Tag Archives: कथा

कथा : अभिशाप

~सुबिसुधा आचार्य~ टेकुमा अवस्थित पचली भैरवको मन्दिरमा मेरी संगिनी सुदेश्नाकी दिदी सिर्जनाको विवाहको भब्य तैयारी रै’छ । केराको खम्बा एक-एक बित्तामा काटेर पाँच ठाउँमा राखिएको छ भने त्यसको बीचभागमा पैयूँको स-सानो हाँगा गाडेर साथमा उखुका साना-साना पोथ्रा पनि सँगै बाधिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कलिलो मनका यादहरूमा

~सुबिसुधा आचार्य~ पच्छ्याउन खोज्ने साथ बैगुनी । रित्याउन खोज्ने याद बैगुनी ।। बिर्सिऊ भन्दा हृदयको माझ बसेर– बिउँझाउन खोज्ने रात बैगुनी ।।। साथ, याद अनि सिङ्गो रात बैगुनी भएपछि यहाँ कसको के लाग्छ र ?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वचनको पालना

~सुबिसुधा आचार्य~ “काम फत्ते भयो त पूर्ण ?” हातको सियोलाई टोपीमा सिउँरिदै जिज्ञासाको झटारो तेर्साउँछु म उसित । ठूलो खकाने झोला काँधमा बोकेर सुसेल्दै ऊ खर्कबाट ओरालो लाग्छ । मेरो सोधाइ, प्रश्न भनौं वा जिज्ञासा उसले सुन्यो या सुनेन, कि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अष्पस्ट समाचार

~सुबिसुधा आचार्य~ ममी ! बीस रुपैया दिनुस् न भिडियो गेम खेल्न जान्छु कति घरमै मात्र बस्नु थुनिएर । अरुको घरमा कति खेलका सामान हुन्छ आफ्नो त……। ।” ठूलो भद्दा ओठ त्यसमाथि चोसो पसारेर भन्छ ऊ । आमाचाहिँ थालमा पोतेका दाना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जलेको कपिलवस्तु र लुटिएकी म

~सुबिसुधा आचार्य~ बाँची बाँची मर्नु र मरेर बाँच्नुमा कति अन्तर हुँदो रहेछ । तीन दिनपछि मृत्युको मुखबाट फर्केर तिमीलाई सम्झने र सम्बोधन गर्ने मौका पाइरहेकी छु मलाई लाग्छ यो सम्बोधन सम्झना हाम्रो भेटघाट पश्चात् लामो अन्तरालमा भएको छ । टेलिफोनमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बसको यात्रा

~सुबिसुधा आचार्य~ “एक्सक्यूजमी म्याडम ! अलि पर सरिदिनुस् है ।” ऊ सुट्केस घिसार्दै मेरो सिटमा बस्न आयो । म चाहन्थेँ मेरो सिटमा बस्ने सहयात्री केटी नै होस् किनकि पाल्पादेखि काठमाडौंसम्मको लामो यात्रा, यात्राको क्रममा आँखा लाग्न सक्छ, निदाउँन सकिन्छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यी सबै कसरी भयो काका ?

~सुबिसुधा आचार्य~ पुसकोचिसो काठमाडौं उपत्यकालाई हुस्सुले बेहुलीलाई झैं घुम्टो ओढाएको थियो । मानौ शहर प्रत्येक बिहानी नव दुलही बन्दै अन्मिन्छिन् दुलाहा रविको आगमनमा, जब जब रविका कलिला ताता र राता किरणरुपी हातले उनीलाई सुमसुम्याउँछन् तब बेहुली जस्तैनै हुन्छिन् । त्यही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आरनका गोलहरू

~सुबिसुधा आचार्य~ “पुन्टे ए पुन्टे ! कता मुन्टिएछ, यो घोक्रो सुक्ने गरी कराउँदा पनि चाइँचुइँ छैन, आमाचाहिँ कता अन्मरिई ।” आरनमा रहेका गोलहरूले चुसेर बाँकी रहेको रगत पनि चुस्छन् सबै परिवार मिलेर । मच्चाएर उचाली सकेको घन त्यसै लसक्क भुइँमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म हत्यारा हैन

~सुबिसुधा आचार्य~ “म हत्यारा हैन, सुन्नु भएन तपाईंहरूले, म हत्यारा हुँदै हैन । सत्ते सत्ते, मेरो आफ्नै प्राणको कसम, पशुपतिनाथले भस्म गरून्, पत्याउनु भएन । श्री मनकामना माईले नाश गरून् मैले झुटो बोलेको भए, म हत्यारा हुँदै हैन ।” “यी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाजुक मन

~सुबिसुधा आचार्य~ मौसम पूर्णिमाको रात जस्तो छङ्ग स्पष्ट खुलेको छ, खुल्ला नीलो आकाशमुनिको लन्डन सहर चम्किलो देखिन्छ एक यौवन सुन्दरीझैँ आफैमा निकै सुन्दर आकर्षणमय । चेरिङक्रस रेल्वे स्टेसनमा उत्रेर लामो आङ् तन्काउँछु म जसरी पोखरीमा डुबेर निस्केको गैंडाले तान्छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो झण्डा, आन्दोलन र काठमाण्डौको अनुहार

~टङ्क वनेम~ काठमाण्डौको माओवादी आन्दोलनमा भाग लिएर फुन्यासो,फुर्बा र उनका साथीहरु आफ्नै दुर्गम गाउँतिर लागेका थिए। जहाँ टाउको दुख्दा खाने सिटामोल दबाई समेत किन्न पाइदैन्थ्यो। खैर! सहरको चोक चोकमा खोलिएको साइवर क्याफे र ठूलठूला सपिङ कम्प्लेक्स हेरेर रमाइलो गरेे। बिरामी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विलय

~प्रकाश सायमी~ कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभित्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाचुके

~बिपुल सिजापती~ उनीहरु दुवै हस्ताक्षर गरेर बाहिर निस्किए । हस्ताक्षर कागज माथि स्वःलिखित केरमेट थियो या निर्णय माथि स्वीकारोक्तिमा आत्मसात थियो, दुवैले खुट्याउँन सकेनन् । हो, अबको यात्रा नितान्त निजी र स्वचालित हुनेछ, करकाप या अदृश्य साङ्लोमुक्त जीवनयात्रा । हातमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शहरको कथा

~जनक राज भट्ट~ उस्ले खल्तिमा हेर्यो, सय सयका दुईवटा नोठ जाडोमा कठ्याङ्रिएको हात जस्तै कक्रक्क परेर बसेका थे । कोठामा ग्याँस सकिन लागेको छ, चामल पनि सकिन लागेको जस्तै छ । उस्का निधार बिस्तारै चिन्ताले उचालिए । एक किसिमको छटपटी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुःखले झ्याङ्गिने मनका थाँक्राहरु

~प्रकाश के.सी.~ एउटा प्लास्टिकको रातो झोला आकाशमा हावासँगै झुल्दैछ बच्चा कोक्रोमा झुलेसरी ‘लहलह’ झुल्दै बार्दलीको खापबाट छिरेर झ्यालको खोँचमा अड्किन्छ । बार्दलीको छानाको टुँडोबाट बाँधेर लगेको, तोरण र यसमा टाँस्सिएका रङ्गी-बिरङ्गी कागजका ध्वजाहरु बाटोअगाडिको तघारोको खम्बाहरुमा चरमराइरहेकोछ । ‘खलखल’ बग्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ऐतिहासिक लोककथा : रानी शैलेश्वरी

~रत्न काफ्ले~ (गर्हौंकोट राज्य र भिरकोट राज्य बिच लडाईंको ऐतिहासिक कथा) ! उनको मादक सौन्दर्यताले बैरीतर्फका सैनिकहरुलाई समेत लठ्याई राखेको थियो । जसरी भर्भराउँदो ज्वालामा पुतलीहरु हामफालेर देहत्याग गर्छन् त्यसरीनै भिरकोटे सैनिकहरु रानीको अनुपम सौन्दर्यको रसपान गर्दै र काटिंदै गए … Continue reading

Posted in पौराणिक कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : आमाको आसिक

~उज्ज्वल जी.सी.~ –चिरायु रहेस् ! –चॉंडै जागिर पाएस् ! –रोगव्याधि केही नलागोस् ! –देशको सेवा गर्न सकेस् ! –शत्रुसामु शिर कहिल्यै नझुकोस् !

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आफैँ हराएको बेला

~सुमन मञ्जरी~ अचेल म आँफै सँग अपरिचित भएकी छु। ऐनामा आफुलाई नियाँल्दा ऐनाले देखाउँने प्रतिबिम्बमा पनि म आफुलाई भेट्टाउँदिन। भन्छन् ‘ऐनाले झुठ बोल्दैन’ तर जब जब आफु ऐना अगाडि उभिएर आफ्नै प्रतिबिम्ब नियाँल्न खोज्छु सत्य सत्य म अचेल आँफैलाई देख्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सर, क्षमा पाऊँ

~विमल आरोही~ फुकीढल तर अग्लो ज्यान सरासर भित्रिन्छ। साथीहरू जर्यााकजुरुक उठ्छन्। ऊ सरासर गएर कालोपाटीतिर कन्नो फर्काएर ठिङ्ङ उभिन्छ। दुवै हात पखेटाझैं १८० डिग्रीमा फैलाउँछ। र, खुम्च्याउँदै ‘बस’को इसारा गर्छ। ओठ खोल्दैन। साथीहरूका डब्लु बेन्चमा एक्कैचोटि छोइँदा ढ्याप्प आवाज आउँछ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्यान्टोनमेण्टमा सुहागरात

~विमल आरोही~ कस्तो अचम्म र विरोधाभास अनि लाचारी । ताली बज्यो गडडड, ‘वाहवाह !’ निस्कियो लगातार– हामी सम्बोधितहरूबाटैै । कमरेड सागरले जीवनसाथी विपनाको वियोगमा युद्धस्थलमै लेखेको करुण संस्मरण सुन्दासमेत हृदयमा पत्थर पोतिएका हामी चटके लेखकहरूका हृदयमा न त सानै पहिरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फिका कफि

~सन्दिप निरौला~ “ …………. कता पड्केकी ? खुरुक्क घर फर्कि !” पहिलो शब्द अपशब्द थियो । मूल सडकबाट छुट्टिने गल्ली बाट कोही चिच्यायो । मैले मान्छे देखिनँ । स्वर महिलाको थियो, त्यो चिनेँ । अलि छिप्पिएको र स्वर बाँस चिरिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बालकथा : धैर्यवान-ज्ञानी बोका

~संकलक – ‘राप्रप’~ प्रिया आर्याकी सबै भन्दा मिल्ने सखा थिइन्। उनीहरू “होम् वक्” सकेर खेल्न जाने गर्थे । कहीलेकाँही फूलबारीमा बसेर आफूले सुनेका कथा एकले अर्कालाई सुनाउने गर्थे । आज कथा सुनाउने पालो प्रियाको थियो। प्रिया आर्यालाई कथा भन्न थालिन् … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : बिषालु गर्ल फ्रेन्ड

~सुरेशजङ्ग शाह~ हाई …….हल्लो…….. हाउ आर यु के भनेर सम्बोधन गरौं कहाँबाट सुरु गरौं । कति मीठो मायाँको नाता थियो, त्यो टुटाइ हाल्यौं….। जुनी काट्ने भरोस थियो त्यो पनि छुटाइ हाल्यौं …..। तिम्रो माया त नक्कली रहेछ …. आज एउटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देबिनी

~गुरुदत्त ज्ञवाली~ “के भने त छोरी डाक्टरले, बिसेक छ आमालाई ?” “उस्तै हो ठुलो बुवा, के सञ्चो हुनु, डाक्टर साक्टर कोही पनि आएका छैनन् । त्यही सिस्टर्नी मोरी आउँछे र पुर्लुक्क हेरेर जान्छे ।” दिनेशकी श्रीमती थलिएकी एक महिना जति … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्पिडायग्नोसिस

~सरुभक्त~ उसले आफ्नो नाम ‘अश्वत्थामा’ लेखाउनेछ, पिताको नाम ‘आचार्य द्रोण’ र माताको नाम ‘कृपी’ लेखाउनेछ । उसले आˆनो उमेर अन्दाजी ६ हजार वर्ष लेखाउनेछ । उसले आफ्नो पेसाको ठाउँमा ‘सैन्य सेवा’ लेखाउनेछ । कोष्ठभित्र उसले ‘प्रधान सेनापति, कौरव सैन्य, महाभारत … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म मरे पछि

~बुद्धिसागर~ के के न गरौंला भन्ने छियो जिन्दगीमा। खेरै गो। यसरी यत्ति चाँडै मर्एला भन्ने त थिएन। मरिहालेँ। बिहान सवा ३ बजे उठेर बाथरुम गएको थिएँ। फर्किएर ओछ्यानमा पल्टिएँ। त्यस्सैबेला छाति चसक्क भएको थियो। निदाए हुँला सोचेको थिएँ। ज्या मरेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भूतमान्डु

~बुद्धिसागर~ कानमा कसैले मुखै जोडेर बोलेजस्तो लागेको थियो। खासमा मेरो कानको भित्रपट्टि उडुसले फन्का लगाइरहेको रै’छ। ब्युझँदा म ठमेलको कुनै थोत्रो र सस्तो होटेलको पुरानो पलङमा लम्पसार परेको थिएँ। सिरानीबाट रक्सीको बासी गन्ध आइरहेको थियो। डकार निस्क्यो। आफ्नै मुखबाट निस्केको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कब्जा

~रोशन प्रजापति~ ‘राइटर बाजे चर्च नजाने रे झ्’ हुण्डरीसरी धुरन्धर काकाको कानमा बज्रियो । उमेरले बयासी वर्ष नाघिसकेको राइटर बाजेले सबैले भन्ने गरेको धर्मकर्म गर्ने बेलामा झन् किन परमेश्वरबाट तर्किन खोज्दैछ ? गोरु बूढो भए भीर खोज्छ मान्छे बूढो भए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उद्घाटन

~रोशन प्रजापति~ “भन्ज्याङको बखते आ’को थियो । तिम्लाई दिनु भनेर एउटा पत्र छोडेर गा’छ । घरमा थोपो पानी छैन । पानी लिन पँधेरा गएँ म । पत्र माथि तख्तामा राख्दियाछु रातो खोल भएको बाइबलमाथि ।” गर्मीले असिनपसिन भएको शरीरले आँगन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दृष्टि भ्रम

~सन्जित सापकोटा~ समयको बक्रतामा एक पटक सेमिनारको चाँजो-पाँजो मिल्यो । चीनमा आएपछिको पहिलो सेमिनार । हल्का उत्साह र धेरै भ्रमका बीच पाँचतारे होटलमा मूकदर्शक भै सेमिनारको मेलो गुजारे । जब भोजनको समय भयो, पाँचतारेको पाकशालामा हाम्रा परिकार पक्कै पाकेका होलान् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोठाले जिन्दगी

~सन्जित सापकोटा~ अर्ध-चन्द्राकारमा दक्षिण-पश्चिम मोहोडामा फैलिएको कालुको त्यो गाउँमा जम्मा-जम्मी चालिस घर थिए । बाहुन, क्षत्री, मगर र सार्की गरी जम्मा चार जातको त्यो गाउँ न्याय र एकताको लागि चिर-परिचित थियो । वल्लो-पल्लो गाउँकाले भन्थे – “गाउँ हुनु त त्यस्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दर्शन ढुंगो

~किशोर सापकोटा~ भँगेरी हँसियामा साँध लाउँदै थिई । हँसिया उद्याउने ढुंगो निकै खिइसकेको थियो । भंगेरीले ढुंगापट्टी हेरी । तेरो र मेरो जीवन उस्तै भयो है, खिइँदै खिइँदै जाने – निर्जिव ढुंगासंग भँगेरी वोली । ढुंगाले कुनै प्रतिक्रिया जनाएन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment