Category Archives: कविता

Nepali Poems

कविता: भुइँमान्छे

~राधा कार्की~ ए प्रिय मान्छे ! कहाँ जाँदैछौ तिमी कता गइरहेछ तिम्रो सोच ? भरोसा गर्न लायक किन देखिदैन तिम्रो विवेक ? उसले तिमीलाई पटक–पटक भनिरहँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : जीर्ण घर

~दिल पौडेल~ कालीले पहिरेको मुण्डमाला हिंसा, आतङ्क जिलेटिनले अडेको सत्ता मूर्खता सिवाय केही होइन डामिएका रहरहरु सपनाहरु अतृप्तिका धारिला हतियारका पुरस्कार हुन् आघात, पीडा आँसु

Posted in कविता | Tagged | Leave a comment

कविता : लेखिराख्नोस् नोटबुकमा

~बिमल गुरुङ~ तिमीहरु घामको बदनाम गर्दछौ यो आधारातमा तिमीहरु पूर्बेली डांडाहरुमा अग्ला पर्खाल हालिरहेछौ तिमीहरु खण्डहरुबाट घाम निकाल्न खण्डहरु भित्र पसिरहेका साहसीहरुलाई जेलको चार पर्खालभित्र कैद गरिरहेछौ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी संगै !

~शोभा शर्मा~ तिमीसंगै रमाउनु थियो बादलुको घुम्टो भित्र, तिमीलाई देखाउनु थियो, यो डाँडाको चौतारीमा बसेर आकाशका इन्द्रेनी,जून र चराहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वाभिमान

~बद्री पलिखे~ जमिनभन्दा अग्लो ढिस्कोहुन्छ । ढिस्कोले जतिसुकै फुइँ देखाए पनि पहाडभन्दा अग्लो हुनै सक्दैन । पहाडभन्दा अग्लो सगरमाथा हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शासक र जून

~राजेन्द्र शलभ~ मेरो झ्यालनिर आएर जून मलाई सधैं माया गर्न सिकाउंछ म भित्र उत्साह र प्रेम भरेर जान्छ । बिहानै मेरो देशका शासकहरू म भित्र घ्रिणा भरेर जान्छ्न बिस्तारै म भित्र पनि स्वार्थको बिऊ रोप्न आतुर छ्न

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासका कुरा

~कृष्णभुषण बल~ सिर्जनाको एउटा जून हामीबीच पाइला राखेर भर्खरै हिँड्यो उत्साहको एउटा वातावरण भर्खरै घाटमा लगेर सेलाइयो फगत एउटा न्याउरो सहर मुर्दाहरूको घुइँचो बोकेर विक्षिप्त छ फगत रित्ता पाइलाहरूको फोस्रो पदचापमा सडकहरू मौन छन् इतिहास त्यहीँ रह्रयो हामी त्यहीँ रह्रयौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी

~योगेन पौडेल~ हामीलाई हाम्रो मूर्खता प्यारो छ, हामीलाई मुढता प्यारो छ। अराजकता, अकर्मण्यता, बिग्रह र उथलपुथल कोलाहल, अशान्ति र अन्धकार प्यारो छ, हामीलाई जडता प्यारो छ। धुँवा, धुलो र टायर प्यारो छ, तोडफोड, हड्ताल र हुल-हुज्जत प्यारो छ। केही झुण्डका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आउदैछु चाडै फर्केर

~सोम खनाल~ यादले प्यारो गाऊंको जन्मेर हुर्केको ठांऊको दुख्या’छ छाती चर्केर आउदैछु चांडै फर्केर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रमिता

~घिमिरे युवराज ‘कर्जुना’~ १ सवारी चालकहरु अचानक बाटो परिवर्तन गर्छन् पछाडिकालाई पत्तै नदिई । नेताहरुले पार्टी परिवर्तन गरे जस्तो आफ्न वाचा र सिद्वान्त परिवर्तन गरे जस्तो । अनि हुन्छ दुर्घटना बीच सडकमा संबिधान सभा भवन अगाडि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भोक, भोग र भ्रम

~मोहन बन्जाडे~ अरुलाई भोकभोकै राखी भोकका कथा सुनाएर, वा भोकका गीत गाउन लाएर एक हूल मानिसलाई भोक विरुद्ध उचाल्दै तिमी आफ्नो सकल भोगको निम्ति

Posted in कविता | Tagged | Leave a comment

कविता : फुट्न होईन जुट्न सिक

~बिनोद खड्का~ श्वायत्त प्रदेशको नारा दिनेहरु मेरो देश भनेर उठन सिक विखण्डनको वकालत गर्नेहरु हाम्रो देश भनेर बाँच्न सिक । देश आत्मा हो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बा

~मीरा प्रसाईं~ ‘बा !’ आमाले जस्तो गर्भमा बोकेनौ तिमीले आमाले जस्तो प्रसव पीडा सहेनौ तिमिले म दुख्दा, आमाले जस्तो बर्बरी आँसु झारेनौ तिमीले मेरो अघि पछि लागेर `मेरि प्यारी गुडिया´ भन्दै छातीमा टासेनौ तिमीले, `बा´ तिमीले गर्भाशयको गर्भमा बोक्न सकेनौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो नयाँ नेपाल !

~छविरमण सिलवाल~ नयाँ सडकको पिढीमा बसेर नयाँ नेपालको मेरो शरीर निहाले तिल चामल फूलेका मेरा कपालमा कालो दलेर मैले बुढ्यौली कम गरेको थिए नयाँ सडकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : भूकम्पयुक्त केही उन्मुक्तक

~रामेश्वर राउत ‘मातृदास’~ हल्लाउनु हल्लायो कम्पले–महाभूकम्पले पूर्वजका यश कीर्ति गौरव वेमाख भै ढले नेपालीपन नेपाली मन घाम जून चम्कने छन् सब अविचलित आँट देखेर नेपालीको भूकम्पै छक्क पर्ने छ अब । विपतमा नरुने नआत्तिने हाम्रो बानी धैर्य र साहसका हामी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनरागमनको प्रतीक्षा

~कृसु क्षेत्री~ विषालु सर्पको शयनमा बसेर जिउनुको अर्थ हराएको छ शब्दकोषबाट तर पनि एकाकी विषादपूर्ण भोगाइमा बाँच्नुको बाध्यतामा मौन हुनुको अर्थ जिब्रो थुतिएको पक्कै हैन स्थिर बस्नुको अर्थ खुट्टा काटिएको सत्य हैन पखेँटा काटिएर कतै उड्न नसकेका चराका बथानझैं धवलयात्राको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पनाको सम्झनामा

~निर्मोही व्यास~ मेरी कल्पू ! चिरसहचरी ! जिन्दगीकी जुहार ! प्यारी ! चारैतिर झलझली देख्छु तिम्रै मुहार यौटा यौटा पल छिन गरी गैसक्यो एक मास पर्खी पर्खी म त भइसकेँ प्रेयसी ! झन् उदास आयो वर्षा ऋतु सरस यो प्रीतिको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राजनीतिका जुवाडेहरू

~तिर्थराज अधिकारी~ जुवाडेहरू- मिलेर जुवा खेल्दाखेल्दै सानै कुरामा सन्किन्छन् अलिकति निहुँमै आपसमै रन्किन्छन् रिसको पारो तातेर मन बुझाउन नसकी कोही खालबाटै बाहिरिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि दुख्यो देश

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ शकुनीहरू जाल बुन्दै छन् घर जलाएर खरानी बेच्दै छन् तानातान हानाहान ‘अग्रगमनकारी, क्रान्तिकारी यथास्थितिवादी, प्रतिगमनकारी’ यसरी हाले मुलुकलाई भड्खालामा

Posted in कविता | Tagged | Leave a comment

कविता : म रुँदा सँगै रुन्छ मात्र ऐना

~इश्वर देवकोटा~ म रुँदा सँगै रुन्छ मात्र ऐना मुहारमा मेरो अब हासो छैन !! कसुर खै कहाँ छ अपराध भो किन कति छन् सजाय देउ अब दिन सहन्छु सब चोट अझ थप्छौ हैन

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छोरो हराएको छ

~भेषराज रिजाल~ महिना दिन अघि सानो भनाभनमा उसले मन दुखायो उसले पैसा माग्दा मैले उपदेश दिएँ मायाबिनाको उपदेश गाली हो भन्दै उसले आवेशमा अंश माग्यो सम्झाउँदा झन्

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छा

~लिला बल्लभ नेपाल~ इच्छा फुल्छ मनमा गुलाव फुले झैं जुन्तारा छुने गरी रम्छन शब्दहरु मनैमन भरी एकान्त हाँस्ने गरी ।। इच्छा छ मनमा फुलै फुले सरी हजुरको हाँसो सरी आज यो घडिमा हँसाउँन सकु गुराँश रमे झैं गरी ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : वाम एकता बारे !

~ऋतिक यादव~ कोही भन्छ माओवादीको एमालेमा विलय भएछ कोही भन्छ राजनीतिमा एकहोरो प्रलय आएछ ओलीले पानीको शुत्र जान्दा कांग्रेस छटपटाएछ अब रुखको अक्सिजन हेर्दाहेर्दै वामहरुले खाएछ

Posted in कविता | Tagged | Leave a comment

कविता : सुपर मुन

~तारा पराजुली~ ए जून ! तिमी मेरो नजिक नजिक नआउ। ती अनेकन नक्षत्रहरुको चुलबुल कहिले साँझको रातो सिम्रिक पहिरिएर कहिले रातको गहिरो बर्को ओडेर ताराअरुलाई झुक्याएर कहिले आधा कद कहिले सिङ्गो कद देखाउने तिम्रो अनाम जादुमयी कला छोडेर

Posted in कविता | Tagged | Leave a comment

कविता : चूडा सबैका मनमा उदायो

~तीर्थराज अधिकारी~ ऊ गर्भको आसनमा डगेन कसेर अड्डी जगमा झरेन भएर अप्रेसन बल्ल आयो स्वभाव आफ्नो सुरुमै चिनायो । पिता थिए कृष्ण बडा मनस्वी दिव्या थिइन् ती जननी यशस्वी सन्तान सच्चा शिर के लत्रिइन्थ्यो ? अन्यायमा मौन कहाँ रहन्थ्यो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वायत्त विचारहरु

~प्रकाश सुनुवार ‘निराकार’~ बदलिंदो विचारलाई सलाम अनि शुभकामनाको विकल्प छैन यतिबेला शोषकहरु मुर्छा अनि वेहोस हुंदै विउंझिन वाध्य छन् वचेखुचेका अभिमानलाई जुटाएर वसेका वात्साहहरु अब उप्रान्त शोषण गर्ने अवसर गुमाइन्छ भन्ने त्रासमा छन् । विचारहरु वदलिए आप्mनो निमित्त आफैले सोंच्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म नेपाली

~त्रिलोचन आचार्य~ म चाहन्छु सधैँ बन्न चोखो थुँगा गुराँसको म चाहन्छु सधैं खुल्न किल्लाभित्र स्वदेशको म चाहन्छु सधैं फल्न, श्रम दाना बनी यहाँ र चाहन्छु सधैं बाँच्न– ‘म नेपाली भनी’ यहाँ। बन्दै धौलागिरी उठ्ने– पाल्दैछु चाहना म ता

Posted in कविता | Tagged | Leave a comment

कविता : टेको

~असिम सागर~ चारैतिर लगाएर टेको बडो मुस्किलले उभिएको छ घर यति धेरै चर्किएका छन् कि घरका भित्ताहरु जहाँबाट छिरेको चिसो बतासले रातभर खोकिरहन्छ अस्ताउन लागेको बूढो घाम

Posted in कविता | Tagged | Leave a comment

कविता : युगद्रष्टालाई बेली पुष्प

~भुवनहरि सिग्देल~ स्रष्टाले सिर्जनै गर्छ सिर्जनाभित्र सिर्जना श्री विश्वेश्वर गर्दैथे सिर्जनामय तिर्सना नयाँबाट पुरानाको अस्तित्व घट्न सक्दछ सूर्यको लालिमादेखि रजनी पर सर्दछ । कालिमा रजनीलाई नौलो अभ्यास लाग्दछ तर यो दिनमा तारा झुल्के अत्यास लाग्दछ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी अर्थात् उज्यालो

~ठाकुर बेलवासे~ तिमीले चिनाएको देशको झण्डा हातमा उठाएर म आज नागरिक बनेको छु । तिमीले रचेको इतिहास पढेर खोल्सा, खोँच र गोरेटाहरू अनि आफ्नै अनुहार चिन्ने भएको छु । तिमीले एउटा आकाश बनायौ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~मञ्जुश्री गिरी~ यातना र त्रासमा पनि गतिशील अविरल निरन्तर जीवनदेखि जीवनसम्म जोस जाँगर र उत्साहमा निरन्तर खटिरह्यौ विश्वासका ज्वारभाटाहरू कतिपटक देख्यौ विद्रोहमा

Posted in कविता | Tagged | Leave a comment

कविता : घर फर्कने सपना

~पुरु लम्साल~ आफैंले बनाएको घरले थिचेर बाले संसार छोड्नुभएपछि मैले घर छोडेँ। घरमै छुट्यो आमाको काख

Posted in कविता | Tagged | Leave a comment