Tag Archives: nepali sahitya

कविता : आमा

~छक्कु उदासी~ आमा ! अपुताली जोगाउन हो की ? कुरौते समाजको मुखमा बुजो लाउन आमा ! नारीत्व ढान्न हो की ? आफनो कोमलता सन्तानमा बिसाउन

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : स्वदेशको मायाभित्र लुकेको पीडा

~छक्कु उदासी~ सिंगो जीवन नै पाहुना र यात्रा रहेछ, त्यही यात्राभित्र पनि पत्रपत्र परेको धेरै यात्राहरु हुने रहेछन् । पत्रपत्र परेको यात्रा जस्तै चुनौती पनि खण्डखण्ड परेको हुँदारहेछन् । यो जीवन जस्तो सोच्यो उस्तै हुने हो कि, भावीले जस्तो लेखेको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : गंगामाया

~रामप्रसाद दाहाल~ गंगामायाले फड्को परे झैं आएर थ्याच्च भैंमा मेरो अगाडि बस्दै भनी – “सानोबाबु , त्यसो गरI दिनु चैं भएन ।” मधेसको घरमा यदाकदा मात्र बस्ने भएकोले म त्यहाँको चालचलन, परिस्थिति र बोलीचाली पनि त्यति प्रस्ट बुझ्दिनथें तर गंगामायाका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अंशबण्डा

~रामप्रसाद दाहाल~ गंगालालले बाहिरबाट आएर अगेनोको छेउमा बस्दै आगो फुक्दै गरेकी स्वास्नीलाई भन्यो – “तैले सुनिस् हैन बुढाले ‘बिहे गर्छु’ भनेको कुरा ? ” धनमायाले जाडोले नाकको टुप्पोमा अएको पानी मजेत्रोले पुछ्दै भनी – “सुनें त्यो त तर बुढाले आँटे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आशंका

~रामप्रसाद दाहाल~ रागिनी बल्दो बैंशमा नभए पनि उसको जवानी ढल्केको थिएन । छरछिमेकमा उसको उमेरका २।४ वटी केटी अझै पनि बिहेलाई पर्खिरहेका थिए भने उसको त छोरो दश वर्षको भई सकेको थियो । त्यसो हुनुमा दोष उसको होइन, उसका आमाबाबुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पियारी म सुतेँ

~डा. कविताराम श्रेष्ठ~ — कति बज्यो पियारी ? — सात बजिसक्यो । मान्छेहरू आफ्नाआफ्ना काममा जुटिसके । तिमी अझै ओच्छ्यानमै बसेर समय सोध्दैछौ । ओच्छ्यानमै घाम पसिसकेपछि केको समय सोधि राख्न पर्छ ?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिलस्म यात्रा

~डा. कविताराम श्रेष्ठ~ ‘हेलो मित्र के छ हाल ?’ ‘हाल’ के हुनु पर्ने हो र उसलाई जवाफ कु हुनु पर्ने हो ? मलाई थाहा भएन । यति हो कि यस व्यक्तिलाई कमसेकम आज चाहिँ भेट्न सक्ने स्थितिमा थिइनँ । यसकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देवरको जुँगा

~डा. कविताराम श्रेष्ठ~ मेरो प्यारो देवर बाबुकै, म दुःखी भाउजुको धेरै सम्झना छ । उपरान्त कुरा भेटमा । हालका बारेलाई यहाँ सबैलाई निको, आरामै छ । तहाँ आराम अवोस् भनी श्री पशुपतिनाथसँग प्रार्थना छ । उपरान्त म्याटेरीबाट आईए पढ्न गएकौ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभूति

~रामप्रसाद दाहाल~ करुणा गरूँ, नगरूँको दोसाँधमा थिई। बन्द भएको बाथरुमको छेस्किनी दुई पल्ट दोहोर्यागएर जाँचिसकेकी थिई र भेन्टिलेटरको छेस्किनी पनि बन्द गरेकी थिई। कसैले चाहेर पनि चियाउन सक्ने सम्भावना थिएन तैपनि कसैले देख्छ कि ? भन्ने आशंका उसको मनमा ठूलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : महानगरको एक रात

~रामप्रसाद दाहाल~ रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरू सुनसान र निस्प्राण हुनु पर्ने समय अझ भई नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा परेको रण्डीकोठी जस्तै निस्तेज र चिसो थियो। सडकको बत्तीको प्रकाशमा देखिने धमिलो हुस्सुले त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : साहित्य भूपि शेरचन कालजयी सार्थकता

~ध्रुवचन्द्र गौतम~ वटुटोलको एउटा अँध्यारो कोठामा एक युवक पल्टिरहेको थियो। मेरा एक दाइ वटुकचन्द्र गौतमका साथमा म गएको थिएँ। धेरै अघिको घटना भएकाले सालको सम्झ्ना भएन। केहीबेर कुरा गरेपछि हामी दुवै निस्कियौँ। बाहिर आएपछि दाइले भन्नुभयो, “त्यो मान्छे कवि हो, … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : हो, म एक्लै छु

~भूपी शेरचन~ हो, म एक्लै छु, तर, मेरो साथ दिने मसँगै सिङ्गै, अँध्यारो रात छ, झ्यालसम्म नाँङ्गिएको रूख हेर्छु त्यहाँ पनि एक्लो पहेंलो पात छ । हो, म एक्लै छु………

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई सम्झँदा

~हरिवंश आचार्य~ तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे। कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।। हेरेर घडी, खुवाउँथे ओखती। त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।।

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसु

~श्रवण मुकारुङ~ आँसु नआउँदै– तस्वीर आउँछ आँसु पलाउँदा– सम्झना झाँगिन्छ÷क्षितिज धमिलिन्छ आँसु झर्दा– आँखामा खस्छ÷बालक चलमलाउँछ

Posted in कविता | Tagged | Leave a comment

लेख : दलहरू मौजाजस्ता, नेता मौजावाल

~खगेन्द्र संग्रौला~ चुनावी संग्रामपछि समानुपातिक कोटाको अंशबण्डाको याम छ । लक्षण भन्छ– यो याम बडो खराब छ । यसले मलाई हुकुमप्रमाङ्गीमा चल्ने राणा–शाह शासनको याद दिलाउँछ । यो याद झुर छ । समानुपातिकको अंशबण्डाको सामन्ती चरित्र देख्दा नाथे दलहरू मलाई … Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

कविता : के देख्छन् उनीहरु

~जनक शर्मा लामिछाने~ दृष्टिसहितका आंखाहरु नभै दिएका भए त्यहां जहां उनीहरु छन् दुलादुला खोजेर, पहिल्याएर डुडेलो घुसार्न कसरी सक्थे ? जब शक्ति के आउंछ हातमा मदोन्मक्त हुंदै देवदुत सम्झंदै आफुलाई बर्बराउन किन सक्थे ? महावाणि, आश्वासन र प्रतिबद्धताहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : शङ्खधुनी सँगै बज्न थाल्यो

~राज थापा~ शङ्खधुनी सँगै बज्न थाल्यो मन्दिरमा घण्ट धुप ,दिप मग्मगाउने बासना मन्दिर वरपर ! भजन,किर्तन भइेरहेछ हार्मोनियमको तालमा भक्तजनको लाम लस्कर मन्दिर परिसरमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि मित्र

~ओमप्रसाद घायल~ अस्ति भर्खर जस्तो लाग्छ तिमीले कविता लेख्न थालेको साहित्यको खुल्ला बजारमा फेरि पनि लोकापर्ण गरेछौ अर्को नयाँ किताव

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : समाचार

~गीता थापा ‘दोषी’~ उसले अघाउञ्जेल पढी।तर नोकरी पाइन। व्यापार व्यवसाय गर्न आर्थिक अवस्था कमजोर थियो। बैंकबाट ऋण काढ्न बैंकलाई देखाउने जेथो केही थिएन। रैपनि योग्ताको प्रमाणपत्र झोलामा बोकेर नोकरी खोज्ने कामलाई निरन्तरता दिइरही। योग्यता अनुसारको काम नपाइए पनि होटेलमा

Posted in लघुकथा | Tagged | Leave a comment

छोक : शहरमा रात

~आभास~ कुकुरको एकनासे भुकाइ प्वाल पारिरहेछ मथिँगल किथ्राको किर्किर् झमझमाइरहेछ रक्सीको नशा झैँ विजुलीको तारमा बसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : म बुझ्दिन

~नदीश~ हिजो, हिड्थेँ म पाँच घण्टा मेरो छिमेकमा साइनो गाँस्न आज, छिमेकी हिँड्छ पाँच मिनेट मसँग साइनो गाँस्न म बुझ्दिन कतै पृथ्वी साँघुरिदै त छैन ? हिजो, शान्ति क्षेत्र घोषित थिए बस्ती र सुनसान सन्नाटा थियो

Posted in कविता | Tagged | Leave a comment

कथा : पाखे

~सागर पराजुली~ उ निकै क्युरियस थियो । अलि पढेलेखेको नयां मान्छे भेट हुंदा उ प्रश्नहरुको झटारो हान्थ्यो । हावा किन देखिंदैन? हवाइजहाज उड्न इन्जिन चाहिन्छ तर चरा उड्न किन चाहिंदैन? आदि आदि । आजको युगमा जन्मेको भए गुगललाइ सोध्थ्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोककथा : साइनोको व्यापार

~सीता बराल~ बाबु बुहारीलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यही छे । तिमीलाई पठाउने कागजपत्रमा सही लगाएर आउँदा डाँडाको चौतारीमा बसेर छोरालाई दूध खुवाउँदै निकै बेर रोई । रुपेशले उनका बाले फोनमा भनेका कुराहरु सम्झे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अदृष्य प्रेम

~सीता बराल~ फेसबुक खोल्ने वित्तिकै प्रतापले पठाएको फ्रेण्ड रिक्वेस्ट देखेर शर्मिला एकछिन टोलाएर बसिन । उनलाई खुशिको सिमा नै भएन । मनमा छायाँ भएर रहेका प्रताप शर्मिलाको विहे पछि विस्तारै टाढा भएका थिए । शर्मिलाले कुनै न कुनै माध्यम बाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लोभी मान्छे पापी मन

~सुमित्रा पौडेल ‘आँचल’~ भाग १ समय परिवर्तन सँगसँगै .भनिन्छ हाम्रो देश हाम्रो समाज पनि परिबर्तंनशील छ ! हामीमा नयाँ जोस्, नयाँ जाँगर ,नयाँ उमंग र उत्साह थपिएका छन् ! व्यक्ति शिक्षित छन् ,घर शिक्षित छ ,समाज शिक्षित छ ! आज … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँगुरो जेल भित्रको जिन्दगी

~सुमित्रा पौडेल ‘आँचल’~ फेब्रुवरीको आधा आधी भै सकेको थियो जाडो याममा पानी पर्ने मौसम भएको हुँदा दुई दिन अघि झरी परेता पनि न्यानो कोठा भित्र पूर्णिमालाई चिसोको केही अनुभव थिएन तर बिहानी पख चलेको सिरेटो उनको सुत्ने कोठाको खुल्ला झ्यालबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढुङ्गा बोल्छ

~खगेन्द्र पन्धाक लिम्बू~ कमिलाबाट सिकेको ज्ञान-’बाटोहरुको कुनै अन्त्य छैन । त्यसैले यात्राको पनि कुनै समाप्ति छैन ।’ जान्दा-जान्दै पनि आफ्नै यात्रा चाहिं हर घुम्ति,गल्ली र कुईनेटोहरुमा टुँगिन खोज्छ । कायाकल्पबाट कायापलटको परिवर्तनसम्म आउँदा कमिला वा एउटा कितपतङ्ग जत्ति पनि हुन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोमती किन पोइला गई ?

~रामप्रसाद दाहाल~ ‘गोमती पोइल गई’ भन्ने सुनेपछि उसकी भाउजूले भनी – “छि ! के गरेकी होलिन् ती नानीले ? त्यस्तो घर छोडेर मुग्लान किन भासिनु परेको थियो ?” दाजुले नाक फुराएर भन्यो– “कुकुरलाई घिउ नपचेको नै ।नत्र देउता जस्तो लोग्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : श्रापित राजकुमारी

~रामप्रसाद दाहाल~ होशमा आउदा म दुध रंगको पूर्णिमाको जून मनि आकाशमा उडी रहेकी थिएँ। मैले आफूलाई सिमलको भुआभन्दा हलुका अनुभव गरी रहेकी थिएँ। जूनको धमिलो प्रकाशमा यदाकदा टल्किने पानीको सतह बाहेक अरू सबै नछुटि्टने गरी धमिलिएको थियो धर्ती र रात … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहाड अग्लिएपछि

~स्वप्निल नीरव~ म नराम्री छु, अरु झैं हिस्सी परेकी छैन, यस्तो म सोच्छु । म कमजोर भएर, निरीह भएर बकिरहेको छैन कि, म नराम्री छु, काली छु । मान्छेले देख्ने गरेको बाहिरी रङ्ग, आवरणलाई लक्षित गरेर भन्दैछु-म नराम्री छु, काली … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : जीवन र मृत्यु

~जापानी कवि मित्सुरू त्सुगाने~ अनुः अभय श्रेष्ठ हाइस्कुल पढ्ने एउटी केटीले डस्नामा छाडेकी छ ‘डेथ नोट’ सुरूदेखि अन्त्यसम्म मृत्यको प्रशंसा ! के मृत्युले स्वर्गको बगैंचामा गौरवमय जीवन दिने हो ? अवश्य एउटा सुन्दर छायाँ मृत्युको अन्तरंगबाट उफ्रेर आउँछ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

निबन्ध : हाँसोका पर्राहरू

~जया राई~ बिहान काममा निस्कँदा न्याप्चुन रोडमा हाम्रो फ्ल्याट पछाडिको कमर्सियल वेरहाउसमा आउने कुनै कार, लामो लरी अथवा बदमास वाइट भ्यानहरूको चेपमा पर्नुपरेन । पल्लो घरकी श्रीलंकामूलकी आमाछोरी पनि सधैं स्कुल जाने, तिनीहरूलाई भेटिनँ । अर्की दुई जना छोरी लिएर … Continue reading

Posted in निबन्ध | Tagged | 1 Comment