Category Archives: कविता

Nepali Poems

कविता : आजभोलि आकांक्षा

~आभास~ आजभोलि आकांक्षा किन यसरी चम्केको लाग्छ कहिले फुल भएर फुलूँ र ढपक्क ढाकूँ प्रिय धरतीलाई अरु केही नसके अलिकति सुगन्ध छर्न सकिन्थ्यो लाग्छ कहिले आकाश भएर फैलिऊँ र काखमा लपेटूँ सिङ्गै पृथ्वीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेको परिचय

~ठाकुर मान लामा~ मान्छे पहाड बन्छन् होइनन पहाड बन्ने कोशिश गर्छन् नसक्नेले पनि सक्छु भनी कोर्रा कुरा त्यसै पनि हाक्छन् हुनेसँग सम्पति त हुने नै भए नहुने पनि छ भन्छन् कोही किन कोसँग झुक्ने कोही किन त्यसै झुक्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो स्थिती

~डा तारानाथ शर्मा~ चरर चरर गर्दै पीरले चिर्छ छाती समय सुलुलु गर्दै चिप्लियो यो नजाती घर र पर गरेरै देहले शक्ति त्याग्छ नर भइकन मेरो जन्म नै व्यर्थ लाग्छ। सकल हित स्वयंको स्वार्थको मार्ग फाल्दै जनहितप्रति लाग्दै देशसेवा अँगाल्दै अलिकति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालो देखिएन त ?

~कणाद महर्षि~ उज्यालो देखिन्छ त ? उज्यालोमा जाओभन्दा नजाने अँध्यारोमा जानुपर्ने -यो कस्तो अफसोच ! -यो कस्तो विडम्बना !! -भनौं यो कस्तो नरकीय यात्रा !! उज्यालोमा आँखा चिम्लियो भने अँध्यारो हुन्छ/अँध्यारै देखिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अली बाबाको शहरमा

~दिपा एवाई राई~ अली बाबा के यो शहर तिम्रै हो ? जताततै आगोको ज्वलामुखी गई रहेको देख्दैछु वरीपरी कैयैां भुगर्भबाट आगोको लप्का उम्लीएर मुल्तानी माटोसँगसँगै पुत पुताई धुवा आकाशमा मडारीएर रक्तीम साँझ बनेको रहेछ त्रासदी !

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको पुस्तक

~वासु शशी~ मेरो देशको पुस्तकका पृष्ठहरू ठाउँ–ठाउँमा च्यातिएका छन् ! यसलाई पढ्ने मेरा बालकहरूले अवश्य ‘यो त भएन बा !’ भन्नेछन् ! यसका पन्नाहरूको अक्षर नै मेटिने गरी

Posted in कविता | Tagged | Leave a comment

छोक : गोठालो दृष्टि

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ यो समय आहाल बसिरहेको भैँसीमाथि बसिरहेछन् भ्यागुताहरु र कुरिरहेछन् भैँसीको भव्य प्रस्थान । केही समयअघि

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~झमक घिमिरे~ समयका पानाहरुमा मानव आक्रोश पोखिए मूर्दावाद र जिन्दावादका नारा लेखिए थुप्रैको पुत्ला सल्काइए जिन्दगी त्यहाँ उभियो, विना रङ्ग ऊ शालिक जस्तै मौन, स्थिर उभिरहेछ अब जिन्दगीको नयाँ रङ्ग पोखिनुपर्छ । ऊ कञ्चन आकाश हेरिरहेछ, जिन्दगी,

Posted in कविता | Tagged | Leave a comment

कविता : म प्रचन्ड हूँ

~शिरीष~ बाल्यकाल आफ्नो एक सपना झैँ सम्झन्छु मन लाग्छ यि यादहरूलाई पछाडी नै छोड्न तर मेरो वर्तमान हर दिन यिनलाई नै पुकार्छ स्मरण भयो अब कि केही उत्तर छ यसमा खोज्न राजसत्ता ढाल्ने प्रयासमा एककृत सब दलहरू भूलेर अनेकता आफ्ना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धेरैले आशा देखाए

~बाबु लामा~ धेरैले आशा देखाए कतिले भरोसा दिलाए तिम्रो गितमा संगीत भर्छु भनेर हात पनि मिलाए तर सबै झुट रहेछन सबै अबसरबादी रहेछन निभेको आगो होईन बलेको आगो ताप्दारहेछन

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वप्नहरू

~ईश्वर बल्लभ~ त्यसो त एउटा स्वप्नजस्तो रङ्गी-विरङ्गी अनेकौं विम्बहरू कति परीहरू उड्छन्, पुतली र चराहरू माथि, कहिले आकाशको नीलोमा र गहिरोमा समावेश हुन्छन् फेरि विस्तारै-विस्तारै फूल बन्दै विस्तारै-विस्तारै झिनो पर्दा बन्दै, पारदर्शी समायोजनको उत्सव ओर्लिन्छन्, उक्लिन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विसर्जनको दिशामा

~मिनबहादुर राना~ विदेशीले दिएको नारा बोकेर देशले यत्रो गति लिइसकोको वेला आफुलाई जनताको नेता भन्नेहरू बेचेर देशको स्वाधिनता र स्वाभिमान राता रात महलका मालिक भइरहेछन। देखेर हाम्रो पानीको मुहान लोभले लालचले, सुटुक्क उस्ले र्‍याल चुहाउँदै मुख वाई रहेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आदि

~तोया गुरुङ~ अँध्यारोमा वेदाङ्किनी उदाई दियोको सलेदो छोटो- तेलको किमत महँगो छ । मैनवत्तीको शिखा पग्लन्छ निरन्तर मुद्राको मोल कति नै र मान्छेको भूगोल सस्तो सहरमा मान्छेको अँध्यारो मन त्यो मन लोडसेडिङ कहिले उज्यालो हुन्छ न मस्र्याङ्दी न कालीगण्डकी सप्तकोसीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दु:स्वप्न

~श्यामल~ खोलाहरुमा बग्नै छोडयो कञ्चन पानी रगतको बेगवान् नदीमाथि हल्लिदै छ झोलुङ्गे पुल भन्छन् योद्धाअरुले डामेका ढाडहरु अब के—के हुने हो । कोचिएको छ खचाखच दिमागमा बदलाको भूत बाटाहरु यति धेरै छन् यस ठाउँमा कुन बाटामा कोही किन जाने हो

Posted in कविता | Tagged | Leave a comment

छोक : फाली नहाल्नु

~आरती केसी~ ढुङ्गा भनेर झट्ट फाली नहाल्नु त्यो देवता पनि हुन् सक्छ टाढा छ भनि झट्ट बिर्सी नहाल्नु

Posted in कविता | Tagged | Leave a comment

कविता : देश बनाउन सिक

~तुलसी पान्डे~ जीवनका हर पाइलामा संयम हुन सिक, अशान्तिमा रूझेको यो देशलाई शान्त पार्न सिक तिमी पंक्षी होइनौ तर पनि अडिग भई अग्ला हिउँचुली अनि शिखर चुम्न सिक जहाँ बुद्ध जन्मे अनि सीता र भृकुटी उदाइन शिर ठड्याई गौरव गर्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आदिवासी आवाज !

~बिष्णु सुवेदी ‘दोलखे’~ त्यो पारिको उन्यू फुलेको पाखो र तितेपाती घारी छ, नी उ त्यो भीर मौरीको मह काढ्ने पहरो सबै–सबै आदिबासी हुन् ! कहिल्यै घाम छिर्न नसक्ने त्यो भीमकाय जङ्गल र त्यही जङ्गलको बूढो ढुङ्गा जतिकै पुरानो छु म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म भित्र को अर्को म !

~ज्योतिराज अधिकारी~ म को हो ! म के हो म म नै हो वा होइन कि म भित्र अर्को म छ कि म भित्र नै छैन म ! त्यो म लाई म कसरी भनुं म जब उ मेरो मान्दैन आफै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्म र अफिम

~चन्द्र गुरुङ~ सडकैभरि पोखिएका भक्तजन् जोरदार चिच्च्याइरहेछन् भजनकीर्तन उफ्रिँदैछन् जोश र आक्रोश कुनातिर कोही फुसफुसाइरहेछ ओऽऽऽम माने पेमे ओऽऽम माने पेमे ओऽऽम माने पेमे चर्चभित्र रनभुल्लमा छ क्यारोलको लय मस्जिद वरिपरि पखेटा फटफटाइरहेछ आजानको पंक्षी लट्ठिएको छ समय- गल्ली-गल्ली, चोक-चोक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाज, नदी र म

~तुलसी दिवस~ समय थुनिएको बुइगलको भत्किएको पाखामा शताब्दीको पुरानो डोकोबाट पोखिएको जैविक मलजस्तो अँध्यारोको थुप्रोमा पुरिएर आफैँ निसासिई दसैँको जमराजस्तो उज्यालो विमुख पहेलिएको आवाज, युगको आफ्नै छिंडीको चिसो भुइँतलामा युगौँदेखि बन्द समयको रुघा लागेको मोटो आवाज, बन्दीघरमा थुनिएका तर नसुनिएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुतेको देश

~स्वामी सुभाष चन्द्र~ मेरो देश सुतेको छ, उठ्नै नसक्ने गरी सुतेको छ| भातृप्रेम बेसुरशैली मा टुक्रदै फुटेको छ, हो,मेरो देश सुतेको छ | लोकमा सन्त्रास उठेको छ, आगोमा बर्बर ज्वाला उठेको छ|

Posted in कविता | Tagged | Leave a comment

कविता : म एउटा आगो हुँ

~दिपा एवाई राई~ चकमक झुलोबाट निक्लेर अगेनामा धुनि जगाई तिमीलाई न्यानो पारी माया गर्ने म एउटा आगो हुँ, तिमी शिकार जानु अघि मलाई पोल्टोमा राखेर सधै सुरक्षीत हुन्छौ जंगली जनवारसाग युद्व गर्न कतै रात परेर अभर पर्दा मलाई राँको बनाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : माया को ढिस्को

~अभि सुबेदी~ धेरै बगेपछि आँशु जस्तो पानी सुकेर गए पनि आकाशमा कटक्क माया लाग्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : आज

~अमन महर्जन~ रोटे पींग झैँ समय चक्र घुम्दै गर्दा को कति बल्द्यांग खाए को कति उपहास बने त्यो छटपटी मा जन्मेको प्रजातन्त्र आक्रोशमा बिउझेको यो गणतन्त्र तुँवालोले ढाकेको सुनसान बस्ति संगै सिमा स्तम्भ हरु ढल्दै र ढाल्दै गर्दा पराइ र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दिन सबैको आउनेछ

~महेश  बराल~ एक दिन सबैको आऊनेछ, जसरी ऊसको आएथ्यो, त्यसरी नै तिम्रो पनि आऊनेछ, मेरो पनि आऊनेछ । हो साथी, एक दिन सबैको आऊनेछ । ऊसको र मेरो सोच उस्तै थ्यो, जसरी समानता छ तिमी र ममा । ऊसको र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झट्ट आँखा उघार !

~शान्ता पन्त~ पूर्खाको त्यो अथक सपना आत्मले सम्भि्कराख, पाला पुस्ता तरुणवयको जिन्दगी होस् राख। नेपालीको अवनति भयो छैन राम्रो मुहार, ए ! नेपाली युवक सब हो, झट्ट आँखा उघार।। १।। सोचौं हामी सकल मनले देशमा फैलिएको , बाधा कस्तो भुवनभरीनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विषमता

~मित्रमणि आचार्य~ एक्लै सोच्दैछु/योजना कोर्दैछु कसरी बाँच्ने, कसरी रहने? हिजो मात्र/रमेश पक्डियो रे…। रोएको अपराधमा/आफ्नो छोरो मरेको शोकमा आफ्नो परिवारलाई साथ दिएकोमा। हिजो ऊ हाँस्नुपर्थ्यो रे ! किन भने, त्यस देशको शासकको छोरो जन्मिएको रे !

Posted in कविता | Tagged | Leave a comment

कविता : युग हाँक्ने लाल योद्धाहरू हो

~सागर कुँवर~ युग हाँक्ने लाल योद्धाहरु हो समयको मागलाई बुझ इतिहासको स्वर्णिम घडीमा विश्वको कालो इतिहासलाई ध्वंस गरी, नयाँ इतिहास लेख्न, रगतको मसी कलममा भर ! नयाँ युगको आमा बन तिमीलाई नयाँ युगले स्वागत गरिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : माली

~निभा शाह~ हामी खुट्टा बनाउँछौँ हामीले बनाएका खुट्टाहरू हामीलाई नै कुल्चिएर सडक बनाउँछन् । यही हो हाम्रो इतिहास आफैले बनाएका पैतालाले आफैलाई कुल्चिएको इतिहास ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी थाकेका छौं तर हारेका छैनौं

~राजा पुनियानी ~ त्यो समयपीड़ा नै थियो जसले थामेको थियो यौटा आदिम डरको खुनी आकाश । त्यो पीड़ाको नाममा कुनै शब्द उम्रिएन । त्यो पीड़ाको अनुहारमा बस हल्लिरहेको सहर थियो । हल्लिरहेको बस्ती थियो । हल्लिरहेको हिमाल थियो । पागल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश, कुकुरहरू र हड्डी

~चन्द्र गुरुङ~ गल्लीतिर चोकहरूमा उनकै कुरुप र क्रूर अनुहार डुलिरहन्छन् फोहरी र तिखा दाँत देखाउँदै भुकिरहन्छन् कर्कश स्वरमा आतंक । निर्दयीहरू एकआपसमा भिडिरहन्छन् लुछाचुँडी गरिरहन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा! त्यो फेरि आयो

~सुरेन्द्र रजौरा~ आमा! त्यो फेरि आयो। धर्ति साराल हल्लाएर आयो थरथर काप्दै आयो आमा! त्यो फेरि आयो। सारा नेपालीहरुलाई त्रासित बनाउन आयो कति सुन्दर अनि मनमोहक प्रकृतिलाई

Posted in कविता | Tagged | Leave a comment