Category Archives: नेपाली काव्य

Poetry

कविता : धरहराले भनिरहेछ …..

~रन्जु ‘मार्ग’~ ए मान्छेहरु ! म धरहरा , मलाई बनाउँदा- कतिका औंलाहरू खिय होलान् – कतिका रगतहरु बगे होलान् – कतिका पसिनाहरू तप्के होलान् भोक -भोकै कतिले इँट्टा र माटो ओसारे होलान् एक पल्ट सम्झ त तिम्रा ती निरीह पुर्खाहरुलाई

Posted in कविता | Tagged | Leave a comment

छन्दबद्ध गजल : हराएँ म

~जीवराज बुढाथोकी~ छन्द : मेची कल्पना मै हराएँ म । तर्कना मै रमाएँ म । मन्भरी तिर्सना बोकी, पाउ चाल्नै डराएँ म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : उस्को मन खाली थियो

~निर्मला अवस्थी~ मैले बास माग्न जाँदा उस्को मन खाली थियो दूई जना अटाउने सानो एउटा पाली थियो।। रमाइदिएँ त्यै पालीमा गुराँस जस्तै फूलिदिएँ हाम्रो बाग सजाउने उ चाहीं राम्रो माली थियो।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो साथी

~निर्मला अवस्थी~ बल्ल मैले पाएको छु भने जस्तो साथी कहिले राख्छु आफ्नै काखमा कहिले टेबुल माथी।। मेरा मनका कुराहरु सबै टिपोट गरी जोगाएर राखिदन्छ पाना भरी भरी ।।

Posted in कविता | Tagged | 1 Comment

गजल : सबै खाली खाली

~निर्मला अवस्थी~ के हुनु र मस्तिष्कमा सबै खाली खाली सोच्नै केही सकिएन नेता परे जाली।। बिकास र योजनाका काम ठप्प पारी खाने बेला सबै मिली बजाउँछन ताली।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मलाई सर्न मन लाग्यो

~निर्मला अवस्थी~ तिम्रो मुटु नजिक मलाई सर्न मन लाग्यो तिम्रै आँखा वरिपरी चर्न मन लाग्यो।। तिम्रा दु:ख पीडा सबै उखेलेर फाली रंगीचंगी फूलको बिऊ छर्न मन लाग्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : चल्न देउ

~निर्मला अवस्थी~ नचाहिदा हल्लाहरु चल्छ भने चल्न देउ तिम्रो मेरो बिचमा कोही जल्छ भने जल्न देउ।। हामी दुई बिचको साइनो अजम्बरी हुने गरी झ्याङ्गिएर लटरम्म फल्छ भने फल्न देउ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : पशुपंक्षी बली नदेउ

~निर्मला अवस्थी~ अक्षता र फूल-पाती यति भए पुग्छ मनमा श्रध्दा विश्वास राखी आइदिए हुन्छ सन्तान र आमाको हो तिम्रो मेरो नाता पशुपंक्षी बली नदेउ भन्छिन् दुर्गे माता। माया जस्तो ठूलो कुरा के छ अरु दिने सोच्नुहुन्न कहिलेपनि अरुको प्राण लिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~निर्मला अवस्थी~ कहिले यो मन पथ्थर जस्तो कहिले शीशा जस्तो कहिले हुन्छ फूल जस्तो किन हुन्छ यस्तो? घरी घरी रुन्छ यो मन कहिले हाँसिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : गोली चलिरहेछ

~बिमल गुरुङ~ ढुँगाहरु छानामाथि बर्सिरहेछन् बर्षाको पानी के ! ढुँगाहरु बर्सिरहेछन् थाना बाहिरको प्रहरी भ्यान चकनाचुर भइरहेछ गोली चलिरहेछ । केटाहरु बाहिरबाट ढुँगा हानिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षर चिन

~अरुणबहादुर खत्री “नदी”~ सकेन उसले अक्षरहरु राम्ररी चिन्न उसको हातले जानेन कलम चलाउन तर, बन्दुक चलाएको छ उसले

Posted in कविता | Tagged | Leave a comment

कविता : म पागल !

~कृष्णराज खनाल~ जरुर सभासद म पागल ! यस्तै छ मेरो हाल ! अस्पतालको एउटा अँधेरो कोठामा हाड छालाको मेरो शरीर मृत्युसँग जिस्किँदै धिकिर धिकिर हावा खाएर बाँचिरहेछ । म तिनका भाषा बुझ्छु म तिनका लेखा राख्छु पैसाको आडमा,

Posted in कविता | Tagged | Leave a comment

कविता : गैंडोपासना

~लक्ष्मी प्रसाद देवकोटा~ क. प्रभु गैँडा ! प्रभु गैँडा ! देऊ घिउ, चिनी, मैदा ! तातो हलुवा गर पैदा ! कर्कलोले पेट दुख्यो अति ! खल्लो भयो अब कैँडा ! अभावदेखिन् विरक्त भएका भक्तहरुको आवाज सुन ! दुःख सागरमा सुख–वन्दरगाह … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ मान्छे

~टंक सम्वाहाम्फे~ उ नयाँ युगको नयाँ मान्छे अथवा यो देशको नयाँ मान्छे हाम्रै समुदायवाट जन्मेको नयाँ मान्छे जसरी परिभाषा गरेपनि उ नयाँ युगको नयाँ मान्छे हो हामी जस्तै भएर पनि यो देशको लागि नयाँ भएर आएको छ त्यसैले उसलाई नयाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कति राम्रो देश हेर

~निर्मला अवस्थी~ सगरमाथा शिरमाथी कति राम्रो देश हेर अझै राम्रो छ है हाम्रो आफ्नै भाषा भेष हेर ।। बिर्सिने पो हुन कि अब नेपालीले नेपाली पन दौरा सुरुवाल गुन्यु चोली बिर्से लाग्छ ठेस हेर

Posted in गजल | Tagged | Leave a comment

कविता : आफ्नै छायाले

~दिलिप योन्जन~ मनमा बसि मनै त खाए उनी हासी हासी रुई रने पारे उनी आफ्नै छायाले ख्याल ठट्टा गरेर छाड्यो मायाले। आधी खोला उर्लिन्दा मनमा हुन्थ्यो सन्चो बिना बादल मनै भत्कि गईरन्छ पहिरो

Posted in कविता | Tagged | Leave a comment

कविता : जान देउ नानीलाई शान्तिसँग

~प्रणिका कोयु~ कोही मरे वास्ता हुन्न कोही मरे वास्तैवास्ता आँशु सबैको, सबै किसिमको बग्छ आँशु पिडाको आँशु मायाको आँशु रिसको आँशु डर र लाजको तिम्रो लागि कसले-कसरी-कहाँ-किन बगे तिमीले थाहा पाउन्नौ – आहा कति राम्रो!

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वागत छ नव बिहानिलाई

~आचार्य प्रभा~ बिक्षिप्त मनका धमिला सोचाइहरु पखाल्दै नव पालुवारूपी पाइलाहरु अघी बढाउँ बिगतका बिझाइहरुका खोटहरुलाई नव बर्षको उत्साही मल्हमले शितल गराउँ/ अनिष्ट बिचार अनी रिस र द्वेशहरुलाई हर्ष र खुशी अनी नव उमङका आँशुहरुले

Posted in कविता | Tagged | Leave a comment

गजल : अलिअलि चोट देऊ

~विक्रम तिमिल्सिना~ मायामात्र कस्तो-कस्तो अलिअलि चोट देऊ अलौकिक होइनौ भने अलिअलि खोट देऊ जताततै प्रेम भेटेँ, तरल जिन्दगानी लेखेँ थोरै कडा हुने मन छ, त्यसैले अठोट देऊ

Posted in गजल | Tagged | Leave a comment

कविता : जुन तारा नढाकिदेऊ

~निर्मला अवस्थी~ नढाकिदेऊ बादलु गगनलाई नढाकिदेऊ खुल्न देऊ सगरभरी जून तारा नढाकिदेऊ टुकी बनी आउँछु म तिमी पर्खि बसिरहनु भनेको हो जूनले मलाई तिमी कहिल्यै नआत्तिनु सितारा लिएर आउँछु म तारा मलाई भन्दै थियो हेर्दा हेर्दै सगरमा तिमीले सबै ढाकिदियौ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुषहरुको बस्तीमा महिला

~प्रकाश सुनुवार ‘निराकार’~ महिलाहरु गर्वमा हुंदै मारिनु पर्ने जन्मीने वित्तिकै मारिनु पर्ने दोश्रो दर्जाको रुपमा हेरिनुपर्ने पुरुषहरु एसो गर्छन् आफुलाई माथि राख्न खोज्छन् आप्mनो वंश चलाउन एसो गर्छन् आमा पनि महिला हुन् भन्ने विर्सन्छन् वंश चलाउन आमा नै चाहिन्छ भन्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो नेपाल

~हुसैन खाँ~ धरामा सुमेरू छ नेपाल मेरो यही नै दिलैको सुसञ्जाल मेरो तरार्इ-पहाडी-हिमाली स्वरूप मिलेरै बनेको छ मायालु रूप ।१। कहीँ देउराली कहीँ दून-डाँडा यहाँ भीरपाखा रहेछन् हजार कतै लेक-बेसी कतै खर्च-टार

Posted in कविता | Tagged | Leave a comment

गजल : जुटौँ सबै सर्बहारा

~दिनेशराज पुरी~ आउ, उठ मुक्ति खोज्दै जुटौँ सबै सर्बहारा, आफ्ना शर्त पूरा गर्न संघर्षको लाऔँ नारा ।। किन गरीब ओइली झर्ने रु धनी फुल्ने आकाशमा, समान रुपले प्रकाश छर्ने उस्तै हुन जुनतारा ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो छोरो

~छत्र के सी~ त्यो काले मोरो कस्तो कस्तो ? अनुहार हेर्‍यो शिशाको लिपि जस्तो रूपरङ्ग हेर्‍यो बौलाहाको ढिपी जस्तो जाँघ हेर्दा चिसोचिसो हिउँ जस्तो बेहोरा हेर्दा भएभरका बङ्गगारा झारिदिउँ जस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : सोँचाई

~नारायण पोखरेल~ गजब छ , कहिले कता जान्छ , कहिले कता , आखिर सोँच नै त हो , कहिले उहि बचपना मा भेटिन्छु त , कहिले वयस्क भएर भेटिन्छु , कहिले कुनै आकर्षक स्त्रीको हात समातेर हिडिरहेको हुन्छु ,

Posted in कविता | Tagged | Leave a comment

कमल सरोवरका ६ मुक्तकहरु

~कमल सरोवर~ घरी प्यारले घरी तरवारले हिर्काउछन् हिर्काउन पनि अनेक प्रकारले हिर्काउछन् अरे यार कसरी चित्त बुझ्छ मेरो गाउँलाई?? घरीघरी तिम्रै शहर बजारले हिर्काउछन् कमजोर सोचिरहेँ तगडा होला सोचिएन काँडा भन्दानि फूल कडा होला सोचिएन

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : आउ न यार !

~प्रमोद अधिकारी~ मेरो कला भ्रममा रमाउने त्यती नै हो मसँग भएको । एक्लो म हज्जारौँ माइल बाइक यात्रामा म पछिको रित्तो सिट सुन्यतामा पनि कल्पित तिम्रो प्रतिबिम्ब मुसुक–मुसुक मुस्कानमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर तिर किन सर्यौ

~हरी गौतम~ आफ्नै घरको जमीन छोडी, शहर तिर किन सर्यौ ..!! हलो-जुगां गरी बरु लाग्छ गाँउ मै खेती गर्यौ..!! हिंडे मात्र हुन्न हजुर, गन्तव्य मै पुग्नुपर्छ.. वीच बाटो मै फस्न किन जानी जानी जघांर तर्यौ..!!

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्मभूमीमै मर्न पाउँ

~देबेन्द्र बस्याल~ पहराको छोरो म पहरामै रम्न पाउँ छहराको सन्तान म छहरामै खेल्न पाउँ वन पाखामा खेलेर कन्दमुल खाएर छहरा र पहरासंग

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : झरे अश्रुधारा

~रवि प्राञ्जल~ उद्विग्न छन् हृदय मेरा तिमीभित्र खेल्न । मन-गङ्गाका लहरमा तिमीलाई हेल्न । गहन भो भावनामा पौडी हृदयाञ्चल बर्से सारा अश्रुधारा काँपे दृगञ्चल ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : बलेको आगो

~भिम बहादुर थापा~ असामान्य अलिक अपत्यारिलो तर, अनायास उसको सानो प्रगतिमा सामान्य पदारोहणमा केही नौलो? केही नयाँ? ब्यग्र आँखा अघि-

Posted in कविता | Tagged | Leave a comment

कविता : देश च्यातीन के बेर

~रुमानी राई~ हाम्रै अनुमतिमा हाम्रै भर्‍याङ् टेकेर हाम्रै सपना बोकेर एकहुल बुख्याँचाहरु भ्र्खरै, उकालो चढे र,अहिले उनिहरु आधार शिविरमा छन् र,विस्मृत झैं आक्रोसित छन् एकार्कामा

Posted in कविता | Tagged | Leave a comment