Category Archives: कविता

Nepali Poems

कविता : देवतालाई सम्बोधन

~लक्ष्मण श्रेष्ठ~ ए देवता ! खुरुक्क बाहिर निस्क मन्दिरको त्यो खोपीबाट तिमीसँग धेरथोर कुरा गर्नु छ हिसाब गर्नु छ चढाएको प्रसाद कसले खान्छ पुजारीले कि तिमीले?

Posted in कविता | Tagged | Leave a comment

कविता : एक थोक

~रमेश क्षितिज~ त्यसो त धेरै चीजहरू छन् पृथ्वीमा यो घुमिरहने पर्यटकजस्तो र्सर्ूय- मृदु मुस्कानजस्तो उसको बिहान यी बूढा पर्वतहरू र तिनीहरूको शालीन गम्भीरता यी तरुनी खोलाहरू र तिनीहरूको मादक चञ्चलता उकाली र चौतारीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : धन्य गणतन्त्र

~राजेन्द्र चिमौरिया~ धन्य गणतन्त्र… तिमि छौ र त मेरो सान र मान छ , तिम्रै कारण म राज नेता र सर्ब श्रेष्ठ भा’ छु , तिम्रै गीता गाउदै सत्ता र भत्ता पचाएको छु , धन्य गणतन्त्र ….

Posted in कविता | Tagged | Leave a comment

कविता : अलिखित पानाहरु

~निरज भट्टराई ‘मनोरोगी’ ~ अल्पबिराम कथाहरु भोगिएर लेख्या छैन उनको वियोग सधैभरी पालिएर भाक्या छैन समुन्द्रमा थोपा थोपा को कहाँ लेखिन्छ र कथा जिन्दगीको गोरेटोमा ठेश लाग्या भोगिएर लेख्या छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : पुस्ता अपभ्रंश र संस्कृति

~बालमुकुन्द कार्की~ आमाले भन्नुभो- सानो उमेर भएका छोरालाई बलि दिएको नदेखाऊ तर ऊ, बलि दिएको हेर्न आतुर छ असाध्यै उत्सुक छ बाबाले फूलपाती चढाएको बलि पर्सिएकोमा रमाएको छ पल्लाघरे काकाले खुकुरी बोकी ताक मिलाएको

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वतन्त्रताको खोजी

~खेम राई~ जिन्दगीका सुन्दर पलहरु तिम्रै पर्खाइमा वितिरहेछ तिम्रो आगमनको प्रतिक्षा कुरेर आज जिन्दगी त्यसै रोइरहेछ । तिमी भनेको यथार्थ हौ आजको वास्तविकता र आवश्यकता हौ अनि जीवनका सबै-सबै । रैपनि तिमीलाई पाउन तड्पिनु परेकोछ मनमनै विद्रोह

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~कृष्णराज लावती लिम्बु~ अाजभोली विश्व बजारले खर्लप खाएछ , तिनपाने र तोङबाको ठाउँ रुसलान भोट्का र बियरले लिएछ । गुन्द्रुक सिन्की र किनेमाको अचार वाइवाइ साँदेकोले लिएछ । फाँदो सिलाम र फिलिङगेको अचारहरु अतीत भएछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गिद्धको साम्राज्य

~नेत्रबहादुर कुँवर ‘अशोक’~ हरेक दिन गिद्ध बिसे नगर्चीको शरीर ठुङ्छ सम्झेर गिद्ध रेस्टुरेन्टको परिकार जिब्रो स्वाद लिन चाहन्छ र बनाउँछु भन्छ–सुली । गिद्ध धूर्त छ गिद्ध साँच्चै गिद्ध छ ऊ नगर्चीलाई सिनो घोषणा गर्न तल्लीन छ बरु बदलामा भनि दिन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम पत्र

~लक्ष्मी प्रसाद देवकोटा~ क. तारीफका कति कुसुम फुलेथे, यात्राको उपवनमा । अरुले आँखा रमाए ! तिमी कुसुमका रुपसँगैमा, काँढा पनि भै मीठो मनमा ! पूरा दिलले अपनाएँ । अरुले पाए अरुझैँ तिमीकन, मैले अलौकिक देखेर आफू भनीकन अपनाएँ । ख. … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रोल्पाकी छोरी

~वैरागी जेठा~ रोल्पाकी छोरी क्रान्तिको बाटो हिँड्दा अक्रान्ति हुन सक्छ हरेक स्पातीमैदानहरूमा स्पाती मैदानका भेलहरू विरूद्ध एउटा भाइरस छिरेको हुन्छ वर्गसङ्घर्षको दुध चोर्न भुनभुन गर्दै घुमिरहेको हुन्छ सायद तिमीलाई थाहाछैन रोल्पाकी छोरी तिम्रो मार्चपासमा उभिएको भाइरसले

Posted in कविता | Tagged | Leave a comment

कविता : चिहान खनिदिनु छ

~पुष्प गोपाल श्रेष्ठ~ म झुप्रोमा जन्मेको मान्छे झुत्रो र झुम्रोले लपेटी यही धुलो माटोमा लुडीबुडी खेल्दै यही हावा पानीमा हुर्केको म मेरो त थलो नै हो यो । मिरमिरे बिहानमा उठ्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मदन फेरी आउ

~रमाकान्त बास्तोला~ मदन फेरी आउ , ज्युदै छु भन्दै आउ देश र जनताको लागि आधी बन्दै आउ, कपूतको हातमा राज्य भो, शासन उनै गर्न थाले, शासन प्रति धावा बोल्दै ज़न्जीर तोड़दै आउ हे मदन फेरी आउ ,ज्युदै छु भन्दै आउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो बादल

~अनिल बराल ‘गरीब चिराग अछुत’~ कालो बादल अझै फाटेको छोइन अध्यारो रात झै हटेको छोइन मेची काली जताजतै उस्तै मान्छेले मान्छेलाई देखिन्छ बेग्लै समानताको ढोका खोलेको छोइन कालो बादल बस्ति बस्तीहरुमा उर्लिरहेछ, भन्ने हरु भन्छन , संसारमा सानो र ठुलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तपाइ भन्नु हुन्छ…

~श्यामकुमार बुढा~ तपाइ भन्नु हुन्छ, दिल खोलेर हाँस तर, हाम्रो त घर जलेर खरानी भएको छ यो शोकाकुल घडीमा म कसरी दिल खोलेर हाँस्न सक्छु ? तपाई भन्नुहुन्छ, आउ रमाइलो गरौं तर, हाम्रो त सपनाको दर्दनाक हत्या भएको छ यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छिमेकी र कान्छो साहु

~झनक श्रेष्ठ ‘प्रज्वल’~ छिमेकीको नजर कणाली तिर कसैको नजर गुम्बा तिर देश जलाइन्छ हाम्रो घर भत्काइन्छ हाम्रो भूमि उजाड बनाइन्छ हाम्रो सामुदायिकता खलवल्याइन्छ हाम्रो छिमेकीको हेराइ हिमाल तिर परिश्चमाको हेराइ बाइबल घोकाउने तिर

Posted in कविता | Tagged | Leave a comment

कविता : यथार्थ

~लक्ष्मी माली~ श्याम स्वेत जीवन रंगीन सपनाहरु पलप्रतिपल आँखामा तृष्णाहरु भावनाका परिधिभित्र गुम्सिँदै ढाेंग र नाटकमा कति जिउने त्याग, तपस्या र बलिदान के को लागि, किन र कसको लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिलो प्रेमको

~रुमन न्यौपाने ‘अमन्त’~ जब, सम्बधहरु उत्कर्षकमा उम्लन्छन् । भाबनाहरु गहिराई सम्म छुन्छन् । त्यती बेला, जमिनमा फीँजारीएका आकाशभरी समेटिएका एक अम्मल खुसिहरु समुन्द्र भरि तैरीएर चेतनाशुन्य भई समेटीन्छन् । आहा ! तिमीले गर्ने प्रेम यही हो ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आइज राँके आईजा

~उमेश राई~ आईज राँके आइजा यस्पालीचाहिँ लुतो हैन डल्लै नेता लैजा सुत्त छिर्नु मेचीबाट फुत्त जानु कालीबाट हुत्त आउँनु घरबाट लुत्त जानू पालीबाट लुतो हैन यस्पालीचाही भ्रष्ट नेता लैजा आईज राँके आईज आइज राँके आइजा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : छिमेकी

~शुशिलचन्द्र लम्साल~ ऊ मेरो छिमेकी म उसको छिमेकी तर मेरो छिमेकी आजकल सुत्दैन क्यारे रातमा आवाज आइरहन्छ , आइरहन्छ मेरा नेत्रनयनले दुख पाईरहन्छ , पाईरहन्छ म सुन्दैछु ऊ आफुमा लुम्बिनी देख्न चाहन्छ इतिहास बदली लेख्न चाहन्छ तर उसले बुझेन तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झोला

~बिबश कु. सेजुवाल~ यो युद्ध को मेरो झोला अब काँ बिसाउने होला कसलाइ सोधी राख्ने होला यो झोला फेरि बोक्न सकियला कि नसकियला काँ लुकाएर राखु बन मा ? घरको गोठमा ? ओडार मा ? फेरि हराउने डर छ खोज्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जब आयो दक्षिणी हावाहुरी

~हस्तबहादुर के.सी.~ जब आयो दक्षिणी हावाहुरी भारत र अमेरिकातिरबाट पेरिस डाँडा हुदै बुद्धनगरसम्म पस्यो त्यो क्रान्तिकारी माओवादीको मूख्यालय भित्र ब्यूँझायो त्यसले त्यहाँ लुकेर बसेका अवसरवादीहरुलाई हल्लायो त्यस हावा हुरीले वैचारिक धरातल र सिद्धान्तको जग चल्यो क्रान्तिकारी माओवादीभित्र सिद्धान्तनिष्ठ र विनासर्तको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : थप उचाई जीवनको

~रश्मिला कवाङ~ एक दिन थियो जून आफ्नै थियो आफ्नै समय, आफ्नै महत्व बधाई तथा शुभकामनाका पुष्पहरु लाग्छ आफू हुनुको गर्व लागिरहेछ थियो सधैजस्तै साधारण नै नित्यकर्म उही, मान्छे उही, स्वभाव उही फरक छ त मात्र अनेक रुपरंगहरु बिशेष समयको महत्व … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समुद्र

~कमन देवान~ सूर्यलाई निभाउने दम्भमा ब्रमाण्ड नै डुबाइदिने धक्कु दिएर समयकै विरुद्ध धावा बोल्छ अनि आफूलाई सर्वशक्तिमान ठान्छ ऊ तर बिर्सन्छ थोपा थोपा शीतहरुले बनेको भनेर आफू मात्रै महान् हुँ भन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म हुँ भोलिको नयाँ नेपाल

~सागर कार्की~ “म हुँ भोलिको नयाँ नेपाल” तिमी देशलाई माया गर्छौ भने आउ मलाई पनि माया गर म भोलीको डाक्टर हुँ ईन्जिनियर, वकिल र व्यवस्थापक हुँ चाकडि र चाप्लुसी मिठो लाग्छ होईन ?

Posted in कविता | Tagged | 1 Comment

कविता : लठारो बाटौं

~अतित मुखिया~ हे ! उज्वल सर्वशक्तिमान तिमी जसरी पनि आउ मुइँली, मोङ, माङ जुनसुकै रुपमा पनि तिमी आउ चाहे ताराहोपो इँगि बनेर चाहे रुमाहाङ वा पारुहाङ बनेर चाहे तागेरानिङ्वाफुमाङ बनेर तर तिमी आउ,

Posted in कविता | Tagged | Leave a comment

कविता : राहत

~एल.के. सुन्दर~ पश्चिम नेपाल कञ्चनपुर, दार्चुला, अनि पूर्वी नेपाल पाल्पासहित दर्जनौं जिल्ला र गाविस जलमग्न। बाढीपहिरो, दैवी प्रकोप छिमेकीको कुनियत सयौंको उठिबास कैयौंको ईहलिला समाप्त।

Posted in कविता | Tagged | Leave a comment

कविता : साइँला धोब्वा र बूढी धोमा

~बिकल आचार्य~ पोहोर धानबाली सुकेदेखि थलिएको गाउँ थलिएका साइला धोब्वा असक्त बूढी धोमा सुकाएको साग र खोले। अब त चुल्हो बल्न मुस्किल छ। हामी मौन छौं देशै मौन देख्छु किन?

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुभूति

~निरज भट्टराई ‘मनोरोगी’ ~ चार किल्ला सिमाना हाम्रो कोशी ,कर्णाली ,गण्डकी र महाकाली हेर्दैछु छेकेर नेपाल ,सीन्चित गर्दै बाधेर सीमा नेपाल दुस्मनका परमाणु तेर्स्याएर राखे तातो छाल हुन्कार्दै छन् सिमाना दुब्दैन अब नेपाली भूमि कसैले बाधेर ,जम्दैछन सपुत स्वदेशलाई बचाउन गर्दैनन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘गङ्गालाल’सँग एक दिन

~सौरभ कार्की~ परबाट आयो – हावाको एक झोक्का । त्यहीबाट उदायो – एक टुक्रा घाम । अनि म रङ्गिए सातै रङ्गमा सायद सदियौंदेखि म यहाँ उभिनुको अर्थ यही थियो । छि ! हेर त त्यहाँ – लाजपचेको मनुष्य मेरै छेउ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हर्सोल्लास मा हतारिएको मन

~बलदेव भट्ट “बिहानी”~ निराधार खण्डहर का सीमारेखा पलायन को सपना बुनी सुती रहन्छन घामका पाइला दिनानुदिन राप को पहाड़ चढ़न थालेपछि जल्दो बल्दों बिहान लाल्टिनलाइ सराप्दै हाम्रा बस्तीमा ज्वाला लिई आउछ !! चैतमॉस को बेगवान हुरी दरिद्रताको हुंकार बोकी लालीगुरास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तीज र बेपत्ता सपना

~महेश क्षितिज~ फेरी अायो हरितालिका तीज अर्थात् शङ्कास्पद व्यक्तिको आरोपमा मेरो खसमलाई गोलीले उडाउँदा मेरो पोते चुडिएको अनि मेरो छोरो सेताम्मै भएको कालो दिन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तीज म पर्खि रहन्छु है

~राज बरसिंगथापा~ राता र रंगी चंगी पहिरन को भेसमा आज को दिन अरु सगै सिउदो मा झपक्क रातो सिन्दुरले भरेर रातो साडी को सप्को सप्का छोडेर झुत्ते पोते मा भूत्ते तिलहरी उनेर स्वामीनाथ को दिर्घायुको कामना मा मन खुसीले गद … Continue reading

Posted in कविता | Tagged | Leave a comment