Tag Archives: kabita

कविता : बिहानको आकाशलाई

~लक्ष्मी प्रसाद देवकोटा~ क. आकाश ! तँ लुकी पालिरहेछस् आफू खाने केवल अँध्यारो ! ए चोरीको ए रे अँध्यारो ! बिक्रीको, हुँडारहरुको उल्लूकहरुको षड्यन्त्रीको दुःस्वपनीको, निशाचरको, निर्भीकताको साम्राज्य ! ठुक्री, टुक्री, टुक्री जा फुस्री, धुस्री, बिलाई जा जा खण्डहरको बाटो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको कविता

~क्षेत्र प्रताप अधिकारी~ मलाई थाहा थियो तिमीलाई फूलको कविता मन पर्छ मलाई थाहा थिएन रगतको पोखरीमा उभिएर कसरी कविता लेखिन्छ ! अनि, मलाई थाहा थियो- तिमीलाई परेवा घुरेको प्रशान्त प्रेमको कविता मन पर्छ तर मलाई थाहा थिएन

Posted in कविता | Tagged | Leave a comment

कविता : गिद्दहरु

~चन्द्र गुरुङ~ आजभोली, मेरो देशको आकाशमाथि लालच र पदलोलुपताका दुइ पखेटाहरु फिंजाई निर्दयी गिद्दहरु फेरी विचरण गर्न थालेका छन् जसका तीक्ष्ण लोभी नजरले प्रत्येक अवसररुपी चल्लालाई देख्न सक्छन् टाढैबाट चिन्न सक्छन् र मौका पाउन साथ झम्टिन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ए शहीद भन तिमीले के पायौ ?

~अर्पन तमाङ~ छाती थापी गोली खायौ गर्धन काटी रगत दियौ ए शहीद , भन तिमीले के पायौ ? स्वत्रन्तता को लडाईं लड्यौ समान्त को सङ्ग्राम गर्यौ खुला आकास को कल्पना गर्यौ

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : बुझिदेउ मेरो मर्म

~मन्जील दिप सुब्बा ‘गरिब’~ मन भरि आशा बोकि कल्पि बस्छु मुटू भरि माया साचि अझै बाच्छु तिम्रो आगमनको सुनाउलो बिहानी मा! बशन्तको बहार् बनि छाई दिन्छु आशाहरु जलन् भएर किनार् खोज्दै बगे भने प्रीतहरु खरानी भएर बतासिन्दै उडे भने

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : पुरुषबाद ढाल्ने तयारी

~प्रकाश सुनुवार ‘निराकार’~ भुकम्पले पुरुषहरुको प्रतिनिधित्व गरिरहेको धरहराहरु अनि अग्ला पर्खालहरु लगातार भत्काइरहेको छ । धरहरा ढल्यो पर्खालहरु ढल्ने क्रम जारी छ भग्नावषेश मुनि नारी र पुरुष दुवै थिचिए

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो चाहना

~कृष्णभक्त श्रेष्ठ~ यतिन्जेल होहल्ला केही नगरी सहज, सरल र स्वाभिमानी रूपमा जे जसरी मैले जीवन यापन गरेको छु त्यसरी नै एक सामान्य दिन कसैले चालै नपाउने गरी सुटुक्क हराउन चाहन्छु म

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी अब भन्न सक्छे……

~कुन्दन काफ्ले~ महिला हिंसाको अन्त्य गर्न अगाडि जो आउँछन् । मानवता र सुशासनका हकदार कहलाउँछन् । हिंसाले महिला–पुरुष भनेर त भन्दैन । तर महिला अधिकांस पीडा आफ्नो लुकाउँछन् । आधा आकाश ढाक्ने हे शक्तिका परिचायक, तिमीलाई समाजले कहिले सम्म कजाउँछ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काउकुति माया

~गोपालप्रसाद पौडेल~ हेर्दाहेर्दै बिछट्टैको प्रेम बस्दोरहेछ आँखाले आँखा नियाल्दोरहेछ मुटुमुटु बोल्दारहेछन् अनि कस्तो कस्तो चिसो चिसो तातो तातो कता कता मन्द

Posted in कविता | Tagged | Leave a comment

कविता : युग बोल्छ

~निश्चल काउचा~ मस्तिष्क भरि योनीको स्केच कोरेर सुकोमल स्तन सुमसुमाएको सपना देख्दै स्खलित हुनेहरू बेमौसमी रासलिला मच्चाउदै ट्वार ट्वार गर्दैमा ए भ्यागुताहरू हो अब , यहाँ बर्षा हुदैन । तिमीहरूको खबरदारीले

Posted in कविता | Tagged | Leave a comment

कविता : रंग र हामी

~छविलाल कोपिला~ अचेल, मेरा नयनका अदूर पर्दाभरि पोतिएका छन् रंगी–विरंगी वैचारिक रंगहरु हरियो, बैजनी, रातो अनि के–के हो के–के । हरेक बिहान निस्कन्छन् विकासका नारा लिएर सानेपाका हरियो जुलुसहरु, बल्खुका बैजनी किरणहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तित्व

~भिम बहादुर थापा~ हजारान् यात्री थरीथरी मान्छेहरु बहुरङ्गी सपनाको तीर्थस्थल घनघोर व्यस्तता अविराम कोलाहल, उफ् हराभरा, चम्किलो

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको शब्द!

~नबराज घिमिरे~ बाबा !! अन्जान बालापनमा, अनायास लुटिएको, प्यारो शब्द। जीवनका उकाली ओरालिहरुमा सङ्हर्सका दौरानहरुमा, सुस्केरामा आइरहेको थियो। ग्लानी,पस्चाताप र अभावमा रुदै सम्झदै,फेरि रुदै भावनामा डुब्ने गर्थें ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एक खिल्ली सिगरेट

~बिना थिङ तामाङ~ एक खिल्ली सिगरेट जसलाई तिमी बडो तन्मयका साथ ओठले स्पर्श गर्छौ र प्रेमको काँटी सल्काउँछौ म सिङ्गो सिगरेट मेरो सिङ्गो अस्तित्व थियो अब विस्तारै म खण्डित हुन्छु म तिम्रो आशक्तीमा आकारबिहिन धुवाँ धुवाँ बनिदिन्छु

Posted in कविता | Tagged | Leave a comment

छोक : देश हाँक्ने चैँ कैले

~राजेन्द्र थापा~ गफ त खुबै हाँक्दै हुनुहुन्छ देश हाँक्ने चैँ कैले नि आमूल परिवर्तन भन्नुहुन्छ सिन्का भाँच्ने चैँ कैले नि

Posted in कविता | Tagged | Leave a comment

कविता : सुरभित तिमी

~नीराजन थापा ‘शिरीष’~ म अकिञ्चन* म नादान* असमर्थ छु म सुन्दरताको तिम्रो गर्नलाई बख्यान । ख्वै ढाँटेर वा साँच्चिकै पौडिदै नयनहरुमा आफ्ना प्रियतमाका

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवासकाे चित्कार

~बिमला शर्मा ढुङ्गाना~ प्रिय तिम्रा ती यादहरु मेरो मनको बाटो हुँदै समुन्द्री छाल सरि उर्लिदै मेरा यी नयन सम्म आएर आँशु बनेर पोखिन्छन्। र… दिनमा सुर्यको किरणले सुक्दछन त रातमा सिरानी सम्म भिजाउछन् निथ्रुक्क हुनेगरी अनि न, यी ठुला महलहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो नामको बैंस

~बिमला ढुंगाना~ एक हाते फरिया र एक बित्ते चोली भित्र लपेटिएको तिम्रो नामको बैंस स्वप्निल संसारको भुँइचालोबाट क्षत-बिक्षत भई इमान्दारीको धरहरालाई बाध्यताले टुक्रा टुक्रा पारि ढालेको छ तर पनि मन भने धुजाहरु बटुलेर सिउंन खोज्दै छ |

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना बेचेर कान्छा बा

~केडी रेम्नीसीङ~ सपना बेचेर सपना किन्न हिँडेको कान्छो, निरन्तर यसरी नै, बर्षौंदेखि किन्दो छ सपना भारीसँगै, बेच्दो छ सपना भारीसँगै, हरियो जिरी जुत्ता कहिले खाली खुट्टा पाँच हजारको उचाइमा नहिँडे त कुइरेको भारीसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासलाई साक्षी राखेर

~राज आशातीत~ चिसो चुल्हो .. बाउले मन पराइदेकी जहान अनि गोडा चारेक छिचिमिरा! स्याउलाले बारेको महलमा आकासको छानामुनी असरल्ल छाडेर… झण्डै हजार सुर्यहरुको उदय अनि अस्त पश्चात

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो माईती गाउँ

~सावित्री सिलवाल सापकोटा~ सिराईचुलीको काखमा छ मेरो सुन्दर शान्त गाउँ शक्तिखोरकी छोरी हुँ म मेरो सावित्री हो नाउँ चारैतिर डाँडाकाँडा बीचमा अवस्थित छ गाउँ स्वर्गकै एकटुक्रा खसे झैँ नै लाग्छ नि त्यो ठाउँ

Posted in कविता | Tagged | Leave a comment

छोक : धर्म

~सुको साइबर~ दिनभरि ठेला ठेलेर कमाएको रूपैयाँ चोरिएपछि साँझमा बालबच्चा जहान परिवारको

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खिन्छ रे भनिदिनु जुनि-जुनि लाई

~अर्पन तमाङ~ पर्खिन्छ रे भनिदिनु जुनि-जुनि लाई सञ्चै छ रे सुनाईदिनु मेरी उनि लाई झल्को आउँछ उकाली र अनि ओरलीको बिर्स्या छैन भनि दिनु भाकल देउरालीको

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेतमा चतना

~गोपालप्रसाद पौडेल~ छैन भरोसा यो जिवनको अंधकार व्याप्त वरीपरी रोग चाहिन्न मरणलाई जिवन आफै रोगभरी दृष्टि मात्र आडम्वर हो काफी घमण्ड गर्नलाई रोग चाहिन्न मरणलाई अनि महारोग सर्नलाई । मेरो मात्र जिवन अमूल्य कहाँको हो स्वार्थ यो भन्ने लाग्थ्यो मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हावा बनी

~दिलिप योन्जन~ हावा बनी छोउ की तिम्लाई झरी बनी भिजाउ तिमी बसेउ मुटु माँझ मन कसरी बुझाउ। लुकु-लुकु जस्तो लाग्छ फर फराउने केसमा चुमु चुमु जस्तो भाछ गुलाबी त्यो ओठमा।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो आगमन

~मणिराज सिंह~ अनन्त उकाली ओराली गर्दैै एक–एक पाइला सार्दै तिमी आएका छौ तात्तातो घाम र एकमुठी आश बोकेर गलाभरि विषालु सर्पको माला लाएर विश्वासको बिहानी देखाउँदै सम्पूर्ण आरम्भहरू पोखेर अनुरागका विम्वहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो रुमाल

~बिस्नु प्रवा सापकोटा~ म सँगएउटा रातो रुमाल थियो मेरो थोत्रो आस्कोटको खल्तीमा पसिनाको गन्ध सुँघेर रमाउथ्यो म किसानको एउटै सारथी एउटै सपना एउटै साहारा एउटै आशा त्यै रातो रुमाल थियो .

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाड सकिए पछि

~कृष्ण प्रसाई~ यदि तिमी, कसैको फकाइमा लागेर हिडिरहेकी छ्यौ भने, पहाड सकिए पछि, तिमीले बुझनु, तिमी कसैबाट वेचिदैछौ । वा- कुनै वहकाइमा परेर , नायिका हुने सपना देखिरहेकी छ्यौ भनेे-

Posted in कविता | Tagged | Leave a comment

कविता : रत्नपार्क

~योगेन्द्र रिजाल~ एउटा मान्छे, रत्नपार्कतिर छाता किन्छ-समय ओढ्छ । घडी किन्छ-समय हेर्छ । किताब किन्छ-समय पढ्छ । चस्मा किन्छ र देख्छ समय- निलो,पहेंलो,कालो,रातो……… व्यस्त फुटपाथको एउटा कुनामा, अक्टोपस-ज्योतिषले हात हेर्यो,

Posted in कविता | Tagged | Leave a comment

कविता : बम

~डिल्ली मल्ल~ अचेल साँझ नपर्दै पड्किन थाल्छन् सहर छेऊमै “बहिस्कारवादी सकेट बम”हरु र, तर्साउन खोज्छन् ब्यालेट बक्सहरुलाई तर, किन–किन मलाई बम पड्किदा पनि रमाइलै लाग्छ । अचेल हरेक बिहान

Posted in कविता | Tagged | Leave a comment

कविता : धन्य हो लोकतन्त्र

~हुसैन खाँ~ यताउता जतासुकै कुरा चल्यो फसादको कि अन्ध भो स्वदेश यो हुरी चल्यो विषादको चुसेर रक्त दीनको मजा लिने मनुष्य हो मनुष्यलाइ विश्वमा सताउने मनुष्य हो (१) सभा भयो कठैबरा ! कराउने- तताउने बढ्यो स्वभाव दानवी दबाउने- सताउने

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको अनुहार

~कुमार आले~ समयको अनुहार खस्न नपाउंदै अनुहार सम्हाल्न विचारको खेती उमारेर एउटै खलामा अन्त्यहीन छलफलको सामना गर्न आऊ ए ! दाइ साइलाहरु!

Posted in कविता | Tagged | Leave a comment