Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : वैशाख चतुर्दशीकी चाँदनीसँग

~लक्ष्मीप्रसाद देवकोटा~ “हिम-स्तनी ए ! हिउँमा टेकी, किन आ’की ?” “दिवस-ज्वरको ज्वलनको आगो निभा’की ! ”

Posted in कविता | Tagged | Leave a comment

Essay : We think of ourselves first

~Laxmi Prasad Devkota~ This morning a young writer came to me and expressed his eager desire to go into Rapti Valley where the Government of Nepal has been perfunctorily implementing a grand agricultural project. He said he had adventured into … Continue reading

Posted in English article Nepali Writer, Essay | Tagged | Leave a comment

गीत : मेरो प्यारो ओखलढुंगा

~युग कवी सिद्दीचरण श्रेष्ठ~ जब म चढेर भावको डुंगा सयर गर्छु स्मृतिको प्रिय गंगा स्वप्न गगनबाट सुशीतल जल सुख-स्मृतिको बर्सिन्छ रिमझिम मेरो प्यारो ओखलढुंगा !

Posted in कविता, नेपाली गीत | Tagged | Leave a comment

कविता : आन्दोलन

~पारिजात~ चुँडालेर बन्धनबाट आँप, बेल र पीपलको पातहरूका एउटी विवश बेहुलीको चाहना जस्तो उम्कन नसक्ने होइन मुक्ति पर्यावरण नमिलेको माटोमा फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति

Posted in कविता | Tagged | Leave a comment

कविता : जूनी काट्नु एउटा बाजी

~पारिजात~ धमिरा लागेको धरतीमाथि उभिएर माटोको माया ? एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति म कसरी व्यक्त गरुँ ? मैले जमिन नखोजेको विरोध

Posted in कविता | Tagged | Leave a comment

गीत : चुलेसीले रेटे हुन्छ

~डा.भोला रिजाल~ चुलेसीले रेटे हुन्छ खुकुरीले काटे हुन्छ म त भएँ अचानो जेले जेले हाने हुन्छ मैले मात्रै रुनु पर्ने कर्मै हो कि यस्तो किन भयो जिन्दगानी आज बगर जस्तो सक्छौ भने भाग्य पनि त्यतै ताने हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मैना ए मैना

~डा.भोला रिजाल~ मैना ए मैना तेरो कोही पनि आफ्नो छैन तँलाई मान्छेले पिँजडामा थुनिराखेको मैना ए मैना तेरो आफ्नै जीवन छैन तँलाई जिन्दगीको जन्जीरले बाँधिराखेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एक गीत

~गोपाल प्रसाद रिमाल~ हिजोसम्म रोईरोई बाँचिरहेका थिए । आज तिनै हाँसीहाँसी मर्न तयार छन् । हिजोसम्म जसको बोलीमा केही थिएन; मनको प्रतिध्वनिसम्म थिएन, मानिसले बोलेजस्तै थिएन; केवल शब्द थियो, अर्थ थिएन;

Posted in कविता | Tagged | Leave a comment

कविता : जुरेली को गान

~लक्ष्मी प्रसाद देवकोटा~ के बोल्छे यो जुरेली ? सगरभरभुवा आँसुका बान्किला छन् ! राम्री ती इन्द्र–रानीतिर दिल–उछला छालझैं भङ्गिला छन् ! रोएका ली जवानी दिलभर तिनको बोल्दछे यो निचोर ! चिर्छे एकान्तलाई पिउ पिउ स्वरले, गीतले चित्त चोर !

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त

~लक्ष्मीप्रसाद देवकोटा~ क्या ऋतु आयो, भू–इन्द्रेनी शश–पागल ! मौरी गुनगुन खग चञ्चल ! स्नायु चपल औ मुटु खलबल !

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छा

~बाल कृष्ण सम~ इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नोत्तरमाला

~भानुभक्त आचार्य~ अपार-संसार-समुद्रमाहाँ डुब्याँ शरण् कुन् छ मलाइ याहाँ ? चाँडो कृपाले अहिले बताऊ श्रीरामको पाउ छ मुख्य नाऊ ।।१।। कुन हो सदा बन्धनमा पर्याको ? जस्ले छ यो मन् सुखमा धर्याको । मुक्ती भन्याको त पदार्थ कुन् हो ? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : These days

~Sunny Gurung~ With misery as a milestone between every yesterdays and todays, Tomorrow is a trail but barred with no route to forge ahead nor recede back Because, if light is meant for a fugutive and darkness to an elusive, … Continue reading

Posted in Poem | Tagged | Leave a comment

लेख : नेपाली खेलीगीत – एक अध्ययन

~तुलसी प्रवास~ १. पृष्ठभूमि: लोकगीतका विभिन्न प्रकारहरूमध्ये एउटा महत्वपूर्ण गीत खेली हो । लय वा भाका प्रधान भएर वाणीका रुपमा अभिव्यक्त भएको हार्दिक अनुभूति नै गीत हो (खनाल, २०६० ः १२) । जब लोकले आफ्ना विरह वेदना सौन्दर्य तथा श्रृङ्गार … Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

गजल : वतासले श्वास थुनेर गयो

~प्रकाश आङ्‍देम्बे~ वतासले श्वास थुनेर गयो विहान सवेरै व्यँुझेर गयो

Posted in गजल | Tagged | Leave a comment

गजल : रिसाएर तिमी

~प्रकाश आङ्‍देम्बे~ रिसाएर तिमी जति टाढा हुँदै गयौ अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ

Posted in गजल | Tagged | Leave a comment

गजल : खडेरी र हावा उस्तै छ

~प्रकाश आङ्‍देम्बे~ चैतमास खडेरी र हावा उस्तै छ तिम्रो आफ्नो मेरो आफ्नो धावा उस्तै छ

Posted in गजल | Tagged | Leave a comment

गजल : एउटा अनौठो कहानी भो

~प्रकाश आङ्‍देम्बे~ एउटा अनौठो कहानी भो पत्थरको पग्लिने बानी भो माथिल्लो ओठ उचाली हास्यौँ बलेको आगोनि पानी भो

Posted in गजल | Tagged | Leave a comment

प्रकाश आङ्‍देम्बेका ४८ रुबाईहरु

~प्रकाश आङ्‍देम्बे~ कमिला यत्रतत्र हात्ती सिक्रिमा छ असिमित चाहनाहरु दिनरात फिक्रीमा छ आउनोस सस्तो मै मिलाएर लानोस आजभोलि यो ज्यान पनि बिक्रिमा छ। ****************************************** बिदेशीलाई फकाउन रीति ढाल्नोस हजुर भ्रष्ट तस्करहरुलाई अतिथि पाल्नोस हजुर किन गुनासो गर्नुहुन्छ महल पजेरो छैन … Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

कथा : चिप्लिएको समय

~तृष्णा राज्यश्री कुँवर~ म समय हुँ, म वर्तमान, भूत र भविष्य पनि हुँ । मैले हेरेको आजहरू हिजो हुँदैछन्, मैले हेर्ने भोलिहरू प्ानि आज हुँदै हिजोमा परिणत हुनेछन् । आज घट्ने सबै घटनाहरू हिजोसँग जोडिएका हुन्छन्, प्रत्येक आजहरूको निर्माण हिजै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमीलाई पत्र लेख्दैछु

~कमला सरुप~ देश, भन्ज्याङ भरि भरि सयपत्री फुल्न म संघारमा उभिएर सपनाभरि र तिम्रा पोल्टा भरि भरि शान्ति पस्किन हतारिएकी छु……………..

Posted in कविता | Tagged | Leave a comment

कविता : गंगा सम्झेर गंगाको किनारमा

~मनप्रसाद सुब्बा~ आफ्ना पापहरू जे जति छन् (अञ्जानमै गरिएका भएतापनि) पखालेर यति सहजै मुक्त हुन चाहन्न म

Posted in कविता | Tagged | Leave a comment

गीत : गोरेटो त्यो गाउँको

गोरेटो त्यो गाउँको लौन आज खोजी खोजी थाके नि पैल्याउन सकिन पैल्याउन मैले सकिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : घुम्तीमा नआऊ है

घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन बाँधिए माया फेरि गहारो हुन्छ फुकाउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : छुटेका छन्द

~रूपेश आचार्य~ ‘ए कान्छा… ठट्टैमा यो बैंस जान लाग्यो।’ तारादेवी र नारायणगोपालको यो कालजयी गीत रेकर्ड भएदेखि २०५० सालसम्म झन्डै १० हजार पटक बज्यो। गीतकार रत्‍नशमशेर थापालाई रेडियो नेपालका कार्यक्रम सञ्‍चालकले श्रोताबाट सर्वाधिक ‘फर्माइस’ यही गीतका लागि आउने बताएका थिए।

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

कविता : मेरी माया ठूली

~माधव घिमिरे~ यसै राम्रो हिमचुली-सुनपानीमा चोपली बिहानीमा उचाली त्यसैमाथि झन् राम्रो-कसैमाथि माया बसाली । कति राम्रो हिमचुली घामको रेखी हाली

Posted in कविता | Tagged | Leave a comment

रत्‍न शमशेर थापाको मुक्तक

~रत्‍न शमशेर थापा~ १.  कुल्ची हिंड हाँसी-हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह त केही होइन केवल एक थुप्रो माटो हो गालाको पाटाको लामो धर्सो त्यो घाउ होइन, त्यो त झरी सुकेको आँसुको एक थोपा टाटो हो !

Posted in मुक्तक | Tagged | Leave a comment

रत्नशमशेर थापाका ८ हाइकु

~रत्न शमशेर थापा~ १) नाङ्गिदै छन्, हिउँको अभावमा हिमालहरू ।

Posted in हाइकु | Tagged | 1 Comment

कथा : मन उदास छ

~प्रतिमा बाँस्कोटा~ “ऐले पनि म तिम्रैबारेमा सोचिरहेको छु !” मेरो मोबाइलको इनबक्समा उसको नयाँ म्यासेज देखापर्छ । “तिमीसँग कुरा नगरे निद्रै लाग्दैन अचेल !” म टेबलघडीमा आफ्नो नजर दौडाउँछु । यतिखेर रातको १ बजिरहेको छ । गर्मीका यी उखरमाउला रातहरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहिदकी छोरी

~ध्रुवसत्य परियार~ बेचयनपुरकी निर्झरीलाई पितृ उत्रन्छ। हल्लाले चारभञ्ज्याङ खायो। निर्झरी २९ वर्षीया एकल महिला हुन्। उनी एकल महिला हुनुको दुर्भाग्य एकल होइन, आमदुर्भाग्य हो। देश, काल, परििस्थति र परम्पराको प्रतिविम्ब हो। यो प्रतिविम्बलाई मात्र कोट्याउनु मूर्खतापूर्ण हुन्छ। किनभने, वस्तु र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : देउताहरू कस्ता कस्ता

~चट्याङ् मास्टर~ बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिए निर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिए जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि साँढे, र्सप, पिचास,भुत,भोका, नाङ्गा वरीपरि 

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : वनै खायो डँढेलोले

~कालीप्रसाद रिजाल~ वनै खायो डँढेलोले मन खायो त्यै मोरीको पापी मायाले वनै खायो डँढेलोले

Posted in नेपाली गीत | Tagged | Leave a comment