Tag Archives: गोपीकृष्ण ढुंगाना ‘पथिक’ – Gopikrishna Dhungana ‘Pathik’

गजल : एउटा पुल बाँध्न पाए

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ बस्तीदेखि बस्तीसम्म एउटा पुल बाँध्न पाए, मनदेखि मनसम्म मितेरी धुन साँध्न पाए। बुद्ध फेरी जन्मन्थे कि बम र बारूद लुकाएर, भूलदेखि फूलसम्म संसार सारा साँच्न पाए।

Posted in गजल | Tagged | Leave a comment

गजल : अचेल गजल नलेखेको

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ धेरै भयो मैले अचेल गजल नलेखेको त्यति नै दिन भयो सायद तिम्लाई नदेखेको । बात भन्नु मात भन्नु तिमी नै पो हौ कि वर्षौंजस्तो लाग्छ किन दिन नभेटेको ।

Posted in गजल | Tagged | Leave a comment

गजल : पुल बाँध्न पाए

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ मनदेखि मनसम्म एउटा पुल बाँध्न पाए बत्तीदेखि बस्तीसम्म मितेरी धुन साँध्न पाए । बुद्ध फेरि जन्मिन्थे कि बम र बारुद लुकाएर, भुलदेखि फूलसम्म संसार सारा साँच्न पाए ।

Posted in गजल | Tagged | Leave a comment

कविता : उनको पोखरा…

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ प्र्रकृतिका छटाहरुबीच अन्नपूर्ण र माछापुच्छ्रेको काखमा रमाउंदै चारैतर्फ पहरेदारहरु राखेर मेरो स्वागतार्थ छाती थापेर हषिर्त मुद्रामा मुस्कुराउछ – उनको पोखरा । मुटुको माझमा तालबाराही च्यापेर हरिया अनि चिल्ला रेशमहरु परिरिएर

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो मन

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ तिम्रो मन कस्तो कस्तो छैन मेरो जस्तो, यस्तो लाग्छ बजारमा भए साह्रै सस्तो । मुस्कान छोड्न नपाउदै छुटाउथ्यौ हासो, लठि्ठएछु हासो बन्यो जीवनको पासो ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : कुनैपनि पोलाइले

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ नदुख्ने भो अब मलाई कुनैपनि पोलाइले, नथाम्ने भो कम्पन मेरो कुनैपनि छोपाइले । कल्पनाको संसारमा चन्द्रमा नै सम्झेपछि, नबुझ्ने भो चित मेरो कुनैपनि सोचाइले ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : गौरादह गाउँमा

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ मेची अञ्चल झापा जिल्ला गौरादह गाउँमा, यो मन सधैं पुगुँ भन्छ उडी आफ्नै ठाउँमा ।। खोलानाला हरियाली बगैंचा र ताल यी, अंगाल्या’छ प्रकृतिलाई अडिग राख्छौं भाउमा ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : बाँच्न जानेदेखि…

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ बाँच्न जानेदेखि खेल रै’छ जीवन, नत्र चिसो छिँडी जेल रै’छ जीवन । नाँच्नै नजाने नि ईश्वर दाइना भए, मज्जाले पाकेको बेल रै’छ जीवन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : किन मान्छौ डर ?

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ जन्मेपछि मर्नैपर्छ किन मान्छौ डर ? ‘स्वार्थी’ बुझी दुनियाँको किन पर्छौ भर ? अघाउञ्जेल खाऊ किसान, बाँकीमात्र बेच अरुलाई नै पोस्ने भए आफू भोकै पर ।

Posted in गजल | Tagged | Leave a comment

गजल : म पनि बोलि

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ बोलिनौ तिमी र म पनि बोलिन, कस्यौ झन त्यो गाँठो र मन यो खोलिन | छचल्किदै थियो शब्दको सागर, पाएन किनारा र मुटु घोलिन |

Posted in गजल | Tagged | Leave a comment

गजल : मन हरेर लेख्यौ

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ लेख्नु’थ्यो लेख्यौ, सबको मन हरेर लेख्यौ, दाम आउँछ जान्छ, नामका लागि मरेर लेख्यौ । धन्य छ तिम्रो मन, मुटु अनि धमनी, साहूलाई कूत, बुझाउन पाथी भरेर लेख्यौ ।

Posted in गजल | Tagged | Leave a comment

लेख : बोलीमै वाङ्मय

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ साहित्यको संसार छुट्टै हुन्छ। कसैको यसले मनै हर्छ तर कसैले यसलाई एक रत्ति मन पराउँदैनन्। कृति निकालेरमात्र कुनै पनि साहित्य आमपाठकमाझ पुग्छ भन्ने छैन। त्यसलाई आमपाठकसम्म पुयाउनु छ भने आमसञ्चार माध्यमको सहारा लिनैपर्छ। चाहे त्यो छापा होस् … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गीत : झुम्के चुरा…

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ झुम्के चुरा बजाउदै अलिकति लजाउदै आए म त तिम्रा सामू सानो संसार सजाउदै । चोरीदेउ लुकाइदेउ षोडसी यो जोवन तिम्रै आशमा धरमरिदै बांचेको चोखो मन । तिम्रै लागि टिपी हेर आकाशको जून पनि चाहिदैन बरु मलाई एक … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

नियात्रा : मन्थली, मकैको खेती र स्रस्टा जमघट

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ पुगेकै साँझ थाहा भयो, रामेछापको मुहार एक्लो प्रयासले फेरिएको रहेछ । सुनेर होइन, देखेपछि पत्याउन करै लाग्यो । रामेछापका बस्तीबस्ती पुगेर सरकारले त्यहाँको जीवनस्तर सुधारेको होइन रहेछ, झन्डै तीन दसक निरन्तर समर्पित भएर लागेका रामेछाम मन्थलीका जगदीश घिमिरेले … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

हास्य गजल : ए प्रिय सुन

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ ए प्रिय सुन, कहाँ छ नुन ? ल्याइदेउन, प्याज, लसुन |

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल एकाङ्की : कारको कल्पना

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ (सहरको एउटा एकतले घर छ । भान्छा कोठामा आमा साँझपख खाना पकाइरहेकी हुन्छिन् । पाँच वर्षीय छोरी सबिना टेबलमा गृहकार्य गरिरहेकी छन् अनि उसको दाजु सात वर्षीय सबिन कुर्सीमा बसेर रित्तो सिलिन्डरको रिङ्ग घुमाइरहेको छ । रिङ्ग … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

भलाकुसारी : छन्दमा लेख्न रहर भएर मात्रै हुँदैन – रमेश खकुरेल

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ (कवि रमेश खकुरेल नेपाली छन्दवादी कविता लेखनको क्षेत्रमा सम्मानित नाम हो । अचेल छन्दमा कविता लेख्ने कविहरूको सङ्ख्या र उपस्थिति त्यतिविघ्न उत्साहप्रद देखिँदैन । ‘विश्व साहित्यमा सबै छन्द प्रयोग गरिएर कविता लेखिएको छैन, त्यस दृष्टिले हामी छन्दवादी … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

पुस्तक समीक्षा : कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको वर्णन

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ विदेश, विदेश, विदेश । अर्थात् मनी, मनी, मनी । पञ्जाब होसियारपुरका पाजीहरूपछि हातखुट्टा नै फ्याँकेर विदेश दौड्नेमा हामी नेपालीहरू दोस्रोमा पर्दछौं क्यारे । पढेर १८० डिग्री लिएका हुन् कि शून्य डिग्रीसम्मका, सबैलाई विदेशै प्यारो । भलै घरको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : छातिभरि दुख्छ देश

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ मुस्कान छर्न खोजे पनि छातिभरि दुख्छ देश, सुसाउँदा नि सूल बनी छातिभरि दुख्छ देश । हँसाउने खोज्नुपर्छ, रुवाउने जताततै, सताउने हुँदा धनी छातिभरि दुख्छ देश ।

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : कमिलाको डाक्टर

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ बिहानको ९ बज्यो । रियाज सधैंझैं घरको पेटीमा बसेर स्कूलबस कुरिरहेको थियो । रियाजसित उसका बाबा पनि हुनुहन्थ्यो । रियाज यताउति हेर्दै थियो । त्यहाँ उसले कमिलाको ताँती देख्यो । त्यही बेला कमिला कहिले रियाजको खुट्टामा त … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : जस्केलो मै ल्याएको छु

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ जस्केलो मै ल्याएको छु एक अञ्जुली माया सजाइदेउ बिन्ती हजुर राखी मलाई दया । शंका गरे संसार शुन्य सापटी लेउ मन सिउरीदेउ बेली फूलझैं सिरुपाते तन,

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : भोको राक्षस

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ ‘अब म तिमीहरुलाई खान्छु’, लामो कपाल, दाह्री र दाह्रा भएको अग्लो मोटो राक्षस छेवैमा आएर गर्जियो। चउरको कुनामा बसेर खाजा खाइरहेका रमेश, नरेश, स्तुति र स्मृति डराए, अतालिए र रुन थाले। बस्तीभन्दा केही परको सरस्वती प्राथमिक विद्यालय … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : नेपाल चिहाइरहेछ दार्जिलिङ

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ अधरमा प्रकृति मुस्कान साचेर टाइगर हिलबाट सूर्योदय स्वागतमा रम्दै, अंगप्रत्यंगमा चियाका बुट्यानहरुमा अनि शान्त अनुहारमा निर्दोषपन बटुल्दै नेपाल चिहाइरहेछ दार्जिलिङ । देखिन्न दाग कतै, संवेदनशील तर स्नीग्ध

Posted in कविता | Tagged | Leave a comment

गजल : मुस्कान खोलिन् उनले

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ त्यति लामो यात्राभरि न एक शब्द बोलिन् उनले, अधरभरि संगालेको न त्यो मुस्कान खोलिन् उनले । यौवनको बगैंचामा बैंश फुले’थ्यो ढकमक्क, फूलैफूलको बास्नाभित्र कसलाई राख्या होलिन् उनले ।

Posted in गजल | Tagged | Leave a comment