Tag Archives: nepali sahitya

कविता : पलहरु र वास्तविकता

~विद्या सापकोटा~ उसका ती सजल नेत्र आकर्षक/मायालु अनुहार अनि आद्र ओंठहरुले गरिरहे निरन्तर आमन्त्रण ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : एकै बगैंचाको दुई गुलाफ

~विद्या सापकोटा~ चौघेरो उही काख-पोल्टो एउटै अथाह प्रेम र स्नेहबीच रगमगाउँदैं/खितखिताउँदैं

Posted in कविता | Tagged | Leave a comment

कथा : अदृष्य घाउ

~विद्या सापकोटा~ केही खोजे जस्तै हतासिँदै उसले यताउता हेर्‍यो । खै केही फेला पारेनछ क्यारे …..सट्टामा फिक्का हाँसो फ्याक्यो अनि निहार्‍यो आफ्नै परिवेश । त्यो धरहरा त्यसरी नै आकाशलाइ हाँक दिदै उभिइरहेको थियो । केहि निदाए जस्तो । केही विउँझिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देश हराएको सपना

~विद्या सापकोटा~ त्यो रात साच्चै भयानक थियो । घण्टौदेखी लगातार पानी बर्षेकोवर्ष्यै थियो । जस्ता र टिनका छानाबाट एकतमाससँग आइरहेको टिङटिङ टिङटिङ आवाजले असिना पनि परेको भान हुन्थ्यो । पल्लो गाँउतिरबाट एकोहोरोरुपमा कुकुर भुकेको आवाज आइरहेको थियो । निष्पट्ट अध्यारो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य : सिंगापुर बस्ने छोरालाई नागार्जुनको पत्र

~रबि भट्ट ‘रोषी’~ नेपालभूमिलाई रणभूमि बनाउन ठुलो योगदान दिने मेरो छोरो । तिमी सिंगापुर गएदेखि अलि अलि ढुक्क भएको मेरो मन फेरि केहि दिन देखि बिरक्तिन थालेको छ । नारायणहिटीमा ‘उ’ गरेपछि कपाल मुण्ड्याएर मेचमाथि बसेर श्रीपेच पहिरिएर म हजुरले … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : मेरो लोग्ने भै दिएको भए

~रबि भट्ट “रोषी”~ म रोएकी छु , असाध्य संग मन कुँडिएको छ । स्वदेशको सम्झना र विदेशको पिडाले मन भक्कानिएर ढिकीको मुसलले थिचिएको हात जस्तो छिया–छिया भएर चहर्याईरहेको आँत लिएर म कतार प्रवासिन बाध्य भएकी थिएँ । काखमा पसारेर आमाको … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : लक्ष्मी तिम्रो अभाव नखट्कियोस

~हरि शर्मा~ रंगी बिरंगी दीप्त उज्यालो झलमल लक्ष्मी पूजाको त्यो साँझ् प्रसब पिडामा छट्पटाई रहेकी माता अमर राज्यलक्ष्मी आज् घर घरमा हुँदै थियो रमझम लक्ष्मीको पूजा पाठ ताहाँ पैदा भए एक वालक सोही घडी हलचल मच्चाई यहाँ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : गगन भरमा झल्मल बन

~अनन्तगोपाल रिसाल~ मूना ती विचरी मरिन्,मदन त्यो, मर्दैन तिम्रो छवी नेपाली अब सोच है अमरता, भाषा छ यो सूरभी | पागल् झैँ,पुतली,लुनी,सुन-विहान्,सीता-हरण्,कुन्जिनी शाकुन्तल् र सुलोचना,बन-कुसुम्,राणा-प्रतापी तिमी |१|

Posted in कविता | Tagged | Leave a comment

छोक : भेट

~शिव प्रसाद सत्याल ‘पीठ’~ विख्यात सहरको यौटा छिंडीमा सभा गर्न मानिसहरू मानिस कुर्दै थिए म फुत्त छिरें, यौटी पूर्वपरिचिताले झट्ट अंगालो मारिन् काँधमा काँध, जाँघमा जाँघ मिलाएर टाँसिइन्

Posted in कविता | Tagged | Leave a comment

हास्य छोक : हिन्दी पो सप्रियो

~विनोद रोका~ आमाले भन्नु भो, अमेरिका गएस धेरै डलर कमाई, ठूलो मानिस भएस यो गाऊँको बास, शहरमा सारौला इंगलीसमा बोलेर, सबका इख मारौला

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : श्रद्धान्जली

~ज्योति पौडेल~ अस्तायो सूर्य, अध्यारो छायो नेपाली मनमा | गहिरो क्षति हुन गो अब नेपाली धनमा || ज्ञानका धनी मनका गुनी उपमा के के दिउँ | राष्ट्रलाई हाक्ने बरिष्ठ नेता तिमीलाई कहाँ पाउँ ||

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : सुनको डुंगा

~रवीन्द्रनाथ टैगोर~ अनुवादक : ज्योति पौडेल बादल गर्जिरहेछ, घनघोर पानी परिरहेछ, नदी किनारमा एक्लै छु, मन साह्रै उदास छ, बिटाका बिटा धान काटिसकिएको छ, नदीको भेल डरलाग्दो गरी उर्लँदै छ, धान काट्ता काट्तै पानी अझै बर्सिंदै छ ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : अप्रत्याशित हत्या

~रवि भट्ट “रोषी”~ २०६१ सालमा बहिनी आयूषा र मैले गाउँकै भीमोदय माध्यमिक बिद्यालयबाट संगै प्रवेशिका परिक्षा उत्तिर्ण गर्‍यौं । त्यसपछिको स्तरीय शिक्षार्जन हेतु बहिनी आयूषा र म काठमाडौं आयौँ । आयूषाले कमर्ष रोजी । मैले आर्ट्समा अध्ययन जारी राखेँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपराग प्रेम

~रवि भट्ट “रोषी”~ बिश्व मानचित्र अंकित ग्लोब घुमाउँदै इन्सपेक्टरले म तर्फनजर केन्द्रित गर्दै सोध्यो, “अस्मिता बहिनी,आमरुपमा हत्या प्रतिशोधलेर्,र् इष्र्या र डाहाले ब्रम्हचेतन अचेत भएको बेलामा गरिन्छ । तपाईंले भाष्करको हत्या गर्नुको पनि कुनै कारण होला । के त्यसको राज जान्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म धेरै चोटि दुख्छु

~गीता कार्की~ डाँडाबाट उक्लेर जून सर्वत्र फैलिनु यदि उसको नैसर्गिकता हो भने किन आज जूनको दृष्टि छैन किन आफ्नै किरणको न्यानोले सेकेका औँलाहरूबाट फोरिन्छ जूनको आँखा के उनी बोक्सी नै हुन् ?

Posted in कविता | Tagged | Leave a comment

यौन कथा : त्यो रात

~इन्दिरा प्रसाई~ बिहे गरेको दस वर्ष नाघिसक्दा पनि उत्तराको कोख भरिएको थिएन । अब त घरपरिवार सबैले उत्तरालाई बाँझी भनेर उनकै मुखेञ्जी भन्न मात्र बाँकी थियो । तर शिक्षित र अर्थउपार्जनमा संलग्न अनि सम्पन्न माइतीका कारण उत्तराले धैर्य त्यागेकी थिइनन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहेअघिको रात

~इन्दिरा प्रसाई~ “अहिले कस्तो छ तपाईंलाई? ” उनले फेरि पनि सोधेकी थिइन्। “म अहिले ठीक छु, धन्यवाद !” कामदेवले उत्तर दिएका थिए। पाँच घण्टाको उडानका क्रममा झन्डै पन्ध्र पटकभन्दा पनि बढी उनले कामदेवको चासो राखेकी थिइन् । प्रत्येक पन्ध्रबीस मिनेटमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँच्चै, आफ्नै मान्छे भइदिएको भए

~पुष्पा पलाँश~ सको महिना घाम ताप्दै बस्नुको मज्जा बेग्लै हुन्छ । काठमाडौं अध्यानको लागी घरबाट पठाएता पनि पढ्न मन लागिरहेको थिएन । हातमा किताब लिएर घामको मज्जा लुट्दै गर्दा अनायस एउटा घटनामा गएर अड्किन पुगें ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माया

~अनिल याखा~ टिरिङ sss टिरिङ ssss गर्दै बजेको मोवाइलको अलार्मले मेरो निद्रा खलबलायो । हेरेँ, विहानको ५ बजिसकेछ, माघको महिना न हो अति जाडो थियो । आज त त्यहीमाथि वायोलोजीको प्राक्टिकल क्लास पनि लिनुपर्ने थियो । ती सब कुरा बिर्सदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : यसपाली पनि मुग्लानमै वित्ने भो दशैं र तिहार

~हरिसिंह थापा~ यसपाली पनि मुग्लानमै वित्ने भो दशैं र तिहार साउने झरी झैं मन रून्छ धरर ओहो सम्झेर गाउँघर ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : खुशी साट्न पाए हुन्थ्यो

~इन्दिरा चाम्लिङ्ग~ सुनसान अँधेरी रातमा जूनको उज्यालो बोकेर आयो कोही जलि रहेंथे भित्र-भित्रै शितल पवन बनेर आयो कोहि, निश्चल एउटा पोखरीमा बिस्तारित तरङ्ग बनेर आयो कोही

Posted in कविता | Tagged | Leave a comment

कविता : बलेवाका मामा

~होमनाथ सुवेदी~ बलेवाका मामा दमकभरका पण्डित ठुला थियौ ज्ञानी ध्यानी वदन रसिला दन्त सुकिला यता आऊ च्याप्छौं स्मृतिपटलमा मातुल-कला छ यो वाचा आमा ! भनिदिनुन है ठाउँ छ खुला ।

Posted in कविता | Tagged | Leave a comment

लघु-कथा : लोग्ने मान्छे

~सीता सुब्बा~ हाम्रो बिहे भएको झण्डै पाँच बर्षनाघिसकेको थियो । मबाट कुनै सन्तान नभएपछि त्यो घरबाट म अतिनै अपहेलित भैसकेकी थिएँ । सासुआमाको हातबाट कति मेरा केशका टुक्राहरू चुँडिए अनि लोग्नबाट समेत तीखा बाँडरूपी अप्रिय बचनहरू प्रहार हुन्थे कति । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : कवि र जिम्मेवारी

~कृशु क्षेत्री~ कवि जंगलमा कविता लेख्न एक्लै टोलाइरहेको छ कविकै छेउमा उफ्रदैं खेलिरहेको छ भरखरै जन्मेको मृगको बच्चा …

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँको वर्षा

~गोपी कृष्ण प्रसाई~ बर्लिन शहर यतिखेर हाँसिरहेको छ बर्सेको हिउँ देखेर यान्त्रिक पीडाले थिचिएको शहर मन हलुङ्गो पार्दैछ हिउँका कविता लेखेर,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : एउटा फूलको अवसान

~रूद्र सुब्बा~ नजिकैको बुकि फूल टिपेर किरणले अरूणिमाको चुल्ठोमा घुसार्दै भन्दै थियो, “अरूणिमा, मेरो खुशीहरू भित्र तिमी, मेरो मनका तरङ्गहरूमा सँधै सँधै तिमी । तिमी विनाको जीवन एउटा नकोरिएको सादा कागज जस्तै हुनेछ ।” त्यसपछि अरूणिमाले पनि सुष्क हाँसो र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कथाकी कुन्ती

~रामप्रसाद दाहाल~ सन्तान नहँदा दुःख हुन्छ भनेर कसैले भन्दा मानिसहरू श्यामराज र कुमुदिनीको उदाहरण दिने गर्दथे । छोराछोरी नभएर पनि यिनीहरूलाई कहिले पनि असन्तोष भएन । सधैं उज्याला थिए, सधैं खुशी थिए । जहिले पनि जहाँ पनि सँगै हुन्थे । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभिश्राप, धोबिकी छोरीहुनुको !

~आचार्य प्रभा~ उस्को नाम सुनिता हो। म अझै पनि उस्को सोझो र मायालु मुहार सम्झिरहन्छु। ऊ मसँग ट्युसन पढ्न आउथी। पढ्नमा तेज,अक्षरपनी राम्रा,अबोला स्वभावकी। अरु केटाकेटी झै चन्चल र बदमाश स्वभावकी पनि होइन।पढ्न आउँदा पनि सबैभन्दा अगाडि आइपुग्ने बानी थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अविवेकी सन्तान

~सीता अर्याल~ न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल-मनोवैज्ञानिक उपन्यास : सानी

~शर्मिला खड्का दाहाल~ सानी र बादल तर्राईको मौसम । भर्खर जेठ महिना लागेको । दुइँ दिनको वषर्ापछि दिनले घुम्टो उघारेको । सानी बिहान चाँडै उठिन् । हातमुख धोएर चिया खाईवरी बाहिर निस्किन् । शनिबारको दिन थियो । शनिबार सानी सधैँ … Continue reading

Posted in बाल उपन्यास | Tagged | Leave a comment

यौन कथा : वेभक्याम्पको आकृतिविहीन पुरुष

~शर्मिला खड्का दाहाल~ वसन्तीय लालीमा बोकेर धर्ती फुली, फक्री- आकाशले हेर्यो उसलाई वैशले उन्मुक्त भएकी धर्तीले अदित्य वासना छरिरहेकी थिई । उसले बिस्तारै र्स्पर्श गर्यो । प्रकृति धर्तीकी अभिन्न मित्र थिई त्यसैले उसले पनि सहयोग गरी । आकाशको र्स्पर्शले धर्ती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा बी

~रामप्रसाद दाहाल~ सरिता आज खुशी थिई। उसले हिजो मात्रै छोरालाई पठाइ दिने तार दिएकी थिई। कति दिन पछि उसले छोरालाई झिकाउने निर्णय लिएकी थिई। फेरि छोरो फर्केपछि उसलाई आफ्नो सम्पत्तिको हकदार घोषणा गर्न चाहन्थी ऊ, उसको आगमनमा सबैलाई निम्त्याएर स्वागत … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment