Tag Archives: kabita

कविता : एउटाले अर्को नेपालीलाई

~राजीब नन्दन कर्माचार्य~ एउटाले अर्को नेपालीलाई मारेर केहि पाउदैनौ मेची काली झै बगेको रगत हामी त हेर्न सकदैनौ बन्द गरौ हत्या र हिंसा जीउने सबैको अधिकार छ एउटा नेपाली मरे यहां अर्को नेपाली रुनेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विनलादेन

~गोविन्दप्रसाद आचार्य~ तिमी आतंकको आगो बालेर, निभाउँने स्वाङ रचिरहेछौं ! तिमी विचार होइन , विश्वलाई आतंकको विष बाँडिरहेछौं ! तिमी विचारका जोगी, र त रिसको आगो सभ्यतामा खन्याई रहेछौ ! तिमी मान्छेलाई घैटोमा कुहाएर रक्सी बनाएर स्वाद मार्न मान्छे पिइरहेछौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो सुदूरपश्चिम

~अनिलकिशोर घिमिरे~ शैपालको काखमा निश्पट्ट हुस्सुभित्र सङ्लो सेती रोइरहेको छ खप्तडको हिउँ मेरो यात्राको चुनँैती भइरहेको छ लाली गुराँसको पहाड मुस्कुराउन खोजे पनि धारिलो भासु भिरले मन सिरिङ बनाएको छ घाइते मंगलसेनले उपचार खोजिरहेको छ हाम्रो कालापानीमा गिद्दहरूको रजाई छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रिक्सा र साइकल चलाउँछौं

~एन.पि.मगर ‘रोल्पाली’~ किसान मजदुर दश नग्रा खियाई रिक्सा र साइकल चलाउँछौं रगतको होली चाहिंदैन अब शान्तिको खेल चलाउँछौं देश लुट्ने भ्रष्टचारी नेताहरू छाँडदैनन् जनताले गरिबी र बेरोजगारी असमानले आँशुको भेल बगाउँछौं भन्छौं एउटा गर्छौं अर्कै लुटयौं खायौं नेपाल देशलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : गोठ मै बस्थे रे

~टोष्ट राज क्षेत्री~ हाम्रा बाजे – गोठ मै बस्थे रे , निकै स्वस्थ थिए रे , शुद्ध दुध, दहि घ्यू महि सहित , कहिले कहिँ घर आउथे रे , अनि घर को दाल-चामल पोको पार्दै,

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल कम नेपाल

~सरुभक्त~ कालो चट्याङ्गः पीडाका खरपसहरु दुखेर जीवनका मृत सागरमा म रोलर कोस्टरका सपनाहरु देख्दैछु ढापसुङ वस्तीतिर कठपुतली आत्माहरु साइवरयुगीन ‘किस्.कम्’ नाट्यरचना गर्दैछन् संघात तरङ्गः दन्दनाउँदा रथहरु भुत्याहा जाहाजहरुमा सवार छन् पग्लिएका ढुङ्गाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : इतर समय

~सरुभक्त~ मृत्युमहोत्सव पीडाहरुको कोलाहल वगेर आखेटिक विश्वासहरुमा धुमकेतु उदाएको वेला म हब्वलका आँखाहरुले हेर्दैछु मान्छेका अन्तरिक्षहरु उन्मीलित ताराहरुको देश च्याउ फुलेका ब्रह्माण्ड वीथीभरि किरणस्नान गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : खतरा

~सरुभक्त~ मृत्युपर्वत हिमयुगदेखि हिमयुगसम्म आफ्नै भारले नुहेका चुलीहरु साइवरयुगीन महाभारत रच्दैछन् अन् लाइन च्याट्का हिमावर्तनहरु नियति सञ्जालग्रस्त छन् चतुर्थ महाकल्पका आविर्भावहरुदेखि किन मानवता एक अन्त्यहीन युद्धमा होमिएको छ ? हेर ! हेर ! जीवाष्महरु वटिकाष्म उपकरण बोकी डायनासोरस र महागजहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ‘खानी हो यो पानी ?’

~चट्याङ मास्टर~ बुढापाका भन्नी गर्थे सुन बाबु नानी जस्तो खानी पानी उस्तै हुनी बानी मुहानको पानी खानी बुद्धिमानी चुहानको पानी खानी भ्रस्ट बानी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : साइवरपीडाः तारकयुद्ध सञ्जालहरु

~सरुभक्त~ जिन्दगीका मिथकयात्राभरि छन् खोई कहाँ हराए हाम्रा स्वनामधन्य ख्रिचुङ र आनिकहरु ? अफिमखेतीः च्वेस्याङ र फाहियानहरु श्रापित विरुपाक्ष भूमितिर आजभोलि वाढीग्रस्त छन् मितेरी साँधुहरु ए ! के भईरहेछ प्लाजा डि टोरोसतिर

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर

~मेख ब थापा~ वास्तबमा भनौ भने स्वार्थि बस्ने शहर अरुलाई मारि–मारि इच्छा पुरा गर्ने शहर

Posted in कविता | Tagged | Leave a comment

ब्यङ्ग्य छोक : म र देश

~चट्याङ मास्टर~ मेरो देश मरे पनि मेरो पार्टी बाँची रहोस्, मेरो पार्टी मरे पनि मेरो गुट बाँची रहोस्, मेरो गुट मरे पनि मेरा नातागोता बाँची रहून्,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कबिता : झरेको देखें मैले

~प्रतिमा के.सी~ प्रकृतिका फुल पनि फुल्दा फुल्दै झरेको देखें मैले चाहे पनि अजम्बरी अल्पायु मै मरेको देखें मैले दुखद दृश्य के देखेथें भावविभोर भए म पनि हाँस्य कलाकारले सबेरै आँसु छरेको देखें मैले

Posted in कविता | Tagged | Leave a comment

कविता : रोर्इ रहेछ जापान

~निरेल खरेल ‘बिमली’~ प्रकृतिको निर्मम लाठी, तिमी माथी ढाल्यो, कस्तो कर्म गरयौ जापान यस्तो भोग्नु परयो ।। भीर पाखा सबै सोहोरी, रिक्तो बनार्इ दियो,, हाँसो खोसी अँ।शुको, त्यहाँ भेल बगार्इ गयो ।।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हुन्छ क्या हुन्छ

~चट्याङ मास्टर~ यसो गर्नु हुँदैन, उसो गर्नु हुँदैन भन्छन् नि भन्नलाई यताउति हेर न भाइ, हुन्छ क्या हुन्छ भ्रष्टाचार गर्नु हुँदैन, अन्याय गर्नु हुँदैन, भन्छन् नि भन्नलाई ठुला बडा भनाउँदाको चाला हेर, हुन्छ क्या हुन्छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सूची

~सरुभक्त~ सिकारी हावाः प्यारापिटमा उभिएका जुलुशहरु किचकवधका पूनरावृत्तिहरु हेर्दैछन् खरायो वर्षभरि सफाया अभियान चलेको छ वेलुनको पृथ्वी स्लोथगतिमा घुमेको छ हामी कृषकामा आत्माहरु चमेरा फल्ने रुखहरु मन्तिर चिडियाखानामा खैनीखाने वाघहरु हेर्दैछौं

Posted in कविता | Tagged | Leave a comment

कविता : परजीवी आतंक र देश

~सरुभक्त~ आप्तकामः जीवनका कार्निवलहरु पदार्थहरुको सम्वेदनामा घडीको सुई रोपिएर उल्कापातका “ऋत” जन्मन्छन् अन्धो इतिहास धृतराष्ट्रहरु जन्माउँछ कार्निभोर – वहुला मान्छेका डायरीहरुमा श्रापित पदचिन्हः पातलो हावाका उच्चताहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडाका याम हरू

~सरुभक्त~ मायामन्दिर ढुङ्गाका मनहरु रोएर हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं जिन्दगीका त्रासदीगाथाहरुमा नरभक्षीहरुको अवतरण छ पीडाका यामहरु टेकेर भगुवा विश्वासहरु ज्वालामुखी पर्वततिर लागे जाउँ, वसाईं सरौं अन्तरिक्षतिर अहिले नेपालमा बस्नु ठीक छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : आंफुलाई नेपाली ठान्छौ भने नेपाली भएर जिउन सिक

~सन्तोष कोइराला~ माथी T-Shirt र मुनि जिन्सको पैन्ट लगाई जब बिदेशी भूमि मा हिंढ्छौ तिमी आंफुलाई सके सम्म तिनीहरुकै पारा मा ढाल्न खोज्छौ दाल भात छोडी तिमी अब पिज्जा बर्गर मा दिन बिताउँछौ बिदेशी नागरिकतामानै तिमीले आफ्नो शान पाउँछौ अहिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम

~दुर्गा खनाल~ शव्दहरु छोटिदैछन, छैन आज यहा सरम सिया जस्ता शव्द लेख्न समाए मेरो कलम ।। लेख्नु थियो लेखहरु, सम्झनाका बगैचाबाट मुटु घोच्ने काडाहरुमाझ समाएर पुरानु कलम ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ कवि हुन रमाउँछ

~चण्डी सुवेदी~ महाकवि देवकोटा लक्ष्मी पूजामा जन्मेर पनि लक्ष्मीले कहिल्यै साथ दिइनन्। कवि बनेर ज्यान पाल्नु देवकोटालाई एकादेशको कथा भयो।

Posted in कविता | Tagged | Leave a comment

कविता : नलेखिएको एउटा कविता

~तारा पराजुली~ बाँधेर कठोर साङलोले लिन आइपुग्छ अतित प्रेमको आदिम चौतारीमा जहाँबाट लगभग अन्तिम पटक छुटिएका थियौँ हामी । उस्तै छैन आज म भिजेको छ जीवनमा किताव ओसिएका छन् हावामा तिम्रा हरेक खवरकागजहरू न त छन् हिजोकाझैँ लाग्ने दिग्गज दिवसहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कविता ..

~जुनिता सुब्बा~ यो कविता मेरो हैन ! बुझेर पढ भनेर म भन्दिन !! कसरि लेख्नु पर्छ कविता त्यो नलेखिएको पनि हून सक्छ मैले बुझेर लेख्नु पर्छ पनि म भन्दिन !! म सानो छदा,

Posted in कविता | Tagged | Leave a comment

कविता : बिना…..

~जुनिता सुब्बा~ बिना जराको रुखमा पानी हालेर बहिरोलाई आवाजको गाली हालेर के रुख हरियो हुन्छ र ? के बहिरोले आवाज सुन्छ र ? फुलको सुगन्धलाई काट्न खोज्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिहार

~बिजु सुवेदी ‘विजय’~ के ? यो दिदिबाट भाईले आशीर्वाद लिने चाड हो ? दिदिले भाइलाई मात्रै होइन हरेक ठूला व्यक्तिले आफूभन्दा साना व्यक्तिलाई भित्री हृदयदेखि एक दिन मात्र किन सधैं आशिर्वाद दिनुपर्छ । यत्तिले मात्रै कहाँ पुग्छ र अभिभावककै भूमिका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्को जन्ममा म देवता हुन्छु

~हरिवंश आचार्य~ अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु तिमीहरुको चिना म आँफै लेख्छु, भएजति दशा तिमीहरूलाई खनाउछु सानो छँदै टुहुरो बनाउँछु, जन्मस्थलबाट उठीबास लगाउँछु मेरो मन्दिर घुम्न लगाउँछु , भजन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : खाली बोतल, पुराना कागज

~चट्याङ मास्टर~ मेरो शहरमा हरेक दिन, एक साइकलवाला आउँछ, खाली बोतल, पुराना कागज, किन्न बोल लगाउँछ । हिजो साँझसम्म, मेरो घरमा बोतल भरि थियो, म खाली थिएँ, अनि रात पर्यो, म भरि भएँ, बोतल खाली भयो । फेरि बिहान भयो, … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमीबाट खोज्दिन बाँकी अरु

~परदीप भटराई~ यदि तिमीले पिलाएको एकै थोपा पानीले कतै मेरो जीवन बाँच्छ भने पनि म मृत्यु सजिलै

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रम !

~जीवित खड्का मगर~ यस धर्तीमा (म पनि) डाँडामाथिको घामजस्तो भएर आएको हुँ सन्ध्यापछि घाम डाँडाबाट हराउनेछ ! प्रकृति र घामको प्रेम हेर जून र ताराहरूको मिलन हेर मैले मृत्यु भोग्नुअघि यो धर्तीमा तिमिसंग यस्तै प्रेम माग्न आएको छु ! यहाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी आएकी थियौ

~रबिन दर्लामी मगर~ तिमी आएकी थियौ… त्यतिखेर मलाई जिन्दगी ले ओरालो झारीरहेको थियो मृग ले हरिण लाई खेदेको जसरी ओरालै ओरालो भाग्दै थिएं तिमी ठ्याक्क आयौ! म टक्क रोकिएँ… म पछारिंदै थें, लड्दै थें हात दियौ मलाई उठायौ फेरी लड्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अमर छौ लखन !

~व्याकुल माइला~ अस्ति नेपालगन्जतर्फ जाँदा बुटबलको चौराहाचोकमा मगराती माया, स्नेह, सम्मान र पसिनाले उभिएको तिम्रो सजीव शालिक देखें ! गुडिरहेको गाडीभित्रैबाट एकटक हेरिरहें श्रद्धाले र, एकाकार भएँ | सामान्य-ज्ञानका हरफमा उहिले पढेको थिएँ तिमीलाई- ‘प्रथम सहिद लखन थापा हो’ भनेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दिशाहीन गन्तव्य

~शरद निरोला~ अचेल निकै दिन भयो विरक्तिले ग्वाम्लाङ्ग छोपेको छ शरीरका प्रत्येक स्नायूहरु स्पन्दनहीन भएर लोलाएका छन् यस्तो लाग्छ मानौ मस्तिष्कमा केवल शून्यताको मात्र वास छ । पाईला टेकेदेखि यस नौलौ धरतीमा जिवनले सुस्केरा हाल्न बिसर्िसकेको छ विवशताको उच्छ्वासभित्र अभिशप्त … Continue reading

Posted in कविता | Tagged | Leave a comment