Category Archives: कविता

Nepali Poems

कविता : माधवी

~चन्द्र राइ ‘आकाश’~ तिम्रो सुन्दरताको वयान गर्दा महाकवि बनेछु झैं लाग्यो तिम्रो स्पर्शको तरङ्गमा नौलो संगीत प्रलय भए झैं लाग्यो । म आफू तिम्रो स्ना त यौवनको दहमा पौडन्दा स्नायुका सन्जालभरि झट्कन प्रवाहित भो तिमीले तिम्रा सर्वस्व मलाई सुम्पदा स्वर्गपुरीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माछो, एक्वेरियम र परिधि

~सविना सिन्धु~ माछो, एक्वेरियम र परिधि सबिना सिन्धु म बाँचेको कथाको देश आँशु र भेलको सामुन्दि«क देश डग्मगाउँछन् सपना, बाढी बढ्दा बढ्दै स्वयम् निल्न थाल्छ मलाई म मान्छे भएर बाँच्दिन माछो भएर बाँच्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : घण्टाघर र सपना

~सविना सिन्धु~ प्रत्येक दिन नयाँ प्रणयसाथ म उभिन्छु घण्टाघरझैं समयले अँगाल्छ मलाई । र रातमा पोल्टटाभरीका जून निलेर निदाउँछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : किसानको रहर

~लक्ष्मीप्रसाद देवकोटा~ सानो छ खेत, सानो छ बारी, सानै छ जहान नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।। बिहानपख झुल्किन्छ घाम देउराली पाखामा असारे गीत घन्किछ अनि सुरिलो भाकामा ।। काँधको शोभा हलो र जुवा हातमा कोदाली जीवन धान्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्मविम्ब

~मोहनबहादुर कायस्थ~ कलेटी परेका ती कन्चट र निधारका धर्साहरु हिस्सी नपरेका ती अनुहारका रेखहरु वर्षौंवर्षपन्जामा परेका ती भावनाहरु यसै ओइलाएर सुक्नेछन् धुजिएर जानेछन्, बिलाएर जानेछन् किनभने यहाको आबोहवाले नौलो रङ्ग लिएको छ नया पालुवा फेरेको छ-आफै भित्र ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चन्द्रग्रहणको क्षण बाँसुरी बजाइरहेँछु

~राधेश्याम लेकाली~ कस-कसको चालले हो स्थिति अराजक बनेको छ भयैभयमा बाँच्नु पर्ने चन्द्रग्रहणको यो क्षण भयमुक्त हुन म बाँसुरी बजाइरहेँछु । त्रिवेणी मुठभेडको स्थितिले देश जलिरहेछ एकातिर रगत पोखिएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : झापा सुन्दरी, तिमि कहाँ हरायौ ?

~प्रशान्त खरेल~ विहानीको रक्तिम लालीमासँगै पुर्णचन्द्र जस्तो हँसिलो मुहारमा इन्द्रेणीका रङ्गहरू खेलाउँदै छरितो मुस्कानसाथ भेट्न आउने झापा सुन्दरी, तिमि कहाँ हरायौ ? हो यस पटक पनि उहि गर्विलो मुस्कानसाथ आत्मियता दर्शाउँदै खुला आकाश र न्यानो घामसँगै गम्लङ्ग अँगालो हाल्यो झापाले

Posted in कविता | Tagged | Leave a comment

कविता : अब यस्तो राजनिती गरिनु हुन्न

~साजन राई ‘उपेक्षित’~ हुरी-बतास पानी-झरीबीच सिकुवाको कुनामा बसी मेरा पप्पा हँ हँ को रोगी जिउ र ख्वाँक-ख्वाँक को सुख्खा खोकीसँगै .. मलाई तीन पुस्ते कथा सुनाउनुहुन्छ । नाति .! राजनीति कहिल्यै नगर्नू …! भर्लाको पातमा लाम्पातेको ढुटा खौरिदै सुर्ती बेरिदिएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लुङ्वोङ्वाहरुको उत्सव

~भवानी तावा~ म ०१० सालको चस्मा लगाएर् इतिहास तेन्जिङ शेर्पा हर्दैछु सगरमाथाको उचाइमा तेन्जिङ हर्दैछन ग्रेटवाल लाखौं मजदुरहरुको उच्छ्बास परिश्रम सगरमाथा चढ्नुमा पेट र कृतिमानको सवाल थियो तर ग्रेटवाल शासकहरुको शाखको पराकाष्ठा मलाई शत्तिले निर्माण गरेको इतिहास भन्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : उमेरको मनोविज्ञान

~गोबिन्दसिंह रावत~ टाढाबाट हिमका श्रृखलाहरु झै कनपट्टीका रौंहरु टल्किन थालेपछि उमेरले पनि पत्याउन छोडेको आभास हुन्छ ऐनमा आफूलाई तरुनो ठहराउन जति खोजे पनि अनुहारका खाल्टाहरुले गिज्जाउन थाल्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल

~मिश्र वैजयन्ती~ फूल- बोटमै फुलिरहन दिनु कि, जीवनका उत्तापलाई छुन दिनु अर्थको बोध साँघुरो बासनाको ओतमा लत्रक्क नुहिएर घाममा भ्रममा उडेका उडनतस्तरी भएर

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु विपठनः एनेस्टेशियाका धुपहरु

~सरुभक्त~ खोई मनका सारसहरु कुन सिमसारतिर लागे ? जति आत्महत्या गरेपनि मान्छेहरु सिद्धिदैनन् गिरफ्तार जिन्दगी आउ, आफैले आपूmलाई सुपुर्दगी गरौं दिमागका धुर्रा घुमाएर तन्नमहरु इतिहास ब्यूताउँदैछन् नालापानीदेखि कालापानीसम्म गुर्खाज् सिमेट्री याने गोर्खाली चिहान इतिहास मर्नेहरुले बनाउँछन् वाँच्नेहरुले के बनाउँछन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : पीज्जा

~सरुभक्त~ शव्दसमाधिः समाधिस्थ मनका टाइकुनहरु अक्षरहरुका कोर्रालाएर अजन्मा डाइनासोरसहरुको गीत गाउँछन् घोष्ट डिटेक्टरः उपद्रयाहा जीनहरु के रोहवरमा दीपेन्द्र सिन्ड्रोमहरु जन्माउँछन् ? राक्षसी क्लोनका नेताहरु छाडा देवताका विरासत धान्दैछन् पाइथागोरसहरु ‘म्युजिक अफ द स्पेर’ मा मदमस्त छन् उदाङ्गो छातीः लोपेजमुद्राहरु कुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~सरुभक्त~ एस्–ट्रेभित्रका विद्रोहहरु ताप्केबाट उम्कन खोज्दा भुङ्ग्रोमा शुभ–साइत दुर्भाग्यहरुको च्याउको रुख चढ्दै गलगाँड सुन्दरीहरु रगतको नदीमा माछामार्दै छन् वन्दी प्रत्यक्षीकरण रिटः मिसिलविना औद्योगिक जोगीहरु सुरुङभित्र धरहराहरु उत्पादन गर्दैछन् अवशिष्ट गौरवगाथाः जाउँ वरु भाडाका टट्टु वनी विक्नलाई

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मेरो कुकुर स्वर्गे भयो !

~भैरव अर्याल~ घुक्ने काम उसको अखवारले खोसे ढुक्ने काममा शिक्षित बेकार कसिए झै-झगडाको दायित्व साहित्यकारले टिपे पुच्छर हल्लाउनेमा प्रशासक खटिए अब ऊ आफ्ना सबै कार्यभारबाट मुक्त भयो मेरो कुकुर स्वर्गे भयो ! अब मूसाहरुले चारकोसे झाडीमा डढेलो लाउन्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नया वर्ष

~विमल गौतम~ गाऊ शहर पहाड तराई जता ततै आहत छ आउ नया वर्ष गन तन्त्र नेपाल मा स्वागत छ धेरै लड़नुछ तिमीले यहाँ भिटामिन पिएर आउ राजनैतिक फोहर फल्नुछ कन्टेनर लिएर आउ गोलि बारुद हरुले अघायौ भो त्यहिँ रोकेर आउ

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे हो! यिनलाई प्यार गर है

~माधव प्रसाद घिमिरे~ खेल्दै शान्ति र कान्ति खाटनजिकै आई बसेका थिए हेरी यी अनजानलाइ उनका आँसू खसेका थिए बिस्तारै शिरमा मुसारि यिनको, केही नबोली गइन् हाली आशिक बिन्दु बिन्दु गहको आँसू खसाली गइन्

Posted in कविता | Tagged | Leave a comment

कविता : बगैंचा

~अपराजिता प्रभास~ फूलका साना थुङ्गाहरुमा सपनाको महल सजाउँदा रङ्गीचङ्गी बगैंचाको प्रकृतिले प्रशंसा गर्दा नीलो आकाशको गर्जदो बादललाई छेकी भुईँमा मानिसको प्रतिबिम्ब खिच्दैछु म । जहाँ प्रकृतिको

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खि वस्ता

~अनु~ तिमीलाई पर्खि वस्ता बस्नै साथै यहाँ रात हुन्छ अनि ओठभरी मेरो चिसो सुस्केराको सौगात हुन्छ वसन्तले सुमसमाएर नै के हुन्छ् र अव आँखामा मेरो बर्षात हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म र ऊ

~अज्ञात~ म सक्दिन तिमीलाई लुकाउन आफ्नो हृदयको आकांक्षालाई सक्दिन पलभर टाढा रहन, केवल तिमी नै हुन्छौ मेरो पर्खाइमा हाँसी हाँसी लगायौ यो बन्धन सक्दिन सजिलै चुडाउन पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : मनभित्र

~अज्ञात~ मेरो हेराइमा फरक छैन तर समाजको केही भर छैन तिमी मेरो अभिन्न मित्र ऊ मेरो जीवनभित्र । मेरा भावनाहरुमा समानता छ तर पनि सामाजिकतामा बाधिएको छु तिमीसंग खुशी बाड्न मन लाग्छ ऊ संग दुःख साट्न मन लाग्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अधुँरो माया

~अपुर्व~ चाहानालाई भुल्नु पर्छ, मायालाई सम्झे पनि धोखालाई भुल्नै पर्छ, मायालुलाई सम्झी सम्झी जीवन एउटा खेल हो, माया गर्नेहरुको साथमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हेराई

~अनु~ मलाई नहेर नहेर तिमी मेरो हेराईमा बसिदिएमात्र हुन्छ मलाई नचाहे नचाह तिमी मेरो चाहाना बुझिदिएमात्र हुन्छ मलाई नपर्खे नपर्ख तिमी मेरो पर्खाई बुझिदिएमात्र हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~अनु~ जीवन देखि भागी नहिंड यंहा किनारा पाउन गाह्रो छ, नलुकाइ देउ हृदयको माया खोजी हिड्दा पाउन गाह्रो छ। आत्मा तिम्रो अमर हुनेछ बाँड आफ्ना भावनाहरु, प्रेम संधै चोखो हुनेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी विना

~अनु~ प्राकृतिक सुन्दरताले परिपूर्ण भएर के गर्ने तिमी विना उराठलाग्दो छ यो ठाउँ सम्झन्छु म धेरै तिम्रो साथको यो ठाउँ भान हुन्छ तिमी सँगैछु म अहिले पनि तर विरानो दृष्यहरु आँखा सामु हुदाँ तिमी सँग विताएका क्षणहरु कल्पना मै सिमित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रद्धान्जली

~हस्त गौतम “मृदुल”~ म गएँ है आमा भन्दै गयौ, फेरि फर्केर आएनौ आसामायिक निधन भयो हामीलाई देख्न पाएनौ कस्तो दशा यतिविधि धनजनको अपूरणिय क्षति के विपत्ती आई परयो गुमाउदा भयो नि ठूलो खती खाउँखाउँ लाउँलाउँ भन्ने बेला दुर्घटनामा पर्यौ जीवनभर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : मुटुमा काँडा

~अनु~ मेरो मुटुमा काँडा बिझाई तिमी किन आयौ? तिमी किन गयौ दुःख दिनु थियो त तिमीले किन जगायौ नदिमा पानी किन थपिदियौ पत्थरमा जंगल किन उगाई दियौ? मुटमा रगत किन चलाई दियौ

Posted in कविता | Tagged | Leave a comment

छोक : पर्खाइ

~अनु~ तिमीलाई पर्खि बस्दा बस्दै सधैं यहाँ रात हुन्छ अनि ओठभरि मेरो चिसो सुस्केराको सौगात हुन्छ। वसन्तले सुमसुम्याएर नै के हुन्छ् र! जव आँखामा मेरो बर्षात हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : संवेदनहीन बागबजार

~अनु~ लम्पसार सुतेको बागबजार भित्र अनेकौ गल्ली छन् अर्थहीन सुताइएको केहि अर्थ दिने वाहियातका सपना मध्ये ती धेरै गल्ली मध्ये एउटा गल्लीसंग मेरो आत्मीयता छ व्यथाका सपनाहरुबाट कुनै सपनामा सपनाको अर्थ खोज्ने बाध्यता छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना

~अनु~ कहिल्यै एकान्तमा तिमीलाई सम्झदा मेरो आउँछ नै न तिमी हाँस्न सक्छौ, न त तिमी रुन नै सक्छौ, पिरौल्छ यादले मेरो तिमीलाई तिम्रो आत्मालाई बढाउँछ ढुकढुकी तिम्रो, विथोल्छ तिम्रो जीवन नै,

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~घायल श्री~ सांसद् ज्यू, तपाईं सामु सानो निवेदन पेश गरेको छु प्रतिनिधिसभामा लगी पेस गरिदिनु हुन्छकि ? मेरो विनम्र अनुरोध । सांसद ज्यू , हिजै मात्रै हो हाम्रा गाउँको हर्केले कालीसँग आई लभ यु को प्रस्ताव राख्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : देशसँग

~विवश पोखरेल~ बादलको कालो घुम्टो उघार्दै समयको साँघुरो आँखीझ्यालबाट अनिमेष जीवन चिहाइरहेकी तिमी एउटा सुकिलो जून हौ । सौन्दर्यको मनोरम उद्यानमा तिखा काँडाहरूसँग जुध्दै निर्बाध ढकमक्क फुलिरहेकी तिमी सुन्दर फूल हौ । रोक्न खोज्दाखोज्दै पनि व्यवधानका कुइनेटाहरू छिचोलेर अविचलित बगिरहेकी … Continue reading

Posted in कविता | Tagged | Leave a comment