Tag Archives: nepali sahitya

गजल : देखेपछि आँखा मार्दै

~छबिलाल कडेल~ देखेपछि आँखा मार्दै जोब्रो टोक्छिन् तिम्री छोरी चुप्प खान्छिन् छेउमा आइ बाटो रोक्छिन् तिम्री छोरी अचम्म छ, डर कर छैन, कली युगकी नारी अरे भट्टी जान्छिन् मध्यरातमा, टन्न धोक्छिन् तिम्री छोरी

Posted in गजल | Tagged | Leave a comment

कविता : उत्तरतिर

~शुभेच्छुक~ उत्तरतिर एक हूल चराहरू आकाशमाथि हान्निएर उडिरहे प्रिय पन्छीहरू कतै जंगलभित्र फर्जी मुठभेठ भयो कि ? उत्तरतिर अग्लो पहाडमाथि धूँवाको बाक्लो मुस्लो उडिरह्यो प्रिय पर्वतहरू कतै तिम्रो काखमा भयानक बमबर्षा भयो कि ?

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो गीत, गजल हुन्थ्यो

~बुद्धि तेम्बे ‘माइला’~ तिम्रो गीत, गजल हुन्थ्यो। मेरो आँखा, सजल हुन्थ्यो। तिम्रो मेरो समागनमा, सुन्दर यौटा, महल हुन्थ्यो।

Posted in गजल | Tagged | Leave a comment

समालोचना : नवकविताको प्रगतिशील कविता विशेषाड्ढ : मेरो दृष्टिमा

~बलभद्र भारती~ वि.संं २०३९ सालदेखि कविताप्रधान त्रैमासिक प्रकाशनको रूपमा ‘नवकविता’ बजारमा आउन थालेको हो । यसले आफ्ना उषाकालीन संकट र व्यवधानहरूसँग त लडिसकेकै छ, यद्यपि वर्तमान समयसन्दर्भका थुप्रै चुनौतीहरू भने यसका लागि भयंकर सावित भएका छन् । हालसम्म जम्माजम्मी ५२ … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कथा : चश्मा

~सगुन बानिया~ कोही आएर तपाईं त बूढो हुनुभयो नि भन्नुभयो भने तपाईंलाई मनपर्ला? मन पर्दैन कोही पनि मानिस बूढो हुन चाहँदैन। मलाई पनि कसैले बूढो भन्यो भने झनक्क रिस उठ्छ। तर मन नपरेर के गर्ने, उमेरले ६० त नाघिसक्यो नि। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : बाबुराम रणनीति: ‘हुलास’ले भारत रिझाउने, ‘मुस्तांग’ले चीन फकाउने

~मनोज गजुरेल~ ‘पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापादेखि, शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड र झलनाथ खनालसम्मले करोडौं पर्ने प्राडो र पजेरो चढिरहेका छन्। तर भट्टराईजीले जाबो सोह्र लाखको गाडीमा चढेर हिंसात्मक संकेत दिएका छन्। महंगा गाडी डाँडाकाँडामा गुड्न नसक्ने भएकाले माओवादी … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : तीन महिनाको क्यालेन्डर

~मनोज गजुरेल~ जेठ १४ गते मध्यरातमा म्याद सकिने भए पनि भोलिपल्ट बिहान ४ बजे पाँच बूँदे सहमति गरेर तीन महिना संविधान सभाको म्याद थपियो। थपिएको यो अवधिमा उनीहरुले जे जे गर्ने भनेका हुन्, त्यो त्यो नगर्नलाई एउटा क्यालेन्डर बनेको छ। … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : मायालुको याद नै मिठो

~हरि पाख्रिन ‘अन्जान मायालु’~ नया अनि उमङग सङ्गै अन्धेरी सुनसान कोठाको बात मिठो मधुमास बिचको चरमसुख सङ्गै नब-जोडीको साथ मिठो

Posted in गजल | Tagged | Leave a comment

कविता : शहीदको सम्झना

~दुर्गा खनाल~ कालरात्रिको बिचमा अन्यायको बिरुद्धमा अत्याचारको बिरुद्धमा तातो गोलि छातीमा थाप्दै नेपाल आमासंग शरण माग्दै शहादतप्राप्त वीरविरंगना प्रति

Posted in कविता | Tagged | Leave a comment

कथा : भित्तेका उद्‍घाटन माला

~जगदीश घिमिरे~ आमालाई क्यान्सर भएछ। खानै छोड्नुभो। ठाडै सुकेर जानुभो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

पालो जनताको

~प्रेम नेपाली~ १ रंगेलीपाटनमा मानिसहरूको विचित्रको जमघट थियो । गाउँ गाउवाट राता झण्डा बोकेको गाउँलेहरू जिन्दावाद र मुर्दावादको नारा घन्काउदै भेलामा आई पुगेका थिए । भतभति पोल्ने घाममा पसिनाले चिप्लिकै भिजेका गाउँलेहरू ठेलम ठेल गर्दै सभामा वसेका थिए । घरदेखि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : योग्यता

~ जगदीश घिमिरे~ यो कथा होइन, दन्तेकथा हो, एकादेशको कुरा । मैले साथीबाट सुनें, साथीले उसको साथीबाट सुन्यो रे, उसले पनि उसको साथीबाट । सुन्ने सुनाउने क्रम अनन्त छ, तर कथाको अन्त्य यस्तो छ –

Posted in नेपाली कथा | Tagged | Leave a comment

सौन्दर्यशास्त्र : प्रगतिवादी साहित्य र यसको विशेषता

~निनु चापागाईं~ प्रगतिशील लेखक संघ, नेपालको वार्षिक कार्यक्रम र योजनाअनुसार मोफसलका विभिन्न ठाउ“मा सम्पन्न गोष्ठी एवं छलफलका क्रममा यी पंक्तिका लेखकले त्यहा“का अधिकांश साहित्यकार मित्रहरूबाट उठाइएका लगभग एउटै प्रकृतिका केही प्रश्नहरूको सामना गर्नुपरेको थियो । प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यका … Continue reading

Posted in समालोचना | Tagged | 1 Comment

गीत : सपनामा सधैं तिम्रै

~बिक्रम सापकोटा~ सपनामा सधैं तिम्रै याद आउँछ तिम्रो यादले मेरो छाती चस्की चस्की दुख्छ सपनामा सधैं ******************** सपनामा होइन तिमी बिपनामा आईदेउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : के खान पढदछौ नेपाली

~होमनाथ सुवेदी~ के खान पढ्दछौ नेपाली? वाह! तिमीलाई गुरु मान्नुपर्छ, यथार्थ हैन आदर्श बन, यही चपाइ गुरु मान्नुपर्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेजमान्की

~होमनाथ सुवेदी~ छोराछोरीका मेजमान्की खाइनसक्नुभो, भो अमेरिका, स्वर्ग जाने बाटो प्रशस्त भो, त्यो नेपालमा एक थोप्ला दूध नपाउनेले दूधै दूधका ग्यालन पाएर अचम्म भो ।

Posted in कविता | Tagged | Leave a comment

गजल : जहिले नि तिमीलाई भेट्न मन लाग्छ

~अज्ञात पाल्पाली~ जहिले नि तिमीलाई भेट्न मन लाग्छ भेट्ना साथ प्यास सबै मेट्न मन लाग्छ एकै छिन नदेखे मा मनै पोल्न थाल्छ आँखै भारि तिमीलाई देख्न मन लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो कान्छा काका

~बुद्धि मोक्तान~ तोते बोल्दै फकाउँदैछु तिम्रो कान्छा काका लिटो पिठो पकाउँदैछु तिम्रो कान्छा काका रुनु हुन्न चुप बस पाकि सक्यो अब दुध घोली चखाउँदैछु तिम्रो कान्छा काका !

Posted in गजल | Tagged | Leave a comment

गजल : रुँदैछौ आज तिमी आफ्नै आँखा रसाएर

~आचार्य प्रभा~ यो “गजल” मात्र नभएर एउटा मर्माहत आत्मालाई सम्बेदना रुपी आश्वासन पनि भएकोले मैले सबैमा प्रेषित गरेँ यस्कोलागी क्षमा प्रार्थी छु । यस्लाई रचना मात्र नठान्नु हुन अनुरोध । बाँचेथ्यौ संसारलाई प्रतिभाले हँसाएर रुँदैछौ आज तिमी आफ्नै आँखा रसाएर … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : लोकतन्त्रले

~होमनाथ सुवेदी~ लोकतन्त्रले राजतन्त्र उखेल्ने आँधीको वतास आएको हो राजा नै हल्लिए पछि गिरिजाको हातमा निकास आएको हो । चर्को आन्दोलन रोकियो माओवादीले धोका खाएको खास हो संझौतावादीको पछि लाग्दा माओवादीमा निराश आएको हो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे हो वा खान्चे १

~होमनाथ सुवेदी~ मान्छे हो वा खान्चे? ए कको प्रगतिमा अर्को तगारो हुन्छ, युद्ध हो वा बुद्ध संप्रभूताको मदानीमा थारो हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अनेसासमा ऐले

~होमनाथ सुवेदी~ अनेसासमा ऐले नेपाल नै ‘भोट’ बनेर आयो भोटैले घरको ऐना लौ दुइचिरा परेर आयो । अनेसासको चुनाउमा ऐले तँछाडमछाड भो कल्ले जित्ने कल्ले हार्ने कस्तो विवाद गढेर आयो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ताजमहलबाट फर्कदा

~ज्योति जंगल~ भन्नेहरु सबै साचो कहा भन्दा रहेछन् ? गाउनेहरुले गीतमा पनि झुटो संवेदनको धून भर्दारहेछन् । प्रेमको मन्दिर भनेर चिनेथें ताजमहललाई समर्पणको इतिहास भनेर सुनेथें ताजका गीतहरुकौतुहलको उत्ताउलो वेग छातीले थिचेर प्रेमको धैर्यलाई मुटुभित्रै थुनेर म सुन्न गएथें प्रेमका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निस्ठुरीको यादमा

~योगेन्द्र गिरी ‘संघर्श’~ कैयौ यादहरु बितीगए सानु तिम्रो यादमा कैयौ यादले सताईरहे सानु सुनसान रातमा ठान्थें पराइ सानु आफन्त सम्झी पछुताउदा

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्योर नेपाली

~अकवी~ प्योर नेपालीको खेती निकै घटी सकेको थियो। भन्नाले, प्योर नेपालीहरू जन्माउने भनेको निम्न वर्ग र निम्न मध्यम वर्ग मात्रै बांकी थिए। उपल्लो अर्थात एलिट वर्गमा नेपाली र विदेशीको क्रस भएर जन्मिएकाहरुको हालीमुहाली थियो। आफ्ना सन्ततिहरुको भविष्य सुरक्षित गर्ने दुइटा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सम्झौता

~अनिल पौडेल~ फुच्ची अहिले हामीसँग छैन । दस वर्ष भएछ उसले छोडेको । त्यतिका वर्ष छोरी भएर बसी । गाविसमा भरेको फाराममा बाबुआमाको नाम हाम्रै थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : श्रद्धान्जली श्री गिरिजा प्रसाद कोइरालामा

~ध्रुब प्रसाद न्यौपाने~ सन्सारमा येदि साच्चै पुनर्जन्म हुन्छभने? मातृभूमी सम्झिएर नेपलमै आउनुतिमी । देशको बिकास गर्दा-गर्दै कालले बाटो थुन्छभने?? स्वर्ग तिर नलागेर नेपाल तिरै धाउनुतिमि।।

Posted in कविता | Tagged | Leave a comment

गजल : बालेर के भो ?

~प्रबल बिस्ट~ क्रान्तिका राकाहरु बालेर के भो ? रुकुम संगै रोल्पा जलेर के भो ? अझै पनि सामन्ती जन्मिन्छन भने त्यो यौटा राज सस्था ढलेर के भो ?

Posted in गजल | Tagged | Leave a comment

कविता : तेसैले त तिमीले……..

~दिलिप कार्की~ मेरो घरको झुपडिको बास मन परेन होला तेसैले त ठुला ठुला महल रोज्यौ दाउरा बाल्ने चुलो मन परेन होला तेसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ । मटीतेलमा बाल्ने बत्ती मन परेन होला तेसैले त शहरको उज्यालो बिजुली रोज्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश दुखेको बेला

~विमल गौतम~ गाउँ शहर जता ततै, बन्दुकहरु भुकेको बेला नाजिस्काउ साथी मलाई, मेरो देश दुखेको बेला न्याय सत्य अधिकार र, शान्ति शुरक्षा लुकेको बेला दया माया भातृत्व र, मातृत्वको मुहान सुकेको बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नलाई प्रश्नहरु

~बज्र कुमार राई~ प्रश्नलाई मेरो प्रश्न किन थुप्रिन्छौ प्रश्नहरु! मेरो राजधानीको सडकमा फालिएका अलपत्र फोहोर जस्तो दुर्गन्धित असभ्य असह्य र,निर्लज्ज आदत भएर।

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~ऋचा तिवारी~ कहिले कसैको लागि आशु बनेर बगे म कहिले कसैको लागि पिडा बनेर बल्झिए म सधै जे भए म

Posted in कविता | Tagged | Leave a comment