~अनु~
मेरो मुटुमा काँडा बिझाई
तिमी किन आयौ? तिमी किन गयौ
दुःख दिनु थियो त तिमीले किन जगायौ
नदिमा पानी किन थपिदियौ
पत्थरमा जंगल किन उगाई दियौ?
मुटमा रगत किन चलाई दियौ
फेरि अव किन जमाई दियौ
उपवनको फुललाइ अब किन चुडायौ
बर्षाको भेललाई अब किन बगायौ
रुखहरुलाई अब किन उजाड बनायौ
मेरो कल्पनालाई किन सपना बनायौ
(स्रोत : Dainikee.com)
