Tag Archives: kabita

कविता : आफ्नै चश्मा

~श्यामल~ हेराइ हराएर अल्मलिइरहेको म कसले खोस्यो मेरो दृष्टि कसले फे-यो मेरै सामुको सृष्टि हँ – चश्मा फुकाल्छु – नयन छ,दृष्टि छैन पदार्थ छ,चेतना छैन कसले लगाइदियो आँखामा पट्टी

Posted in कविता | Tagged | Leave a comment

कविता : काम्यो लुगलुग त्यो

~भीमनिधि तिवारी~ मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो, छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो, जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो, काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!! टोपी सिर्फ छ नाम मात्र शिरमा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दुक

~विजय सुब्बा~ मलाई यौटा बन्दुक देऊ मलाई अहिले भोक छैन मान्छेको मृत्युमा किञ्चित् शोक छैन मलाई मात्र घृणा छ मान्छेको मौनताप्रति शिर काटेर झरिसक्ता पनि मान्छे आवरणमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सिमलको नाङ्गो हाँगा

~विमला तुम्खेवा~ धेरै बर्षअगाडि हाम्रो प्रेम साटिएको फलैँचा त्यसरी नै ठिङ्ग उभिएको थियो बाटो छेउमा लहरै उभिएको सिमलको रुखमा चैत – त्सरी नै नांगीएको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : असम्भव प्रयासहरु

~गीता सन्ताप ~ चित्रकार हुदो हुँ त मेरो लुटिएको अस्मिताको चित्र आफै कोरिदिन्थे म खुल्ला परिवेशमा स्वतन्त्र गुन्गुनाउन सक्दो हुँ त मेरो लुटिएको परिवेशको गीत गाइदिन्थे म ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मानिसको पयर

~इश्वर वल्लभ~ आकाश मात्रै नहेर धरती पनि हेर्नुपर्छ धरतीले मानिसलाई सारै माया गर्छ जति नै तारा आकाशमा छन् त्यति नै थोपा यहाँ पानी पर्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो अनुहारको ऐना

~चंकी श्रेष्ठ~ तिम्रो अनुहारको ऐनामा मान्छेहरू हेरिरहेछन् यो देशको अनुहार । चर्किएको, भत्किएको ऐनामा देखिन्छ हरेक वस्तु टुक्रा-टुक्रा

Posted in कविता | Tagged | Leave a comment

कविता : निरंकुश काठमाण्डु !

~विक्रम सुब्बा~ शंकाको पखेटा जोडेर चराहरू उडिरहेछन् अनगिन्ती तारा टाँगेको आकाश छपनीजस्तै घोप्टिएर धर्तीको सबथोक नियाली रहेछ किसिम-किसिमका जहाजहरु समुद्रपारीका दिमाग आयात गर्छन् जंगलभित्र लुकेर शीवपुरीको डाँडो

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्यटक

~नवराज सुब्बा~ पर्यटक ! आउन त आयौ घरैमा तर माफ गर अहिले हामी सडकबन्द चुलोबन्द गर्न ब्यस्त छौं तर्साउनेसित तर्सेर त्रस्त छौं अस्तब्यस्त छौं । कृपया हामीलाई दिनभर अघाउञ्जेल जुध्न देउ

Posted in कविता | Tagged | Leave a comment

कविता : पाइलाका निबहरूले

~मञ्जुल~ प्रकृति लेख्छिन् कविता भानका खेतका हरफहरूले रुखका लस्करहरूले पहाडका

Posted in कविता | Tagged | Leave a comment

कविता : ममको धरहरा, झोलको रानीपोखेरी

~शम्भु दङ्गाल ~ परलोक भएका ती भीमसेन थापा काजी हातमा प्लेट र काँटा बोकेर एक्कासि आए सपनामा र मागे धरहराको एक प्लेट मम उसरी नै आए सपनामा बोकेर ठूलो कचौरा र डाडु

Posted in कविता | Tagged | Leave a comment

कविता : चारूमतिको कथा

~मणि भट्टराई~ उसको नाम चारूमती थियो सबैले ‘फूलमाया’ ‘फूलमाया’ भन्न थालेपछि के लाग्थ्यो र ऊ एक्लैको? एकाएक चारूमति हराई गाउँबाट र फूलमाया देखापरी । फूलमाया साँच्चिकै फुल जस्तै थिई

Posted in कविता | Tagged | Leave a comment

कविता : लखनऊ

~दिनेश सुवेदी “विकल्प”~ एक साँझ सयर गर्दा लखनऊका गल्लीहरू मैले देखे एक नवयौवना लखनऊ भर्खर निद्रा परेका लठ्ठ आँखा उसका लखनऊका चिल्ला सडकका पेटीभरि यत्रतत्र छरिउका थिए अनि मैले सोधे

Posted in कविता | Tagged | Leave a comment

कविता : ताराहरु झै उठ

~ईश्वर दाहाल कविजी~ खुल्ला मैदानमा निस्किएर विशाल आकाश नियाल्दा अनगिन्ती चम्किला ताराहरु आफ्ना दविएका आवाज …अन्तरह्दयमा बोकेर संसारसँग साहसि र अटल बन्दै अस्तित्वको लडाइ लड्दैछन ठ्याक्कै क्रान्ति योद्धा जस्तै !!

Posted in कविता | Tagged | Leave a comment

कविता : माटाको माया

~बालचन्द्र पोख्रेल~ सेवा गरौं आत्मैदेखि सम्म गम्म बसौं हृदयको तुंवालोलाई भित्रैबाट फालौं । स्वच्छ रहे दिल हाम्रो राष्ट्र पनि जाग्छ भावनालाई कुण्ठित पारे कस्को के लाग्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मन्त्र फुक चामल हान

~बिमल गुरुङ~ रोक्ने को हो तिमीलाई? छेक्ने को हो तिमीलाई? पुगिसक्यौ घर-घर हिंडिसक्यौ पर-पर मान्छेहरु दुखी छन् सुखीहरु कम्ती छन् यस्तो समाज योग्य छैन यस्तो पर्खाल पुज्य छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : कृष्ण प्रभुहरू

~कृष्ण जोशी~ अन्धाहरू सिङ्गै हात्ती खोज्छन् नाक, कान, पुच्छर, सुँड खुट्टा छामेर बोल्नेहरू, भन्नेहरू देशको रूपान्तरण खोज्छन् रिसोर्ट पाँचतारे होटलका झ्याल, ढोका, खम्बा बार, डाइनिङ टेवलका ग्लासहरू समाएर छुन्छन् धामी झाँक्रीको हातपाउ टुनामुना मधेश पहाडको आलो घाउ छाम्छन्

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : माथि पर्ने तरिका

~केशवराज पिँडाली~ ऊ ठान्छ उसले एउटा चमत्कारी सिक्का पाएको छ त्यसलाई उसले जतनका साथ खोकिलामा लुकाएको छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द कविता : समय गतिशीलता !

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् पानी ! पानी !! भनी कोही चिच्याईकन मर्दछ पानीभित्रै फसी कोही बाँच्न चीत्कार गर्दछ ! भोकले कोही ढल्दै छन् , कति अजीर्ण भैकन ढल्दै छन् दुनियाँ देख्छु नाना रंगीन जीवन ! म रुँदा शोकले अर्को … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बजाउ मादलु

~इश्वर देवकोटा~ घर सम्झी फर्कियो लाहुरे बिर्सियो की झैँ भाछ यो गाउँले बजाउ मादलु, छम छमी नाच्ने हो अब मायालु !! बन भरि धुपि र सल्ला लाहुरे आको गर्दिनु लौ हल्ला

Posted in कविता | Tagged | Leave a comment

कविता : बधशालाभित्र

~कृष्णराज पौडेल~ …..जनतालाई सधै सेवाको राजनीति भन्नेहरू गरिबलाई झण्डा बोकाउनेहरू भाषणमा अधिकारका फुलमाला अविरघस्नेहरू सधै शक्ति र सत्ताको पछाडि कुर्सीको जरामा अल्झिरहन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अनिश्चित युद्ध

~जितेन्द्र ढकाल~ जब जब सडकमा पेट्रोल÷डिजेलका लागि मिलौँ लामो लाइन देख्छु सडक पेटीहरूमा ग्याँसका रित्ता सिलिण्डर र मट्टीतेलका स–साना

Posted in कविता | Tagged | Leave a comment

कविता : चुनाव जिती गए उनी

~देवेन्द्र कुँवर~ धनपैसाको खोलो बगाई, चुनाव जिती गए उनी भ्रष्टाचार र महङ्गीले जनता फेरि भए रूनी विकास, निर्माण गर्छु भनी, चुनाव अघि भाक्षण चुटे सोझासाझा जनताको मत धन–पैसामा उनले लुटे

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यही नै देखिन्छ त्यहाँ

~योगेन्द्र काउचा~ उसलाई पो थाहा छ धर्तीको महत्व जो एक चिम्टी माटोको निम्ति एक इन्च धर्तीको निम्ति आफु सगँ भएभरका जति जुक्ति बुद्धि लगाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई हेर्ने आँट नगर

~ममिता मर्मस्पर्शी~ मेरो बिहेको मौन-मौन आवाज सुन्दैछु मलाई हेर्न आउँछ रे सपना झलझली बुन्दैछु गनी-गनी वरमाला उन्दैछु कल्पनामा तिमीलाई नै चुन्दैछु फाटेकोलाई पनि तुन्दैछु त्यो वरमाला साँच्चै उन्दैछु तर सुहाउँदैन तिमीलाई मैले उनेको वरमाला

Posted in Poem, कविता | Tagged | Leave a comment

कविता : खुलेको एउटा नयाँ परिचय-पत्र

~केदार गुरुङ~ एकचोटि मरेर दाह-संस्कारपछि पनि कोही बौह्रिएर फर्किआउँछ भने त्यो अवश्य भूत मात्र हुनसक्छ। जसरी कसैले एकपल्ट चोरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : ए रात ए दिन रोक रोक

~भिमदर्शन रोका~ आगो आफै त के लाग्ला कसैको गल्तीले लागेको होला अथवा जानी जानी कसैले लगाएको त्यस्तो किन गरेको होला ? सोध न सोध, केही त भन्ला ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी माथि एउटा कविता

~बिमल गुरुङ~ यस्तै रहेछ जिन्दगी पिडा/हर्ष आँसु/हाँसो ख्यालठट्टा/ब्यंग्य यस्तै रहेछ जिन्दगी । यस्तै रहेछ जिन्दगी

Posted in कविता | Tagged | Leave a comment

कविता : मगन्तेको अनुरोध

~प्रेम संग्रौला~ कहिले फुटपाथमा दाह्रा डि०च्याउंदै कहिले घरघरमा आफैलाई घिच्यांउदै कहिले आपत पर्यो भन्दै, कहिले विपत्तिको राग अलाप्दै कहिले दुबै हात पसार्दै कहिले बीच बाटोमै लम्पसार पर्दै जीवनलाई सुखी बनाउने रहरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल आमाको पुकार

~बबुल लामा~ अहिले नेपाल आमा रोइरहेछिन्, चिच्याइरहेछिन् र पुकारीरहेछिन् आफ्नै सन्तानहरुलाई भो, भयो अव अति भयो बन्द गर, यी सब तिमिहरुका आडम्बरी नाराहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : खड़ेरीको अक्षर

~मनोज बोगटी~ भिज्न दिनू आँखालाई आँखा भिज्दा मन मलिलो हुन्छ। जहॉं उम्रन्छ हॉंस्ने आकांक्षा।

Posted in कविता | Tagged | Leave a comment

कविता : क्षति

~चन्द्रकला नेवार~ सुनसानको बाहुपासमा आबद्ध वातावरण – जम्दै गएको साँझ धिप-धिप मैनबत्ती कालो हिउँ फेरि पग्लन्छ। केके अल्झिन्छ केके डुब्छ उही क्रम दोहोरिन्छ

Posted in कविता | Tagged | Leave a comment