Tag Archives: kabita

कविता : हाम्रो करनाली

~पूर्ण बहादुर शाही~ प्रकृतिको बरदान हो यो, यही हो सुनको खानी उपयोगमा ल्याऔं भने बन्छौं स्वाभीमानी ।। कैलाश मण्डल, मान सरोबर, हिमाली चुचुरा मुल भई बग्न्या करनाली स्वच्छन्द छ पूरा ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी म बाँचिरहेछ 

~सुमन पोखरेल~ आफैँभित्र फैलिएर कतै आफूबाहिर सङ्कुचित परिवेश, माटो र आँखाहरूमा भावना, कल्पना र मुटुभित्र जिन्दगी म बाँचिरहेछ । ढुङ्गामा राखेर घनले हिर्काउँदा त्यति विभत्स नहोला मुटुको दशा जति बाँचिरहनुले बाँचेर पनि नबाँचिरहनुलाई चोइट्याउँदा हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मको पुस्तक

~तीर्थ श्रेष्ठ~ तिमी थियौ म थिएँ हामीमाथि अनन्त आकाश थियो र, मधुर वर्षात् थियो प्राप्ति/अप्राप्तिको हिसाब थिएन ‘तिम्रो’ र ‘मेरो’को कुनै किताब थिएन । एकाएक आँधी आयो एकाएक पहाड खडा भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : विचार

~कृष्ण प्रधान~ उज्यालो हुँ रातले ननाप्नू मेरा दिनहरू आकाश हुँ नखोज्नू फैलावट भूगोलमा चेतना हुँ नछाम्नू मलाई खोँगीमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाल्यकालको मेरो गाँउ

~बिनोद खड्का~ प्रभातको फेरोसंगै पूर्वी आकाशले लाली लाउँदा पंक्षीहरुको गीतसंगै पधेर्नीहरुको हल्ला छाउँदा गाँउ मेरो रमाउँछ गाँउ मेरो नाचिदिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उप्रान्त 

~मोहन बन्जाडे~ माग्दा सबैसंग माग्नु पर्ने भएपछि आस सबसंग गर्नुपर्ने भए पछि कसैलाई आफ्नो र पराई नठानी योग्यता, क्षमता र सीपका आधारमा मौका पाउने थिति बसाए हुने |

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम सिमा नाघिन्थ्यो

~सुरेन्द्र जोशी~ अनेक थुंगाहरुले सजिएको फूलबारीमा अनेक सुगन्ध हरु मग्म्गाउथे, जब म त्यहा पुग्दा अलग्गै सुगन्ध ले छोयो तब त्यो सुगन्धलाइ मुर्त रुप दिने सोच्दा एक डोरी निर्माण भयो टुट्न नसक्ने अजम्बरी डोरी जुन देशको भूगोलका सिमा हरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनामी

~कपिल अधिकारी~ वसन्तमा फूल फक्रन लाग्छन् उजेलोको रेखा क्षितिजमा देखा पर्छन् अनि आशा, खुसी र उमङ्गलाई चिथोर्दै पीडाका छाल बोकेर देखा पर्छ सुनामी । वेदनाका तरङ्ग हुर्याउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : चन्द्रकला

~जैकी मोजाहु~ मनै त हो ट्रक रोक्कियो, देब्रे छेउ त्रिशुली पहाड कोत्रेर बनाइएका २-३ संख्याका झोपरपट्ट खीर पस्कँदै…. अहा क्या मीठो …. मैले खीरलाई भन्या हैन

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा योद्धाको खोजी !

~शिव प्रकाश ~ म एउटा प्रतिद्वन्दी योद्धाको खोजीमा छु मेरो खोजीको त्यो योद्धा म भन्दा ठूलो होस् बलियो होस् बहादुर होस् शक्तिशाली होस् सहासिलो होस् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर, पर्वत र मेरो छिमेकी

~सरोज धिताल~ ऊ जब गाउँबाट आउँछ अलिकती पसिनाको गन्ध बोकेर आउँछ जिउमा अलिकति रातो माटो पोतेर आउँछ अनी जब मेरो धारामा आफ्ना हातखुट्टा पखाल्छ उसले बोकेर ल्याएको गाउँको रातो माटो शहरको माटोमा मिस्सिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो यादमा

~धुव थापा~ हरपल हरक्षण तिम्रै यादमा म बाच्ने कोशिस गरिरहेछु न चाहदा नचाहादै पनि तिम्रै निम्ति हास्ने कोशिस गरिरहेछु कस्लाई पोखाउ यो मनको बह सिमसार झै भएको छ गह ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अतीत र वर्तमान

~नीरा शर्मा~ म सानो छँदा चुल्हाहरूमा आगो बलेर कसौँडीहरूमा भात पाक्दथ्यो ममतामयी आमाको काखमा नि द्राले स्वप्निल रात माग्थ्यो, कुलोहरूमा पानी बग्दा खेतहरूमा धान झुल्थे धानसँगै मन झुल्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : साँचै यस्तो भई दिए त !

~तोयानाथ पौडेल~ साँचै साँचै सपना सपनै भईदिए कल्पना वास्तविकता नै भईदिए सफलताको चरम चुलि चुम्न बेर लाग्दैनथ्यो होला टाढाको वात् गर्न पुलिन्दा चाहिँदैनथ्यो होला

Posted in कविता | Tagged | Leave a comment

कविता : बादल

~शरद पोख्रेल~ बादल लाग्नु बादलले छोप्नु अँध्यारो हुनु। ए मान्छे किन तिम्रो गुनासो ममाथि रहिरह्यो यी कुरामा ? तर आज उभियो मेरो छायाँमा एउटा एक्लो मुसाफिर र प्रेमले घुट्क्याइरह्यो मेरो सुन्दरता

Posted in कविता | Tagged | Leave a comment

कविता : म देश चपाइरहेको छु

~रीता खत्री~ ए मान्छेहरू सुन- मलाई दुःखको खडेरी परेको छ सुखभोगले म मात्तिएको छु अघाउञ्जेल घाँस खाएर उघ्राइरहेको गाईझैँ म शून्यशून्य बाँचिरहेको छु । आफू बाँच्नुबाहेक मसँग अरू कुनै चाहना छैन दायाँबायाँ, अगाडि-पछाडि हेर्ने कुनै फुर्सद छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : हामीलाई शान्ति देऊ

~कृष्णप्रसाद पराजुली~ हिमाललाई काखमा बोक्ने यस धर्तीमा म त मनको भाषा बोल्ने मानिस हुँ अरू के भनूँ खै मनकै भाषामा भन्छु- देशलाई उठाउँछु भन्ने ए कर्ण्र्ाारहरू हो ! तिमी बाहिर आन्दोलित हौला हाम्रो त मन नै आन्दोलित छ म करजोडी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म हेरिरहेछु जराहरू

~मोहन दुवाल~ माटोलाई मनमा भिजाउँदै तलतल र्सर्दै जाने स्वभावले जराहरू कसैले नदेख्ने गरी आफूलाई मिलाउँदै गर्छन्- माटो सँगसँगै उनीभित्रका मनहरू । पानीका बुँदहरूको सहारा खोज्दै पानीसँगै घुलमिल गर्ने यिनको बानीले जराहरू पानीलाई आफू नदेखाउने गरी

Posted in कविता | Tagged | Leave a comment

कविता : म सबलाई सोध्छु,पैसाले किन पुग्दैन ?

~विकास गोतामे~ बिहान राम्रो उज्यालो हुनै नपाई कमानको घण्टीले क्वाँ… गरेर डाकेपछी घुम र टोकरी लिएर गएका बाबु र आमा अहिले ठूलो साँझ परिसक्दा पनि फर्केका छैनन् । बहिनी भोकले रूँदा रूँदै निदाई ! चिया-गाछितर साँपहरू निस्कन्छन् साह्रै डर लाग्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको खोजी

~जीवनाथ धमला~ नीलो आकाशमुनि चिसो हुरी बहँदै थियो आँगनमा/धुरीमा र फूलहरूमा, घाम डुबिसकेपछि बाँकी रहेको अलिकति उज्यालो आकाश देखेर त्यही उज्यालो छुन उड्दै थिए केही पक्षीहरू, मलाई लाग्यो— “डुब्न आँटेको उज्यालो छुन पुग्छन्/पुग्दैनन् तिनीहरू । उनीहरूको अभिलाषा साकार बनिदिए हुन्थ्यो” … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द र विद्यार्थी

~रमेश निरौला ‘असभव रमु’~ उत्कर्षमा पुग्ने उत्कृष्ट अभिलाषा लिएर कलिला अंकुरहरु भविष्य उज्जवल बनाउनका खातिर विद्यार्थी भएर अभिभावकको लालन पालनमा परित्यक्तता दिएर टाढिई रहेछन् तर

Posted in कविता | Tagged | Leave a comment

कविता : सबै आमाहरुबाट बुद्ध जन्मनु पर्दछ

~पुण्य चौंलागाई~ सबै छांगाहरुवाट रगत्को भल वग्दछ कसोरी यो पृथ्वीले भार् उठाउन सक्दछ ? प्रकृतीले रोइ रोइ यही आह्वान गर्दछ सबै आमाहरुबाट बुद्ध जन्मनु पर्दछ । प्रकृतीले रसधारा बहाउंछिन् जहिं तहिं आफ्ना संतानहरुले मिलिजुलि पिउन् भनी

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच्ने आधारः तिमी

~निराजन बतास~ मेरो अबोध मर्मको अकल्पनीय उचाई नाघ्दै आफनो बुताले भ्याएको शिल्प चातुर्य झिकेर गयौ तिमी मेरो भविष्यमाथि औलो ठड्याउदै बर्तमानलाई लुड्याउदै भूतलाई उसै गरी जगायौ र

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रकृतिको पाठेघर

~हरि नेपाल~ उदायो नभमा उज्यालो थियो दिनरात कालो मैलो फक्रिए पूmलको मञ्जरी जो खुम्ची बसेका थिए अघि प्रकृतिकै पाठेघरमा किन वेदना भई बस्दछु ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्धकार

~आनन्द सन्तोषी राई~ घाम अस्ताएर अध्ँयारो जस्तो उज्यालो छोपिएर अन्धार गाउँ वस्ती बजार सबैतिर निस्पट्ट भईसक्यो अन्धकार निशाचरहरु रमाउन थाले मुसाहरु दुलोबाहिर आएकाछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष जागरण

~सरस्वती न्यौपाने~ नौलो सृष्टि रुलाउँने जीवनका जोवानीका वासना मैलो प्रेम चखाउाने कुसुमका माला गुथी गाथमा पहाडी बनका प्रगाढ चुुचुरा छायाँ छहारी कला गैरीखेत सुरम्य सितल कसी ए लै लै बोल्ने गला हाम्रै संस्कृतिका चिना र सुतिका दौरा र चौवन्दीमा अल्झेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अजम्बरी उपहार

~रेवतराम बरुवाल~ नयाँ वर्षको उपमा पाएर अन्धकारको किल्ला नाघेर पूर्व क्षतिबाट उदाएको नयाँ साल, मंगलदिप बालेर फूल अबीर पानी घडामा धूप बास्ना देखेर अटालीमा बसी परेवा धुर्न लाग्दा यहि शुभ साईतको मौकामा मेरो स्वाभिमानी साथीलाई बाड्नु छ एउटा विशेष उपहार

Posted in कविता | Tagged | Leave a comment

कविता : धनकुटा

~कृष्णप्रसाद शर्मा वस्ती~ बग्छन् अनेक जल शीतल पूर्ण खोला, धारा कुवा र जरुवा त गनिन्न होला । पैंतीस गाउँ अहिले गनिने यहाँ छन्, भिन्नै छ यो नगर एक पहाडको झन् ।।१।। गौंडा भनी धनकुटा पहिले चिनिन्थ्यो, सामान घेर कपडा मसला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो प्यारो मेरो लोभ

~मोहन कोइराला~ छुटेको साथीलाई जसले पहिले माया जोर्‍यो, हिंडेको पशुलाई जसले पहिले गोठालो लाग्यो, निगाला खिप्दै खिप्दै घूम, देश र डोको बनायो, कठबाँस झीरले खोप्दै उडेका वरलाई बाँसुरीमा थिच्यो- भत्केकालाई लय र ननिस्केका स्वरलाई ओठले फुक्यो, ए प्रशस्त छातीले सुसेल्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जङ्गबहादुर र समय-२

~रोशन सुवेदी~ एउटा जङ्गबहादुरको मुत्यु हुन नपाई अर्को जङ्ग बहादुरको जन्मन्छन् थाहा छैन् जङ्गबहादुरहरूको आगमन कहिलेसम्म भईरहन्छ – इतिहासका कोर्राहरूको डाम अझै छातीमा मेटिएका छैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक

~नकुल सिलवाल~ गरौं त गरौं आत्महत्या नै गरौं – आनन्द हुन्छ तिमीलाई भने किन बाँचिरहौं त र्व्यर्थ ! झट्ट समाचार सुन्दा आर्श्चर्य लाग्ला ! त्यसपछि बिस्तारै ‘ – जसरी नयाँ कुलोमा पानी प्रवाहित हुन्छ- प्रथमपटक ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना-१

~स्वप्निल स्मृति~ संसारमा सबैभन्दा सुन्दर सपना हुन्छ र सपना देख्ने आँखाहरु सबैभन्दा भाग्यमानी हुन्छन् भिंडहरु छिचोलेर दादागिरी भिंडहरु सपनाकै पछि… पछि… दगुरिरहेछन् स्टेसनबाट राजमार्ग गुड्छ

Posted in कविता | Tagged | Leave a comment