Tag Archives: nepali sahitya

गजल : एक्लै बसी तिम्ले रुँदा मलाई कस्तो भा’को होला

~विनित ‘सानु’~ एक्लै बसी तिम्ले रुँदा मलाई कस्तो भा’को होला ? आँसुले ति नयन धुँदा मलाई कस्तो भा’को होला ? हिंजो मात्र संगै जिउने संगै मर्ने वाचागरी , आजफेरी टाढा हुँदा मलाई कस्तो भा’को होला ?

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : मेलम्ची साहित्य यात्रा

~डा. सुमन राज ताम्राकार~ नेपाल पर्यटन वर्ष २०११ को शुरुवातमै आन्तरिक पर्यटन सँगसँगै साहित्य उत्थानको लागि पनौती साहित्य समाज (पसास) ले मेलम्ची जाने निर्णय ग¥यो । आप्mनो स्थापनाकाल देखि नै पटक पटक नौलो तथा पृथक खालको साहित्यिक गतिविधिहरु गर्दै आएको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : जति लेखुँ सँधै सरल लेखुँ म क्लिष्टता नआवोस ।

~दीपक जडित~ जति लेखुँ सँधै सरल लेखुँ म क्लिष्टता नआवोस । देखेको लेख्दा मर्यादा हुन्नभने शिष्टता नआवोस । छोपेर सत्य औ माथीबाट पोतेर झुटको रंगले , भ्रम फैलाउन कुनै कलममा धृष्टता नआवोस ।

Posted in गजल | Tagged | Leave a comment

गजल : उराठ यो मरुभुमिमा आशु पिइ बांचे हजुर

~श्याम लामा~ उराठ यो मरुभुमिमा आशु पिइ बांचे हजुर मुटु पोली खादा पर्साद सम्झी नाचे हजुर भरोशाका पर्खालाहरु आफसे आफ भात्किदिदा आशाका मुनाहरु नफक्रिदै भांचे हजुर

Posted in गजल | Tagged | Leave a comment

गजल : नहोला कि मिठो ,लय लाग्न थाल्यो।

~डा सुरेश ज्योतिपुञ्ज~ नहोला कि मिठो ,लय लाग्न थाल्यो। गजल कस्तो भयो,भय लाग्न थाल्यो। एउटा थिएँ म, बाँकी उनान्सय के ? गजलमै भेटेँ आँफै,सय लाग्न थाल्यो।

Posted in गजल | Tagged | Leave a comment

गजल : रातमा आकाशमा जून हुन्छ

~डा. टीकाराम भण्डारी~ रातमा आकाशमा जून हुन्छ यस्तोमा धर्तीलाई गुन हुन्छ कतै महल छ कतै झुपडी ढुङ्गा कुट्नेको ढुङ्गा सुन हुन्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : बाँचेथ्यौ संसारलाई प्रतिभाले हँसाएर

~आचार्य प्रभा~ बाँचेथ्यौ संसारलाई प्रतिभाले हँसाएर रुँदैछौ आज तिमी आफ्नै आँखा रसाएर । जीवन सँगिनीको बिछोड त असह्य भो त्यसैले हिक्का छाड्यौ अश्रुधारा खसाएर ।

Posted in गजल | Tagged | Leave a comment

कथा : आखिर मनै न हो

~श्रीरामसिंह बस्नेत~ त्यसो त उसलाई पनि बिहे गर्न रहर नलागेको कहाँ हो र ? तर रहर लागेर मात्र हुँदो रहेनछ । भाईको विवाह धुमधामसँग हुँदा ऊ खुसीले राम्ररी रुमाउन नसके पनि रमाएको अभिनय गर्न भने उसले बाँकी राखेन । उमेरले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनाम ग्राम

~जगदीश घिमिरे~ कहीँ त जानै पर्छ, अँध्यारो कुनामा हामी निर्णय गथ्र्यौं । कहाँ जानु ? थाहा थिएन । वैद्य भन्थ्यो, कि मुस्ताङ कि नाम्चे । म भन्थेँ, त्यो कहीँ होस् पर्याप्त टाढा । चाहे जुम्ला होस् चाहे एक दिनको बाटो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : रखेली

~निलम कार्की ‘निहारिका’~ “तँ आज कोसँग हिँडेकी ?” “साथी हो ।” “त्यो बूढी कसरी साथी भई ?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हामी नेपाली

~होमनाथ सुवेदी~ नेपाल भित्र बाहिरै विश्वका सारा नेपाली पहिचान दिगो राख्न जुटौं हे! हामी नेपाली । पश्चिम पुगी युएस्ए पूर्वमा पुगी जापान चन्द्रसूर्यको सारैमा गाउँछौं हामी नेपाली ।

Posted in कविता | Tagged | Leave a comment

गजल : आमा

~मिरा प्रसाई शर्मा~ बुद्धको हाम्रो देसमा युद्ध चर्कदै६ आमा भाला रोपी मार्दै ६न हाम्रो शान्ति दुत आमा | बग्लान कती अश्रु धारा अनाहक्मा तिम्रा रगतको खोलले धर्ती नै डुबाउने भो आमा |

Posted in गजल | Tagged | Leave a comment

गजल : आमा

~मिरा प्रसाई शर्मा~ स्रिस्टी बिज हुरकाउने सम्रक्षयक मेरी आमा प्रसब पछीको पिडाले अजाख पल्तिएकी मेरी आमा | राम कृष्ण जन्म दिने यिनै मेरी आमा पासँग र पारीजात लाई विश्वमा चाइनाउने मेरी आमा |

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रेमको अनुरोध

~मिरा प्रसाई शर्मा~ मलाई मन छ म मरेको थाहा नहोस् मेरो पतिलाई म जलेको पनि थाहै नहोस् मेरो उनीलाई औधी माया गर्छन् उनी मलाई | मलाई थाहा छ भक्कानिने छन मेरो बिछोडमा उनी पिताम्बर बिच मेरो चिता जल्दा सँग सगै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना

~नन्दलाल आचार्य~ दुःख र सुख खहरे खोला आउने र जाने तिनेरको काम न आयो सुख न गयो दुःख सुखले बाटो नै देखेन दुःखले बाटो नै भेटेन विगत वर्ष पात्रो फेरियोमनस्थिति फेरिएन वसन्त आयो पालुवा लागेन । नेतानेतृ मात्र जन्मिए जनता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नजुरेको संजोग

~डम्बर तुम्बापो ‘बुद्ध’~ सोल्टी… शहिदगेटमै माइक्रोभ्यानबाट उत्रेर फटाफट हिंडेको म आर.एन.ए.सी. भवनको मूलढोकासम्म पुग्दैथिएँ । कसैको बोलावट जस्तो लाग्यो, तर चारैतिर अपरिचितहरूको चहलपहल मात्र पाए“ । सोल्टी…

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कम्प्युटर आतङ्क

~बखतबहादुर थापा~ ‘डेडी–डेडी, तपाईंलाई थाहा छ, आजभोलि त टिभी कम्प्युटरमै चल्छ नि ! कम्प्युटरमा इन्टरनेट पनि चल्छ; त्यसबाट विदेशमा फोन गर्न पनि सकिन्छ, एकअर्कालाई हेर्दै । संसारमा कहाँ के भइरहेको छ र कसरी भइरहेको छ भन्ने जान्न सकिन्छ । अर्को … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नदेखिन्जेल अमेरिकाको शौन्दर्य

~होमनाथ सुवेदी~ नदेखिन्जेल अमेरिकाको शौन्दर्य सजिएर आयो, पुगेपछि अमेरिका त्यो अनौठो भूत बनेर आयो । नजिकको तीर्थ हेला पाएपछि सस्तो के विधान हो! हुनुभन्दा न हुनुमै त्यो हिमाल काल चढेर आयो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो चन्द्रमा…… मेरो मंगल ग्रह

~सुदर्शन गौतम~ २१औँ शताब्दी, युग परिबर्तन को शताब्दी मेरो देशमा श्रृङखलाबद्ध परिबर्तन आर्थिक परिबर्तन – लुट राजनैतिक परिबर्तन – फुट न्यायिक परिबर्तन – छुुट जनसाँखिक परिबर्तन – शुट देशमा अनेक परिबर्तनका संकेत

Posted in कविता | Tagged | Leave a comment

गजल : म वारी तिमी

~सुदर्शन गौतम~ म वारी तिमी सधै पारी मेरो फिर्ती तिम्रो चैं सवारी म एक्लो तिम्रो पछि धेरेै छ्न म नितान्त व्यक्तिगत, तिमी सरकारी

Posted in गजल | Tagged | Leave a comment

कविता : मुर्दा हुँ या जिउँदो

~चन्द्र राइ ‘आकाश’~ म ढुङ्गा भएको छु सकेसम्म र भनेसम्म सस्तोमा किनिएको छु न रुन सकेको छु न हाँस्न सकेको छु मुर्दा हुँ या जीउँदो चौबाटोमा याँकिएको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यो देह सेलाई

~चन्द्र राइ ‘आकाश’~ कसलाई श्रद्धा गरें पत्थरलाई फूल चढाइ ख्वै मैले के पाएँ आत्मा यो बलि चढाइ । ख्वै मैले के मागे आफैला ई नाङ्गंो बनाइ केवल पाएँ एउटै नाम आफूलाई पागल बनाइ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मनचरी

~चन्द्र राइ ‘आकाश’~ पौडिएको देख्छु मनचरीलाई कञ्चन तलाउमा पौडिएरै छुन पुग्छु मनचरी लाई मुलायन नितम्बमा भोक या क्रोध हो यो सेलाइ दिउँ “मनचरी” शान्त तलाउमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म मुर्ती हुँ

~चन्द्र राइ ‘आकाश’~ कानले नसुन्ने आँखाले नदेख्ने केवल स्तम्भ झैं उभिएको म मूर्ति हुँ । मेरा कानले सुन्ने ओठका हाँसो अभिशाप हुन् मेरा आँखा अगाडि नाच्ने मारुनी प्रतिरोध हुन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनको सितलतामा

~चन्द्र राइ ‘आकाश’~ जूनको शीतलतामा भुल्दा जिन्दगी बिचल्ली बन्छ फूलको मोहमा रम्दा यहाँ जिन्दगी आशुमा डुब्छ । जिन्दगीका सारा कथा सुम्पी दिएँ एक जुनलाई हजूर, भुल्नै सकिएन केही क्षण रामछायाँ बनिदिनेलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : बुकी र बिनायो

~चन्द्र राइ ‘आकाश’~ प्रभातको सूर्यौदयमा बुकी मुस्कुराउँथ्यो पाखा र चौरभरि सेताम्मे मधुमासको सन्ध्यामा बिनायो गाउँथ्यो चखेवा र भञ्याङ्गमा माधुर्य । बुकी, सगरमाथादेखि माछापुछ्छ्रे सम्म सौन्दर्य भर्थिन बिनायो, धूपी र सल्लाघारीभरि गीत गाउँथ्यो चौर बुकी छात्तीमा सजाइ हाँसि रहन्थ्यो बुकी बिनायोको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समिर

~चन्द्र राइ ‘आकाश’~ किन कुन्नी आज मन्द अनि शीतल । कहीँ गुलावी, कहीँ केसरी कहीँ वावरी, कहीँ चुवारीको सुगन्ध छर्छु भन्ने समीर यात्राहरुमा सुस्ताए आकाश कुहिरोले छोपिए प्रभात किरण को प्रतिक्षामा मौन छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~चन्द्र राइ ‘आकाश’~ पिए मात अवश्य लाग्छ नपिई पनि यहाँ मात लाग्छ नशा र विष नपिउनेलाई मान्छे किन पिउन लाउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति

~चन्द्र राइ ‘आकाश’~ हामी सारा नेपालीलाई लाग्नु खुशी लागेको छ स्पन्दनभरि, आशाको छाल छल्किएको छ ओहो ! पुनः देशमा शान्ती छाएको छ बुद्ध अब हामी माझ आएको छ गाउँदेखि शहरसम्म ओठहरूमा मुस्कान पलाएको छ ।

Posted in कविता | Tagged | Leave a comment

रुबाई : कहाँ रुएँको हुँ र

~मनु लोहोरुङ राई~ दुखेर मुटु, कहाँ रुएँको हुँ र ? सरणमा पाउ,कहाँ छोएँको हुँ र ? मिलनमा थोरै दाग लागेर केवल

Posted in रुबाई | Tagged | Leave a comment

मनु लोहोरुङ राईका २ सेन्र्युहरु

~मनु लोहोरुङ राई~ १. जेल गएर मर्छु अब म पनि देशकै लागि |

Posted in सेन्र्यू | Tagged | Leave a comment

गीत : हाँगै भाँची फाल्यौ

~मनु लोहोरुङ राई~ हाँगै भाँची फाल्यौ र पो भुईंमै झरी फुलें छातीमाथि कुल्चिएको हजार चोट भुलें म माथि शीत-घाम, रमाई डुल्दा पनि दुख्दो होला तिमीलाई भुईंमा फुल्दा पनि प्रकृतिको नियमै हो, झरें र नि फुलें

Posted in नेपाली गीत | Tagged | Leave a comment