Tag Archives: nepali sahitya

कविता : इच्छा

~कोइँचबु काःतिच ‘उत्तम’~ चुप-लु होपोको कसम मेसेल-मि, तिमीसँग मैले अमर जीवन मागेको छैन तिमी आस्थाको देवी तिमीसँग मैले न त रोमान्स जीवन नै मागेको हो तिमी मेरो जीवनमा तायामा खियामा भएर बस म खाक-चिलिपा काक-तिसोला किरातीको साम्यो ओलो भएर बाँची … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश अस्ताउदैन

~दिल निसानी मगर~ बरु हीमाल पग्लेर काला-पत्थर हरुको पहाड बनोस अनी नदी सुकेर बागमती को कीनार झै बगर बनोस-कोइला को बश,

Posted in कविता | Tagged | Leave a comment

कविता : हकदाबी !

~छवि अनित्य~ सरकार ! सदियौँदेखि तपाइँले देखाइआएको त्यो भोटोको हकदार मै हुँ त्यो ‘ज्यापू’, जसले हरायो आफ्नै खेतको आलीमा बहुमूल्य रत्नजडित उपहार— त्यो भोटो के फर्काउनुहुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जित्नुपर्ने युद्ध

~श्रीरामसिंह बस्नेत~ जित्नुपर्ने युद्ध त अर्कै थियो यो कस्तो जित आइ लागेछ मान्छेका रुझेका गहहरू पुछ्नुपर्ने हातहरूमा रगत कट्कटिएर काइ लागेछ । जित्नुपर्ने त मान्छेको मन थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : बूढो प्रोफेसरको पुरानो चस्मा

~हिमाल घिमिरे~ बूढा प्रोेफेसर पुरानै कक्षा दोहोर्‍याउाछन् विश्वविद्यालयमा अग्रवालको इकोनोमिक्स बोकेर म अर्थशास्त्रको कक्षा पढ्दै छु यतिबेला बृहत् अर्थशास्त्रमा अन्तर्राष्ट्रिय व्यापार कहिल्यै बुझिनँ मैले प्रोफेसर भन्छन्- नेपाल आयात धेरै निर्यात कम गर्छ त्यसैले, शोधनान्तर नकारात्मक छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा गाउँका नानीहरू

~ए.पी. सुमन~ सवेरै झिसमिसेमै दाउराघाँस गरेर, अरुले झैँ क, ख, ग, घ, पढ्ने आश गरेर, आमाले सिलाइदिएकी, जसोतसो मिलाइदिएकी, कुनै १९औँ शताब्दीको झोला भिरेर मुटु भरि उत्साहको खोला भिरेर, भर्खरै स्कुल जान थालेका, मेरा गाउँका नानीहरू मीठो सपना पालेका,

Posted in कविता | Tagged | Leave a comment

कविता : क्षेत्री “क्ष”

~भुपाल राई~ वर्णमालाका मैदानमा खेलिरहका हुन्थे मजस्तै कलिला कपुरी ‘क’ आँखे ‘ख’ र, अरु थुप्रै नानी—वर्णहरु लाग्थ्यो, तिनका पनि मेरैजस्ता आमा होलान् बाबा होलान् होलान् साथीसँगीहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : नसोध्नू उसलाई

~राजा पुनियानी~ नसोध्नू उसलाई महङ्गो आइसक्रीमको स्वाद। भर्खरै ब्याट-बल-विकेट बोकेर जाने सुकिला केटाकेटी कहाँ पुगे होलान्? फुच्चा प्वाँख पल्हाएको तिम्रो इच्छाको पखेटाले आकाशतिर हेर्छ? साँच्चै भन त, तिमीलाई कहाँ दुख्छ बाबु?

Posted in कविता | Tagged | 1 Comment

कविता : भ्यागुताको बिहे

~विप्लव ढकाल~ हतार छ मलाई आज भ्यागुताको बिहेमा जन्त जानु छ ! … सिमसारमा बजिरहेको होला नौमती बाजा ! शिरमा बाबरी फूलको मुकुट लगाएर पाल्कीमा चढिसके होलान् दुलाहा राजा ! जलकुम्भी झारको गुन्द्रीमा बसेर जुहारी खेलिरहेका होलान् आदिवासी चराहरू !

Posted in कविता | Tagged | Leave a comment

कविता : चश्मा

~रश्मिला कवाङ ‘रश्मि’~ नीलो आकाशमुनि एउटा नीलो सागर जहाँ उर्लिरहेका छन् जीवनका ज्वारभाटाहरु एउटा विशाल ज्वालामुखी जहाँ विविध सुखदुःख समाहित छन् अनि नीलगिरीमाथि चम्कने एउटा नीलो चाँद अनि त्यही चाँदनी सुन्दर छ साँच्चै तिमीजस्तै सुन्दर लाग्छ नीलो धरातलमा एउटा सेतो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

हरिकृष्ण काफ्लेका तीन मुक्तकहरु

~हरिकृष्ण काफ्ले~ कहिले रुन्छ कहिले हाँस्छ, कहिले गुन्गुनाउँछ मान्छे सुख खोज्न कहिले यता, कहिले उता धाउँछ मान्छे । सुख सयल मोज भन्नु केवल मृगतृष्णा रे’छ, मजा खोज्दा-खोज्दै एक दिन, मृत्युलाई पाउँछ मान्छे । न त ऊर्जा न उमङ्ग, कुनै अट्टहास … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : एक पन्ना — शहर कथा

~रुमन न्यौपाने ‘अमन्त’~ ‘दाई, ट्याम कति भयो ?’ त्यो युबक ले सोध्यो । त्यो युबकको हातमा पानिको दुई वटा बोतल थियो । एउटामा कालो र मैलो पानि थियो र बोतल पनि उसको उमेर जत्तिकै पुरानो भैसकेको जस्तो देखिन्थ्यो । अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बाँसुरी

~देवेन्द्र नेपाली~ तातो रसिलो ओठ र बाँसुरी हे प्रभु मलाई बाँसुरी बनाऊ र, प्रियतमाको रातो ओठसम्म पु¥याऊ सास फुकेर राग रागिनीको

Posted in कविता | Tagged | Leave a comment

कविता : छातीभित्रको झण्डा

~आर.बी. राई~ मेरो झण्डा खोस्न झण्डासँगै मलाई आत्मसमर्पण गराउन उनीहरू आए धम्काएर गए/ धेरैपल्ट म टसकोमस नहुँदा उनीहरू फेरि आए/ आखिरीपल्ट/ उनीहरू आए गोली-गट्ठा खुकुरी तरवार भिरेर आए/

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि अर्को आइतबार

~चन्द्र घिमिरे~ सुदूरपूर्वको क्यासिनो रात स्थगन गरेर लावारिस सालका पातहरू सल्र्याङ–सल्र्याङ सन्त्रास बजाउँदै आयो अर्को आइतबार । सुर्ताको सुर्ती मल्दै मलेशियामै हात छुटेको रघुवीरको खुइयऽऽऽ तन

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : पैयुँका फूलहरु नियाल्दा

~अतित मुखिया~ एउटै मूल क्युँइतिच मुइलि -सगोत्रि) भएरै पनि साहित्य सहयात्रीका रुपमा फेसबुकको भित्तो मार्फत परिचित युवा कवि भाई केदार सङ्केत उनको नियात्रापुस्तक एथेन्सको झरीको बिमोचन कार्यक्रमबाट मात्र प्रत्यक्ष परिचित बन्नपुगेका थिए । गहकिला साहित्य सृजना गर्नसक्ने सङ्केत ले फेसबुक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : गोर्कीले कसैसँग बास मागेको छैन

~सङ्गीत श्रोता~ एउटा समाचार छ नयाँ समाचारः गोर्की नेपाल आएको छ समाचारको पछिपछि अर्को आश्चर्य आएको छ आश्चर्यः किन गोर्कीले कसैसँग बास मागेको छैन ? कोही भन्छन्– घुम्न आएको हो गोर्की नयाँ नेपाल घुम्न देऊ, उसको पनि त छ एउटा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : कविको दाजु

~एनबी इलुंगा~ आज हजुरबाको जन्मदिन । वहाँलाइ पार्क घुमाउन लानु प¥यो । पेट्रोल अभावले पनि फाइदै भयो । व्हिल चेयरमा घुमाउँदै लाने विचार गरेँ । व्हिल चेयरलाई पछ्याउँदै बाहिर निस्केँ । “ऊ हेर्, कविको हजुरबाऊ ।” एउटा फुच्चेले हामीतिर औंलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सहिदको रगतको मोल

~लता खरेल~ आज राति सपनामा माथि माथि उँडेर पुगें एउटा ठूलो सभा भईरहेको स्थानमा पुगें अकस्मात ठूलो सभामा पुग्दा अचम्म र अप्ठेरो महशूष भयो न त मलाई निमन्त्रणा थियो न मेरो तयारी नै थियो साथमा साथिभाइ नभएको म एक्लो फिरन्ते … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सोल्टिनी र मायाँको रेखा

~टंक सम्वाहाम्फे~ ओ,सोल्टिनी हामी त मायाँको समानान्तर रेखामा नजिकिंदै रहेछौ किनकी हाम्रा दृष्टिहरु उसरी नै समान भएर फैलिएका रहेछन् मानौ हामी मायाँको एउटै रेखामा छौं यदि यसो नहुनु हो भने हाम्रो अन्तर सम्वन्धको रेखा हाम्रो प्रेमको रेखा हाम्रो बिचारको रेखा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झौता

~टिका भाई ~ १. सेतो झन्डा बोकेर आत्मीयहरूको सव बटुल्ने कारुणिक क्षण। तिमी हाँस वा रोऊ असमान सम्झौताको जुठो गाँस निल्न खोज वा उगेल्न खोज

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्तर

~डा. कपिलदेव लामिछाने~ २०४८-२०४९ तिर “हजुर मलाई जसरी पनि जागिर चाहियो ।” “पैसा लाग्छ ।” “कति ?” “देऊ दुई लाख ।” “दुई लाख ?” “के त ? एक महिनाको कमाइ त हो नि !” “कोई बात छैन ।” २०६०-२०६१ तिर

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : कविको जीवन

~आरती पोख्रेल~ त्यो कविता म सुन्दा सुन्दै भक्कानिएँ स्तब्ध भएँ, विव्हल भई आँशुका ढिक्काहरुसँगै हराएँ र आफैं सँग प्रश्न तेस्र्याएँ के कविहरु यसरी नै मर्छन? मलाई थाहा छै उनी कस्ता थिए? राम्रो ठम्याई छैन उनी सँग मेरो तर, साहित्यको कखरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो प्रयात हो

~भुवन सुब्बा खरेल~ हिजो र अघिहरू धुवाँको मुस्लो सँगै अस्पष्ट चित्र बन्दै निरव शून्यता तिर वरिपरि अब अमूर्त छवि मनहरूमा मात्र हुनु र थियो वीचको अपरिमित अन्तर सियोको टुप्पोबाट फैलिँदै विराट सगरको व्यापकता नाप्दैछ कता हो कता नदेखिने गन्तव्यतिर अजश्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : दशैँ यात्राको पीडा – २

~शुभचन्द्र राई ‘सुवास’~ खै कथाको पन्तुरो कहाँबाट फुकाउँ….? यसपालीको मेरो दशै यात्रा सुनाउँ कि नसुनाउ…..? पोहोर सालको मेरो “दशै यात्राको पीडा” यात्रा संस्मरण माइसंसारमा छापिए पछि आफ्नै घुरेनबारीमा गुरुजीलाई झण्डै घोक्राएको विषयमा पाठकहरुबाट हुन सम्मको खप्की खाए पछि थुक्क कुन दिनमा … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : लासको बिस्कुुन

~केशव सिलवाल ~ सजाएर राखिएको छ लहरै लासको बिस्कुुन बिल्कुुल त्यसरी नै जसरी सजाएर राखिन्छन् सोकेसमा ‘टोकन अफ लभ’हरू जसरी सजाएर राखिन्छन् बारमा हार लगाएर रक्सीका बोतलहरू जसरी भाँती पुुर्या‍एर सजाइन्छन् भित्तामा खुुसीका तक्माहरू एकदम ताजा

Posted in कविता | Tagged | Leave a comment

कविता : भैया

~अनन्त वाग्ले~ तपाईं ज्ञान र सूचनाले भरिएपछि कुनामा थुपारेका अखबार लिन आएको म तपाईं फिलिली हुँदा थुप्रिएका बोतल बटुल्न आएको म र पुराना अखबारमा जब देख्छु, काठको बाकसमा मोरिएका तपाईंका भाइभतिज बोतल उठाउँदा उठाउँदै सम्झन्छु ओखती नपाएर घिटघिट गाउँले र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : …त्यसपछि दसैंबाट दसैं हरायो

~नीलम कार्की निहारिका~ २०५६ साल, मध्यरात भएको हुँदो हो । बाहिर ठूलो होहल्ला सुनियो । जुलुस नै आएजस्तो हिँडाइ । झ्यालढोका लगाएर सुतेकाहरू पनि राम्ररी निदाउन नसक्ने असुरक्षित समय थियो । कारण भूमिगत युद्धमा थियो देश । हाम्रो घर बर्दियाको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

छन्द कविता : मनको त्यो स्वतन्त्रता

~प्रविण अर्याल~ छन्द : पञ्चचामर हैन हैन हुदै हुन्न, भन्छ मन स्वतन्त्र झै । अविच्छिन्न महाकाश, मित्रबद्ध भर्इ उसै ।। तर हुन्छ कुनै अर्को, भनेको त्यो हुदैन झन् । हुन्छ हुन्न भनी केही, लछार्दैन स्वतन्त्र मन ।। सकेको जति कोशिस्ले … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : महाकाव्य लेख… !

~गीता त्रिपाठी~ महाकाव्य लेख कवि, मेरो दुःख टिपी दुनियाँले बुझेन खै यो आँसुको लिपी ! झेल्दैछु म महाभारत, शकुनिका पासा, बुझे पनि नबुझे झै कपटका भाषा !

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रै आसपासमै छु म

~मिथिला प्याकुरेल~ कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म । छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखा भरी कहाँ भेट्छौ मलाई, तिमीले फेर्ने हर सासमा छु म ।

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : चाइना कम्पनी

~सरुभक्त~ गीतका अनेक परिभाषा होलान्, तर मलाई विद्यार्थीकालमा पीबी शेलीले ‘अड् टु स्काइलार्क’मा अभिव्यक्त गरेको एउटा परिभाषाजन्य वाक्य साह्रै सुन्दर लाग्थ्यो- आवर स्विटेस्ट संग्स आर दोज् द्याट टेल अफ् स्याडेस्ट थट । यो विक्रमाब्द तीस-चालीस दशकको कुरा थियो, पोखराको पीएन … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment