Tag Archives: nepali sahitya

कविता : बिगन रामको मादल

~राजेन्द्र तारकिणी~ रातभरि पेटीमा जाडोसँग ‘लभ’ गरेर बिगन राम बिहानै पुलमाथि सरेको छ कठ्यांग्रिएका औंला ठोक्किएर मादलको खरी रुन्चे भएको छ ! (मानौं, मादलभित्र छ भोकैभोकको ताल खस्रा हातको चड्कनसँगै घिन्ताङ-ताङ… रोइरहन्छ) जान्दैन ऊ- साम्प्रदायिकताको राग/राष्ट्रवादको कोरस

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : नाकमा आरूको फुली

~नरनाथ लुइटेल~ मेरो जन्मथलो भोजपुरको सिक्तेल । हाम्रो परिवार वि.सं. २०१९ सालमा भोजपुरबाट मधेस (झापा) बसाइसराई हुँदा म चार वर्षको फुच्चे थिएँ । मधेस झरेपछि ठ्याम्मै पचास वर्षको नेटो काटिसकियो । तर फेरि जन्मथलो भोजपुर पुग्ने अवसर मिलेको छैन । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

समीक्षा : बी पी कोइरालाका प्रमुख साहित्यिक मान्यताहरू

~डा. विष्णुप्रसाद पौडेल~ प्रस्तुत लेख विश्वेश्वर प्रसाद कोइराला (१९७१–२०३९) ले विभिन्न समयमा आफ्ना लेख, अन्तर्वार्ता आदिमा मूल तथा प्रासङ्गिक रूपमा प्रकट गरेका कला साहित्य सम्बन्धी मान्यताहरूको आ”कलनमा केन्द्रित छ । यस अनुसार कोइराला आफ्नो साहित्यिक लेखनमा वैचारिकता, जीवनप्रतिको आस्था, निर्वाध … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : सक्तिन म बुद्ध बन्न

~डा. संगीता स्वेच्छा~ म बुद्ध जन्मेको देशमा जन्मेको मान्छे बुद्ध हुर्केको देशमा हुर्केको मान्छे सबैले यही पढाए सबैले यही सिकाए शान्तिको पथमा हिंड्नुपर्छ भनेर कि म बुद्ध झैं ज्ञानी बन्नुपर्छ भनेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मध्याह्न

~नरदेन रुम्बा~ यो भन्ज्याङबाट माथि उठेर आकाशको बीचमा त्यो घाम एकक्षण रोकिन्छ त्यसले हिमालहरूलाई छातीले छोएर एकक्षण स्तब्ध हुन्छ आफूबीचमा बसेर जब त्यसले मलाई जीवनको किनारतिर डोर्याउँदै लान्छ

Posted in कविता | Tagged | Leave a comment

जातक कथा : कानो गिद्ध र चराहरु

एक समयमा पहाडको को तल सुनसान नदी थियो । त्यहाँ रुखहरूमा चराचुरुङ्गीहरू बस्थे । एक दिन कानो गिद्ध त्यहाँ बस्न आयो ।अरू चारहरुले उसलाई बुढो भएकोले स्वागत गर्‍यो । त्यो कानो गिद्धले जब चराहरूलाई देखेर रमाए र सोचे मलाई यिनीहरूले … Continue reading

Posted in जातक कथा | Tagged , | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : भुडी परीक्षण अभियान

~कृष्ण उफान~ तपाईको भुडी कस्तो आकार प्रकारको छ ? कहिल्यै अवलोकन गर्नुभएको छ ? मूल्याङ्कन गर्नुभएको छ ? भुडीको बारेमा कहिल्यै एकान्तमा बसेर घोत्लिनु भएको छ ? यदि छ भने तपाईलाई मुरी मुरी धन्यवाद । कमसेकम जीवनमा अरू केही गर्न … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : ‘गाँस’ र ‘ग्याँस’

~होमर श्रेष्ठ~ भातको सट्टा चिउरा खाएको तीन दिन भैसकेको थियो… आमाले रिसाउदै भन्नुभयो,

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : भनिएको नयाँ युग

~सदानन्द अभागी~ भनिएको नयाँ युग बनाउने पारा बोली सुन्दै चकित छन् देशवासी सारा जनताका रासनको कहीं छैन चिन्ता देशभरि गुञ्जिदै छन् आन्दोलनी नारा

Posted in गजल | Tagged | Leave a comment

कविता : हिंसाको बुद्ध

~हाङयुग अज्ञात~ बन्चरोले ठूगूँ लागिरहेको घुच्चुक कत्ति पनि बुझ्न नसकिरहेको राष्ट्रियता दिज्यू ! पहेँलो जमराले किन मेरो मन तानिरहेको ? घुस्न किन नसकेको म ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्त्यको पर्खाई

~बिपिन शर्मा~ मेरा स्वर्णीम सपनाहरु, मेरा रंगिन कल्पनाहरु, भत्किएर, टुटेर, फुटेर मेरो बाटो भरि छरिएका छन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : मजदुर

~चोमु शेर्पा “खुशी”~ हरेक बिहान फ्याक्ट्रीको अत्याधुनिक मेसिनहरूसँगै मेरो पनि मेसिन सञ्चालन हुनथाल्छ फरक यति छ कि मेसिनहरू विद्युतीय तरंगबाट सञ्चालन हुन्छन् म मेरो दुई छाक टार्नुपर्ने बाध्यता बाट संचालित हुन्छु । बेला बखत मेसिन बिग्रन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : खोज्दैछु एउटा कवि

~कविराज भट्ट ‘बिलौना’~ सारा भूतलको अलौकिक कलाका वाग बस्नेहरु उच्चा श्वेत हिमाल शंकर शतीका काख बस्नेहरु । मिठा कोकिल भाकले हृदयको ढोका उघारी यहाँ नेपाली पन झल्किने किसिमका सौगात रच्नेहरु ।। हाम्रो शक्ति र एकता किन एकादेश्को कथा झैँ भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँसको फूल

~शरद पोख्रेल~ रहरै रहरमा लहडै लहडमा मलिलो बारीको छेउँमा एउटा बिरूवा रोपियो। उसको उचाई आँकलन गरेर गाई बस्तुबाट जोगाई जोगाई मलजल गरी हुर्काइयो।

Posted in कविता | Tagged | Leave a comment

कथा : सौतेनी आमा

~हरि थापा ‘दोलखे’~ आमा बाबुको एक्कासि आएको प्रस्तावले अर्चना झस्किन पुगी । मुटु जोडले काँप्यो । एकछिन मौन रही । केही छिनको मौनतापछि ऊ होसमा आई । उसले अनुरोध गरी ‘आमाबुबा’सँग विन्ति बिसाई । आमा बाबुले पनि छोरीको इच्छालाई मध्यनजर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : फाटो कथामा अनुभूतिको संरचना

~प्रभा मरहट्टा (कोइराला)~ सार पश्चिमी चिन्तक रेमन्ड विलियमले विकास गरेको साहित्यको समाजशास्त्रीय अध्ययन गर्ने सैद्धान्तिक अवधारणा अनुभूतिको संरचनालाई मुख्य आधार बनाइ यस लेखमा फाटो कथामा संरचित अनुभूतिहरू खोजी गरिएको छ । फाटो कथामा प्रतिबिम्बित पिढीगत अनुभूतिहरू र प्रभुत्वको परिवेश, अधिनस्थ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : विदेशी मित्र

~आन्विका गिरी~ “तिम्री प्रेमिका क्याथीका आँखी भौ कस्ता छन् रे जेम्स” म यसरी शुरू गर्थे उसलाई चिढ्याउन। हिउँदको सिरेटोको आक्रमणले आक्रान्त पारेको रातमा जब म निदाउन सक्दिनथे नि, तब ममा उट्पट्याङ्ग कुराहरू आउँथे। “तिम्रो दाह्रीवाल प्रेमीको भन्दा राम्रो!” उसको जवाफको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मन सकिंदैन रहेछ

~बित्रा आचार्य~ धन र शान दुइ दिनको मात्र सकिन्छ छिट्टै नचाहेर पनि । अहंकार-घमण्ड केही दिनको मात्रै टुट्छन त्यो नजानेर पनि।। धन कमाउने शान बढाउने कुण्ठा बोकेर मान्छे उर्लेको देख्दा हैरान पर्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन र मृत्यु

~कालूसिंह रनपहेंली~ जीवनको किताबमा अन्तिम अध्याय मृत्यु। जिन्दगी वाक्यको एउटा पूर्ण विराम मृत्यु। जिन्दगीको दैलोमा अलिकति सास खानुलाई ढुकिबस्छ मृत्युको भिखारी।। जीवनको हात जहिल्यै माथिबाट छ। भिखारी मृत्यु दयाको सिनो खाएर अघाउँछ। मच्यो भन्छ मान्छेले जीवन लीला समाप्तिलाई।

Posted in कविता | Tagged | Leave a comment

समालोचना : नउघ्रेको जून उघारेर हेर्दा

~केदार ‘सङ्केत’~ भनिन्छ, ‘साहित्य मानव जीवनको सामाजिक ऐना हो’ नेपाली साहित्य सिर्जनाका विभिन्न विधामा दुई दशक यताको समयमा ह्वात्त बढेर आएको छ । सबै प्रकाशित विधाहरुका नाम सुन्नसम्म पनि गार्हाै पर्छ । प्रकाशनले आफ्नो लगानी गरेर छापेको हो भनेमात्र हरप्रयास … Continue reading

Posted in समालोचना | Tagged , | 2 Comments

व्यङ्ग्य कविता : ती अवर्णनीय नेता

~श्रीधर खनाल~ लिने मात्र सधै सोच्छ दिने गर्दैन चिन्तन भने त्यो पशुको कोही गर्न सक्दैन वर्णन सेवाको भाव त्यागेर मेवाको मात्र चाहना गर्दै जो शक्तिको मात्र प्रदर्शन गर्न खोज्दछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अजिंगर र सपना

~अविर खालिङ~ सपना तुहिएर सकिएपछि बाँचेजस्तो गरेर जिन्दगीलाई कुन घड़ी र मुहूर्त्तसम्म थेग्नु ? जिन्दगी भनेर समयले थमाइदिएको यो शोषण झेल्ने श्वास-यंत्रलाई कुन औजारले मरमति गरेर राख्नु ? भग्नांशमा बाँचेको रहल जिन्दगीलाई कुन जिजीविषाको पूलबाट पारि पुरयाउनु?

Posted in कविता | Tagged | Leave a comment

लेख : पहिचान, भाषा र मधेस

~कृष्ण धरावासी~ अमेरिका पुगेपछि मैले मातृभाषाको महत्त्व पहिलोपल्ट अनुभव गरेँ । नेपालमा जनजाति, आदिवासी र मधेसीहरूले मातृभाषाबारे सधैँ गर्ने बहसको घनत्व महसुस गरेँ । जब मैले त्यहाँ जानेको भाषामा आफ्ना कुरा चित्त बुझ्ने गरी बताउन सकिनँ र आफूलाई ‘लाटो’ जस्तो … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गजल : बाँच्न सक्छु म

~छविलाल खड्का~ तिमी विना नि, बाँच्न सक्छु म माया विना नि, बाँच्न सक्छु म । भमरा बिच, फुल्यौ नि आज

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू

~तेजेश्वरबाबु ग्वंगः~ कहिले खुट्टाले हिँडाउँछ । कहिले खुट्टालाई हिँडाउँछु । जहिले खुट्टाले हिँडाउँछ, खुट्टामा लीन भइदिन्छु । जहिले खुट्टालाई हिँडाउँछु खुट्टा लीन हुन आउँछ । कुनै बेला खुट्टाको हुन्छु । कुनैबेला खुट्टा भइदिन्छ मेरो । रूपान्तरणको लीला अपरम्पार छ । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : ताताे भाेड्का

~डा. विदुर चालिसे~ –“तँ ख्रुस्चेवकाे चेला हाेस् !” –“आफू नि अाफू ! तैँ हाेइनस् स्टालिनकाे छाउराे ?” निकै चर्काचर्की गरिरहेकाे कार्यकर्ताहरू

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मूर्ति

~दीपक सिञ्जाली~ एकदिन उसले मूर्ति बनायो सग्लो मूर्तिले उसैलाई औंला ठड्याइरहेको थियो त्यो खबरदारी उसलाई चित्त परेन छिनो लिएर मूर्ति सच्याउन थाल्यो । अग्लो कद काटेर केही होँचो बनायो

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरीएको स्वाद

~सगाेत्री आचार्य~ दाँत छइन्जेल कागती टोक्दा पनि नरसाउने जिब्राहरू आजकाल पानी चपाएर स्वाद लिन्छन् खै के बदलियो कुन्नि ? तिनका राल ग्रन्थिहरूमा ! आँत छइन्जेल,

Posted in कविता | Tagged | Leave a comment

कथा : जुत्ता

~प्रमोद अमात्य~ “सुन न, भरे पार्टी जानुपर्छ, मेरा लुगा निकाल्दिराख न है । जुत्ता पनि खोज्दिइराख है त ।” “एक्लैएक्लै जाने केको पार्टी हो नि ?” श्रीमतीजीले बिर्सिछ । अस्ति मात्र त्यत्रो रामकहानी सुनाएको; अफिसमा मास्टर डिग्री पढ्न जाने क्यानडाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सडकको डन

~भरत खत्री~ “रिद्दिसिद्दी यातायात” “सुन्धारा सानोगाउ- सानोगाउ सुन्धारा” म रत्नपार्क देखि बालकुमारी सम्मको यात्राको लागि बसमा बसे। बसमा अरुबेला भन्दा अलि कम यात्री थिए। त्यहीँ पनि बस्ने ठाउँ थिएन खुट्टा राख्ने ठाउँ मात्र थियो। गुरुजी (चालक)को पछि दुइवटा फलमका डन्डी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आफन्तजन

~यकिना अगाध~ उ बिमारी पर्यो । छोराछोरी बाहिर थियो । मुस्किलले कसैले अस्पताल पुर्याईयो । अस्पतालमा कुरुवा कोही भएन । चिनेजाने सबैजसोले यो खबर थाहा पाए तर कोही कुरुवा बसिदिन आएन ।

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आमाका आँशु

~देबेन्द्र बस्याल~ म प्रदेशबाट घर फर्कि आउँदा मेरी आमा उता कुनामा रोइरहेको देखें म अरुहरुलाई वेवास्ता गर्दै आमा बसेको स्थानमा पुगें आमाले ओडेको घुम्टो उघारेर आमाको मुहारमा आँशु देखें आमाको मुहार रक्ताम्मै थियो टाउकामा चोटैचोट थयो

Posted in कविता | Tagged | Leave a comment