Category Archives: नेपाली काव्य

Poetry

व्यङ्ग्य कविता : गणतन्त्रको पुतला

~नरनाथ लुइँटेल~ खोलो अब तलतिर होइन मास्तिर बग्छ आकाश निहुरिएर भुइँमै लम्पसार पर्छ र अब जमिन उचालिएर आकाश बन्छ यो उलटपुलट हो, यो फेरबदल हो समयले ल्याएको जबरजस्त अदलबदल हो । गणतन्त्रको स्वप्नवगैँचामा फुलेको म जुही हुँ, जाई हुँ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : समयको अदालतमा दामासाही परिचय

~इन्दु अंशु~ बल्ल बुझेँ बाटो किन मोडयौ तिमीले, दौडको दामासाही प्रतिस्पर्धामा किन हारलाई बारम्बार मसँंग जोडयौ घटना त सुनियोजित रहेछ नि ! लजालु प्रतिमालाई मनभित्र गोडयौ, एक पोल्टो प्रेमको घाम बोकेर तिमी भए ठाउँमा आउँदा मैन, तिमीले स्वीकारेकै थियौ मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनः प्रेमपत्र

~अनन्तभद्र लामिछाने~ ऊ पर, क्षितिज पारिबाट, निरन्तर, अनवरत आइरहेको यो कोलाहलका बीच म तिमीलाई यो प्रेमपत्र लेख्दै छु । मनभित्र गुम्सिएका असङख्य पीडाहरु

Posted in कविता | Tagged | Leave a comment

सिजो : नजरको तीर

~सुष्मा मानन्धर~ नजरको तीरले हान्ने त मुटुमै हो भुतुक्क भै ढले पनि

Posted in सिजो | Tagged | 2 Comments

गजल : पग्लिएर तरल बन्छ

~कमल प्रकाश पौडेल ~ ठोस पार्छु भनी सोच्यो, पग्लिएर तरल बन्छ बिर्सूं, बिर्सूं, फेरि बिर्सूं, सम्झना नै हरपल बन्छ ।। साँच्चै खोज्यो नसम्झन, प्रयास ग¥यो बिर्सन मन मुटु तिर्सनाले, खहरेको भेल बन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : आँसु रीत रहेछ जिन्दगानी

~गोविन्द लुइँटेल~ बाहिर हाँसो भित्र आँसु रीत रहेछ जिन्दगानी कहिले मिलन कहिले विछोड प्रीत रहेछ जिन्दगानी एउटा लेख्ने अर्को सुन्ने संगित त्यो संगितकारको भाव स्वर मिलार्इ गाइने गीत रहेछ जिन्दगानी

Posted in गजल | Tagged | Leave a comment

छोक : अन्धकार

~किशोर पहाडी~ देखिँदैन सेतो हुँदै गएको मेरो कपाल, चर्किंदै गएको भित्ता आफ्नो घरको, देखिँदैन क्यालेण्डर पनि दिनगन्तीको — घटदै गएको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि र कविता

~कृष्ण पहारी~ यहाँ लेख्ने मात्रै कवि हुँदैनन् पढ्नेहरू पनि कवि हुन्छन् सुन्नेहरू पनि कवि हुन्छन् र पो कवितालार्इ ताली पिटिइन्छ हाँसिन्छ कविता पढ्दा पढ्दै रोइन्छ कविता पढ्दा पढ्दै अनि लेख्न थालिन्छ कविताका बारेमा समीक्षा र टिप्पणीहरू ।

Posted in कविता | Tagged | Leave a comment

गजल : नदिको पार नबनिदेऊ

~कृष्ण पौड्याल~ वारी भएछु तिमी नदिको पार नबनिदेऊ। रानो बिना अशुभ मौरिको घार नबनिदेऊ॥ सिक्काको दुई पाटा हौं सक्दिन अलग हुन। समाउदा पोल्ने करेन्टको तार नबनिदेऊ॥

Posted in गजल | Tagged | Leave a comment

इन्द्रेणी शर्मा ‘जलद’का नौ हाइकुहरु

~इन्द्रेणी शर्मा ‘जलद’~ मनको दियो निभ्न नदेउ बाळ नारी जीवन तिमीले चिन्यौ ? शायद चिनिनौ कि ? मेरो बिस्वास !

Posted in हाइकु | Tagged | Leave a comment

गजल : सयौ थरि फुल हामी

~उमेश राई~ फुल्न कहिले नपाएका सयौ थरि फुल हामी कसिंगर भै बिझाईएको नजरको धुल हामी पहिचानको कुरा गर्दा देश द्रोही नाम पाइयो समानताको दियो बाल्न सधैनै ब्याकुल हामी

Posted in गजल | Tagged | Leave a comment

गजल : दुखेको बेला झर्केर नहेर !

~हरि सिंह माल “मुस्कान”~ मनको घाउ दुखेको बेला झर्केर नहेर ! बिचमै एक्लै छोडेर गयौ फर्केर नहेर !! अतित सम्झी आएको थिए घरको छेउमै ! बाटैमा भेट्दा यसरी आँखा तर्केर नहेर !!

Posted in गजल | Tagged | Leave a comment

कविता : स्पष्टिकरण

~गणेश कार्की~ एकोहोरो बातले पर्छार्छौ भने धित नमरुञ्जेल आकाशबाट चट्टानमा पछार मलाई दुखोस् यो तन र,म बुझ्न सकुँ म पनि जिउँदै रहेछु/बाँचेकै रहेछु धित मरिसके पछि पनि पुषको ठिहीमा हिउँले पुर मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : महोत्सव

~युद्धप्रसाद मिश्र~ अशान्तिको धरित्रिमा छ आज दन्केको चिता उखाडिनु छ दुर्दशा हुँदै प्रभुत्ववादिता मिटाउने गरीवका रगत् निचोरने प्रथा उदीयमान छन् हुँदै मनुष्यमा मनुष्यता

Posted in कविता | Tagged | Leave a comment

छोक : इच्छा

~आभास~ तिम्रो मन सागर भैदिए म त्यहाँ पौडने थिएँ माछाको जुनी बाँच्ने थिएँ तिमीले स्वीकृति दिइदिए तिमीभित्रै हराउने थिएँ

Posted in कविता | Tagged | Leave a comment

गजल : रुन्छौ रे किन हो

~भिम बहादुर थापा~ म छँदै व्यर्थैमा रुन्छौ रे किन हो अनुहार आँसुले धुन्छौ रे किन हो ** रहर् सोध्दा बोलेनौ, ईरादा खोलेनौ नौरङ्गी सपना बुन्छौ रे किन हो

Posted in गजल | Tagged | Leave a comment

कविता : बने मै आफु अन्जानी

~गणेश पुर्बछाने मगर~ हिड्दा हिड्दै जीवन को यो गोरेटो मा धेरै ठाउमा ठक्कर खाइयो प्रियसी को आस जवानी को जोश मा दिए चोखो प्रेम सबै स्वार्थी माया पाइयो जीवन भन्नु हाम्रो अनुभव को संगालो पो रहेछ आज हो या भोलि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म आगोमा फुल्छु

~बाजुराम पौडेल~ आगोको पनि धर्म हुन्छ यसको छोई नपोल्ने हुनु काँडाको पनि धर्म फूलसँग भै घोच्दा नदुख्ने हुनु धोएका मनभित्र पस्न त्यसरी आगो तरेली बनी लाखौँ हात उठाइदिन्छ युगको भाका करोडौँ लिई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार

~बिना तामाङ ‘सुनगाभा’~ हो उ आदिम मान्छे जान्दैन थियो हिड्न क्याटवाक खाँदैन थियो अर्काको श्रम लाउँदैन थियो विकनी तर, एउटा युुग चपाएर आएपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : धुलो टक्टकाउँदै उठिरहेको छु

~गोबिन्द छन्त्याल~ पढाईरह्यौ तिमीले इतिहास हिजोदेखि आजसम्मको दपर्ण राजा, महाराजा एउटै नश्लीय शासकको एकलकाँटे, एकलव्य र एकमना । खुनी इतिहासका पानाहरू पल्टिरहे इन्द्रेणी समाजको मुख जबर्जस्त थुनिरह्यौ तर, सास्वत सत्य परिवर्तनशिलता र गतिशिलताले

Posted in कविता | Tagged | Leave a comment

गजल : सपनाकै बात मिठो

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ सपनाको भेटघाट सपनाकै बात मिठो तिम्रो याद बल्झाइ दिने घटनाकै बात मिठो . उर्लिएको त्यो नदीको स्वर सुन्दै डर लाग्छ पहाड माँझ झर-झर झर्ने झरनाकै बात मिठो

Posted in गजल | Tagged | Leave a comment

कविता : गज्जबको र’छ सोच

~सागर कार्की~ सोच्दछु म केही पृथक अनि बिल्कुल युवा सोच । सोच सुन्दर हुन्छ, सोच बलवान हुन्छ, अनि, बार्दलीबाट आकाशमा उदाउदै गरेको सुन देखेर

Posted in कविता | Tagged | Leave a comment

कविता : धन कमाएका छोराहरु

~डा. हिरण्यलाल ज्ञवाली~ छोराछोरीले धेरै धन कमाए आफ्नै आर्जनले घर बनाए सामान सजाए ÷ मान्छेलाई कजाए जो उनका आमाबाबुले गर्न सकेका थिएनन त्यसैले सम्पन्न छोराछोरीले आफ्नो आर्जनको घरमा आमाबाबुलाई बास दिएनन

Posted in कविता | Tagged | Leave a comment

कविता : पिखुवा

~हेमन यात्री~ हतुवागढी! नपछ्याउनू मलाई निदहरूमा मलाई भेटेको दिन मैलेजस्तो एक्लै बग्नुपर्नेछ तिमीले। तिम्रो आाखाजस्तै त हुा म नहेर्नु किनारमा आएर नखेल्नु बगरमा आएर कुनै बेला उर्लन सक्छु म

Posted in कविता | Tagged | Leave a comment

छोक : मान्छेको चरित्र

~आभा शर्मा~ उताको यता, यताको उता तलको माथि, माथिको तल जुन जता नाचे पनि ठीक जुन जता राखे पनि ठीक मान्छेको चरित्र सके दाब्ने,

Posted in कविता | Tagged | Leave a comment

कविता : सोध्न मनलाग्छ

~गीता थापा ‘दोषी’~ प्रचन्ड गर्मीको तातो राप औशीको कालो रात त्यो सब प्रवाह नगरी काख रित्तो बनाइ सिउँदोको सिन्दुर पुछी भित्र्याएको गणतन्त्र आज सत्ता र भत्ताको सम्मोहनमा परेको देख्दा सोध्न मनलाग्छ, कहिलेसम्म चल्छ मार्ने र मर्ने खेल ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अग्लो र होचो

~बिनोद प्रधान~ अग्लोले होचो नहुनु भन्छ होचोले अग्लो नहुनु भन्छ कुर्कुचादेखी टाउकोसम्म्को उचाइमा छौ यहाँभन्दा माथि अझ कत्ती अग्लन्छौ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : माटोको गन्ध

~मातृका पोखरेल~ यो माटोमा तिमी सँगसँगै मैले पनि भेटेको छु मेरा पुर्खाहरुको पसिनाको गन्ध । तिम्रै जिजुहरुले सुनाएका कथा हाम्रै हजुरबाले सुनाएको कथा हामीले सँगसँगै सुनेका थियौँ तिमीले बिर्सियौ कि के हो ? तिमीलाई याद हनु पर्छ अगेनाको डिलमा बसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : चुपचाप

~प्रवीण खालिङ~ स्सस्स्स्स्स…… हल्ला नगर अहिले सबैको मन सुतेको छ तिम्रो सानो हल्लाले बिउँझन सक्छ, उसको चेतना चेतना ब्युँझियो भने यसले के के विगार्छ थाहा हुँदैन के के ढाल्नसक्छ पैह्रो जान सक्छ, आसन जानसक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जेल

~कृष्णसेन ईच्छुक~ म पर्खालभित्र छु तिमी पर्खालबाहिर छौ म पहराभित्र छु तिमी पहरा बाहिर छौ म यातना गृहमा छु तिमी खुल्ला शिविरमा छौ सिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक पऱ्यो र ? मित्र, अर्काको मुट्ठीभित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको पोष्ट र मेरो कमेन्ट

~डिल्ली मल्ल~ मलाई विश्वास छैन– आज म नयाँ कविता लेखिरहेछु र, भोलि कुनै अखबारको साहित्यिक पेजमा वा कुनै साहित्यिक अनलाइनको पृष्ठमा वा कुनै साहित्यिक फेसबुकको भित्तामा मेरो फोटोसहित यी पंक्तिहरु झुण्डिनेछन् कविको परिचय खोज्दै र, दुनियाँले घोषणा गर्नेछन् नेपाली साहित्यको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार बुद्धिको मान्छेसँग !

~उदय निरौला~ रूखका पातलाई सडक पेटीलाई गुमनाम मान्छेलाई स्पर्श गरिरहेछ लगातार गुमनाम प्राणलाई थाहा भएन हावाको प्रकृतिको अमोल स्नेह थाहा भयो फगत हिंसा क्रोध, घृणा र दुर्गन्ध । ियहाँ यस्तै हुन्छ आकाशमा बादल लाग्छ

Posted in कविता | Tagged | Leave a comment