Tag Archives: nepali sahitya

कविता : यौटा प्रेम कविता

~मनप्रसाद सुब्बा~ समयको सडक हिँडदा हिँड्दै एकछेउ डिलनेर बसेर हामीले जे जति कुराहरू गर्यौँ ती कुराहरू दन्त्यकथाका मधु-मालतीले बात मारेका होइनन् ती त हामीले बाँचेका क्षणहरू हुन्

Posted in कविता | Tagged | Leave a comment

कविता : तरुनी रात

~केदार श्रेष्ठ~ ओइलाएको सूर्य दिनभरिको थकाइले क्षितिज पर-परको सागरमा जब बिलाउँछ तब झ्याँउकिरीको झन्झटिलो अवाजसँगै जंगलतिरबाट निस्कन्छन् हाप्सीला,

Posted in कविता | Tagged | Leave a comment

कथा : उपहार

~महेश पौड्याल~ नयाँ ठिमीपारि, हनुमन्ते बगरको ब्रहमनगर टोलमा विगतको एक दशकमा रैथाने कम र बाहिरबाट आउने मान्छे बढी भेटिन्छन्। चारआना, पाँचआना जग्गा किन्दै घर बनाउँदै गर्नेमा पश्चिम अछामदेखि पूर्व झापासम्मका मानिसहरू छन्। भिन्नाभिन्नै जिल्लाबाट आएका, भिन्नाभिन्नै रहनसहन र चालचलनका मान्छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : अमूर्त दुःख

~गोपाल विरही~ ‘मृत्युपछिको अभिव्यञ्जन’मा बालकृष्ण समले आफू मरेपछिको परिस्थिति चित्रण गरेका छन् । मरेपछिको शून्यको अवस्थामा समलाई केही दुःखेको छैन, केही बिझेको छैन । बौद्ध शून्यमा उनका दुःखहरू बिसाइएका छन् । भौतिक नभएर मरेका सम अभौतिक वा चेतन-शून्य स्थितिमा छन् … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : अन्त्य कि सुरुवात ?

~प्रदीप चापागाईं~ लास मुर्दा गयो,बित्यो सकियो कानेखुसीहरु एक हुल सयौं आँखाहरु फूलका गुच्छाहरु अनि अबिर गोबर,अनी लिपिएको भुईँ

Posted in कविता | Tagged | Leave a comment

गजल : नेताहरु

~अरुण छेत्री अनुरागी~ तेरो मेरो लुछाचुडी च्याट्टै छोडे की त नेताहरु देशका निम्ति हातमा हात जोडे की त नेताहरु हल्ला सुन्छु फेरी एउटा सहमति गरे अरे एक-अर्का बिचको दिबार फोडे कि त नेताहरु

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : टोपीटाले भेट्न खोल्सी !

~युवराज नयाँघरे~ कर्णाली तरेँ बल्ल आज ! हुम्ला कर्णालीका किनारैकिनार हिँडेको यतिका दिनपछि आज तर्ने मौका मिल्यो । यो नदीका छालले छोएथे । यसका बाछिटाले हिर्काएथे । यसका लहरले हृदय तानेथे । यो नदीका सङ्ला तरङ्गले मलाई डाकेथे । सेतो, सङ्लो खोला । धारिलो र चिसो लहर … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

दिल पौडेलका चार हाइकु

~दिल पौडेल~ जागिर जिरा र नुन महिनावारी टार्ने विरही धून । प्रशासन ऐन-कानुन चाचाचुचे आदेश सधैं मानुन ।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : उस्तै उस्तै

~तृष्णा योञ्जन~ लगाउँदिन माया भन्दा बबाल उस्तै उस्तै आँफै दिन्छौ धोका अनि सबाल उस्तै उस्तै मन बहकाउने साथी अर्को नभेटुन्जेलसम्म

Posted in गजल | Tagged | Leave a comment

कविता : तिन दसक देखी

~बैरागी जेठा~ तिन दसक देखी आजसम्म कबिता लेखिरहेछु विस्मित भएर कहिलेयै लेखिन म फैलिएको देखेर उसले मलाइ सिफलको रुखमा

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : नायगरा झरना अतृप्त यात्रा

~डा तीर्थबहादुर श्रेष्ठ~ नायगरा झरनाको बाछिटाले निथु्रक्क नभएसम्म अमेरिका यात्राको तिर्सना मेटिँदो रहेनछ। यसपालि कात्तिकमा अमेरिका पुगियो। अमेरिका भनेपछि संयुक्त राज्य अमेरिका मात्र बुझने चलन छ, तर इटालीका भेसपुस्सी अमेरिगोले सन् १४९७ मा पत्ता लगाएको भूय्भाग र क्रिस्टोफर कोलम्बसले १४९८ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सुखमा साथ थिएँ

~सुदर्शनविक्रम राणा~ सुखमा साथ थिएँ, टाढा भएँ पीरमा । ग्लानी हुन्छ आफैलाई, गुहार दिन नसक्दा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जाडो, कोलम्बस र साम्राज्य

~देवेन्द्र खेरेस~ हिँउदको याम जाडोको आगमन् मुटु काँप्ने चिसो सुनसान फुटपाथहरू दिउँसै अधेरो साम्राज्य काइनेटिक सहर घर घरमा बन्दि जीवन वाँचेका मानिसहरू रमाउँछ वारमा

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : विश्लेषणत्मक महाकाव्य ‘तपस्विनी’

~प्रभा कैनी~ अजम्बरध्वज खातिद्वारा लिखित ‘तपस्विनी’ महाकाव्य बजारमा आएको छ । पाल्पामा जन्मेर बुटवलमा बस्दै आएका खातीले विसं २०१२ सालदेखि साहित्यमा हात बढाएका हुन् । विधागत हिसाबले ‘तपस्विनी’ उनको पहिलो महाकाव्य हो । यसअघि उनका नौ खण्डकाव्य, गीतिकाव्य प्रकाशित छन् … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : माग्ने

~चट्याङ मास्टर~ ऋण, दान, अनुदान जे मिल्छ उही माग्ने माग्दा माग्दा धनी हामी, दिने बन्नेछ माग्ने । धनी देशका सामु, गरिब छौँ, भनी माग्ने गरिबै भेटिए देश, नछोड्ने, डटी माग्ने छिमेकी देश धनि देखे, छिमेकमै गई माग्ने टाढाको देश धनि देखे, … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सडक, समय र सपना

~मनु आभास~ यिनै उपेक्षित सडकहरूमाथि मनखुसी बुर्कुसी मार्दै कोरिरहेछ समय अन्धकार भविष्यको गर्भमा खण्डीकृत भाग्यरेखा । यी तिनै सडक हुन् जहाँ पोखिएका छन् पसिना

Posted in कविता | Tagged | Leave a comment

गजल : जिन्दगी सिंगार्छ

~रुपिन्द्र प्रभावी ‘कटु’~ संघर्षले सबैको जिन्दगी सिंगार्छ निराशाले सबथोक त्यसै बिगार्छ भाग्यको भर पर्नुहुँदैन मित्र

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : फेरि पनि सीमान्तकृत वर्गीय प्रस्तुतीमा घामकिरीका पाण्डे

~रुपिन्द्र प्रभावी ‘कटु’~ सीमान्तकृत वर्गीय जनजीवनका कथाव्यथाका कुशल प्रवक्ता हुन् नयनराज पाण्डे । पाण्डेको घामकिरी अलि ढिलै पढिसकें । ‘उलार’ र ‘लू’कै पृष्ठभूमि तर फरक विषयवस्तु रहेको घामकिरीले तिनीहरुले जत्तिकै तानिरह्यो सुरुदेखि अन्त्यसम्म । मलाई पुस्तकले तान्नुपर्छ । नत्र पछिसम्म नै … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समालोचना : राजेश्वरी खण्डकाव्यमा ध्वनिविधान

~प्रभा मरहट्टा (कोइराला)~ सार पूर्वीय ध्वनि विधानसम्बन्धी सैद्धान्तिक अवधारण अनुसार राजेश्वरी खण्डकाव्यको कवितांशमा ध्वनित विविध अर्थको खोजी यस लेखमा गरिएको छ। राजेश्वरी खण्डकाव्यबाट छनोट गरिएको एउटा श्लोकबाट प्रकट भएका विविध ध्वन्यार्थमध्ये काव्यांशमा ध्वनित हुने राजनीतिक सन्दर्भ, पूर्वीय आध्यात्म दर्शनको सन्दर्भ, … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : युद्ध मैदानबाट फर्किएको उ

~प्रभा पोखरेल ‘स्वेशा’~ धुँवै-धुँवाँले पोतिएको अनुहार; बिस्फोटले खाइसकेको हृदय; बारुद गोलासँग साटिएका अङ्ग-अङ्ग; पवित्र मन भइ पो सकेछ लथालिङ्ग; भाँचिएको मुटु कुँडिएका चाहना; कहाँ हराए ति निर्दोष स्वच्छ भावना?

Posted in कविता | Tagged | Leave a comment

कविता : भैंचालाको सवाई (९० सालको)

~खडानन्द शर्मा~ सुन सुन पाच सुन सत्यजुग गयो कलिजुग लागेको सवाई कहन्छु बुझिनसक्नु कलिको रङ्ग चौथो प्रहरमा पा¥यो भताभुङ्ग डगमग पृथिवी भयो कम्पमान भतगाउन लाग्यो देउताको थान

Posted in कविता | Tagged | Leave a comment

थारु लोककथा : बेङ्टुर्या रानी

~सङ्कलन : प्रणव आकाश~ एकादेशमा एउटी राजकुमारी थिइन्।  निकै सुन्दरी उनको नाम थियो- बेङ्टुर्या रानी। दरबारमा उनको दाजु र भाउजू मात्र थिए। दाजुले खुब माया गर्थे। उनलाई तर भाउजूले भने देख्यो कि गाली गर्न थाल्थिन्। टुहुरी नन्दलाई खुब सताउँथिन्। यो कुरा दाजुलार्इ … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

हामी धृतराष्ट्, हाम्रो देश धृतराष्ट्र्

~विनोद रोका~ हामीलाई, मान्छे र परिवेश चिन्न संजयका आखा चाहिन्छन त्यसैले हामी आफ्नो घर,परिवार र सेवक बाहेक अरुलाई चिन्दैनौ। कथंकदाचित चिन्ही हाल्यौ भने पनिर् इष्र्या वा डाहाले कसैलाई भन्दैनौ। हाम्रै संस्कारबाट बनेको हाम्रो देश धृतराष्ट भन्दा फरक छैन, त्यसैले देशमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नदेख नलेख भन्नेहरु

~होमर श्रेष्ठ~ ए नयनलाई नदेख भन्नेहरु ए कलमलाई नलेख भन्नेहरु खै म हजुरहरुलाई कुन भाषामा सम्बोधन गरुँ ! हिउँदको बर्फिलो मौसम जमेको खयरमसी वासन्ती उत्सवसँगै पग्लिएको छ तरङ्गित भइरहेछ श्वेत कागजमा लाखौँ सशक्त वर्ण बनेर

Posted in कविता | Tagged | Leave a comment

गजल : सम्झनामा रोइदिन्छु

~इन्दिरा चाम्लिङ्ग~ जति बग्छ बगोस आँसु सम्झनामा रोइदिन्छु मनभरिका पीडा आज आँसुले नै धोइदिन्छु तोडिदैनन् वाचाकसम, मोडिदैनन् बाटाहरु सत्य-सत्य म आगो पनि छोइदिन्छु

Posted in गजल | Tagged | Leave a comment

कविता : आन्दोलन अनि आकृति

~मोती चाम्लिङ~ धूर्त मान्छेले कांढी दोहोलो निर्धाहरुको कुर्शी बुर्कुसीको एउटा नाटक नियाल स्तब्ध लाश पडिरहेको सन्नाटामा मुस्कानका सप्तरंगी अट्टहासहरुलाई हेर नथामिदै अश्रुमा भेलसरी नयनको

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मोर्चै मोर्चाको मुलुक

~मनोज गजुरेल~ माओवादी मोर्चै मोर्चाको भिडमा थप केही मोर्चाहरु प्रस्ताब गरेको छु । नेपाल व्राम्हण मुक्तिमोर्चा अन्तराष्ट्रिय छेकुवा (छेत्री-कुमाईं-वाहुन) मुक्तिमोर्चा राष्ट्रिय जनै मुक्तिमोर्चा अखिल नेपाल यौनकर्मी मोर्चा बिद्रोही सिपाहीं मुक्तिमोर्चा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नारी

~पुरुषोत्तम सुवेदी~ शुगन्धले भरीपूर्ण छेउ तिमी हर पल दुर्गन्धमा मडारियकी छेउ तिमी पल पल मुर्ख लाई अमृत बांडेकी पनि छेउ तिमी सत्जनको दोहोलो काढेकी पनि छेउ तिमी

Posted in कविता | Tagged | Leave a comment

कविता : सिनाबुङ सुनामी नृत्य

~टंक वनेम~ सगरमाथाको नाङ्गो शरीर सिन्ध नदीको क्रोध र हाइड्रोजन साइनाइटको वारुदी गन्ध विज्ञानको यथार्थ भूमिमा उमारिएको सभ्यता जहाँ कोपारिन्छ प्राकृतिको सुन्दरता रमाउँदै मनाइन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरि रोएँ

~अन्जु अञ्जली~ सम्झिएर रोएँ आज दुःखेर फेरि रोएँ झर्दा झर्दै आशु सगै डुबेर फेरि रोएँ बिदाईमा रुनु हुन्न सम्झाउदै बाटो लाग्यौ मन न हो एकान्तमा लुकेर फेरि रोएँ

Posted in गजल | Tagged | Leave a comment

गीत : कहाँ मेरो संसार

~नरेश नाति~ कहाँ तिम्रो संसार कहाँ मेरो संसार जीउने हाम्रो जिन्दगी उस्तै नै कहाँ छ र तिमी माथि आकाशमा उडी हिड्ने चरी मेरो जीवन वतासमा पात उडे सरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : माग्ने झोला

~चोक गुरुङ~ झोला मेरो माग्ने भाडो झोला मेरा छाक टार्ने भाडो टन्न भरी झोला बोकेर र्पासल बाड्दै हिड्ने भाडो एक देश देखि अर्को देश एक ठाउँ देखि अर्को ठाउँ

Posted in कविता | Tagged | Leave a comment