Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : परदेशी

~वसन्त कुमार गौतम~ एक जुग पछि फर्केर हेरेँ आफू आएको बाटो लामो भइसकेछ बिरानो भइसकेछ, बास बसेका ती पाटीहरु यात्राका अनगिन्ती मोडहरुमा ओझेल परिसकेछन्;,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : परामर्श

~रमा गौतम ‘आश्मा’~ ‘प्रीति ! आज मेरो डक्टरकोमा जानु छ ल ९ बजे!’ बद्रीले अनुनय साथ हेर्दै भन्छन। ‘ओहो! आज त मलाई वर्कसप को तयारी पो गर्नु छ त। बाहिर बाट मानिस आउन थालेका छन। त्यस्को ब्यावस्था गर्नु छ। सक्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : म अर्थ्याऊँ कसरी ?

~रमेश चौलागाईं~ मेरो दिल को दशालाई म अर्थ्याऊँ कसरी ? ममा तिम्रो नशालाई म अर्थ्याऊँ कसरी ? जसमा पनि तिम्रै मुहार खोज्न थाले यि आखाँले हरपल तिम्रो सम्झनालाई म अर्थ्याऊँ कसरी ? तिम्रै बारे सोधूं, बुझूं, तिम्रै कुरा गरूं लाग्छ … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : मेजोँ चान्स

~सञ्जु बजगाईं~ हरेकदिन जर्जकोटलाईनको बाटो भएर युनिभर्सिटी जानु पर्छ । देब्रेतिरको निलो रङ्ग पोतिएको घरको भित्तो हप्तैपिच्छे नयाँ–नयाँ सूचनाले भरिएको हुन्छ । फ्रान्सको यो ब्यस्त शहरको चाला हेर्दा लाग्छ यत्तिका सूचना पढ्ने फुर्सद कसको होला ? आजसम्म कसैले एक मिनेट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : संसारको सबै भन्दा सानो सहर ‘दुर्वी’मा एक दिन

~कृष्ण बजगाईं~ ‘संसारको सबैभन्दा सानो सहर ‘दुर्बी’मा तपाईंलाईं स्वागत छ ।’ ब्रसेल्स, बेल्जियमको ब्यस्त सडकमा गोरा छाला भएका मानिसहरु हरे राम… हरे कृष्ण… भजन गाउँदै हिँडेको पहिलो पटक देख्दा छक्क परेर हेरिरहेको बेला सुरीलो आवाज कानमा ठोक्कियो । यसो नजर … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गीति कविता : नयाँ युग जन्मिने छ

~सत्य नारायण रावत~ “नयाँ युग जन्मिने छ” अबको नया युग पाल मुनि बाट सुरु हुनेछ ! सच्चा नेपाली पाल मुनि बाट जन्मनेछ ! एकता को गोलबन्द घेरा मा बाधिनेछन् ! नव युवाको नया जोशमा देशलाई हाक्नेछन ! संस्कृतिक धरोहरले नयाँ … Continue reading →

Posted in कविता | Tagged | 1 Comment

लघुकथा : चङ्गा चेट

~धीरकुमार श्रेष्ठ~ गाउँबाट सहर पढ्न आएको गोफ्ले सहरी युवतीहरूको सुन्दरताबाट मोहित भयो। गाउँमा धूलोमैलो र फाटेका लुगामा देखेको युवतीका तुलनामा सहरी युवतीलाई स्वर्गकी अप्सरा नै ठान्न पुग्यो। गाउँमा युवतीहरू कम देखिने र सहरमा जताततै देखिने गरेको घटनाबाट उसको मन पढ्नभन्दा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अज्ञात रोग

~सुषमा मानन्धर~ भर्खर साठी मात्र पुगेका चित्त बहादुर मान्छे सोझा हुन् । उनले अरुको चित्त दुखाएको कसैलाई थाहा छैन । उनी आफ्नो सूरमा लुरुलुरु हिंड्ने अनि खुरुखुरु काम गर्ने खालका व्यक्ति हुन् । केही समय अघि अज्ञात रोगको प्रकोप भएको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : लोग्ने हुँ म त तैपनि रोएँ ।

~गोविन्द रावत~ लोग्ने हुँ म त तैपनि रोएँ मनको मैलो आँशुले धोएँ ।। देउराली भाकेर गरेको वाचा सम्झेरै आज एकलै रोएँ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : आँगनीको खेल

~शेखर ढुङ्गेल~ छोडी आएँ परदेश यो पराईको ठाउँ सम्झी आएँ पहाडमुनि गुराँस फूल्ने प्यारो मेरो गाउँ उ…उ…उ…हो…हो……हो धेरै हण्डर थोरै सुख आरामको त छँदै छैन नाउँ

Posted in कविता | Tagged | Leave a comment

कविता : बिपत्ती

~कर्ण नाल्बो~ अकल्पनिय पिडा दिएर गयौ ! मलाई एक्लै छाडेर गयौ !! घाउ नै घाउ मात्र दिएर गयौ ! मल्हम कहाँ छाडेर गयौ !!

Posted in कविता | Tagged | Leave a comment

बाल छन्द कविता : पढ्ने आतुरता

~डा. लेख निरौला~ (अनुष्टुप्) पढ्न जान्छौँ सबै हामी बस्दैनौँ अब पढ्दछौँ खुला मैदानमा राखी पढाए पनि पढ्दछौँ । पाल त्रिपाल पाए झन् पढेरै सब छोड्दछौँ जसरी सजिलो हुन्छ पढ्न पाऔँ पुकार्दछौँ ।। घर बेघरको चिन्ता बिर्सिई अब पढ्दछौँ पढेरै देशमा … Continue reading →

Posted in छन्द कविता | Leave a comment

गजल : मान्छे बनायो त बनायो, दैबले किन मन …..बनायो

~पदम कार्की~ मान्छे बनायो त बनायो, दैबले किन मन …..बनायो बिकाउ नै भए बैशका फूल, दैबले किन यौबन बनायो खै कहाँ छ माया, बस् आउछन् ……खेल्छन जान्छन बाँच्नु नै छ एक्लै भने, दैबले किन ……मीलन बनायो

Posted in गजल | Tagged | Leave a comment

कविता : फेरि उदाउनेछ अस्त पछिको रात

~बिक्रम श्रेष्ठ “सागर”~ ****फेरि उदाउनेछ अस्त पछिको रात **** अस्त पछिको रात यो आज। फेरि भोलि उदाउनेछ ।। सेवा, सदभाव र प्रेमको आज। सबलाई यसको खाँचो छ ।।

Posted in कविता | Tagged | 1 Comment

छन्द कविता : विश्वास

~डा. लेख निरौला~ पैह्राले घर भत्कियो र पुरिए सारा कुरा तत्क्षणै हेर्दै ध्वस्त बने अनेक टहरा भाँडाकुँडा घर्घरै बाटो बन्द भयो दगुर्न नसकी हेर्दै लडे झन् कति साँच्चै प्राकृत आपदाबिच परी लाखौँ भयो दुर्गति ।। सारा सोत्तर छन् यहाँ मनुजका … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बजार

~शेखर ढुङ्गेल~ यो संसार एउटा बजार अनगिन्ती छन् बस्तु त्यति नै गन्तीका जार हो यो संसार जार हरुको सौहार्दतामा ‘वस्तु’ साटासाट गर्ने कतै सानो कतै ठूलो हाटबजारको भीड हो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक ढलेपछि

~मन्जु निरौला~ ईतिहासको बुर्जामा अवस्थित निर्जीव पत्थरको सालिक ढालेर पुरुषार्थ देखाउने पौरखीहरु मन्दिर टँुडाल अनि पाटी पौवा भत्काएर देशलाई निर्लज्ज बनाउने भष्मासुरहरु ऐतिहासिक परिपाटी ढालेर किन असभ्यताको पूरक बन्न थालेका छौ हिम्मत छ भने देशको कुटिल राजनीतिलाई ढाल

Posted in कविता | Tagged | Leave a comment

गीत : टाढा टाढा नजाऊ तिमी

~होम न्यौपाने~ टाढा टाढा नजाऊ तिमी पर्खिएरै मन थाक्नेछ साथ सम्झेर आँखाभरि आँसुका थोपा छल्की झर्नेछ । तिमीले चुमेका यी हातहरु सुमसुम्याई म ब्युँझिरहुँला कहीं यादहरु दुखे भने तस्बिरलाई म सुनाउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : अब्यक्त पीडा

~वैकुण्ठ ढकाल~ “मुकेश जापानी टोली आउने कुरो के भयो ?” अफिसको हाकिम गर्जंदै भित्र पसे । “सर उनीहरुले आन्तरिक कारणले आउन नपाउने भनेर कार्यक्रम नै क्यान्सल गरे । “ बुद्धको जन्मथलो घुम्न आउने भनेका जापानी पर्यटकहरु बुद्धको जन्म भारतमा भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : ताराहरु सबै सबै टल्कने

~गिरिराज बाँस्कोटा~ ताराहरु सबै सबै टल्कने पो कहा छन् र – आखहरु सबै सबै पल्कने पो कहा छन् र – प्यार सग नशा जाग्दा जिम्मेदारी साथै हुन्छ शिरहरु सधै सधै ढल्कनेे पो कहा छन् र –

Posted in गजल | Tagged | Leave a comment

गजल : घाउ सम्हाल्न आऊ

~होम न्यौपाने~ घाउ सम्हाल्न आऊ व्यथा बढेको दिन । यो शिर ओताउन आऊ झरी परेको दिन ॥ अँध्यारोले ढाकेको क्षण जीवन थाकेको क्षण । दियो जलाई आऊ जुन ढलेको दिन ॥

Posted in गजल | Tagged | Leave a comment

गीत : निद भाग्यो तिम्रो यादले

~भरत पौडेल~ निद भाग्यो तिम्रो यादले, देहचिल्यो चिसो रातले छाती भरी ज्वालामुखी, आगो थप्छ उन्मादले यो जवानी धूपजस्तो, तिम्रो रुपले तेल थप्छ चाहनाको खहरेलाई, उरालेर भेल बग्छ सागरसरी तिम्रा नयन, कल्पनामा पिउने गर्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मुर्दासंग डराएर भाग्दिन , जिउदो मान्छे हुं म

~संतोष थपलिया~ मन बिरक्तिएर चीरा चीरा परेको छ माइला दाईको । उमेरै नपुगी चाउरिले गोरेटो बनाएको अनुहार, भास्सिएर स-सानो कुवा जस्तै देखिने आँखा अनि भाटो जस्तो आफ्नो शरीर हेर्दै धक् फुकाएर रुन सम्म रुँदैछन आज माइला दाइ । उनको घुक्क … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : टायर संस्कृति

~बासु श्रेष्ठ~ हाम्रो देश नेपाल सँस्कृतिको धनी छ । यसमा सन्देह छैन । विभिन्न जातजातीको फूलवारी नेपालमा विभिन्न थरिको सँस्कृति पाईन्छ जसको कारणले हामी नेपाली भनेर चिनाउन गर्व गर्ने र गराउँछौ । तर शिर्षक हेरेर तपाईलाई लाग्यो हॊला यसले के … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : नागदेवी

~शिव प्रकाश~ “हो, मान्छेको सबैभन्दा ठूलो साथी पनि मान्छे नै हुदोरहेछ र सबैभन्दा ठूलो शत्रु पनि मान्छे नै !” अहिले मान्छेमान्छेबीच त्यही भइरहेछ । उसले छोटो समयामा धेरै पात्रहरु बनाई ज्ञात-अज्ञात ! अज्ञात पात्रहरु उसकलाई मात्र थाह छ ज्ञातपात्रहरुमा रुद्रराज, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : कथा लेख्दा कथा लेख्ने नियम-काइदा)हरूको कसरी पालना गर्नुपर्छ होला

~शान्त दास मानन्धर~ कुनै पनि काम गर्दा जस्तो मन लाग्यो त्यस्तै गर्नु राम्रो हुन्छ कि हुँदैन – यसलाई यसरी पनि हेरौँ । सडकमा मोटर साइकिल चलाउनेहरूले जसरी आफूलाई मन पर्छ त्यसरी नै अर्थात् अरू कसैको राम्रो नराम्रो, हानि नोक्सानी केही … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : निराश हुन दिन्न म

~सुमित्रा पौडेल~ देख्दैछु उदासी तिमीलाई, तर निराश हुन दिन्न म बल्झिए झैँ लाग्छ घाउहरु, तर, पीडा हुन दिन्न म छचल्किएका तिम्रा नयनमा, यी हातहरु थापी दिनेछु नझारिदेऊ तिम्रा ती अमुल्य आँशुहरु तिम्रै लागि म बाँचिदिनेछु ।

Posted in कविता | Tagged | Leave a comment

कथा : वास्तविकता १

~शर्मिला खड्का दाहाल~ ‘हाइ कोइली !’ ‘हाइ उल्लु !’ ‘हिजो किन नआएको डेटिङ्गमा ?’ ‘माओवादीको बन्दले आउन सकिनँ । ’ ‘म आएर कुर्दाकुर्दा गरे यार । ’ ‘गफ दिन्छौ ! पत्याउन्न म । ‘नपत्याए के गर्छौ ?’ ‘केही गर्दिन चुप … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कायम आफ्नो पहिचान राख्नु

~ज्ञानुवाकर पौडेल~ कायम आफ्नो पहिचान राख्नु ! जारी तिम्रो अडान राख्नु ! सानालाई गर्नु धेरै माया ठूलाको संधै मान राख्नु !

Posted in गजल | Tagged | Leave a comment

कथा : रातो भोटो

~राजेश नताशं~ “बाबा हजुरको ‘वेडिङ्ग एनिवर्सरी’मा यै सुट लगाइस्योस् है !” “हुन्छ छोरी । बरु मम्मी पो के लगाउँछिन् नि ?” “ह्या, उहाँको टेन्सन किन लिइसिन्छ ? मैले अघि नै चुज गरिदिएकी छु ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धब्बा

~विद्या सापकोटा~ ‘मेरी आराधना नाच्ने छे’ सम्झदैंमा मन प्रफुल्लित हुदै थियो । अफिस त बिदा लिएको हुँ तर कैहिल्यै छिटो निस्कन सके पो । म उस्ती सुस्त त छैन तर बाहिर निस्कने मामलामा सधैं यस्तै हुन्छ । आमा भन्नुहुन्थ्यो ‘यसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन-कथा : च्यातिएको छाँया

~मनोज बोगटी~ 5 नम्बर स्वास्नीको हात कोखिलामा चेपेर कालेबुङको पारसहाटमा अघिदेखि घुमिरहेका छन्‌ ज्याकप झुमा। तिनी साउथ अफ्रिकाका राष्ट्रपति हुन्‌। अघिल्लो वर्ष तिनी दार्जीलिङको एउटा सस्तो होटलमा चौथो स्वास्नीको हात यसैगरी कोखिलामा चेपेर तोङ्‌बा तानिरहेका थिए। उसले मलाई भनिन्‌- ‘यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment