Tag Archives: nepali sahitya

कविता : अप्ठ्यारो मान्छे

~विनोदविक्रम केसी~ सजिलै त मलाई केही पनि चाहिँदैन सजिलो त मलाई केही पनि गर्नु छैन ! सजिलो त नानीहरूको हातको पापा खोस्न सजिलो हुन्छ लडेको मान्छेको अण्डकोषमा लात्ती हान्न सजिलो हुन्छ वृद्ध आमाबाउलाई वृद्धाश्रमको गेटबाहिर फालेर भाग्न सजिलो हुन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : बाबा

~जे पि दाहाल~ डाँडा काडाँ गुम्यौं बाबा,सपनीमा आज पाँच वर्षभयो ग’को ताज भयो आज ।। विहानीमा खोजे बाबा तस्वीरलाई छोएँे भकानीयो मन मेरो घोप्टे परि रोएँ ।।

Posted in गजल | Tagged | Leave a comment

कथा : विकल्प

~टि पी मिश्र~ म दौरा-सुरुवालको पहिरनमा चिरिच्याँट परेको छु आज । एकजना मित्रले केही हप्ता पहिले चिनो स्वरूप काठमाडौँबाट पठाएको ढाका टोपीले मेरो तालुलाई घ्याप्प छोपेको छ । सायद मलाई देख्नेहरुले तालु बारे पत्तो पाउने छैनन् । म खुब बैंसालु, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देशविना

~ज्योति जंगल~ अनावश्यक छौ नआओ सपना मेरा आँखामा दृष्टिहरू मेरो देशको क्षितिजमा छोडिएका छन् यहाँ विनादृश्यको म बेठेगाना मात्र हुँ । चँुडिएको छु म हुर्केको बोट त्यतै छाडेर, पातमाथि राखेर मेरो सत्व खसें कहाँ त्यसरी एउटा बूढो पात जस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : मरेकी हजुरआमाको अर्ति

~लक्ष्मण कार्की~ घिस्सिंदै घिस्सिंदै टिपेपनि सुकाउन नसकेपछि रुङेर भट्टीमा रातभर बेचियो काँचै भित्रियो १५ हजार, १५ पाथी अलैंचीको ।। त्यहि बगान जहाँ परारसम्म फल्थ्यो सरदर १० मन अलैंची र भित्रिन्थ्यो १० लाख रुपैयाँ तर पुर्याउन नसक्दा स्याहार सालिन्दा हुँदैछ भ्यासेक्टोमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मन देउ मलाई !

~सजना गुरूंग~ सक्छौ भने देशको माया भरिएको मन देउ मलाई ! नशा नशामा स्वाभिमान बगिएको तन देउ मलाई ! आजको हिंसात्मक् द्वन्द र प्रतिसोधको अन्त्यगरी अलौकिक प्रेमपूर्ण शान्तिमय क्षण देउ मलाई !

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : गलत

~टेक थजाली मगर~ मेरो गाउँमा आएर हैकम गर्ने तिम्रो शहर गलत मेरो प्रगतीका पाईला रोक्न खोज्ने तिम्रो रहर गलत

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : डाँकाहरु छन

~मचिन्द्र तुम्वापो~ राजनितीमा सबै डाँकाहरु छन । कोहि भतिज कोहि काकाहरु छन । विचारले काँचा कचिला छन् तर उमेरले वैतरणि पाकाहरु छन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : निर्धा निमुखालाई राहत कहिले

~डा. हरिकुमार श्रेष्ठ~ उजाड छन् मेरा गाउँ, अनि सबै टोल बस्ति । त्यही ठाउँका केहीलाई भने अझै भाछ मस्ति ।। °°°°°°°°°°°°°°°°°°°°°°°°°°° खेतबारी चुम्बन गर्दै डूल्ने, हाम्रा किसानवर्ग कस्ता । दिनरात मेहनत छ तापनि, दुःखी छन् अझै यस्ता ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रासदी

~राजु पौडेल~ अकिन्चन ! भयातुर रंगमंचमा रमाएको दर्शक सु:ख छ,हाँसो छ, तर पटक्कै शान्ति छैन मणि गुमेको सर्प जस्तो मानी हराएको … स्वानिर्देशित योजना छैन प्रतिशोधपूर्ण बिष बिनाको डसाई रंग छैन जीवनको ,अनर्थपूर्ण प्रतिकार बेतुकको तर्क बितर्क |

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मेरो दूरी

~सीता असीम~ कुभिण्डोलाई खुट्टा लगाइदिएर हिँड्न सक्तैन भन्ने मलाई थाहा छ ढेंडुलाई पगरी पनि कति गुथाइरहनु र ! काम आफैंले गरेको हो मैले आफैंलाई सम्मान गर्न खोजेँ त्यसैले अहिले तिम्रो मेरो दूरी बढेको छ । ‘केही न केही लेख्नुपर्छ, लेखिरहनुपर्छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म बाँचेको मान्छेको बस्ती

~ज्याकब खालिंङ~ म बाँचेको मान्छेको बस्तीमा आजकल मान्छेहरु नै संकटमा बाँची रहेकाछ्न्. म बाँचेको समाजको सोचाईबाट कसरी हो कुन्नि मान्छे हुनुको बिचारहरु पलायन भई सकेका छन्.

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी भारी बोकिरहेछौँ

~जगत नवोदित~ समयको प्रत्येक पलसँग विश्वासको हाम्रो बलियो धराहरा मक्किँदैछ निर्धो बस्तीमा सन्त्रासको आगो सल्किँदैछ कसरी शान्त भएर बस्न सक्नु हामी जब एकताको सगरमाथा भत्किँदैछ गएका वर्षहरू हामीले खेतबारीभरि अशान्ति रोप्यौँ र

Posted in कविता | Tagged | Leave a comment

कविता : काली आमा र महलको पेटी

~नमराज लामिछाने~ खुला आकाश मुनी विशाल महलको पेटिमा खाली पेट लिएर रित्तिएका आंखाहरु टोहलाउदै च्यातिएको कालो बस्रले छोपीएकी कालीआमाहरु आफ्नो जिन्दगीको भिक्षा मागीरहेका छन् । भोक र पिडाले भरिएको

Posted in कविता | Tagged | Leave a comment

गीत : सल्लेरी बजार

~महेश बर्तमान रानामगर~ सल्लेरी बजार शनिवारे हाट त्यही हाटमा भेटेको पहिलो नझर मुस्काउदैं हेर मुटुमैं बसेको यहि मुटु झिकि डाँडापारी कसरी राखुँ त मुटुमै राखु अन्जानी तिमी कसरी बोलु त रहर मेरो मुटुमै राख्ने मौकालाई पर्खेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : कसुर

~डा रवीन्द्र समीर~ धनबहादुर सधैं मागेर खान्थ्यो, सडकको पेटीमा सुत्थ्यो । कसैले दया गरेर पैसा दिएको दिन पेटभरि खान्थ्यो, आफूलाई संसारकै भाग्यमानी ठान्थ्यो । दिन निर्दयी भएमा भोकै सुत्थ्यो, आफ्नो कर्मलाई धिक्काथ्र्यो । त्यही पेटीसँगै जोडिएको सिसाको एउटा सानो कोठा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नयाँ कोठा

~रेवती राज खड्का~ अपरिचित भित्ताहरु प्रत्येक भेटमा स्वागत पनि नगरे जस्तो मैले मित लाउन नसकेको यो नँया परीबेश यो नँया कोठा । मेरो नँया साथी पुरानो टेबल नँया पोलिसले टल्काइएको

Posted in कविता | Tagged | Leave a comment

कविता : रातमा लुट्नुको मजा अर्कै

~बिनोद खड्का~ खुल्ला आकाश तल दिनमै ठग्नुको शान अर्कै सूरा र सून्दरीमा लपेटिदै मदहोश बन्नुको मजा अर्कै जीन्दगीलाई नै ज्यूदो लास बनाई आफैलाई भुल्नुको मजा अर्कै । रातमा रम्नुको मजा अर्कै दिनमै जम्नुको मजा अर्कै

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : सम्झनामा रमेश विकल

~नरेन्द्र रौले~ मंसिर महिनाको मध्यान्ह छ । चिसो मौसम । आरुबारीको रौनक बेग्लै छ । नया बानेश्वरबाट म आरुबारी तर्फ लाग्छ । बाँसका रुखहरु आफ्नै गतिमा हल्लिरहेका छन् । केहि पर हरियो जङ्गल । अब पहिले जस्तै परालले छाएका र … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : छोरी र धर्काहरु

~समाश्री राउत~ छोरी र धर्काहरु अनवरत केही लेख्ने धूनमा धुलाम्मे आँगनलाई पाटी बनाउँदै हाँस्दै गुन्गुनाउँदै मेरी सानी छोरी केही कोर्छे, फेरि मेट्छे फेरि कोर्छे, फेरि मेट्छे धर्काहरुमा शायद सपनाहरु तुहिए होलान् र त मेट्छे विषाद भरिएका धर्काहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : बाधा भएपछी

~कृष्ण प्र. पाण्डे~ यात्रा रोचक तब हुन्छ बाधा भएपछी । जानु अघी कि फिर्नु अब आधा भएपछी।। पाप धर्म छुट्याउने फुर्सद कस्लाई छ! बिचराको जागिर नै ब्याधा भएपछी।।

Posted in गजल | Tagged | Leave a comment

कविता : बेवारिसे भ्रुणको काव्यिक च्याँ-च्याँ

~मनु लोहोरुङ राई~ गुन्द्रुक जीवनको किनिमा दिमाग उत्तरआधुनिकताको तावामा भुटिएर अझै पनि परिस्थितिकै फ्राई म:म: वि/चिन्तनको विरुपक अहमताले रापिएको चिकनरोष्ट सभ्यताको नाममा कक्टेल विचारहरु लोकल ठर्रा र ह्विस्की रंगीला रम दर्शनको रेड लेवेल,ब्य्लाक लेवेल विमर्शमा ह्वास-ह्वास गनाई रहेछ।

Posted in कविता | Tagged | Leave a comment

गजल : केही गर्नुस न हजुर

~पशुपति कार्की~ अब त अति भो,केही गर्नुस न हजुर सुबिधा मात्रै ओखती भो,केही गर्नुस न हजुर अस्त व्यस्त जता ततै,बेरोजगारी भोकमरी मर्दै बांचेको कति भो,केही गर्नुस न हजुर

Posted in गजल | Tagged | Leave a comment

लोक गीत : बाह्र छोरा तेह्र नाति

~हिरण्य भोजपुरे~ बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथि बूढो भनी नगर हेला काम लाग्ला बूढो नै क्वै बेला । सुनसुन साथीभाइ म केही भन्छु म बूढो मान्छेको सवाई कहन्छु

Posted in लोक गीत | Tagged | Leave a comment

गजल : चोली पनि उस्तै

~अमरजित पुनमगर~ आमाको च्यातिएको चोली पनि उस्तै । फेरियो कि भनी हेर्छु भोलि पनि उस्तै । सिङगापुर हुन्छ भन्थे झिङगापुर हुँदैछ, गनाउने नाली बग्ने खोली पनि उस्तै ।

Posted in गजल | Tagged | Leave a comment

कविता : वेश्यातन्त्र

~डा. भीम खतिवडा~ तिमी शक्तिशाली छौ भने तिमी सम्पत्तिशाली छौ भने तिमी प्रभाशाली छौ भने ढोका उदांगो छ, आऊ स्वागत छ तिमी सबलाई ०००० एकछिन ममाथि शासन गर

Posted in कविता | Tagged | Leave a comment

कथा : सुगौली सन्धि र तिम्रो प्रेम

~कल्पना बान्तवा~ प्रिय मित्र ! तिमी बारम्बार मलाई फेसबुकमा सार्वजनिक रूपमै ‘लभ यु !’ लेखिरहन्छौ, म त्यसै बसिदिन्छु अर्थात् बुझ पचाइदिन्छु। तिम्रो बहुलठ्ठी चाला देखेर सोँच्छु, सायद तिमीभित्रको मानवीय संवेदनाले हावा खाएछ ! के तिमीले भेउ पाएकै छैनौ कि

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : जब शहरमा जात्रा आउँछ

~डायना स्मिथ~ अनु : केशव सिग्देल रेलको लामो अत्यासलाग्दो सिठीले संकेत गर्छ विशेष आगमनको पुड्का मानिस, दाह्रीवाल आइमाई, बाघ र जोकरहरु र ओर्लन्छन् कन्डक्टरको छोटा, सार्न मिल्ने सिंढिहरु जात्राका मानिसहरु जादुले चम्किरहेका छन्, र बेचिरहेछन् नक्कली गहना र भाग्यशाली कुपनहरु … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

संस्मरण : बर्खान्तको बेला डेरिडाको सम्झना

~डा. गोविन्दराज भट्टराई~ आज डेरिडाको पहिलो बर्खान्त आउनै लागेको छ । जीवनभरि उच्छेदनको दर्शन र क्रान्तिकारी चिन्तन लिएर हिँडेका डेरिडा अन्तिम दिनहरूमा प्राचीन मूल्य र आदर्शतिर फर्केका थिए । आपसी मेलमिलाप र क्षमाद्वारा विश्वबन्धुत्वको स्थापना गर्न उनी प्रयत्नशील थिए । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : संकेत

~नारायण तिवारी~ मानिसहरू पुरिएका छन् र मेरो मुटु यसबेला कामिरहेको छ । मानिसहरूलाई गिद्ध र स्यालले लुछ्दैछन् म सुनिरहेको छु रेडियो खुल्ला छ- राहतका कार्यहरूमा कुनै कमी भएको छैन मदर टेरेसा आफ्ना दयाका हातहरू रित्तै लिएर फर्किन् !

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नेपाल मेरो उठोस

~निर्मल निरास~ शार्दुल बिक्रिडित छन्द मेरो माथ झुकेर शुद्ध मनले यो पाउ तिम्रै चुमोस् होस् दु:खै अझ धेर किन्तु मनमा श्रद्धा तिमीमै रहोस् ईर्ष्या, लोभ नहोस कत्ति मनमा कुण्ठा कदाचित् नहोस् मेरो यो तनका नशा, रगतमा नेपाल सग्लो बगोस् । … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आमा, सपना र म

~मिश्र वैजयन्ती ~ पल्लो कुइनेटोमा छिन् मेरी आमा थोरै देखिएको छ उनको अनुहार मैले पुग्नु छ आमासम्म । तिनै आमाको आधार पाएर मैले आफूलाई यो धर्तीमा उभ्याएकी हुँ मेरा दुई पाइतालामा गौरव गर्छु, आमाको काखमै थिगिराउन सिकें जीउलाई मेरो शिरको … Continue reading

Posted in कविता | Tagged | Leave a comment