Category Archives: कविता

Nepali Poems

कविता : वेश्या ?

~नवराज लम्साल~ ‘कस्ले भन्छ म राम्री छैन कस्ले भन्छ ममा रङ, यौवन र जवानी छैन भो छोड अनुहार, रुप र शरीरका कुरा अलिकति मासु, हड्डी र रगतको त्रिकोण हुँ म सजीवता फालेर एकछिन र बिर्सेर जीवनका सारा बोझहरू डुब चरम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृदुलासँग निषेधित प्रेम

~चन्द्र घिमिरे~ नबुझेको कहाँ हो र ! तिम्लाई जत्ति मन पराउँछु उत्ति मेरो चर्चलाई तिमी अप्राप्य छ्यौ । मैले नबजाउँदैमा पियानोले कहाँ सन्चो मान्छ ? अधबैंसे घुर्की लाएर आफैं बजी बस्छ तिम्रै नाउँमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तलाउको माझमा

~मञ्जुल~ तलाउको माझमा फुलेको सेतो कमलको फूल जस्तो गतिशील भई कलकल बग्ने नदीमाथि उठेको छाल जस्तो छमछम गर्दै झरिरहेको अग्लो अग्लो झरना जस्तो सेतो एकदम सेतो अस्पतालका वार्डहरूमा फुलेको सेतो ईन्द्रकमल फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : डकुमेन्ट्री

~कृष्ण जोशी~ रमाइलो हुन्छ टाढा कतै लुकेर सुन्दा बाघ भालु चितुवाको हिंस्रक गर्जन रेकर्ड गरेर ल्याएकी छु फ्युजन गर्छु त्यो गर्जनलाई आधुनिक लय ताल सुरमा र भन्छु आविष्कार भयो नयाँ म्युजिकको अझै हेरिरहुँ हेरिरहुँजस्तो हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दु:खको विम्ब

~अमर गिरी~ दुःखी पत्नीहरू छन् दुःखी पत्नीहरूका दुःखका गतिहरू छन् छातीभित्र पहाडजत्रा दुःखहरू लुकाएर मर्न नसकेर बाँचेका जस्ता लाग्ने असक्त बृद्धहरू छन् हिमालभन्दा गह्रौँ र अग्ला उनीहरूका कष्टहरू छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तर्बोध

~कृष्ण वस्ती~ बग्ने गला-गुञ्जनबाट भाका । स्वयं कलाझैं सुकुमार पाखा ।। आकाशचुम्दै चुलिंने पहाड । टाढा नहुन् हिर्दयलोकबाट ।। ढाकेर नीलो नभले कपाल । हाँसेर बोलाउँछझैं हिमाल ।। सोपानझैं पर्बतका तरेली । हेरूँ उठाई म सधैँ परेली ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो आगमन

~भुवन निस्तेज~ मनमा तरङ्ग जसरी वसन्त नौलो उमङ्ग जसरी भो अन्त एकाकीपन सपनामा तिम्रो जब आगमन ।१।

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्यालाई

~अजय रिसाल~ ‘कोपिला’ त्यो फूल बन्ने समयको खेल दिन, महिना गर्दागर्दै भयो वर्षदिन हिजोमात्र रोएजस्तो च्याहा च्याहा गरी आज मीठो हासो देख्दा खुशी मुटुभरी समयको चक्र हेर, कस्तो अचम्म छ? नाप्ने यन्त्र कतै छैन, मात्र सूर्यचन्द्र

Posted in कविता | Tagged | Leave a comment

कविता : एक बाल श्रमिक भन्छ..

~ऋतिक यादव~ आशालाई चाही निराशा बनाएको यो मेरो जीवन कतै त्यो ममताको सागरमा लुप्त हुन पाउँछ कि ? मायारुपी संसारबाट नै हराएको यो मेरो जीवन कतै जीवनमा नौलो मोड र सभ्यता हेर्न पाउँछ कि? पैसापैसा जुटाउन असक्षम सावित यो मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाबा

~लिला बल्लभ नेपाल~ बाबाको ममता रहर बनी कन जीवनको फुल फुल्दछ उनैको ममता निस्वार्थ भाव बनी याथार्थमा खुल्दछ आफ्नो दुख लुकाइ सन्तानहरुमा रहर सजाउँछन जस्तो कष्ट परे पनि बाबा सधै खुशीमा रमाउँछन

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दर, अति सुन्दर

~कमल कुमार~ तिमी सँगै हुनु कति सुन्दर तिमी नहुनु झनै सुन्दर तिम्रो याद अति सुन्दर सम्झिनु कति सुन्दर सम्झिँदै हराउनु झनै सुन्दर हराउँदै सम्झिनु त अझै सुन्दर बिर्सिएको सम्झना अति सुन्दर

Posted in कविता | Tagged | Leave a comment

कविता : म सत्ते ! तिमीलाई नै भेट्न आएँ

~निर्मोही व्यास~ म प्यासी सदाको, तिमी हौ पँधेरो जहाँ पाउ तिम्रा त्यहीँ स्वर्ग मेरो तिमीलाइ पाए जुनी धन्य-धन्य नपाए छ संसार नै शून्य-शून्य सजाए छातीभरि विम्ब तिम्रो र आँखाभरी स्वप्न साँची सुनौलो बगी भावनामा, उडी कल्पनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनेली रातमा

~मायामितु न्यौपाने~ जुनेली रातमा फेवातालमा डुङ्गा ख्याउँदै एउटा माझी आफ्नो जिन्दगीको अर्थ नाप्न खोज्छ छाया हेर्दै तरङ्गित पानीमा । भुइँमा खस्न लागेको उज्यालो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गोरुको बाह्रै टक्का

~जीवराज बुढाथोकी~ चल्छ यहाँ सधैं, जताततै पञ्जाछक्का ! भन्छन् सबै, मेरो गोरुको बाह्रै टक्का !! एक नेता अर्को नेताको कुरा, सुन्दो हो, दुनियाँ सधैं सुखी हुँदो हो, देश बन्दो हो, तर यहाँ एकले लाउँछ अर्कोलाई धक्का,

Posted in कविता | Tagged | Leave a comment

कविता : सखुवाको दाउरा

~बिमल गुरुङ~ अगेनाभित्र बल्न थालेका छन् बल्ल फेरि रण्डा लगाइदा निस्केका काठका बोक्राहरु । सलाई कोरे भोकाहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : नियति

~कृष्णप्रसाद भण्डारी~ लाग्यो बादल अन्धकार हुन गो पूर्वीय आकाशमा सारा वैभव, एकता सहमति स्वाहा भयो भासमा । गर्छौं नाटक संविधान रचना फोस्रा भए भाषण कुर्सी खेलमहाँ बित्यो समय नै सिन्को नभाँचिकन ।। स्वार्थी भाव थियो थिएन जनता स्वाधीनता बिर्सियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मुस्कान

~टंक सम्वाहाम्फे~ मेरो सारा जीन्दगी तिम्रो एक न्यानो मुस्कानमा तिम्रो एक सुमधुर मुस्कानमा अल्झीएको रहेछ किनकी तिमीले मुस्कुरार्इ दिएपछि अनायासै मेरो सारा जीन्दगी मुस्कुरार्इ दियो अझ तिमी मुस्कुरायौ म झन धेरै मुस्कुरार्इ दिए त्यसैले त मुस्कानमा जीन्दगी अल्झीएको रहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अपहरण

~प्रकाश सुनुवार ‘निराकार’~ वाहिर उज्यालो भैकनपनि भित्र अन्धकार छ अन्धकार दीर्घकालिन होइन क्षणिक हो भन्ने पनि थाहा छ त्यहि अन्धकारमा भौतिक रुपमा अपहरणमा परेको छुं । वन्दी वनाइएको छु । तर मेरा विचारहरु आजाद छन् । केहि नकारात्मक सम्वाद सुन्दैछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिउँदो मान्छे

~किशोर दहाल~ अधुरो प्रेमपत्र शैली नमिलको कबिता रक्सीको ह्याङओभर नागरिकताको फोटोकपी यस्तै–यस्तै केहि हो– जिउँदो मान्छे भोल्टेज नपुगेको फिलामेन्ट बत्तीजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको बाँसुरी नै अर्कै बज्थ्यो।

~विष्णु विभु घिमिरे~ १. पीरहरू सुन्दर भए कति आनन्द हुन्थ्यो ती सबै बजारमा बिक्री हुन्थे त्यति बेला आँखामा एउटा उज्यालो चमक हुन्थ्यो ओठमा सधैँ वसन्त फक्रन्थ्यो त्यतिखेर न मेरो बाध्यताको दासता रुन्थ्यो त्यति बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : निषेधको जङ्गलमा

~महेश प्रसाईं~ पार्थ, तिमी आफ्नो कुण्ठित चिन्तनको रणनीतिद्वारा द्वन्द्व र युद्ध, हिंसा र आतङ्क, ईष्र्या र कपट, आदिआदि विरूप नृशंस क्रूर–काँतर शब्दका लेपनहरूले यो महान् राष्ट्रको अस्वाभाविक परिभाषा

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्ल्याक मार्केट

~गोविन्द विकल~ कालो कारबाट कालो सुटकेस बोकेर कालो सुट निस्क्यो त्यो कालो सुटले त्यो कालो सुटकेस अर्को कालो सुटलाई दियो र अर्को कालो सुट बेपत्ता भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : गीत जिन्दगीको

~विक्रम सुब्बा~ आफ्नै स्पन्दनहरूले रचेर गीत जिन्दगीको आफ्नै ढुकढुकीले हालेर संगीत जिन्दगीको आफ्नै गुन्गुनाहट्ले गाइरहेछु गीत जिन्दगीको कुनै धूर्त ईश्वरले भरेकोभए धून जिन्दगीको कुनै पातकी राजाले गाएकोभए गीत जिन्दगीको कहाँ पाउँथेँ आफैँले गाउँन मेरो गीत जिन्दगीको?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बाटोको बिजोग

~लक्ष्मण नेवटिया~ जताततै एउटै काम छ, जोडेकोलाई तोड्ने, अति नै दुख पाइसक्यौं, नियत राखौं जोड्ने, धेरै हामी पर्खिसक्यौं, अरू नपर्खाउनुस्, बाटो छिटै बनाउनुस। धन्यवाद त दिनै पर्यो, महानगरपालिका बनाइयो,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : आमाका अक्षरहरु

~मोहराज शर्मा ‘मोहबाबु’~ मलाइ गर्व छ आमाले लेखेका अक्षरहरुमा । वहाँले आफनो नाम लेख्दा … मलाइ लाग्छ त्यही नाममा मेरो भगवान छ मैले पुजा गर्ने इश्वर छ । वहाँलाइ अक्षर चिनाउन कुनै गुरुले कक्षामा भेटाएनन । र त्यो बतिलो उमेरले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : स्वर्ण जन्मोत्सव

~दिल महरा~ म जन्मेको एक बर्षपछिको एक दिन । आमा भोक मेटाउने अन्न किन्न जानुभएछ । साँझ फर्किदा दानसाँघुमा चिप्लेर लड्नु भएछ । लडेसी भारीले हुत्याएछ । भारीले हुत्याएपछि आमा तिलामा झरेर ढुङ्गामा बजारिनुभएछ । निलो पानी रातो भएपछि आमालाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुनालाई मनपत्र

~जगत नवोदित~ झुपडीको पीरो धुँवासँगै आँखामा आशाको दियो बलेको होला तोरीबारी भएर सपना बाटोभरि फुलेको होला साउने भेलझैं उर्लेको वैंश छड्के तिलहरीले बाँधेकी हौली सबै सबै रहरहरू सिन्दुरको बट्टाभित्र राखेकी हौली कति कठोर यो समय तिम्रो संझना बोकेर मरुभूमिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पारिजात हुँ म

~नीता के.सी.”भट्टराई”~ अँजुलीभरि माया पाउने चाह लिए पनि म कहाँ योग्य छु र तिमीले माया दिए पनि शायद..! बगैंचाको पारिजात हुँ म , टिप्दैन्न,कुनै दिन कसैले शायद ..!

Posted in कविता | Tagged | Leave a comment

कविता : गोठ

~मोहन बन्जाडे~ हिउदभरि वेसी वा पहारतिर गर्मी लागे सिख वा सिहाँलतिर आफ्नो सुबिधा हेर्दै गोठ सार्छन् खान नपाए उग्र हुन्छन् खाएपछि उग्राउन बस्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : देवत्वकरण

~दीपक कुमार ज्ञवाली~ देश देश नै हो किनकि देश देश जस्तै छ नेता नेता जस्तै भएका भए ,नेता नेता नै हुन्थे नेता नेता नै भएका भए नेपाली ले नेपालीको बलि चढाउँदा टुलुटुलु हेरेर बस्दैन थे अर्थात् बलि चढाउनेको मतियार बन्दैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : सिंहदरबारसँग

~राहु~ सिंहदरवार ! तिमी कहिले आउँछौ मेरो आँगनमा ? मेरो छिमेकी मुक्तिप्रसाद चुनावमा आएथ्यो र भनेथ्यो, म सिंहदरवार पस्नेवित्तिकै तिमीलाई मेरो आँगनमा पठाइदिन्छु ऊ सिंहदरवार पसेको पनि नौमहिना भैसक्यो तर तिमी आएनौ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : दुखिरहेछ देश

~रामप्रकाश पुरी~ १ हाँस्दैनन् किन हो हिमाल गरिमा त्यो घाम झुल्के पनि बाँच्दैनन् किन हो कमाल रचना त्यो रक्त भुल्के पनि ? फुल्दैनन् किन हो छटा कुसुम पाएर हाँसो खुशी बोल्दैनन् किन हो कला सिर्जन ती पोखेर उर्जा मसी ?? … Continue reading

Posted in कविता | Tagged | Leave a comment