Category Archives: कविता

Nepali Poems

कविता : चेलि

~ध्रुब कुमार थापा~ रातो चुरा रातो सारी रातै टीका लाएर नाच गाउ दिदी बहिनी धोको फेरेर बर्ष दिन सम्म तिम्रो पिन्जडाको बास भो पीडा,दर्द,खुसी सबै आज भुल्ने दिन हो । लोग्ने अनि घरको कुरा जे जस्तो नि गीतमा साथी सङि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देखासिकी देखावटी

~मणी पुमा~ देखासिकी देखावटी सबै हुन् ई चाडको नाउमा कहिँ नभाको जात्रा यै हाडी गाउमा जब देख्दछु यी सब बकबास कर्म कर्कशा ततिन्छ रनक्क चड्छ उकालो मेरो पारो मनमा कालो पोती तनमा रातै सिंगारी के फल्नेहो खै तात्तो न छारो

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्ष दिनको तीज

~बसन्त थापा~ बर्ष दिनमा आउने तीज आयो रम झम आउन दीदी आउन बहिनी नाचौ छम छम ब्रिसिएर दुःख पीर ब्रिसिएर गम आफ्नै पन सम्झिएर नाचौ छम छम

Posted in कविता | Tagged | Leave a comment

कविता : तिजैमा

~अनुराधा पौडेल~ बर्ष र दिनकै ठूलो चाड तिजैमा नाचेर आउँछु नि बरिलै नाचेर आउँछु साथी र सँगी भेला है पारी धोको फेरि गाउँछु धोको फेरि गाउँछु नि बरिलै धोकै फेरि गाउँछु माइती देश बादलुले ढाक्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : अात्महत्या

~सुरज काफ्ले~ दौडिए सफा आकाशमा, पोका–पोका सेता बादलहरु, जित्नु छ दौड जस्तै गरी, हतार हतार गन्तव्य पकड्न । स्याँ स्याँ बादलहरु, सितल ताप्न, आराम गर्न, आकाशमा चौतारी, निलो रंगको । धरतीको ऐनाले जन्माएको,

Posted in कविता | Tagged | Leave a comment

कविता : तीजको रमझम

~चम्पा देबी खड्का~ तीजको रमझममा निलो सारीमा एक महिला देखे उनैलाई आकर्शनमा राखेर यो कबिता लेखे सबैले रातो सारी पोते हातभरी रातै छ चुरा उनको निलो सारी सबै खाली मनमा रोपिन छुरा सबैको निधारमा रातो टिका ओठमा रातो लाली

Posted in कविता | Tagged | Leave a comment

कविता : निषेध (छेकाबार)

~कोइँचबु काःतिच ‘उत्तम’~ म कलाकार होइन म लेखक होइन म पत्रकार होइन न त म चित्रकार

Posted in कविता | Tagged | Leave a comment

कविता : अब म लाहुरे हुन्न दिदी

~शुष्मा रुपाबुङ~ तेज गतिमा गुड्दा गुड्दैको गाडी घच्याक्क रोकिए जस्तो फेर्दा फेर्दैको श्वास प्याट्ट रोकिए जस्तो अनि चल्दा चल्दैको बतास टक्क अडिए जस्तो.. एक्कासी खङरङ्ग भए !! जब मेरो सानो भाई छेउमा कुद्दै आएर एकै स्वास्मा भन्यो ‘अब म लाहुरे … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्णशङ्करको जन्म

~लोक राज भट्ट~ दुरबिनले नदेखिने डाँडा मुन्तिरबाट तिमी आश्वासनको बतास पठाई दिनु म पहाड मास्तिरको भञ्ज्याङको डिलमा फोनबाजाको भोलुम बढाएर बसिरहुँला प्रतिक्षामा। जति भुल्न खोजे पनी जती जलाउन खोजेपनी ब्ल्याक बक्समा झै ताजै छन पुराना सँगतहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्था र अनास्थाभित्र मान्छे

~आचार्य प्रभा~ मूर्ती पुजेर मान्छेलाई घ्रीणित ब्यवहार गर्नु मानवियता हैन जस्तो लाग्छ त र…… बाध्यता, जब मान्छेहरु नै मूर्ती भन्दा अन्धो र कठोर बन्छन भने अनी…. मान्छेहरु नै अचल बनेर पापको भागीदार बन्छन भने अर्को बिकल्प नै के रह्यो र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म बिक्दै छु

~मोनिका नगरकोटी~ म बिक्दै छु यहाँ हो , म बिक्दै छु । मलाइ बचाउ , म बिक्दै छु । मलाई लैजाउ उतै मेरो देसमा , अरबमा म पाक्दै छु , म त सीता कि छोरी । भुकुटी नारी । चुपचाप … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बादलको स्वागत

~लक्ष्मी प्रसाद देवकोटा~ ओहो पङ्खे मोती–पोल्टी सागर–चेली चाँदी छाल ! वाष्पिल सिंहमा वायुपङ्खी, हिउँचुलीमा छहरी याल ! भूतल शीतल पारी सियाली, कलिली निलाई पर्वत ढाल, बुरबुर डाली कुइरो चीनी, सल्ला सियामा मर्मर जाल, कृषियुगका सब आदिम गाना गर्छन् छहरी मोती … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँकै कविता लेख्छु म

~कृष्ण पहारी~ गाउँका कबिताहरु सहरका भन्दा अलि फरक हुन्छन आक्रोसित हुदैनन किनकी गाउँ गरिब छ र सहरमा झै गाउँका कबिताले फुर्ती लगाउदैनन चाकडी र चाप्लुसिमा कबिताले सान देखाउदैनन । गाउँका कबिताहरु नरम स्वभाबका हुन्छन अनि कबिता लेखने हात पनि नरम … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शरशैयामा छ देश

~दीपक कुमार ज्ञवाली~ शर शैयामा लेटेको छ आज देश । सञ्जीवनी सुघाईदिने देख्दिन पौरुष । छिया छिया परेका शरिरका अवयव । कालकुट पिएर सम्हाल्ने देख्दीन पात्र । १ शनै शनै स्खलीत राष्ट्रिय स्वाभिमान । सत्तासंग साटीने गरेकोछ स्वाभिमान । कोशी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : महादेवको त्रिशूल

~आषिश श्रेष्ठ~ आज बाटोमा महादेवसँग भेट भयो, शरण परें पाउमाथी,बिस्तारै हातले माथी उठाएर, ग्वाम्लाङ्ग अन्कमाल गरे,चिसा हातले ! म मौका छोपेर कुनै वर माग्ने सुरमा थिएँ, बुढा अचानक घोप्टो परेर रुन लागे, मैले मेरो कान चिमोटें,म विपनामै थिएं,बुढा होशमै थिए … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : म त तिम्रै हुँ नि आखिर

~पुष्पा खनाल~ किन यति सताउँछौ किन चाँडै रिसाउँछौ म त तिम्रै हुँ नि आखिर किन डाँडा कटाउँछौ माया गर्छु भन्थ्यौ धेरै मन पराउँछु भन्थ्यौ धेरै मैले हुन्न भन्दा पनि तिमी त हौ भन्थ्यौ मेरै

Posted in कविता | Tagged | Leave a comment

कविता : हुरीका पत्कर

~भैरव अर्याल~ आफैं आफैंदेखि हराएको आफैं आफैंदेखि डराएको आफैं आफैंबाट हराएको यो सुकेनासले सताएको मान्छे, आजको मान्छे मान्छे भन्ने मान्छे- सुत्छ प्रत्येक रात मृत्‍युको वारण्ट पुर्जी सिरानमुनि घुसारेर, उठ्छ प्रत्येक प्रात फरिया र थाङ्नाको फेटा बाँधेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : खेतको दृश्य

~डिल्लीराज बस्याल~ गगन सारा घनघन गरि धर्तिमा नीर पोखियो वृक्षका पात पात पखाली शुद्धता सारा छचल्कियो उर्लँदो वैँशको मात बोकि नदि बहिन वेगले सारा किसानको प्यास बुझि हर्ष दिइन् मेघले। खेतका पट्पट् फुटेका धाँजा टिलपिल सारा पानीले रोपाइको हतार भो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पलायन प्रकृति

~त्रिचन्द्र प्रतीक्षा~ रुमलिरहेथ्यो डाँफे चरी यो निलो आकाशमा गन्तव्य विहिन स्वतन्त्र मन वैंशको सफरमा । थिएन शब्द व्याख्या गर्ने उसको रुपलाई अभेद्य गथालो टाल्न खोजेथें मेरो यौवनलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सके लुटेरै आइज गोरे !

~रुपकेशरी उलक~ गोरे ! मैले सुनेको तिमी अमेरिकातिर उड्दैछौ अरे अमेरिका त ठूलो महादेश मैले नक्सामा देखेको त्यहाँ पुगेर नि गोरे ! त्यहाँका साँच्चिकैका गोरेहरूलाई दुई चार प्रश्न सोध्न नभुलेस् है गोरे। तिनीहरूको मन केले बन्दो रैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : अमेरिका, ओ अमेरिका ! तिमीलाई मेरो एउटा प्रश्न

~रमेश सुवाल~ तिम्रो छातीमा ब्रिटिस बुट बज्रेको बेला, ‘स्वतन्त्रताको लडाइँ’ लड्ने तिम्रा जर्ज वाशिङ्गटनहरु, तिम्रा जेफर्सनहरु, तिम्रा ह्यामिल्टनहरु, आतङ्ककारी थिए या देशभक्त? क्रान्तिकारी थिए या मानवअधिकारविरोधी? बेलायती साम्राज्यले तिम्रो देशलाई नाकाबन्दी लगाएको भए, ‘दुष्टहरुको मण्डली’ भन्दै तिम्रो खेदो खनेको भए,

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरालाई चिठ्ठी

~केवल गंगा गुरुङ~ प्रिय छोरा तिम्रो आनन्दमय जीवनमा म दुखी रहेको तिम्री आमा नेपालको तर्फबाट धेरै मायाँ कसरी सुनाउँ तिमीलाई मेरो खवर छोरा साँझ विहान करैकरले खान्छु कहिले मुटु मै घोच्छ त कहिले पैताला तिर लुच्छ यो शरीर सवै एकै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना

~सागर कार्की~ धुलो जस्तै छरपष्ट अनगिन्ती छरिएकाछन् सपना मेरा आखाँभरी लम्पसार लडिरहेका छन् । कहिले पानी बनेर आँखाका डिलबाट खस्दा च्यातिएर मुटु रगत खसेझै लाग्छ, अनी हतार हतार पुछ्दछु सपना कतै बग्दै बग्दै प्रियसीका आँखा नभिजाओस्

Posted in कविता | Tagged | Leave a comment

कविता : लालसलाम छ मेरो पनि

~विष्णुकान्त आचार्य~ समाजवादी गणतन्त्र मान्नेहरुलाई गरिबको कथाव्यथा जान्नेहरुलाई लालसलाम छ मेरो पनि लालसलाम छ है। शिक्षा, स्वास्थ्य, रोजगारीको ठेक्का लिनेलाई। विस्तारवादको सामु उभी धावा दिनेलाई लालसलाम छ मेरो पनि लालसलाम छ है

Posted in कविता | Tagged | Leave a comment

कविता : अब चुप रहनुहुन्न

~देविका खुलिमुली~ सबको आवाज बुलन्द गर्दै आज म चिच्याइरहेछु म कराइरहेछु म गुहारिरहेछु मेरो अस्तित्वमा कुनै दाग छैन जसरी गङ्गा पवित्र छिन् मेरो सोचाइमा कुनै स्वार्थ छैन। आजको युग हाम्रो हो आजका राम दश वर्ष वनवास गई

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम गीत

~दिव्य गिरी~ मोडमा आँखा जुधेपछि मुटुको ढुकढुकी अझ बढेपछि मनभित्र मायाको भुल्का उठेपछि छातीभित्र पिरतीको ज्वाला सल्केपछि तिम्रो तस्बीर दिन-रात सजाएकै हो आँखामा र तिम्ले हाँसिदिँदा मात्र पनि छातीभित्र भुर्इंचालो जाँदा मनको शान्त तलाउमा

Posted in कविता | Tagged | Leave a comment

कविता : तेसैले त तिमीले..

~रामु गैरे~ मेरो घरको झुपडिको बास मन परेन होला तेसैले त ठुला ठुला महल रोज्यौ दाउरा बाल्ने चुलो मन परेन होला तेसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ । मटीतेलमा बाल्ने बत्ती मन परेन होला तेसैले त शहरको उज्यालो बिजुली रोज्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : झिमझिम तारा

~सरोज गोसाईं~ शैशव कालमा हरेक दिन विद्यालयको बिहानी प्रार्थनामा झिमझिम ताराको गीत गाउँथ्यौं ताराको अर्थसित मतलब नाईं ! कति आँखा आकासका रातमा आँखा झिम्काउँदै जिस्काउँछ सगर दिनमा कता गए आश्चर्य मनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : युवा दर्पण

~हरिप्रसाद वास्तोला~ क्रान्ति सचेत युग नै पार्ने फड्को भविष्य द्रष्टा। निःस्वार्थ त्याग समाजकै खातिर तौल उच्चता। समग्र युवा

Posted in कविता | Tagged | Leave a comment

कविता : मास्टरसाहेब !

~न्हुछेरत्न बुद्धाचार्य~ सदियौंदेखि अँध्यारोपथमा ज्ञानको ज्योति बालेर अघि बढ्ने शैक्षिक चेतनाको बिजारोपण गरेर देश बोकी हिँड्ने साहसी मानव ! भविष्य सन्ततिका दिव्यचक्षु भएर आफू बलेर उज्यालो दिने दीप बनेर अज्ञानताले घेरिएको फूलबारीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यसैले त टीकापुर विष्फोट हुन्छ

~इन्दु चौधरी~ रगत तिम्रो पनि रातो छ रगत मेरो पनि रातो छ रगत रातो अनि दुवैको तातो छ, तिमी छौ म जस्तो म छु तिमी जस्तो फेरी किन यति भिन्नता छ म देखि तिम्रो मनमा खिन्नता छ । मलाई सधै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परी हौकी

~गणेश पुर्बछाने मगर~ परी हौकी अप्सरा भनिदेउन मलाई सुटुक्कइ पहिलो भेट मा नै पारी गएऊ मलाई तिमीले भुतुक्कई रूपरंग हेर्दा अप्सरा झै लाग्दछ एकै क्ष्यण नदेख्दा तिमीलाई मेरो मनै पोल्दछ

Posted in कविता | Tagged | Leave a comment