Tag Archives: nepali sahitya

लघुकथा : गुरुपूर्णिमा

~रामचन्द्र खतिवडा~ धेरै वर्षअगाडि म बद्री गुरुको छात्र थिएँ । उहाँ राम्रो पढाउनुहुन्थ्यो र विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गराएर पुरस्कारसमेत दिनुहुन्थ्यो । एक दिन उहाँले कक्षामा ‘फूल मैले रोपे हुन्छ’ भन्ने शीर्षकमा कविता लेख्न दिनुभयो । सबै विद्यार्थीले कविता लेख्यौँ । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : गाँउको कुरा

~प्रवीण खालिङ~ अचेल गाँउ भुसुक्कै निदाइ पठाउँछ झिसमिसेमा उठ्ने बानी हरायो गाँउमा भालेको डाकमा उठ्ने क्रम टुट्दैछ अचेल गाँउ नारा र झण्डा बोकेर शहरतिर कुद्दै छ। *** अबेरसम्म सुत्छ गाँउ शीताम्मे गोरेटो भएर एका बिहानै शहर पस्छ गाँउ

Posted in कविता | Tagged | Leave a comment

कविता : खगेन्द्र संग्रौलाको काँध

~विनोदविक्रम केसी~ यो देशको ठूलो लेखक बुढेसकालमा किन उठ्छ बिहान चार बजे किन बागी मजदुरी गर्छ किबोर्डमा र, पहरो फोर्छ अखबारमा? इतिहासले सुम्पेको के त्यस्तो अभिभारा छ उसको काँधमा? देशमा अचेल बदनाम छ

Posted in कविता | Tagged | 1 Comment

कथा : पेट्रोल पम्पमा बसेको ‘पिरती’ छुट्यो तेल भर्ने बेलामा

~मिलन तिमिल्सिना~ ३२ लटको बाइक, शुक्रबार तेल भर्ने पालो । बिहीबार पालो हुनेहरुले मंगलबार नै लाइनमा राखेका थिए । आफूले नि यसो नगरे पेट्रोल नपाउने डर । त्यसैले बिहीबार अफिसबाट फर्कने बेला सरोज सिधै पेट्रोलपम्पतिर लाग्यो । पम्पमा आजै पालो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विनाशकारी होइन कल्याणकारी हुनुपर्छ

~प्रमोद स्नेही~ अब तैँले अरुको आलोचना खेप्ने होइन, सबैको समर्थन जुटाउनु पर्छ सदभाव बटुल्नु पर्छ हो, तेरो निधारमा लागेको कलंकको टीका आजैबाट तैँले मेट्नुपर्छ । तेरो केन्द्रविन्दु गरिबको झुपडीमा होइन

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : भोट हालौँ

~डा. लेख निरौला~ छन्द : झ्याउरे चुनावी नारा सबैका प्यारा सपना बुनेका भविष्य राम्रो नेपाली हाम्रो भनेझैँ चुनेका । गीतका भाका चुनावीताका सुनेरै जुरुक्क … मानिस मन जाग्दो छ अहो ! उमङ्ग फुरुक्क ।। माइक सुन्ने को छैन यहाँ निकै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : छोरासँगको भेट

~घनश्याम ढकाल~ भविसराले गह्रौँ मनले हिसाब गरी । अविरल घर नआएको पनि पूरा एक वर्ष भइसकेछ । सामान्य घटना हुन्थ्यो भने उहिल्यै विस्मृतिको गर्भमा बिलाइसक्ने थियो होला तर उसको जीवनमा यो असामान्य मोडको आरम्भ थियो । पुत्र र पतिको मृत्यु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : काँडाहरू बाटो छेक्छन्

~निर्मोही व्यास~ आँखाहरू रातदिन हजूरकै स्वप्न देख्छन् नजिकिन पाउ चाल्दा काँडाहरू बाटो छेक्छन् एकान्त यो दुख्छ मलाई भीड झनै साह्रो दुख्छ आँसु लुक्छ हाँस्दा–बोल्दा मन हजूर कहाँ लुक्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एक्लो जीवन

~खिमानन्द पोखरेल~ एक्लो जीवनमा बाँच्नेहरूको निराशालाई हेरेँ मलिन अनुहारका परेलीहरूलाई हेरेँ परेलीभित्र छरिएका प्रतिविम्बित आकृतिहरूलाई हेरेँ आकृतिभित्र छरिएका छायाँहरूलाई हेरेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : न सम्झुँ भन्छु तिमीलाई

~हरिभक्त कटुवाल~ न सम्झुँ भन्छु तिमीलाई नसम्झी बस्न के सक्थें? नहेरूँ भन्छु तिमीलाई नहेरी बस्न के सक्थें? कि तिम्रो सम्झना उस्तो कि मेरो छाती नै उस्तो कहालिन्छ जव छाती

Posted in कविता | Tagged | Leave a comment

कविता : हिराका मोल भएका कवाडहरु

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~ दुनियाँले कवाड भनेर फ्याक्ने गरेका कवाडहरु, हो, त्यही कवाड बडुल्ने म कवाडी हुँ । ती मूल्यहीन भनेर फ्याक्ने गरेका, कवाडहरुको मूल्य खोजिरहेछु, त्यसैले त म कवाडी भएँ । जुन चिज आज तिमीले, कवाडको मूल्यमा बेचिरहेछौ, त्यो चि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चिन्तनको पिनास

~सुवास खनाल~ यो भयानक हुँदोरहेछ चिन्तनको पिनास पिनास लागेपछि प्रिय हुँदोरहेछ –एकै किसिमको मात्र गन्ध भुलिँदोरहेछ – दुश्मनले पनि कहिलेकाहीँ गाउन सक्छ सुमधुर गीत वैरी मानिनेको आँगनमा पनि हुर्किन्छ भन्ने –विचारको सयपत्री

Posted in कविता | Tagged | Leave a comment

कविता : म प्रेमको भवसागर – फेवा ताल हुँ !

~ध्रुबकुमार सापकोटा~ म सागर हैन मेरो कुनै छाल छैन मेरो कुनै तरंग छैन मेरा निम्ती के औँशी के चाँदनी रात मेरो छातीमा ज्वारभाटा उठदैन म सधैं एक नास -एउटै धुनमा लम्पसार छु तर म सुन्दर छु त्यसैले त तिमी

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : इज्जत

~अरुणबहादुर खत्री “नदी”~ खरिदार रामनाथले आफ्नो विवाह गर्दा ससुरालीबाट दाइजो स्वरुप आएको मोटरसाइकल चढेर कार्यालयमा जाने गर्थ्यो । आफ्नो श्रीमतीको माइतीले दिएको मोटरसाइकल चढ्न पाएपछि उसले आफूसँगै काम गर्ने सुब्बासाहेब भरतप्रसादलाई होच्याउदै भन्यो “सुब्बासाहेब हजुरले पनि भोलिदेखि मोटरसाइकल चढेर आउनु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिम्रो वियोगमा

~यल्जी विवश~ मुटु चिरि-दिउँ लाग्छ, तिम्रो वियोगमा अलिकति पिउँ लाग्छ, तिम्रो वियोगमा ! हजार जन्म सँगै बाँचौ,भन्ने गर्थ्यौ तिमी एक्लै अब जिउँ लाग्छ,तिम्रो बियोगमा !

Posted in गजल | Tagged | Leave a comment

कथा : भ्रष्ट भगवान

~मनु ब्राजाकी~ सामन्त शिरोमणि सिंहासनबाट गए । तर्साउनका लागि इतिहास भूत भयो । बल्ल अब सामन्ती प्रजातन्त्र आयो । गनवादी गनतन्त्र पनि आयो । विभेदकारी धार्मिक जातीय संघीयता पनि आयो । जंगल सहरमा आयो, सहर जंगली भयो । राजनीतिले यसै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गीत गाउन नजान्नेहरु

~लेखनाथ छेत्री~ गीत गाउनलाई उनीहरुसँग आँसुले खिया परेका धमिलो आँखाहरु छैनन् । नभए, बाँझो समय चपाएर थोते भैसकेका गिजाहरु छैनन् उनीहरुसँग । तर अचम्म!

Posted in कविता | Tagged | Leave a comment

कथा : विचलन

~आनन्द राई~ ए, झर्नुभो आमा ? यतै आउनुहोस् न। घरबेटी आमैलाई पसलभित्र बस्ने ठाउँ छोडी दिँदै पसल्नी चाहिँ नखोलेको साबुनको कार्टुनमाथि बसिन्। दिउँसोको समय हुनाले पसलमा ग्राहकहरु थिएनन्। बानेश्वरको यो शाखा सडकलाई चैते घाम र धुलिकणयुक्त बतासले लतारिरहेको थियो। अँ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मौन आग्रह

~अनुकुल प्रकाश~ मनको आँखा खोली पढ मेरो सजिव चित्र, भेट्टाउछौ कि?आफ्नो बच्पन् मेरो विम्बभित्र!! बाँकी भाका तिम्रा जीवन-ब्रीत्त गर्छु पुरा, खालि-खाली अवोध मन्मा भर ज्ञानी कुरा!!

Posted in कविता | Tagged | Leave a comment

कविता : जुक्ति रेखा, सम्बोधन र जोड़िने टुक्रा

~मनोज बोगटी~ जुक्ति रेखा, सम्बोधन र जोड़िने टुक्रा कसले हो मेरो टुप्पीमा बसेर मेरो आँखामा तीर राख्छ र हिँड़ भन्छ। मलाई मात्र के सबलाई भन्छ। आफ्नै शीरको खुइलिएको भरोसा छ्‌याप्पै भिज्छ कमारो पसीनाले। मेरो मात्र के सबको भिज्छ।

Posted in कविता | Tagged | Leave a comment

गजल : लियौ नारा

~प्रकाश खड्का~ लियौ नारा समान हकको उज्यालो पार्न लाई कुण्ठा सारा हटाई मनको अँध्यारो खार्न लाई झरे आज मोति रुपी दाना गरेर परिश्रम फल्छ सुन भोलिका दिनमा दरिद्र बार्न लाई

Posted in गजल | Tagged | Leave a comment

गजल : बा-आमाले खाई नखाई

~हरी गौतम~ छोराहरू हुर्खाउछन,बा-आमाले खाई नखाई!! आज उनी एक्लै हुदा,आँशु पुछ्ने भएन कोई!! त्यही वोटका फुल हौं सबै,भन्ने कुरा विर्सीएर” एक-आपसमा तेरो मेरो,गर्न थाल्छन् दाजु-भाई!!

Posted in गजल | Tagged | Leave a comment

गीत : लालीगुराँस अजम्बरी चाँप

~बुद्धवीर लामा~ लालीगुराँस अजम्बरी चाँप चमेली जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा फुलिरहुँ लाग्छ नि दिलको बारीमा सुनगाभा हो भीरमा पनि हाँस्न सक्छु नि नेपाली हुँ पीरमा पनि बाँच्न सक्छु नि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : श्रद्धान्जली शिवलाई

~आचार्य प्रभा~ हे शिव! तिमी कुन हत्तारमा थियौ त्यसैले जिन्दगीको अन्तिम घडीलाई निम्त्यायौ हावाको बेग झै रफ्तारमा बहनु पर्ने के त्यस्तो बाध्यता थियो ? तिमी मीठो अभिष्ट पालेर बिदेसिएका थियौ शायद — अमीट आकाङ्क्षा बोकेर

Posted in कविता | Tagged | Leave a comment

गीत : सपना टुटेर के भो

~कमल कुमार~ सपना टुटेर के भो म फेरि पनि निदाइदिन्छु म दोबाटोमा छुटेर के भो म अर्कै गोरेटो भेटाइदिन्छु मलाई छैन चाहत

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : नओडनु है काली

~नविन आचार्य ‘लेटांगे’~ पराइको घुम्टो तिमी, नओडनु है काली भुलेरनी अन्तै नाता, नजोडनु है काली उतार चडाब जिन्दगीको, रित नै हो बुझ दुख पर्दा मेरो साथ, नछोडनु है काली

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : त्रि-पाल

~कात्यायन~ – “यो कस्तो साहुको फेला परिएछ !” – एउटा नाम कहलिएको साहु राति झ्याल खोलेर सत्तो-सराप गरिरहेकोथियो | संधै झैं उसको घरको पेटीमा एउटा माग्ने आनन्दले सुतिरहेकोथियो | शब्दकोषभरिको सबै नराम्रा गाली गर्दा पनि त्यो उठ्दैन | आफ्नो घरमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : मोरङ जिल्लाको सङ्क्षिप्त साहित्यिक परिचय

~विवश पोखरेल~ मोरङ जिल्ला राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक औधोगिक क्षेत्रमा मात्र नभएर भाषा साहित्य र कला संस्कृतिका क्षेत्रमा पनि समृद्ध जिल्ला हो । जसले एउटा आफ्नो बेग्लै अस्तित्व र गरिमा बोकेको छ । विशेषतः आजको मेरो विषय मोरङ जिल्लाको सङ्क्षिप्त … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : असल मान्छे

~रन्जु ‘मार्ग’~ +’तिमी के खोजिरहेका छौ ?’ -‘एउटा मान्छे |’ +’कस्तो मान्छे ?’ -‘असल मान्छे |’ +’कस्तो असल मान्छे ?’

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सत्ता

~दिनेश अधिकारी~ जसरी पनि जालन्धरलाई मार्नैपर्ने उद्देश्यमा समर्पित छ विष्णु र, उसका लागि ठूलो चुनौती बृन्दाको निष्ठा भएको छ । शक्तिले नसकेपछि षड्यन्त्रमा ओर्लन्छ देउता पनि विष्णु

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : गुरु र विद्यार्थीका कथा

~सङ्गीत आयाम~ हेर्नुहोस् न, आजभोलि आफ्ना कतिपय विद्यार्थीहरू सर्पकै रूप धारण गरेका कारणले गुरुहरू अत्यन्तै चिन्तित हु“दै गएका छन् । निश्चित रूपमा तपाई पनि कतै न कतै कतिपय विद्यार्थीहरूका गुरु हुनुहुन्छ । तपाईको त हक नै छ कि आफ्ना विद्यार्थीहरू … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : कहाँ पोखूँ बह मनको

~रवि प्राञ्जल~ मसँग छैन रातो गुलाब June 23, 2015 at 8:08pm -गजल- मसँग छैन रातो गुलाब, भीरमा फुलेको फूल छ एउटा । सहेर आँधी-हुरी-बतास, पीरमा फुलेको फूल छ एउटा । म साँझ कुर्छु र रात कुर्छु, म जून हेर्छु र … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment