छोडेँ सँधै जस्तो हिजो पनि ओछ्यानीमा रोएँ । आउँछु भनि पियारीलाई कति कसम् खानु दुई पैसा साथ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सञ्जीवनीहरु

~आयाम फुयाल~ एउटा लाम्चो क्यानभास… त्यसमा कोरिएको, मेरो मातृभूमिको रुन्चे आकृति, मेरो मातृभूमिको करुण रोदन, अनि, मेरो मातृभूमिको निसार चिच्चाहट! दृश्य एकमा म नियाल्दछु- आजभोलिका उराठलाग्दा दिनहरु, कहालीपुर्ण चर्किएका भाष्करका रश्मि, शून्य अस्तित्व बोकेका मेरा छाया र मरेतुल्य नरहरु! सुनकोसीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : लिलिपुटहरु

~तीर्थराज अधिकारी~ लिलिपुटहरुलाई सर्वोच्चताको सपना देख्न कतै कुनै निषेध छैन तर विडम्बना !

Posted in कविता | Tagged | Leave a comment

कविता : २०१२

~अमन महर्जन~ लगाई अदृस्य हत्कड़ी हातहरु, बाँधी छबी पट्टी आँखाहरु बिचल्ली मनस्थितिहरू, सुसुप्त मस्तिस्कहरू कहाँ बिदेशी झिलिमिली त कसैको अन्धकार रात कहाँ काकटेल पार्टी त कहाँ के खाने “भोलि” को समस्या यो हुने र नहुनेको दोसाँघ यो धनि र गरीबीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लुंङ्मारी मिथक

~मनु लोहोरुङ~ काल्पनिक वायुयानबाट भू-मध्यसागरको तटमा अवतरण हुँदाको पल, पूर्वतिर फर्किंदा बादलमा खाडलमाथिको जमिन र्सलक्क आफ्नै…. भूमिको मानचित्र देख्छु । ढुंगे मनको पहाडहरु अब बिस्तारै खस्छन् विचारका ब्लास्टिंग पड्किनु र पड्काउनुको ऊँभो गतिले चोइटिएर..

Posted in कविता | Tagged | Leave a comment

कविता : रानीचरी

~राहुल पुन~ हिमालका चुलिहरूमा पहाडका टाकुरीहरूमा तराईका फाँटहरूमा गाउँका पाखाहरूमा शहरका गल्लीहरूमा खरका झुपडीहरूमा सुतेका वस्तीहरूमा झुकेका पखेरीहरूमा बिहानीको किरणसँगै उज्यालोको संकेत गर्दै चेतनाको संगीत भर्दै बोलिरहेछ रानी चरी गाइरहेछ दिलखोली

Posted in कविता | Tagged | Leave a comment

गजल : उपहार हो मान्छे

~उमा गौतम~ इस्वरको बर्दान अनी उपहार हो मान्छे जन्मी संसारमा यसै बिलिने भो मान्छे अस्मितालाई फिजाएर धर्तिसग जुद्दाजुद्दै शैतान भन्दा पनि तल खस्यो यो मान्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : आफ्नो प्यारो जन्मभूमी

~कोमल प्रसाद भट्ट~ आफ्नो प्यारो आँगनीमा,नटेकेको धेरै भयो कस्ती भईन जन्मभूमि,नदेखेको धेरै भयो डाँडा काँडा पहरामा,घुम्थ्यौँ अति रमाउँदै देउरालीमा चोखो ढुङ्गो,नभेटेको धेरै भयो

Posted in गजल | Tagged | Leave a comment