Category Archives: नेपाली काव्य

Poetry

कविता : नैतिकविहीन सम्बन्ध र आन्दोलन

~तिवारी ‘जेठा’ बिपिन~ हे मेरो, प्राण प्यारी, मैले तिमीलाई, कसम दिएको थिए, आकाशको तारा टिपेर, तिम्रो कालो केशमा, सिउरी दिन्छु, सुनको बिस्कुट खुवाउछु, भनेर !! तर, आज तिमी,

Posted in कविता | Tagged | Leave a comment

छोक : जब रुन्छ ….

~कुन्दन काफ्ले~ प्यार जब रुन्छ , गीत बन्छ । हार जब रुन्छ , जीत बन्छ । खुशी जब रुन्छ , सीत बन्छ ।

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : चल्ला

~राजेन्द्र थापा~ नयाँ नेपाल ल्याइने हल्ला भा’छ तर सल्ला भा’छैन पुरानो नेपाल काँ फाल्ने सल्ला भा’छ तर हल्ला भा’छैन मेरो देश धेरै पटक ओथारो

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मायाको सम्झनामा

~सुबेश घिमिरे~ जुनको फींजमा शीतका थोपा पग्लिएको देख्दा बिदाईको पल तिम्रा भिजेका परेली याद आउँछन् । पुन् डाँडाबाट झुल्के घाम हेर्दा वतासले तिम्रो कुन्तल उडाएको; राँके भञ्ज्याङको चिसो पवनले तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दहरूको तोडफोड

~प्रमोद स्नेही~ भएर अन्धभक्त सुनेर तिम्रो भजन भ्रमिक शब्दहरूमा सधैं नतमस्तक भएर ताली ठोकिरहनुपर्छ भन्ने छैन सरकार … ! बाँधेर पट्टी जबरजस्ती आँखामा छेकेर किरण उज्यालोको

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम

~विमल निभा~ तिम्रो शासनको एउटा कम्युनिष्ट हुँ म यही हो मेरो सम्पूर्ण परिचय म प्रेम गर्छु तिम्री सुन्दरी छोरी प्रजातन्त्रलाई उनको उर्लंदो जवानीमा मुग्ध छु म

Posted in कविता | Tagged | Leave a comment

कविता : मिली बस्नु पर्छ

~निर्मला अवस्थी~ पूर्व मेची महाकाली सबै हाम्रै त हो मिलीजुली बसेदेखि सबै आफ्नै त हो दिल ठूलो पार्नु पर्छ आफ्नो हुनलाई भेदभाव गर्नुहुन्न मिली बस्नलाई। आज तिमी मेरो भन्छौ भोली कस्को हुन्छ थाहा छैन हिजो कस्को आज अर्कै हुन्छ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सहिद, उत्सर्ग र औचित्य

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित के हुन् मानव, जन्तु, सिन्धु,अवनी, आकाशको अर्थ के ? स्रष्टा-सृष्टि, त्रिकाल, अंशु, रजनी या नाशको अर्थ के ? के हो न्याय, समाज के समय के अन्याय के गर्व के ? केके हुन् वलिदानका गुणहरू, उत्सर्गको … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सिपाहीहरू

~इलामेली टीकाराम दुलाल~ खट्छन लौ दिन रातका प्रहरमा आलो र पालो गरी गोलीका अनि बिन्दुलीहरू सयौँ बाध्छन् पटूकी सरी त्यो पालो पहरा गरेर जिउने जीवन छ साधा बरू अर्कै नाम कमाउने छ बिचमा मर्दा सिपाहीहरू ।१। जो आवेग लिएर आँउछ … Continue reading

Posted in कविता | Tagged | 1 Comment

बहरबद्ध गजल : त्याे जवानीकाे कुरा

~जीवराज बुढाथोकी~ भाे नगर्दा हुन्छ धेर्, त्याे जवानीकाे कुरा । रित्तियाे त्याे केगराैं, जिन्दगानीकाे कुरा । घाउ हुन्थ्यो छातिमा, संझनामा प्रेमकाे, रून्छु कल्पी साँझकाे, या विहानीकाे कुरा ।

Posted in गजल | Tagged | Leave a comment

कविता : समयको प्रवाहमा

~योगेन्द्र काउछा~ गहकिला शब्दका जलपभित्र नौलो, अनौठो लाग्ने आशा र विश्वास जगाउने मानिसका आकृतिहरु विचारका लहरहरु मञ्चन हुँदा लाग्थ्यो, त्यो,

Posted in कविता | Tagged | Leave a comment

कविता : उचाईमा जे अनुभव गरें

~अनिल नेम्बाङ~ के गर्दै छौ कान्छि? स्पष्ट देखिन- अलि माथि उक्ल न उध्रिएको चोली टालेको छैनौ? गोठालो दाइ के गर्दैछन्?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मोहनीमा

~निर्मोही व्यास~ तिमी मेरी घाम–जून, तिमी मेरी ऊर्जा तिमीविना जिन्दगी यो खालि कलपुर्जा सितारकी तार मेरी ! रुन्झुनाऊ नित्य तिम्रो स्वरै सुन्दा पनि हुन्छ मन मत्त

Posted in कविता | Tagged | Leave a comment

कविता : सयौं फूलहरु फुल्न देऊ

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~ ए ! वनमारा फूलहरु हुर्कन देऊ यो बगैचामा सैयौं फूलहरु फुल्न देऊ । त्यो हिमालयमा ‘झुमा’सँगै लाली गुराँसलाई मुस्कुराउँदै–मुस्कुराउँदै फुल्न देऊ । अनि अजम्बरी जस्तै त्यो मखमली फुल्न देऊ ए माहुरी पराग सेचन गरी देऊ यो बगैचामा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाहुरे

~निश्चल काउचा~ हिमालको काखमा ! सानो झुपडी छ । त्यहि छ , मेरो , सानो संसार ! म सानो छदा ! बाजेले भन्नु हुन्थ्यो ! धेरै पदनु पर्छ । हामीले नपदेर धेरै दु:ख पायौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रातोमाटे, रिसोर्ट र सपनाहरु

~कमल कुमार~ म मजदूर रातोमाटेको यो डाँडामा खन्दैछु कुनै रिसोर्टका जगहरु चुहाउँदैछु पसीना तप्प तप्प सम्झिन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आरोप

~मनोज बोगटी~ तिमीले समातेर मात्र मेरो हात बलियो भएको होइन किन भने हात समातिन्न। हात समातेर राख्न सकिन्न फुस्किन्छ समात्नु र फुस्कनुको घर्षणले जन्मिन्छ आरोप। आरोप पनि आफ्नै सृजना हुन्छ जसलाई कसैले स्वीकार्दैन।

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्की हेर त बाबुराम

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ बाबुराम भनेर मानिसहरू गर्थे बडो आदर विद्वान् मानिस ठानी भित्री मनले नुग्थे झुकाई शिर राम्रो हो गुणवान, स्वच्छ छविको ठान्थे निकै सत्जन यस्तो व्यक्ति हुँदैन सम्भव कबै संसारमा जन्मन ! धेरै काल बिते अनेक थरीका चर्चा–विचर्चा गरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : छोरीहरु

~सीता थारू ‘निश्छल’~ जानु पर्ने अरुकै घरमा छोरीहरु । अनि बाँच्ने अर्काको रहरमा छोरीहरु । जन्मघर आमा–बुवा सबथोक छोडेर चिनाउँछन् अरुकै थरमा छोरीहरु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मात्र फरक तारतम्य

~कणाद महर्षि~ आँधी आयो, भूकम्प गयो, प्रलय भयो -उल्कापात मच्चियो -परिवर्तन भयो । अनि म गम्छु, केही विचार गर्छु र फेरि बोध गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : हल्ला

~विप्लव ढकाल~ कक्षाकोठाभरि हल्ला छ किन पढ्दैनन् नानीहरु ? म इतिहास पढाउन खोज्छु उनीहरु जङ्गली चरा जस्तै हल्ला गर्छन् ! म गणित पढाउन खोज्छु उनीहरु पहाडी खोला जस्तै

Posted in कविता | Tagged | 1 Comment

कविता : गाँउको अन्तरा

~प्रवीण खालिङ~ गाँउको धारामा संगीत बज्छ पँधेराबाट दिन उँदाउछ घरको घुरीले बादल जन्माएपछि गाँउमा बिहान हुन्छ अनि नागबेली गोरेटाहरू भएर गाँउ शहर पस्छ दुधको साइत बोकेर महलहरूमा पस्छ गाँउले हरेक बिहान शहरलाई बिउँझाउछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविहरुलाई चिठी

~उदय निरौला~ कवि श्यामल । तिमी त पतलैयाकै शशीश्यामल हौ चारकोसे झाडी नै हौ तिम्रो त्यो हेडलाइट बिनाको ट्रक जंगलजंगल दौडिरहेछ अझ गन्तव्य बिना अँध्यारोमा भीर तिर । रावलको तबेलाको घोडा तबेलाबाट फुक्यो बुर्कुसी रहेछ बिना लक्ष्य कता हानिने हो

Posted in कविता | Tagged | Leave a comment

गजल : भएछ रङीन

~दिनेश श्रेष्ठ~ सिउँदो तिम्रो भएछ रङीन गलाको हार रहेछ रङीन डढेर मन खरानी खरानी डोलीमा रानी चढेछ रङीन

Posted in गजल | Tagged | Leave a comment

गजल : आज पराई भयो

~बसन्त मोहन अधिकारी~ जसको लागी बाँच्थे मर्थे उही आज पराई भयो । उनको बाटो पर्खि बस्दा चितामाथी सुताई भयो । उनको माया संगालेर मिठो सपना सजाएथेँ सपना जली आज मेरो दागवती खुवाई भयो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा मान्छे !

~विप्लप प्रतीक~ म देखिरहेछु त्यो एउटा मान्छे एक्लै हिँडिरहेछ- मानिसहरूको विशाल भीडमा । ठोक्किन्छ एक्लै, सम्हालिन्छ एक्लै रुन्छ एक्लै, सहन्छ एक्लै अनि मुसुक्क हाँस्छ- आफू एक्लै । उभिन्छ, हेर्छ, मोडिन्छ अनि फेरि हिँड्छ उकाली ओरालीमा, समथर मैदानमा हिमाल, पहाड र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राधाकृष्ण रिसाउँदा ‌. . . . .

~निर्मोही व्यास~ १ यतै तिमी, उतै तिमी, जताततै तिमी तिमी हरेक कोणमा तिमी, हरेक मोडमा तिमी तिमी हरेक फूलमा र पातपातमा तिमी तिमी दिवा र रातमा, प्रभातमा तिमी तिमी । २ तिमी त पाइलैपिछे र धड्कनैपिछे तिमी हरेक तिर्सनापिछे र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आशङ्का

~दिनेश अधिकारी~ कट्कटी काटिएको आफ्नो मन लिएर थरथर काँपिरहेको आक्रोशयुक्त‚ वरमा कुनै एकदिन वी.वी. अनुरागी मसँग भनिरहेथे – दाइ ! धर्मको नाममा जिजुबाजे, बाजे र बा मात्र हैन

Posted in कविता | Tagged | Leave a comment

कविता : तस्वीर

~भीष्म उप्रेती~ तिमीले भन्यौ – म तिम्रो तस्वीर खिच्न चाहन्छु । मसँग त दुःखका कोर्राले निर्मम पिटेको उदास र थकित अनुहार पनि छ भोकको नङ्ग्राहरुले त्रुूरतापूर्वक चिथोरेको

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्दोष तिमी…..

~कुन्दन काफ्ले~ फूल हेर्दा पनि किन पातमा नजर जान्छ ? जून हेर्दा पनि किन रातमा नजर जान्छ ? सुन हेर्दा पनि किन हातमा नजर जान्छ ? गुन हेर्दा पनि किन बातमा नजर जान्छ ? हेराईको दोष हो यो, दोष हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : धार हुनै पर्छ

~हरी गौतम~ वार गर्नु पूर्व खुकुरीमा धार हुनै पर्छ.!! चुप्प लागेर भएन अब… खुङ्खार हुनै पर्छ.!! नेपाल आमालाई बिभाजीत गर्न खोज्नेहरू सुन सेनाहरूको आक्रोश हो यो..लाचार हुनै पर्छ.!!

Posted in गजल | Tagged | Leave a comment

कविता : यो मन

~प्रतिमान सिवा~ यो मन, कहिले कही त नदुखाउँ भन्छु । तर, बिनासित्ती दुखिई रहन्छ । कहिले तिमीलाई सम्झेर दुख्छ, कहिले तिमीलाई भुलेर दुख्छ । कहिले दुख्दा दुख्दै झस्केर दुख्छ, कहिले तिम्रो मुस्कानमा मस्केरै दुख्छ ।

Posted in कविता | Tagged | Leave a comment