गजल : बाँच्न जानेदेखि…

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

बाँच्न जानेदेखि खेल रै’छ जीवन,
नत्र चिसो छिँडी जेल रै’छ जीवन ।

नाँच्नै नजाने नि ईश्वर दाइना भए,
मज्जाले पाकेको बेल रै’छ जीवन ।

ढंगले नाँचे नि भागमै नभए,
चढ्न लाग्दा छुटेको रेल रै’छ जीवन ।

संसारै अचम्म हुनेकै सबैथोक,
रित्तो भए आँसुको भेल रै’छ जीवन ।

जन्माउने प्रभु मार्ने पनि उनै,
सृष्टिको अचम्म मेल रै’छ जीवन ।

gopiji2065@gmail.com
काव्यकुञ्ज, गठ्ठाघर, भक्तपुर

(स्रोत : काव्यकुञ्ज डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.