Tag Archives: kabita

कविता : मेरो खस्यौली

~भागवत खनाल~ हिमालय पर्वतको प्रिय सखा नेपालको सान रुरुक्षत्रको शीरस्थान अर्गलीको सिरान मेरो खस्यौली ऋषिकेशव भैरवस्थान बिराट धराधाम प्रक्रितिको अनुपम उपहार सुन्दर जुहार मेरो खस्यौली

Posted in कविता | Tagged | Leave a comment

छोक : काला बाँदरहरुका सुरसार

~बिमल गुरुङ~ मरेका साँढेहरुमाथि कोहि मान्छेहरु अझ पनि अक्सिजनका सिलिण्डरहरु चढाउन खोजिरहेछन् होसियार मान्छेहरु !

Posted in कविता | Tagged | Leave a comment

कविता : अप्रिल फुल

~प्रकाश सुनुवार ‘निराकार’~ अप्रिल फुल आज मात्र होइन हरेक दिन हामी ढांटिएका हुन्छौ पलपल हामी छलकपटको शिकार हुन्छौं हामी माथि झुठका खेती गरिएको हुन्छ सदियौं देखि हाम्रो भावना माथि खेलिएको हुन्छ यहि एउटा प्रचलन वसेको छ हामीलाई पटकपटक निस्सासिने वनाएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कलर सेन्सेसन

~मिरा प्रसाई~ स्वार्थको मलखाडी भित्र सम्वेदना कुहाएर कम्पोस्ट मल बनाएकै हौ भने, तिम्रा लागि बेअर्थी भएको माया कर्तव्यबोध पैतालाले धुलोपिठो बनाए पछि फेरिएको तिम्रो कायाले तिमीलाई दम्भ र अहङ्कारी बनाए पछि सद्दे तिम्रा आँखाला२ जानीजानी तिमीले

Posted in कविता | Tagged | Leave a comment

कविता : शनैः शनैः रेगिस्तानहरू

~महेश प्रसाईं~ आजकल तिम्रो तस्विरमा कुनै कोमलता देख्तिनँ, भद्दापन भएपनि हुन्थ्यो, कुन्नि कस्तो सुडौलको एकएक अनर्थमा क्रूरता र कलुषितताहरू कपट र अनर्गलहरू भित्रैदेखि मडारिरहन्छन्,

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : भिखारी

~मनबहकी लाल~ भिखारीहरू आए नवयुगका मसिहा बनेर मानिसहरूलाई अज्ञान, अशिक्षा र निर्धनताबाट मुक्ति दिन अद्भूत वाककला, लेखनशैली र साङ्गठनिक क्षमता भएका स्वस्थ, सुदर्शन, सुसंस्कृति भिखारीहरू आए

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सन्देश छोरीलाई

~अमृत सिङ थिङ~ छोरी ! तिम्रो बाबा , बाबा रहेन अचेल मामा, काका, दाजु ,भाइ जो जो छन् तिम्रो वरिपरि तिम्रो रक्षक रहेन अचेल तिमी छोरी हुनुको दुश्मन हुन् तिमी नारी हुनुको शत्रु हुन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रहला देश अक्षुण ?

~दीपक कुमार ज्ञवाली~ राजनीति नै सकल ठान्ने कस्तो दम्भी बिचार । आफ्नै घरभित्र अर्काे घरबनाई रमाऊने जमात । कसरी हुन्छ सुदृढ देशमा छन् मत भिन्न अनेक । यस्तोमा देखिएन सवल नेतृत्व राष्ट्रपिता समान । आफैलाई चाहिने राज्यका पद प्रतिष्ठा सम्मान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ए ! छोरा

~दिल थापा~ म बेस्सरी खुसी भएको थिएँ ए! छोरा तिमी मेरो पेटमा आएको रात म बेस्सरी दुःखी भएको थिएँ ए! छोरा तिमी देश छोडी विदेशीएको रात तिमी मेरो गर्भमा छँदा मैले तिमीलाई कति जतन गरेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : रुन्चे रुमाल

~जे. एन. दाहाल~ एउटा बन्द कोठामा उस्तै आँखा,नाक र कान भएको सेतो रुन्चे रुमाल झुण्डी रहेछ भित्तामा विचल्लीत भएर एक्लै खै,कुन ईतिहासको खण्ड देखी ! आज

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : प्रभुजी, भेंडो बनाऊ

~लक्ष्मीप्रसाद देवकोटा~ ज्यादै थाकें हे ईश्वर ! भेंडो बनाऊ मलाई । यो शिरको धराप- जो हो मेरो घर यो विचारको शराप- यो जान्नाको पाप- यो अन्तःकरणको हृदय ज्वालक नाप यो खसुंला भन्ने तीन किसिमको ताप यो चढ्ने रवाफ । यो जवाफदेहीको … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो प्रतिबिम्व

~सिद्धिचरण श्रेष्ठ~ क्यै हारे झैं, क्यै बिर्से झैं, को त्यो पथमा आइरहेको ? कुक्कुर जस्तै लुरु लुरु हिंड्दै, दुर्बलताले पीर निखन्दै, को त्यो पथमा आइरहेको ? X X दुइटा लठ्ठी, एउटा ढुङ्गा,

Posted in कविता | Tagged | Leave a comment

कविता : कतिले आत्महत्या गरिसक्थे !

~विजय मल्ल~ कतिले आत्महत्या गरिसक्थे! बगर-बगरमा, गल्ली-गल्लीमा, रानीपोखरीको नील जलमा, हरेक देखिने दलिनहरूमा कतिले झुन्डिएर सृष्टिलाई गिज्याइसक्थे! कतिले आत्महत्या गरिसक्थे!

Posted in कविता | Tagged | Leave a comment

कविता : गोल काट्ने कामी

~धर्मराज थापा~ एकलासे रानी वनमा गोल काटयो कामी दाइले ग्रीष्मको पोल्ने घाममा भिज्दै पसीनाले गोल पारी पारी हेर्छ कामी यताउता देख्छ बोल्ने चल्ने चित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : शरीर पतनको उत्सव

~सैलेन्द्र साकार~ यो भूमण्डलबाट हराएर जाने छैन मानिसको रगतको टाटो लागेको अक्षर सत्ताका भाटहरुले बोकेर लाने छैनन् पुस्तकालय, म्युजियम र संग्रहालय अथवा संविधान । पानीको दहमा ढुंगाको छालझैं

Posted in कविता | Tagged | Leave a comment

कविता : फोटोमा

~विक्रम सुब्बा~ शंकाको पखेटामा उडिरहेछन् चराहरू अनगिन्ती प्वालझैँ देखिने तैनाथ ताराका आँखाहरू टाँगेर छपनीजस्तो घोप्टो आकाश रातभर धर्तीको जासुसी गरिरहेछ किसिम-किसिमका पराई जहाजहरु समुद्रपारीका चस्मा र मगज ओसारिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रम

~रुमानी राई~ तपाईले देखिरहनु भएको छ एउटा दृष्य जो तीन उपदृष्यहरुको यौगिक दृष्य । उपदृष्य-१ विषालु सर्प

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्पकोे खोजीमा

~भुपी शेरचन~ काठमाडौँ अझ भनौँ यो सिङ्गै देश नै दिन पर दिन कालो–नीलो हुँदै गैरहेको छ सर्पदंशित मान्छेझैँ म सर्पको खोजीमा छु हो, म ती विषालु सर्पहरूको खोजीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : स्खलन

~मनु वि.क.~ एउटा मान्छे, जो जनताको कुरा गथ्र्यो शोषण उत्पीडनको विरोध गर्‍यो जो जनताको एकताको कुरा गर्‍यो सर्वहारा सङ्गठन र चेतनाको वकालत गथ्र्यो हो ऊ जनताको अधिकार प्राप्तिका लागि भोकै प्यासै कुद्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : च्यातिएको कश्मीर

~प्रकाश सुनुवार ‘निराकार’~ प्रकृतिको सुन्दरतामा सजिएको एउटा कश्मीर जति सुन्दर छ भित्र त्यति नै छियाछिया भएर वाँचेको छ÷ जलिरहेको छ विभिन्न आकारमा चोइटा चोइटा भएर टुक्रिएको छ । प्रकृतिमाथि मान्छेहरुले अपमान गरेको छ मान्छे आप्mनो स्वार्थपुर्तिको लागि निर्दयी भएको छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाई

~रुमानी राई~ हाे, अब हाम्राे भेट कहिल्यै हुने छैन र,भेट हुनुको कुनै अर्थ पनि हुने छैन । प्रत्येक भेटमा, तिम्रा गुलावी अाेंठहरु मुस्कुराउने छैनन् मभित्र कुनै तरङ्ग पैदा हुने छैन । छुट्ने बेलामा,

Posted in कविता | Tagged | Leave a comment

कविता : परिभाषा

~योगेन्द्र काउचा~ परिभाषा सतलजको फाँटसम्म पूर्वको टिष्टासम्म पश्चिमको काँगडासम्म मात्र होइन देउथलको किल्लासँग भक्ति थापाको रगतसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : धरहरा र मेरो प्रेम

~तारा पराजुली~ पहिलोपटक धरहरा चढेकी थिएँ त्यो पनि तिम्रो उपस्थितिमा। त्यो घुमाउरो उकालो तिम्रा आला पदचापहरू पछ्याउँदै उचाइमा उड्दै गरेको सिमलको फूलझैँ पौडिँदै अग्लिरहेँ म साथमा एउटा नौलो अनुभूति

Posted in कविता | Tagged | Leave a comment

कविता : बौलाही

~मञ्जुल~ ऊ संग उसको मन् थिएन मानिसहरुले उसलाई बौलाही भने को संग कसको मन कतिन्जेल सम्म हुन्छ- म को हुँ ऊ जान्न चाहान्थी म के गर्छर्ुुm बुझ्न चहान्थी म के लेख्छु ऊ पढ्न चाहान्थी

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानीमा ट्रक

~श्यामल~ इँटा बोक्छ सिमेन्ट र फलामका छडहरु बोक्छ ढुङ्गा, बालुवा र काठ बोक्छ बोक्छ झ्यालका लागि सिसा र बोक्छ उज्यालोका लागि मैनबत्तिको बाकस पनि ओलम्पिकको तेज धावक झैँ राजमार्गमा दुगुर्छ ट्रक कहाँ जान्छ? थाक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : झझल्को उनको

~जीवराज बुढाथोकी~ हुन्थ्यो उनको, चिठी नआए, हुन्थ्यो उनको, फोनले नगाए, विरक्तीमा सधैं, हराएको पहर्, हुन्थ्यो उनको, मन नपलाए !! हुन्थ्यो उनको, याद नसताए, उनको झल्कोले, नअल्मलाए,

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्दा मुस्कुराउने मान्छे

~शमिक्षा थपलिया~ चारै तिर मुजै मुजा परेको अनुहार जुन अनुहारमा मुस्कान देख्न पाइदैन सबै मानिस जन्मदा रुदै जन्मिए पनि जिवन भरि हासी रहेका हुन्छन अरु भन्दा पृथक छ सायद उस्को मन त्यसैले कहिले मुस्कुराउदैन उ आफ्नु जन्मनु अघि हल गोरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यौवनको आक्रोश

~अमृत सिङ थिङ~ मर्द हौ भने देखाउ छातीको रौ एक एक गरी गन्ने छु पाएँ शिवजीलाई भनी पार्वती मातालाई भन्ने छु ।। म पग्लेर निस्केको वाफको बास्नाले

Posted in कविता | Tagged | Leave a comment

कविता : के गर्छौ ?

~गेहेन्द्र अधिकारी~ हरचिजमा नक्कल तिमि के गर्छौ, भाग्यमै छैन भने खोस्न तत्पर किन पर्छौ जाल झेल र निरङ्कुस छिरेको यो जाली दुनियाँमा!! बिश्वासको पसल राखेर तिमि के गर्छौ!! थिच्नेले थिचेकै छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : उजाडिएको बस्तीको गुलाफको फूल

~शैलेश थपलिया~ मनभरी आशा बोकी आङ्मा उम्रिएका तिखा काडाको ब्येथालाई आफैभित्र लुकाएर चारैतिर, ति सुनसान बाताबरणमा आफ्ना मन्त्रमुग्ध बासनाले नया किरण को आगमन गरिरहेछ ! उजाडिएको बस्तीको गुलाफको फुल !!

Posted in कविता | Tagged | Leave a comment

कविता : भगवानको विरोध

~सागर भण्डारी~ मलाई जिउन सिकाउने ए मेरी प्यारी आमा मुटु दरो पारिराख है ठूलो भुकम्प जान सक्छ पृथ्वी बोक्न सक्ने तिम्रो शरिर वायुमा डगमगिन सक्छ अविश्वासका छालहरु उठ्न सक्छन् विद्यवसंका कल्पनाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्ञानी सानु स्कुल जाऊ

~सोम डेमनडौरा~ ज्ञानी सानु हाम्रो सानु छोरा तिमी स्कुल जान थालेछौ खै किन हो, तिमीलाई स्कुल पठाउँदा मन कटक्क खान्छ बाटोमा तिमी निराश भै नबोल्दा गेटमा पुग्दा जब तिमी भक्कानिएर रुन्छौ

Posted in कविता | Tagged | Leave a comment