Tag Archives: नेपाली कविता

कविता : उपहार

~रमेश कंडेल~ सामुन्द्रीक छालहरुमा घोर लघुताभाषले खुम्चिएको म स्मृतिको पानामा टोटलिन्छु र चिमोटिन्छु, दुख्छु, पोलिन्छु प्रेम गर्नु र प्रेमको कविता लेख्नु उस्तै लाग्छन दुरुहपथमा चल्नु भन्दा कठिन यथार्थबोधको अचेटाईले

Posted in कविता | Tagged | Leave a comment

छोक : चिल, चल्ला र चारो

~राम प्रसाद प्रसाईं~ खरिदेहरु स्टिलको ब्राण्डेड घडी भिर्छन् घैलाडुबातिर गोरूहाट नलाग्ने देखेपछि बिरिङ खोलाको कटान नरोकिएर के भो र? युराल दशगजापारिबाट २,४ नामहरू निर्यात गर्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध र म

~गिरिराज बाँस्कोटा~ म एउटा युद्धमा छु रहरले होमीएको होईन कथाले यहाँ सम्म ल्याईदियो हार्ने मन छैन् जित्नेपनी खासैै चाहाना छैन् सायद यस्तै दोधार दोधार भएर बाँच्छ जीवन चुम्ने भनिएका फूलहरु छाम्दै जादा तिक्ष्ण काडा भएका छन् त्यहि भएर आशुले लिपिएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाशवान चोला

~बिक्रम श्रेष्ठ “सागर”~ *** नाशवान चोला*** नाशवान यो मानव चोला, देहको के भरोशा। अजीब सृष्टि छ तिम्रो रचना, रहेछ एक मुठी श्वासको आशा ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँचालो : कविको आँखामा

~नाकिमा~ भुइँचालो आयो र पैसा गन्दागन्दै पाँचौं तलाबाट हाम्फाल्यो ठेकेदार भुइँचालो आयो र बीचैमा मन्त्र छाडेर चौरतिर दौडिए पण्डित बाजे भुइँचालो आयो र शपथ लिँदालिँदै भाग्नु भो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~शेखर ढुङ्गेल~ मेरो देश मेरो आत्मा जहाँ म जाउ सधैं हुन्छ साथमा शीतलताको विशाल हिमाल मेरै देशमा कोमलताको उर्वर तराई मेरै देशमा सभ्यताको पहिलो किरण उदायो मेरै देशमा

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : भूकम्प गाथा

~चूडा निर्भीक~ हा ! भूकम्प गयो यहाँ दिनमहाँ, उड्यो धुलो वेसरी , हल्लायो जमिनै , पहाड समतल् , मानौँ भुसुन्ना सरी । मान्छे जो घरमै थिए मरिगए , ढल्दा ति आफ्नै धन , दौडे बाहिर वा ढलेन घर ती , … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : चुकाऔ अभिभारा

~बिक्रम श्रेष्ठ “सागर”~ ***चुकाऔ अभिभारा*** प्रभुकै रजले सिंचिएको , सकल सृष्टि यो जग सारा। मनन गरौ यो ब्रम्ह ज्ञान, सन्तति एक हौ चुकाऔ अभिभारा।

Posted in कविता | Tagged | Leave a comment

कविता : भुल भुलैया

~बिक्रम श्रेष्ठ “सागर”~ ****भुल भुलैया **** रंग बिरंगी भुल भुलैया , खेल हो बश यो मनको। भ्रमको पर्दा हटाई प्रभु, सत्यमा म बाच्न सकूँ। दुखमा कोहि नहुदा देख्दछु, प्रभु नै एक सहारा। नौका माझी बिनाको देख्छु, प्रभु नै एक किनारा। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मूर्तता, नाचीज र बिप्र – एक समकालीन खोज |

~बक्ररेखा~ मूर्तता – १ एउटा माटोले भरिएको गमलामा विर्यदान गर्नुस र हरेक दिन बिहान एक लोहोटा पानी सेचन गर्नुस | भोलिपल्ट त्यो एकाएक फूलको रुपमा मुस्काउनेछ |

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युको ढङ्ग

~बसन्तकुमार बस्नेत~ सहिदले भन्यो मर्नुको पनि एउटा ढंग हुन्छ थिएन मेरो जिवनको शब्दकोशमा उसको मृत्युको शब्दार्थ र थिएन, एसको अमरताको गन्तब्य खोई ऊ भन्दै थियो मर्नेको पनि र्सबश्रेष्ठ तरिका हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : केही गरौ

~कर्ण नाल्बो~ लालसागर वरिपरी बसेनी घर फर्कने मन छ । पराई देशमा नबस्नु हृदयले भन्छ ।। कति बसौ पिडालाई बैशाकी बनाई यो ठाउमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवासी हुनुको पीडा

~मन्जु निरौला~ प्रवासी भई जो पराई देशमा बस्छ प्रवासको दुःख उसले मात्र बुझ्न सक्छ ईराकी युद्धभूमीमा होस् या कतारको जर्जर मरुभूमीमा ज्ाापानको हरियाली शहरमा होस् या अमेरिकी स्वतन्त्र भूमीमा नै किन नहोस् । नौलाखे तारा गीतमा नै किन नहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : सृष्टि

~बिक्रम श्रेष्ठ “सागर”~ ********** सृष्टि ******** सृष्टि तिम्रो अपरम्पार छ यहाँ। कोहि गरिब त कोहि धनी असाध्यै।। कोहि दीन दुखी त कोहि हर्ष बिभोर यहाँ।।। गर्यौ किन पक्षपात ममा। दियौ जन्म टुहुरो बनाई पाटीमा।। भएछु म त जिउदो लाश सरी। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आजकाल

~नगेन्द्र ईङनाम ‘आठराइली’~ विशाल आकाश वजन विहीन पानीका कणहरु मिस्सिएका छन आकाश मुनिको बादल गह्रुंगो, क्षितिजसम्म फैलिएको धर्ती वजन विहीन आजकाल धर्तीमाथिका मान्छेलाई मान्छे गह्रुंगो सयौं पानाले भरिएका किताब वजन विहीन किताबभित्रका प्रत्येक पाना पानाहरु, पानाभित्रका सबै अक्षर अक्षरहरू अनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्य नामले

~बिक्रम श्रेष्ठ “सागर”~ *****सत्य नामले ****** सत्य नामले पुण्य कमाई, गर्नुछ यो भवसागर पार। ब्रम्ह र भ्रमको फरक छुट्याई , बुझ्नुछ यो जीवनको सार। वृति मनको सहज हटाई , गरिदेउ यो उपकार मलाई। भेद प्रभुको जानु म कसरी,

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी

~वसन्त कुमार गौतम~ एक जुग पछि फर्केर हेरेँ आफू आएको बाटो लामो भइसकेछ बिरानो भइसकेछ, बास बसेका ती पाटीहरु यात्राका अनगिन्ती मोडहरुमा ओझेल परिसकेछन्;,

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : नयाँ युग जन्मिने छ

~सत्य नारायण रावत~ “नयाँ युग जन्मिने छ” अबको नया युग पाल मुनि बाट सुरु हुनेछ ! सच्चा नेपाली पाल मुनि बाट जन्मनेछ ! एकता को गोलबन्द घेरा मा बाधिनेछन् ! नव युवाको नया जोशमा देशलाई हाक्नेछन ! संस्कृतिक धरोहरले नयाँ … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : आँगनीको खेल

~शेखर ढुङ्गेल~ छोडी आएँ परदेश यो पराईको ठाउँ सम्झी आएँ पहाडमुनि गुराँस फूल्ने प्यारो मेरो गाउँ उ…उ…उ…हो…हो……हो धेरै हण्डर थोरै सुख आरामको त छँदै छैन नाउँ

Posted in कविता | Tagged | Leave a comment

कविता : बिपत्ती

~कर्ण नाल्बो~ अकल्पनिय पिडा दिएर गयौ ! मलाई एक्लै छाडेर गयौ !! घाउ नै घाउ मात्र दिएर गयौ ! मल्हम कहाँ छाडेर गयौ !!

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि उदाउनेछ अस्त पछिको रात

~बिक्रम श्रेष्ठ “सागर”~ ****फेरि उदाउनेछ अस्त पछिको रात **** अस्त पछिको रात यो आज। फेरि भोलि उदाउनेछ ।। सेवा, सदभाव र प्रेमको आज। सबलाई यसको खाँचो छ ।।

Posted in कविता | Tagged | 1 Comment

छन्द कविता : विश्वास

~डा. लेख निरौला~ पैह्राले घर भत्कियो र पुरिए सारा कुरा तत्क्षणै हेर्दै ध्वस्त बने अनेक टहरा भाँडाकुँडा घर्घरै बाटो बन्द भयो दगुर्न नसकी हेर्दै लडे झन् कति साँच्चै प्राकृत आपदाबिच परी लाखौँ भयो दुर्गति ।। सारा सोत्तर छन् यहाँ मनुजका … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बजार

~शेखर ढुङ्गेल~ यो संसार एउटा बजार अनगिन्ती छन् बस्तु त्यति नै गन्तीका जार हो यो संसार जार हरुको सौहार्दतामा ‘वस्तु’ साटासाट गर्ने कतै सानो कतै ठूलो हाटबजारको भीड हो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक ढलेपछि

~मन्जु निरौला~ ईतिहासको बुर्जामा अवस्थित निर्जीव पत्थरको सालिक ढालेर पुरुषार्थ देखाउने पौरखीहरु मन्दिर टँुडाल अनि पाटी पौवा भत्काएर देशलाई निर्लज्ज बनाउने भष्मासुरहरु ऐतिहासिक परिपाटी ढालेर किन असभ्यताको पूरक बन्न थालेका छौ हिम्मत छ भने देशको कुटिल राजनीतिलाई ढाल

Posted in कविता | Tagged | Leave a comment

कविता : निराश हुन दिन्न म

~सुमित्रा पौडेल~ देख्दैछु उदासी तिमीलाई, तर निराश हुन दिन्न म बल्झिए झैँ लाग्छ घाउहरु, तर, पीडा हुन दिन्न म छचल्किएका तिम्रा नयनमा, यी हातहरु थापी दिनेछु नझारिदेऊ तिम्रा ती अमुल्य आँशुहरु तिम्रै लागि म बाँचिदिनेछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो को आइरहेछ ?

~आभास~ टाउकोमाथि टोपी र टोपीभित्र मथिँगल मथिँगलमा अनेकौं अमूर्त चित्र र निधारमा तिनै चित्रका सहीछाप विलकुल मेरो हुलियासँग मेलखाने म जस्तै मतिर त्यो को आइरहेछ ? नकमाथि चस्मा र चस्माभित्र निर्दोष आँखा

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्युँझेको ब्यथा

~युद्धप्रसाद मिश्र~ गर्ने शीघ्र समाप्त पाशविकता जीवित विद्या पढी यौटा वर्र्गीय चेतना हृदयमा राखी अगाडि बढी आर्थिक शैक्षिक शोषणादिहरूका धक्का परी ज्यानमा आएको छ व्यथा उठेर अहिले संघर्ष मैदानमा आस्था ज्योतित निर्विकार हुन गै हाम्रा खुलेका गति आकांक्षा नव पूर्ण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधी भित्र – २

~बिबश बिप्र~ हिउँ र मान्छे ! शीतलता–एक अनुभव ! अनुभव–बस् स्मृति ! मस्तिष्क… एक भण्डार–बिचलित प्रचलनको ! सगरमाथा– एक पिरामिड्- सालीन आत्माहरुको !

Posted in कविता | Tagged , | Leave a comment

कविता : अकर्मण्यता वा अस्तित्वहीनता

~शरद निरोला~ कति नै कोशिस गर्दा पनि यस हृदयभित्र रहेको निराशाको कहालीलाग्दो अंध्यारो चूकभन्दा पनि कालो भइदिएर मेरो अस्तित्व कालाम्य हुन पुगेको छ । मेरो चारैतिर मेरा अकर्मण्यताका

Posted in कविता | Tagged | Leave a comment

कविता : बेरोजगार देश

~जयन्ती गौडेल~ मेरो बेरोजगार देश भोकै उभिएको छ नाङै उभिएको छ रोजगार नेताहरु ऋण खाईरहेका छन् छिमेकीहरु ब्याज असुलिरहेछन् सिमानामा केबल एक टुक्रा राष्ट्रिय झण्डाले

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वागत नव बर्ष

~ठाकुर मान लामा~ तरङ्गित मौषम उन्माद त्यस्तै पार्न मनमा उल्लास खुशी तनमा भर्न स्वच्छन्दताको पवन बहार बहदै आउ नव बर्ष स्वागत छ सधै तिमीलाई आशा यही बिजारोपण हुदै हुर्कदै फुल्न सपना रंगीन सबले यही देखि साँच्न शितलता ती जुनका लेप … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लथालिङ्ग घर मेरो भताभुङ्ग देश

~चिरञ्जीवी सुवेदी~ बुट्टे साडी ल्याईदेउ बाबु तिम्री बुढीलाई मजेत्रो नि छैन अरे ठूली दिदीलाई आमा थिइन बिमार बरै! ओछ्यानको छेउ खोकी रहन्छिन बाह्रै मासे खकार सँगै लेउ

Posted in कविता | Tagged | Leave a comment