Tag Archives: nepali literature

कविता : अधेरीमै आउनु तिमी

~योगेन्द्र गिरी ‘संघर्श’~ उजाड मेरो जिन्दगीमा हरियाली बसन्त बनि आउनु तिमी सुनौलो बिहानीमा भेट नहोला अधेरी रातमा नै आउनु तिमि बिपनीमा तिमीलाई भेट्न सकिन सपनीमै आउनु तिमी

Posted in कविता | Tagged | Leave a comment

गजल : फूल फूल्छ पिरतीमा

~अर्जुन दुङ्मेन् राई~ (दरिद्र दिलपनी ढिकुटी भएर फूल्छ पिरतीमा)२ निरीह जीवन पनि आँटी भएर झुल्छ पिरतीमा (शरद र बर्षाद ऋतुले जती नै ल्याओस बादलु)२ निलो-निलो गगन छर्लङ्ग भएर खुल्छ पिरतीमा

Posted in गजल | Tagged | Leave a comment

पौराणिक कथा : कदर्य

~टिका मिलन~ कुनै समयमा अवन्ति नाम गरेको देशमा एक जना कदर्य नाम गरेका ब्राह्मण बस्तथे । उनी धेरै धनी थिए । उनको धेरै जग्गा जमिन हुनका साथै प्रसस्तै अन्न बाली उत्पादन हुन्थ्यो । उनका घरमा धेरै नोकर चाकर तथा हली … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : करुणामय

~बिजु सुवेदी ‘विजय’~ सधैंजसो राजाले आफ्नी सानी छोरीलाई धेरै रोएर दुःख दिएको बेला स्यालसँग बिहे गरिदिन्छु भनेपछि छोरी चुप लाग्थिन् । फेरि फकाएर फकाउनै नसकेर हैरान भएपछि तँलाई स्यालसँग बिहे गर्छु भनेपछि चुप लाग्थिन् र खुशी हुन्थिन् । एकदिन राजकुमारीको … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : कालभैरब

~बिजु सुवेदी ‘विजय’~ धेरैजसो व्यक्तिलाई थाहा नहुन सक्छ कि काठमाण्डौंको हनुमानढोकामा अवस्थित कालभैरबको मूर्ति अलिकति हँसिलो हुनुको रहस्य केहो भनेर । यसबारे जिज्ञासा जो कोहीलाई पनि हुनु स्वाभाविक हो । कालभैरव त वीररसले भरिपूर्ण हुनुपर्ने । तर किन अलिकति हाँसेको … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : गोपी कृष्णको

~बिजु सुवेदी ‘विजय’~ गोपीको कृष्ण हो कि कृष्णको गोपी हो कि अथवा गोपी कृष्ण एउटै होकि ? जे छ आजको यो रासलीलामा छ । अहिले पनि कृष्णभक्तहरू परमभक्त देखिन्छन् किनकि यो पनि यो लीलाकै दर्शनसँग सम्बन्धित छ ।

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : दधीचिको त्याग र इन्द्रलाई ब्रह्महत्या

~सदानन्द अभागी~ (यो कथा श्रीमद्भागवतमा आधरित छ) हामीले कहीं त्यागको कुरा गर्नु पर्यो भने दधीचिको नाम लिन्छौं । दधीचिले के त्यस्तो महान त्याग गरेका थिए, किन गर्नु परेको थियो र कस्को लागि गर्नु परेको थियो त्यो त्यागसम्म आउँदा के के … Continue reading

Posted in पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : दिव्य माछा

~बिजु सुवेदी ‘विजय’~ असन चोकमा एउटा दिव्य ढुङ्गाको माछा छ । त्यहाँ सबैले पूजा गर्छन्, जान्छन् । बच्चाहरू त्यहाँ खेलिरहेका थिए । नातिले सोध्यो :- यो ढुङ्गाको माछालाई किन पूजा गरेको ? त्यत्तिकैमा हजूरबुबाले भन्नुभयो -“हे भुराहरू तिमीहरूलाई के थाहा … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : द्रोण र द्रुपदको बालप्रेम र….

~रुद्र पौड्याल~ आफू भोकै रहे पनि बालक अश्वात्थामालाई खुवाउन आमा द्रोणी कर्तव्य ठान्छिन्। घरमा केही अन्नको व्यवस्था भए पनि बालकले रूचीको वस्तु प्रायः कमै रहने गर्छ। तीन जगकाे परिवार भए पनि अभावले सताइ रहने द्रोणको झोपड़ी आज छोरा अश्वत्थामाको कोलाहलले … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

अनूदित पौराणिक कथा : धूर्त मठाधीश

~बिजु सुवेदी ‘विजय’~ गङ्गा किनारमा माकंदिता नामको नगर अवस्थित छ । त्यहाँ एउटा मठमा एउटा मौनव्रतधारी साधु बस्दथ्यो । उसले बोलेको कसैलाई पनि थाहा थिएन । त्यस नगरका सबैले उक्त साधुलाई अत्यन्तै आदर-सम्मान गर्दथे । उसको मौनव्रतको जताततै चर्चा-परिचर्चा थियो … Continue reading

Posted in अनूदित कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : महाभारत युद्धपछिका व्यास

~डा. अरुणा उप्रेती~ मैले भविष्यमा हेर्दा जे देखेको थिएँ त्यही भयो । युद्धभूमिमा हेर्दा म लासैलासको पहाड देखिरहेछु रगतको नदी देखिरहेछु, यहाँको हावामा विष पाइरहेछु, ऋषि भएर कसैप्रति-स्नेह नराख्दा नराख्दै पनि मेरो मन विचलित भएको ? मानवसंहारको दृष्यले मनलाई दुखी … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : महाभारतका धृतराष्ट्रः नयाँ दृष्टि

~डा. अरुणा उप्रेती~ आज मैले सुनेँ मेरा सम्पूर्ण सन्तानहरू मृत्युको मुखमा पुगे । सञ्जयले यो कुरा सुनाउँदै उनको स्वर काँपिरहेको थियो । शव्दहरू स्पष्ट थिएनन् तर, सत्य त बदल्न सकिदैनथ्ये । मैले यो कुरा सहे पनि गान्धारीले कसरी सहलिन् ? … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : मुकुट

~बिबेक दुलाल क्षेत्री~ एउटा गाउँ अथवा शहर अझ भनौँ देशको कुनै भुभागमा चार जना बलवान पुरुषहरू बस्थे । पहिलोसित बुद्धि थियो । दोश्रोसित बल थियो । तेस्रोसित बल र बुद्धिलाई सदुपयोग गर्ने क्षमता थियो । चौथोसित यी तीन जना लगायत … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

Poem : Ideas

~Ananta Gopal Risal~ A stream of thoughts came to me without asking she stayed with me, rumbled and grumbled as I grow, she grew with me and now I know.

Posted in Poem | Tagged | Leave a comment

कविता : नमाग देश के दिन्छ?

~अनन्‍तगोपाल रिसाल~ नमाग देश के दिन्छ? देशलाई दियौ त के? गरीब मनको शुद्ध,धन मात्र भएर के? अन्याय सहनु पाप, अन्यायी अब मेट्नु छ शान्तिका दूत हौँ हामी,एक भै अब जुट्नु छ |१|

Posted in कविता | Tagged | Leave a comment

कथा : निर्वाण

~चंकी श्रेष्ठ ‘अभय’~ विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ । मेरी पूर्व प्रेमिका…॥ । नढाँटी भन्छु म त्यसको हत्या गर्न चाहन्थेँँ । मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु कथा : शिवपुरी बाबा र दाताराम

~बिजु सुवेदी “विजय”~ आश्रममा एकजना केही नखाइकन बाँचिरहेको बाबा थियो । उसलाइृ शुद्ध दूध खुवाउन भनेर एकजना दातारामले जतिबेला दुहेर दूध लिन सकिने गाई बाबाकहाँ राखिदिएको थियो । त्यो चामत्किारीक गाईले जत्तिबेला पनि दूध दिने थाहा पाएर एकजना राणाले

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : जोगी र अमृत

~बिजु सुवेदी “विजय”~ उसले एकजना जोगीलाई देखेको थियो । तर त्यो जोगी अरु जोगीजस्तो त्यस्तो थिएन जो अरुसँग मागी हिँडोस् तर त्यो जोगीले सबैलाई “ तेरो भलो होस् ” भन्दै जाने गथ्र्यो । कसैले दान दिए पनि श्रद्धाले दिएको मात्र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : सप्ताहको मर्म

~बिजु सुवेदी “विजय”~ रघुराजाको कालको धेरै समयपछि फेरि एकजना महात्यागी राजाले यस पृथ्वीमा जन्म लिएको थियो । ऊ पनि रघुराजाजस्तै अत्यन्तै धनी थियो र इच्छाआकाँक्षा त्याग्ने बिचारले श्रीपेच लगाएर घोडामा चढेर महात्माकहाँ कुटीमा गएको थियो र भनेको थियो :– “ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : रघुकुल उत्पत्ति

~बिजु सुवेदी “विजय”~ धेरै पहिले एकजना अत्यन्तै धनाढ्य रघुराजा थियो । उसको सम्पत्ति यत्ति धेरै थियो कि उसले संसारको सुख–सुविधा सबै पाएको थियो । उसलाई एक्कासी यो लाग्न थालेको थियोे कि “मैले यत्ति सारा सुख पाएँ तर पनि म सुखी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : ढिस्को

~शिवप्रकाश~ केही दिनदेखि ऊ बेलाबेलामा आत्मसंवादमा हराउन थालेको छ, “उहाँ मान्छे त खासा हो तर..!” उसले त्यो ‘तर..’ को अर्थ धेरै दिन बुझेन। त्यो ‘तर…’सँगै अहिले एउटा मान्छेको मूर्त तस्बिर अमूर्त चिन्तनको चक्रमा फनफनी घुम्दै छ, कुमालेको चक्र घुमेजस्तै। ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल-कथा : लोभ

~उद्धव उपाध्याय~ कुनै समुद्रको किनारमा माझीहरू ससाना झुपडी बनाएर जीवन बिताइरहेका थिए । उनीहरूको जीविका समुद्रको माछा पक्रेर सहरमा बेचेर चल्थ्यो । उनीहरूको मुख्य खाना पनि समुद्रमा पाइने माछा र अन्य जीवहरू नै हुन् । ती सबै गरिब हुन्छन् । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : साहसी बाजे

~प्रेम तिवारी~ कुनै गाउँमा मुक्तिनाथ शर्मा नाम गरेका पण्डित बस्दथे । उनी पण्डित मात्र नभएर त्यस क्षेत्रका नाम कमाएका ज्योतिष र झारफुक गर्ने मानिस पनि थिए । उनले गर्ने गरेको काम भनेको पण्डित्याइँ, ज्योतिष, झारफुक र खेतीपाती थियो । गाउँलेहरू … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : दशैँको लुगा

~सुधा रिसाल शर्मा~ “भोलि त घटस्थापना, भोलिदेखि हाम्रो स्कूल बन्द छ” राम र नीरा कराउँदै थिए । रामले भन्यो -“आमा ! आमा ! भोलि हामी नयाँ लुगा किन्न जाने है- तपाईंको पनि भोलि अफिस छुट्टी छ हैन -” त्यत्तिकैमा नीरा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कविता : आकाशकी रानी

~देवेन्द्रप्रसाद उप्रेती~ आकाशमा जून लागे कति रमाइलो घाम लागे आकाशमा कति घमाइलो एउटा आँखा राजा बने अर्को आँखा रानी अप्सरा पो हौ कि तिमी देख्छु सानीसानी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : फूलजस्तो जीवन

~देवेन्द्रप्रसाद उप्रेती~ देश हाम्रो फूलबारी फूलका थुङ्गा हामी फूलजस्तै बास्ना छरे हामी बन्छौं नामी माटो, मल, जल भए पूmल हुन्छ सुखी अन्न, पानी नपाएमा हामी हुन्छौं दु:खी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : सानीसानी नानी

~देवेन्द्रप्रसाद उप्रेती~ उनी केटा म केटी सबै बराबर पढीलेखी जान्छौं घर हामी सरासर मन्दिररुपी पाठशालालार्इ सधैं पूजा गर अज्ञानलाइ हटार्इ तिमी सधैं ज्ञान भर ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कथा : समयको सन्देश

~सुशीला प्रधानाङ्ग~ भीमबहादुरको परिवार विजयपुर गाउँमा बसोबास गथ्र्यो । उसको परिवारको पेशा कपडा सिलाउने हो । तीज, दशैं, तिहारजस्ता चार्डपर्वहरूमा उसको घरमा नयाँ कपडा सिलाउनेको भीड लाग्थ्यो । भीमे र उसको बाले कल चलाउने गर्थे । आमा, दिदी र दुई … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कविता : हाम्रो घरको परेवा

~श्रीहरि फुँयाल~ हाम्रो घरको परेवा उड्छ भुर्र भुर्र गुँडबाट गर्छ कैले माकुर घुर्र घुर्र ।

Posted in बाल कविता | Tagged | Leave a comment

गजल : के मतलब भयो

~अनन्त केसी~ होस् गुमाउने गरी पिउँ म,तिमीलाई के मतलब भयो वेवारिसे भई जिउँ म, तिमीलाई के मतलब भयो ? जतन गरी राखेको मन,सुम्पें मैले च्यात्यौ प्रिय

Posted in गजल | Tagged | Leave a comment

कविता : नेपाल आमा

~गणेश लामिछाने~ समय किन रोकिन्न आमा म जाने दिन किन छोटिरहेछ । नरोउ आमा म चाडै आउँछु आँशू किन बगिरहेछ ।। प्रगती गर्न जान लागेछ यो छोरो तैपनी किन आँशू झरिरहेछ। असिन्धरा आँशूको भेलले आमा मलाई रोकिरहेछ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : वाग्मतीको नियति ; गति नेपालको

~दीपक जडित~ कठैबरा ! वाग्मती कहिल्यै बग्न सकिनन् स्वतन्त्र भएर सलल खोसे मान्छेहरुले स्वतन्त्रता उनको खुल्न नसकेर कहिल्यै

Posted in कविता | Tagged | Leave a comment