Author Archives: Editor

लघुकथा : व्यस्त

~कात्यायन~ – कुरा अनिष्टकारी भू-कम्प पछिको हो | सबैजना व्यस्त देखिन्थे | कोही चाऊ-चाऊ खोज्नमा व्यस्त थिए त कोही चाऊ-चाऊ लुकाउनमा | कोही राहत बाँड्नमा व्यस्त थिए त कोही राहत खोस्नमा | – कोही भू-कम्पले भत्किन लागेको घर कसरि भत्काउने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लुते कुकुर

~रजित ओझा~ चर्को गर्मी , वाटोको मुटुमा ट्याक्टरले डाम छोडेका छन्, पानी परुन्जेल नमेटिने।उसको अनुहार बाट पनि तप तप पसिना चुहिएको छ भान्छाको भुईँका केहि अंश भिजिने गरी । एउटा झ्याल अनि ठ्याक्क झ्याल बाहिर भरखरै वन्न आँटेको नयाँ विल्डिंगको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छ लडेको मान्छे

~केडी रेम्नीसीङ~ उठेर नि हिड्नु नै छ लडेको मान्छे, उही लड्छ जो छ अघि बढेको मान्छे । खोई केको कमी हुँदा हिड्ने बाटोमा, भूईँ झर्छ धेरै माथि चढेको मान्छे,

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : सिमानाहरु

~दिलिप योन्जन~ सारिएका सिमानाहरु, पुरानै डोबमा गाड्नु छ खुम्चिएको देशको नक्सा, फेरि नयाँ कोर्नु छ टिष्टा र कांगडा फिर्ता, लिन लड्न बाँकी नै छ उठ है उठ युवाहरु हो, देशको मुहार फेर्नु छ। सन्धि र सम्झौतामा, मेरो देशको माटो हराइरहेछ … Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

लेख : लघुकथा लेख्दा हेक्का राख्नु पर्ने विशेष कुरा

~मोहनराज शर्मा~ साहित्यका चार वटा मूल विधामध्ये एउटा आख्यान हो । आख्यानका तिन वटाउपविधा वा भेद छन्, जसमध्ये एउटा उपन्यास, अर्को कथा र तेस्रो लघुकथा हो ।बाह्य संरचना एवं आकारमा उपन्यास बृहत्तम आख्यान, कथा मझौला आख्यान र लघुकथा लघुतम आख्यान … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

गजल : माया चल्छ बिस्तारै

~पशुपति कर्माचार्य~ जसै अल्झिन्छ प्रेममा माया चल्छ बिस्तारै तिमीलाई भेट्ने चाहना अरू बढ्छ बिस्तारै जहाँ गए पनि तिम्रै यादले सताउँछ नै र त तिमीलाई भेट्ने उपाए बन्छ बिस्तारै

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : बालकृष्ण सम र उनको मुकुन्द इन्दिरा नाटक

~कृष्णप्रसाद कोइराला~ १. नेपाली नाटक र नाट्यसम्राट् बालकृष्ण सम नाटक दृश्यकाव्यको सशक्त रूप हो । यद्यपि नेपाली साहित्यको विशाल प्राङ्गणमा नाटक विधा तुलनात्मक रूपमा कान्छो विधा भए पनि मोटामोटी नेपाली नाटकलाई तीन चरणमा विश्लेषण गर्ने परम्परा छ । विक्रम संवत् … Continue reading →

Posted in समीक्षा | Tagged | 2 Comments

Poem : You are so beautiful

~Lekhnath Kafle ‘Rajan’~ Angels are jealous on your beauty Moon wants to date with you Flowers are ready to be your cloths Fresh air seems to blow around you Because you are so beautiful

Posted in Poem | Tagged | Leave a comment

कविता : जँड्याहा द्वन्द

~गोपालप्रसाद पौडेल~ डाँडा रोहिरहेछ वेँसी रोहिरहेछ हरेक नेपालीको आँखा रगत रोहिरहेछ पसिनाको अवमुल्यन गरिँदैछ टोपि ठाउँठाऊंमा प्वाल परेको छ अस्तित्व संकटमा छ दौरासुरुवालको

Posted in कविता | Tagged | Leave a comment

कविता : धामीको आव्हान र घोषणा-पत्रको प्रतिक्षा

~अशोक ‘खलानको मान्छे’~ देशलाई वोक्सी लागेको छ भनी बन्झाक्री बनी हिंडेका हरु नयाँ घोषणा पत्रको आव्हानमा सयौ धामीका सभा राख्ने हरु निर्दोश्लाई बोक्सीको आरोप लगाइ उठिबास त गराए गराए झाक्री बसेको हेर्न आत्तुर हामीहरु जात्रे बनेका छौ , बिजोग सहेका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : को पशु ?

~पुष्पा भण्डारी~ “हैन कति पाल्छौ यी पाल्तुलाई अब त हामीले लग्नु पर्यो .“ सधै जस्तै हाम्रो मोल तोल हुदै थियो . मेरा बा पनि यहि ठाउँ बाट  येस्तै समयमा जानु भएको थियो रे आमा ले भन्नुभएको . “मलाइ पनि सहर लागे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : बातबहादुरहरु

~चित्र लक्ष्मी~ छाती भएकाले आँटको कुरा गर्छन् कला भएकाले छाँटको कुरा गर्छन् तारादेखि तर्सने

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मसान घाट

~सिसम पाण्डे~ मसान घाटमा सलो बलिरहेको थियो सलो माथी मृत शरिर जलीरहेको थियो मान्छे रुपी स्वार्थी मलामीको मन पनि आखीर केहि रहेनछ भनि गलीरहेको थियो

Posted in गजल | Tagged | Leave a comment

कथा : भीजिट भीसा

~केसरी अम्गाईंं~ साँच्चै यस्तै हुन्छ भन्ने थाहा पाएको भए ऊ यहाँ आउदैनथ्यो । यो मरुभूमिको देश तातो घाममा भक्भकी पाकेर सास्ती खानुभन्दा आफ्नै घरमा गुन्द्रुक र ढिंडो खाएर भकारा सोर्नु धेरै बेश– उसलाई यस्तै लाग्दै थियो । चालीस चालीस दिनसम्म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ङा चेपाङ

~केशव सिलवाल~ ङा नाङकाइ झाकङल अर्थात म तिमीलाई मन पराउँदिन कारण – म चेपाङ हुँ च्यापिँदा च्यापिँदा चेप्टिएको ओडारमा लुकि राखेको चे ग्वेभारा बन्न नसकेको चे तर पनि म सँग छ मेरो आत्मीय पाङ

Posted in कविता | Tagged | Leave a comment

गजल : सुन चाहिंदैन

~सुको साइबर~ चोखो माया भए पुग्छ सुन चाहिंदैन अलिनो नै खान सक्छु नुन चाहिंदैन तिमी मेरो दिल्मा बस्नु म चैं तिम्रो दिल्मा दुबै मिली गाउ गीत धुन चाहिंदैन

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : सवाल

~वाग्ले प्रकाश ‘बगर’~ देश छाडें प्रदेशी यो माटो अर्कैभो स्वदेश प्रति प्रेमको पाटो अर्कैभो

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : पोख्न पाए हुन्थ्यो

~राई रमेश “गाउले”~ उनकै सामु मनको भाव, पोख्न पाए हुन्थ्यो कतिमाया गर्छु उनलाई , जोख्न पाए हुन्थ्यो क्षितिज वारी क्षितिज पारी, हामी दुइको यात्रा दोबाटोमा भेट भई ,रोक्न पाए हुन्थ्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : हास्ने खेल्ने दिन आमा

~के.आर.बिबश राङ्खानी~ कहिले आउला गरीबको हास्ने खेल्ने दिन आमा साढेसाती लागि राख्ने हाम्लाई मात्रै किन आमा दु:ख बिमार ठुला रोग गरीबलाई लाग्नु पर्ने के गरेर तिर्ने होला साहुको सबै रिन आमा

Posted in गजल | Tagged | Leave a comment

नेपाली भजन : मन पनि हरि भो,तन पनि हरि भो

~राममणी रिसाल ~ मन पनि हरि भो,तन पनि हरि भो भज भज प्राणी हरि नै भर हो । मैले सम्झें म चाँहीं तर तिमी मन मै बस्छौ आई जानी नजानी बोल्छे रचना, भव भए नै हो यो सब रटना

Posted in नेपाली भजन | Tagged | Leave a comment

समीक्षा : रुद्र ज्ञवालीका कथाहरुलाई हेर्दा

~नारायणप्रसाद पौडेल~ समसामयिक नेपाली कथाका क्षेत्रमा कलम दगुराउने सशक्त स्रष्टा हुन् रुद्र ज्ञवाली । वि.सं. २०२० कार्तिक १ गते गुल्मीको ग्वादीमा जन्मेका ज्ञवालीका निर्वासन कथा संग्रह (२०५८), सपना फुल्ने रातहरु गजल संग्रह (२०६१),विवरुका कथाहरु संयुक्त लेखन (२०६६) प्रकाशित रहेका छन् … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : तारा

~लक्ष्मी प्रसाद देवकोटा~ निशिको बेला, चल्छु अकेला, मिरमिर सडककिनार । अरण्य सदृश यो जगतीतलको फोटो खिच्छ गगनले जलको, जनमन–आँशु हजाराँ ! पवन, रुदित शिशु, शिथिल निदाउँछ, घोप्टी द्रुमको सहारा ! थोपा चुहाउँछ कहिलेकाहीँ, मूर्छित स्मृतिको किनारा ! बुद्ध चलेथे यी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

रामप्रसाद ज्ञवालीका बीस छोटा कविताहरु

~रामप्रसाद ज्ञवाली~ महान् बन्ने भए इच्छा सुनौला सिर्जना गर श्रम-त्याग-तपस्याले बन्दछन् सृष्टि सुन्दर । त्यसका निम्ति मान्छेले साधना गर्नुपर्दछ बर्सिन्नन् अन्नका दाना, बिउ नै छर्नुपर्दछ ।। स्वादे जिब्रो सधैँ गर्छ स्वादकै निम्ति ‘उद्यम’ ! स्वादकै निम्ति मान्छेले गर्छ ‘यत्न-पराक्रम’ ! … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मनसरा

~निभा शाह~ मनसरा पसिना बगेर दुनियाँ बदलिने भए भरियाको दुनिया उहिल्यै बदलिसक्थ्यो मनसरा । रगत बगेर दुनियाँ बदलिने भए जनताको दुनियाँ उहिल्यौ बदलिसक्थ्यो मनसरा । जब कि मनसरा !

Posted in कविता | Tagged | Leave a comment

गीत : मायाले मेरो मायाले

~म. बि. बि. शाह~ मायाले मेरो मायाले टाढै बसे पनि नसम्झेरै पनि रुवाऊँछ किन यो मायाले । ओठको हाँसो खोसेर लग्यो पापीले

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : यो कस्तो बिवस्ता

~प्रदिप बुढाथोकी~ छयासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीया छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बुद्ध थिएँ

~सुरज सोडारी~ देवकोटा बनेँ -पागल भने गोर्की बनें -गरिब भने कालिदास बनें- मूर्ख भने चर्चिल बनें-बुद्दु भने परिक्षणमा कुनै दिन मलाई

Posted in कविता | Tagged | Leave a comment

गीत : रुन्छु नभन

~बच्चु कैलाश~ रुन्छु नभन सम्झी मलाई जुनेली रातैमा भेटी मलाई सपनाको देशैमा विरही बन्छु नभन ।। मन मनको पूजा हो यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कतै टाढा तिमीबाट पुगेँ भने

~बिक्रम गुरुङ~ कतै टाढा तिमीबाट पुगेँ भने कल्पेर नबस्नू ठूलो छ संसार हजार छन् मुटु आफैंमा हराई बर्बाद नहुनू कति बात अधुरो छन् कति थपिने पनि छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

युद्ध कथा : कमरेड नमुना

~राजु स्याङतान~ म एमाओवादीको महाअधिवेशनमा भात पकाउन एउटा टेन्टबाट खटिएको थिएँ । मेरो काम भाडाँ माझ्ने थियो । भाडा माझ्ने ठाँउबाट माओवादीको भाषण बेलाबेलामा कानैमा गुन्जिन आउँथ्यो । दोस्रो दिन एउटा नारी आवाज वरपर गुन्जियो । कतै सुने सुने जस्तो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सालिकहरूको मृत्यु

~मदन राई ‘लामाखुले’~ सालिकहरू को मृत्यु मृत्यु भएर सालिकहरू नै सालिक बनेकाछन् सालिकहरूको मृत्यु भएर घलौट का मूर्तिहरू उभिएकाछन् चोकहरूमा, धलौटका मूर्तिहरू, अनेक प्रतिकहरू,

Posted in कविता | Tagged | Leave a comment

कविता : भोलि भनिने कथा

~विमल भौकाजी~ धेरै वर्षअघि सपना हरायो एउटा देशको र, सपना खोज्दै जाँदा देश हरायो विश्व–मानचित्रबाट । उत्तरबाट दक्षिण बग्ने एउटा सम्भावना थियो देशको, कतै पश्चिमबाट पूर्व सर्छ कि ?

Posted in कविता | Tagged | Leave a comment