Category Archives: कविता

Nepali Poems

कविता : म आतङ्ककारी

~यकिना अगाध~ जीउमा होइन्जेल तागत गरियो श्रम गर्न पाइएन जीवनमा कहिल्यै विश्राम र मालिकको लागि बनाइयो महल आलिसन । बन्न सकिन कहिल्यै

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~कुबेर काका~ १ सालभरीलार्ई तिहुनको गुन्द्रुक त्यसलाई धूप हाल्न पुर्याउनु पर्ने भुटुन तुल्याउन साहुका हल गोरु मागेर दमको रोगी बिस्तारै बिस्तारै ह्याप्याक ह्याप्याक गरेर सकी नसकी बारीमा आँतर काटदैछ । २ दश बर्से छोरो छिमेकीको घरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्सात

~भिमदर्शन रोका~ मेरो ऋतु बर्सात आयो इन्द्रेनीमा रङ्ग सात आयो किन नदगुरुँ पोल्टो थापी दूर देशको सौगात आयो । मेरो ऋतु बर्सात आयो इन्द्रेनीमा रङ्ग सात आयो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वीकृति

~मीना सुब्बा~ अब म पी.टी. उषा सपनाको रंगीन छाता ओढ़ी लजाउने दुल्ही कल्पनाको कति साँझ बार-बार फर्किआएँ कति बिहान बार-बार घुमिआएँ तर मावला खान गएको मेरो यौवन फर्किआएन

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~छत्रप्रसाद काफ्ले~ दुःखमा पनि सहन जान्नुपर्छ यो जीवन आकाश जस्तो पार्नुपर्छ ! सुख दुःखका बादलहरु आउने जाने क्रम जारी छ घाम छाँया र दिन रात भई नै रहन्छ ! !

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~रबिन्द्र अर्याल ‘नादान’~ बर्सातले लेराएको बात्छिटा हुर्काउनु छ भीमकाय ओडार भित्र दिनु छ रवि किरण बिना चाँदनी सान टुसाउनु छ छेडेर धर्ती बजार्दै लात्ती परेड खेलाउनु छ टुँडिखेल जत्रो छातीमा किन्चीत आइया आत्था हुन्न

Posted in कविता | Tagged | Leave a comment

कविता : चिनारी

~दिलिप पौड्याल~ एकाबिहानै घाँसको भारि पल्टाएर भानु जयन्ति मनाउन स्कुल जाँदा भानुभक्त को हुन् थाहा थिएन मलाई दाँया हातले दुबो टिप्दै गुरुको मुखारबिन्दु बाट कविता सुन्दा कविता के हो थाहा थिएन मलाई सबैको अगाडी थियो उनको फोटो फूलमाला र अबिरले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशबाट हेर्दा

~ममता पन्त मिश्र~ म तिमीबाट धेरै टाढा, सात समुद्र पारी रहँदा पनि तिमी सधैँ मेरो सम्झना माझ, मुस्कुराई रहेको हुन्छौ बर्षौ वर्ष बितेछ तिमीलाई छोडेको पनि त्यै पनि तिमी सधैँ मेरो मुटु माझ, बास बसेको हुन्छौ मेरा हर खालि घडीहरूमा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गुमनाम मान्छे म

~अमृता बुढाथोकी~ मिलनमा निराकार तिमीलाई पूर्णआकार दिने पूर्ण वृत्त म, अनकन् उपमाले सजिने तिम्रो हृदयेश्वरी म तिम्रो आँखाको पूर्ण चन्द्रसूर्य म । तिम्रो आदेश मानुन्जेल आदर्श छोरी, दिदी, बहिनी र पत्नी म ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उ त धपक्क भएर बलेको छ

~लीला उदासी~ ऊ त धपक्क भएर बलेको छ एउटा तारा झर्यो ! दिनदहाडै सूर्यास्त भयो अन्धकार छायो झापाको आकाशबाट एउटा नक्षत्र खस्यो मेरो. मन मान्न त तयार छैन तर हो ! मेरो प्यारो मित्र गयो ऊ शून्यमा बिलायो ! ऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्य विनाकी शशि

~किरण सिटौला~ मृत्यु पछिको स्वर्ग कस्ले देखेको छ र यहाँ ? जिउँदै भगवान कस्ले पाएको छ र यहाँ ? मैले पाप गरेहोला मृत्यु पछिको सजाय भोग्ने साक्षी को छ र यहाँ ? म कसरी विश्वास गरुँ ? यमराजको त्यो लेखा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आजकल म रक्सी पिउँछु

~देबेन्द्र बस्याल~ न मलाई बुद्धिमानी नेता बन्नु छ नत मलाई भ्रष्टचारीको पगरी गुथ्नु छ केवल मलाई जीवन कटाउनु छ साथी, आजकल म रक्सी पिउँछु झुटको खेती गरेर जीवन धान्नु छैन मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : मलामी

~केशव गजुरेल~ आज फेरि, एउटा आत्मकथा जलिरहेछ त्यो बिरानो घाटमा। त्यही भाग्यमानी घाटका केहि जोर समाजशास्त्र हेर्ने आँखाहरु साक्षी थिए। तर,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो पनि देश छ र ?

~मिनेन्द्र भण्डारी ‘निश्चल’~ नदीहरु आफै बगेझैं फूलहरु आफै फुलेझैं , र, चराहरु आफै उडेझैं म पनि जीवित छु धर्तिमा – आफ्नै मौलिक युद्दले । मेरो प्रिय देश !

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम

~सुमन राई~ कसै गुमनाम छ कसै भने लोकप्रिय कसै अछुत छ कसै पुज्नीय कसै निरुदेश्य छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सिद्धियो

~विशाल सर्घाईँ~ इच्छा त थियो अनेकौँ सम्झेर बिर्सिदिँदै छु अचेल खुट्टाले कुल्चेको माटो हेर्दै भरे – भोलिको भूकम्पले तहस नहस पार्ने हो कि ? बर्खा यामको पैह्रोले थिचिदिने पो हो कि? बस्, यस्तै यस्तै विचारहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : नफेर पहिरन

~दीपक कुमार ज्ञवाली~ उघार दैलो सानु म आउँदैछु घर । शरिर जलेको हो आत्मा छ अमर । सक्दिन बिर्सन त्यो सुखद् जीवन । किन फे¥यौ पहिरन मुहार मलिन । नश्वर शरिर आत्मा सधै अमर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्नु छैन अर्धाङ्गीनै कसैको

~लक्ष्मी बिष्ट~ सारा संसार मस्त, नीदमा सुस्ताउँदा मध्य रात नभनी, किचनमा काम गरिरहन्थे चाहे तिम्रो उपलब्धिमूलक काम होस् वा, अन्य कामबाट थाकेर आउँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : बिशाल मन

~ठाकुर मान लामा~ बिशाल मन कसैको छ ? तिमी भन्छौ – तिम्रो छ । उ भन्छ – उसको छ । शायद म पनि भन्छु – मेरो छ । तर गर्व साथ छाती फुलाएर कसैले पनि भन्न सक्दैन कि मेरो मन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो हेडसर

~राजेन्द्रप्रसाद अर्याल~ दुर्भाग्य ! जे नहुनुपर्ने थियो त्यही भयो विवेकहीन र निर्दयी कालले पनि असल मान्छे नै छान्दोरहेछ अफसोच ! अन्यायपूर्वक अनि बलजफ्ती जिन्दगीको जागिरबाट मेरो हेड सरलाई मृत्युले अल्पायुमै छिनेर लग्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा शब्दकोश

~राइमाण्डु~ एउटा शब्दकोश किन्न मन छ । अनि आफुलाइ मन नपर्ने शब्दहरु छानी छनी मेट्न मन छ । जस्तो समाज ले भन्दा ज्यादा पानी र आगो ले छुट्याएको तिमी र म । दलित । जस्तो तिमिलाइ मैले लाएको

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो दिन अनि कालै छ छाया

~उमेश सामिप्य कान्छा~ कालो दिन अनि कालै छ छाया… कालो मनमा कालै छ माया… जब एकातिर मात्र हुन्छ दियालो… छायाले आफ्नो रुप लिन्छ…

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि कलम

~इश्वर देवकोटा~ यी कलम नाच्छन कापीका पानामा, जोडेर अक्षर कविका तानामा !! लेकका गुराँस चेलीका गुनासा ,

Posted in कविता | Tagged | Leave a comment

कविता : रोइरहेको मेरो देश

~विशाल दर्लामी~ खै किन हो ? आज–भोलि मेरा आँखाहरूमा देश रोइरहेको पाउँछु हिमालका चुचुराहरूमा पहाडका वनजङ्गल अनि, तराईका समथर मैदानहरूमा सयौँ गल्छी

Posted in कविता | Tagged | Leave a comment

कविता : उ पक्कै आउँछ

~रेशम वि.सी.~ आमा उ पक्कै आउँछ तिम्रो अस्मिता बचाउन उ पक्कै आउँछ तिम्रो तनलाई टुक्राटुक्रा पार्नेहरूका विरूद्ध भीषण लडाई लड्न नालापानीमा फन्फनी घुमेका

Posted in कविता | Tagged | Leave a comment

कविता : बधाइ

~एम.एल. ओली~ आमाको आँशु झरेको थियो छातीमा टेकेर पहिलो बेत गर्भको शिशु तुहेको देखेर मिलेन सल्लाह बल्झियो काल समय घर्कियो छिनेको मेरो कम्मरदेखि जगत थर्कियो । पहिलो शिशु जन्मेको थियो साहसी वीरको बुझेन कुरो कलिलो थियो नेपाली शिरको

Posted in कविता | Tagged | Leave a comment

कविता : यदि

~शंकर सोनम ‘वीरसाना’~ म तिमीलाई, आँखाका नानीहरूमा नदेखुँला । तिमीलाई म, मेरो वरिपरि पनि नदेखुँला । तर, सपनाका पर्दाहरुमा तिम्रा आँखाका नानीलाई देखेँ भने, म के गरुँला ? भैगो, म हाम्रो,

Posted in कविता | Tagged | Leave a comment

कविता : जमरकोटे काइँली

~किरण सिटौला~ जमरकोटे काइँली हिजो बिस पुगेर आज एक्काइस लागिछिन उन्माद उनको भख्खरै चढेको वैसमा हिँड्दै भाँचिएला जस्तो उनको वदनको चालले पाउला फेरी हलक्कै हल्किएको नुतन बिरुवा जस्तो हिजो की मुना आज आकाश छुने वृक्ष्य बनिछिन बाटोको तोते बोल्ने बच्चाले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मायालु अनि भेडेटार

~राइमाण्डु~ उफ्फ कस्तो गर्मि बढ्यो हौ । हेर त तिम्रो निधार बाट मुल फुटेको मोति दाना । उधो तिर गाला घाँटी हुँदै टिलपिल टिलपिल गर्दै झरेको । हैन । ए… मायालु जुङ्ना हौ माथी डाडातिर । जाङ हौ एसो सित्तल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म त्यो दिनको प्रतीक्षामा छु!

~मोजेस हृदय त्रिखत्री~ मेरो जातीका वीरताका गाथाहरु नानी नसुत्दा, आमाले सुनाउने दन्त्य कथाहरु भएकाछन्। खुकुरीले पनि, दापभित्र बस्दा-बस्दै धारहरु गुमाइसकेछन्। आन-बान-सान हुने गर्थ्यो पहिले- हाम्रो पाडे टोपी! हिजअस्ती पहाड बन्द हुँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको भद्दा मज्जाक !

~मिनेन्द्र भण्डारी ‘निश्चल’~ हिजो संगै लडेका हौं युद्ध बसेका थियौं एउटै शेल्टरमा र,कसेका हौं सयौं मोर्चाहरु ।। अपशोच ! डराएर क्रान्ति यात्रादेखि तिमी हराएका हौ जनशिविरबाट र, बेचेर त्यही अलिकती उपलब्धी पाएका हौ अवसरको त्यो सत्ता ।

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो लाहुरे

~अजय विश्वोकर्मा `सीमान्त´~ त्यो लाहुरे लगातार समयले घोक्रे ठ्याक लगाएर हिडिरहको जिन्दगीमा विराम लिन खोजेको त्यो लाहुरे लगातार हिडिरहको छ सकिनसकी

Posted in कविता | Tagged | Leave a comment