Tag Archives: Gazal

गजल : एउटै कुरा पाइनँ मैले

~शिव वियोगी चौलागाईं~ जिन्दगीमा धेरै पाएँ एउटै कुरा पाइनँ मैले आकाशको तारा दिन्छु वाचा कसम खाइनँ मैले आँसु देख्दा दुखेकै हुँ, मनभित्र लुकेकै हुँ तिर्मै रूप यस्तो- उस्तो कहिल्यै गाइनँ मैले

Posted in गजल | Tagged | Leave a comment

गजल : मैले साथ पाए

~एन पी भावी~ मध्येरात एकान्तमा जुनको मैले साथ पाए पीडाबीच टहलिदा उनको मैले साथ पाए । समाजको पर्दाबीच ऐना मैले हेर्दै गर्दा बेकम्मा रास भित्र घुनको मैले साथ पाए ।

Posted in गजल | Tagged | Leave a comment

गजल : माफ गर है

~नविन आचार्य ‘लेटांगे’~ अन्जानैमा तिम्रो चित्त, दुखाएँ भने माफ गर है ति नयनमा अश्रुधारा , छुटाएँ भने माफ गर है कै’ले काँही आँफैलाईनी, छल्नु पर्दो रै’छ सानु बाध्यतामा केहि कुरा, लुकाएँ भने माफ गर है

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरी आमा

~अभागी कान्छा गाउँले~ मेरो मुटु भनि फोटो, छुदै छिन् कि मेरी आमा ! सम्झिएर हिजो आज, रुदै छिन् कि मेरी आमा !! कति दु:ख खेप्दै होलिन्, बेहिसीमा कैले-कैले सम्झी-सम्झी मुर्छा पनि, हुदै छिन् कि मेरी आमा !!

Posted in गजल | Tagged | Leave a comment

गजल : चुम्न पाए हुन्थ्यो

~दिपेन्द्र खड्का~ बास्ना रुपी तिम्रो अधर चुम्न पाए हुन्थ्यो तिम्रो नयनको वरीपरि घुम्न पाए हुन्थ्यो लैबरीको भाका अनि झ्याउरे लोक गीतमा दौरा सुरुवाल टोपी लगाई झुम्न पाए हुन्थ्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : भुक्नु हुन्न साथी

~कृष्ण पौड्याल~ गल्ती गर्दैमा भुक्नु हुन्न साथी। चुमेर शँख फुक्नु हुन्न साथी॥ दोषिले भुल स्विकार्छ भने यदी। सच्चाउनु पर्छ हुक्नु हुन्न साथी॥

Posted in गजल | Tagged | Leave a comment

गजल : मसित रात, बिताई हेर !

~मबि सिंह~ केही त होला, चिताई हेर ! मसित रात, बिताई हेर ! भेटछौ हरा’को, तिम्रो आक्रिती मसँग आँखा, जुधाई हेर !

Posted in गजल | Tagged | Leave a comment

गजल : अचानक हराएपछि

~वियोगी बुढाथोकी~ हिँड्दै गरेको बाटो अचानक हराएपछि चोर भागेकोछ छिमेकी कराएपछि भुक्न छाड्दैन टोक्न पनि बेर लाउँदैन कुकुरदेिख मानिस आफैँ डराएपछि

Posted in गजल | Tagged | Leave a comment

गजल : फालेको मान्छे म त

~भोला सिवाकोटी ‘पुरानाघरे’~ गुटबन्दीले सिमा कटार्इ फालेको मान्छे म त किच्ला भनी डराएर ढालेको मान्छे म त लडेका छन मुर्दाहरू इतिहासको आयाै सुती इतिहासले पाइला नयाँ चालेको मान्छे म त

Posted in गजल | Tagged | Leave a comment

गजल : हात थमाए जस्तो

~मसान उपासक~ प्रेम भए जस्ताे हात थमाए जस्तो के हुदैछ यहाँ बित्थामा रमाए जस्तो चिच्याएछु तिमी साथ छाै भनेर चिच्याएछु लाग्दाे हाे यी रुखलाई पनि बर्बराए जस्तो

Posted in गजल | Tagged | Leave a comment

गजल : जून खोज दुखी

~क्षेत्र प्रताप अधिकारी~ अँधेरोमा एउटा जून खोज दुखी अलिनोमा थोरै नून खोज दुखी सामन्तहरू बैगुनी हुन्छन् बैगुनीमा कतै गुन खोज दुखी

Posted in गजल | Tagged | Leave a comment

गजल : काँश ख्वाइनेछ

~लोक राज भट्ट~ कुश ख्वाइनेछ ,अनी काँश ख्वाइनेछ, अब बाघलाइ बाँधेर ,घाँस ख्वाइनेछ। अर्थ मन्त्रालय मुर्दाबाद, नभने सम्म, गोबरको चट्नी बनाइ गरीबलाइ, गास ख्वाइनेछ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आसपासमै छु म

~मिथिला प्याकुरेल~ कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म । छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखा भरी कहाँ भेट्छौ मलाई, तिमीले फेर्ने हर सासमा छु म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : संझी कस्ले केर्दिन्छ र

~भिम बहादुर थापा~ आफ्नो व्याथा आफै लेख्छु, संझी कस्ले केर्दिन्छ र फूलैफूल् ले मेरो घर, सित्तै कस्ले घेर्दिन्छ र ** तागत् हुञ्जेल तपाईं भएँ, रागले सँधै रोजाई भएँ निभ्दै गा’छ ऐले आगो, मेरो कस्ले हेर्दिन्छ र

Posted in गजल | Tagged | Leave a comment

गजल : आगो भै बलौँ हामी

~आचार्य प्रभा~ अन्यायको बिरुद्द आगो भै बलौँ हामी देश यदी बँच्छ भने ज्वाला भै जलौँ हामी । सन्तान हौँ हामी सबै एउटै देश नेपालको आमा यदी हाँस्छिन् भने मैन झैँ गलौं हामी।

Posted in गजल | Tagged | Leave a comment

गजल : ज्यान बोक्छन मान्छे

~भुपेन्द्र महत~ गाँस खोज्न हत्केलामा ज्यान बोक्छन मान्छे भेडा भाख्रा सरी आफ्नो भाउ जोख्छन मान्छे आकाश छुनेको भिडमा छाना नपाका माथा भोकमा जकडी आफ्नै ओठ टोक्छन मान्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : जिन्दगी

~सन्तोष लामिछाने~ कैदीले भन्यो कहिल्यै नखुल्ने ताला हो जिन्दगी घाइतेले भन्यो ढाडमा रोप्या भाला हो जिन्दगी बुर्लुक्क उफ्रदै वयस्कले भन्यो भर्भराऊँदी युवतीको रातो गाला हो जिन्दगी

Posted in गजल | Tagged | Leave a comment

गजल : आशिष छ मेरो

~बिदुर अधिकारि~ जुग जुग बाँची रहु ,आशिष छ मेरो जन्म जन्म हाँसी रहु ,आशिष छ मेरो तिमीलाई काँडा बिझ्दा ,मलाई मात्र दुखोस् सधैं भरी हाँसी रहु ,आशिष छ मेरो

Posted in गजल | Tagged | Leave a comment

गजल : भरोसा, गर्नै हुन्न भन्छन्

~जय सिंह महरा~ कलीका पुत्र नारी भरोसा, गर्नै हुन्न भन्छन्, बिचैमा धोका हुने जंघार, तर्नै हुन्न भन्छन् । रुपको मदमा मग्न भई बहकिएर, खै किन प्रेम जालमा, पर्नै हुन्न भन्छन् ।

Posted in गजल | Tagged | Leave a comment

गजल : बान्न चाहान्छु

~कृष्ण पौड्याल~ शत्रुलाई कारघारमा बान्न चाहान्छु। साच्चिनै उस्लाई मैले हान्न चाहान्छु॥ झुठो आरोप पाँउदा खटी नसक्नु भो। दोषी कसरी ठहरायो जान्न चाहान्छु॥

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : जगाएर आएँ !

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ नयाँ जोस तनमा जगाएर आएँ ! असल सोच मनमा बनाएर आएँ ! कुसंस्कार ढाली हटाएँ अँध्यारो दियो चेतनाको जलाएर आएँ !

Posted in गजल | Tagged | Leave a comment

गजल : आँशु झार्दैमा हुन्न

~रामचन्द्र कार्की~ रोएर आँशु झार्दैमा हुन्न, आगो र पानी बार्दैमा हुन्न । सोचेर हेर गलत पो छ कि, बसाँइ मात्रै सार्दैमा हुन्न ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मुटु ढुकढुक हुन्छ

~शीतल कादम्बिनी~ देख्ने वित्तिकै मेरो मुटु ढुकढुक हुन्छ मसँग घाउ छ, तिमीसँग नुनचुक हुन्छ नखेल न मेरो मनसँग मनपरी तिमी नानी यो त, शिशा भन्दा पनि नाजुक हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो माया….

~ज्ञानेन्द्र स्थापित~ किन होला यस्तो माया, तिमि संग बस्न पुग्यो चालै नपाई मेरो मुटु, तिमि भित्र पस्न पुग्यो माया गर्नु हुन्न भन्थें, माया बाट भागी हिंड्थे कस्तो टुना तिमीले गर्यौ, तिमि संगै फस्न पुग्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : ध्यान कहाँ छ

~नरेन्द्रकुमार नगरकोटी~ यी मान्छेहरुको ध्यान कहाँ छ ज्ञान कहाँ छ, विज्ञान कहाँ छ किताब पढिरहेको बालकलाई सघाउने अभियान कहाँ छ

Posted in गजल | Tagged | Leave a comment

गजल : नहोस् कसैको

~ज्ञानुवाकर पौडेल~ बर्बाद घर नहोस् कसैको खरानी रहर नहोस् कसैको जुध्दैमा आँखा उसैसित घायल नजर नहोस् कसैको

Posted in गजल | Tagged | Leave a comment

गजल : समाजमा दरारहरू

~दिनेश घिमिरे~ अझै कति छन् समाजमा दरारहरू अझै कति छन् संस्कृतिमा अहङकारहरु छोराले आफ्नी आमा यसरी मरियो भन्दापनि खै काहाँ छन् ती मानव अधिकारहरू

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : र पो जिन्दगानी

~दिनेश श्रेष्ठ~ तिमी छ्यौ समीपै र पो जिन्दगानी रसाएर आए भुलेको जवानी हराए चटक्कै सबै पीर-बेथा बनाएर त्यो केशराशी सिरानी

Posted in गजल | Tagged | Leave a comment

गजल : हाम्रै हो

~अनिल बराल ‘गरीब चिराग अछुत’~ भावनाको वृतमा संसार सारा हाम्रै हो नेपाली आकाश भरी लाग्ने तारा हाम्रै हो | समताको परिधिमा को ठुलो को सानो पानी भर्ने सार्बजानिक कुवाघारा हाम्रै हो |

Posted in गजल | Tagged | Leave a comment

गजल : साली भए …

~एकु घिमिरे~ नाङ्लो भए केलाउँथे डालो के गर्नु र ? साली भए भेट्न आउँथे ,सालो के गर्नु र ?? ‘रातो राम्रो , गुलियो मिठो’ भन्ने उखानै छ सेतो भए पनि हुन्थ्यो , कालो के गर्नु र ??

Posted in गजल | Tagged | Leave a comment

गजल : भुल्न सकिनछौ

~गोबर्धन पूजा~ वर्षौसम्म तिम्ले पनि भुल्न सकिनछौ कांडालाई पन्छाएर फूल्न सकिनछौ अझै पनि प्रतीक्षामा रैछ प्रेम-झुला मेरो साथ बिना तिमी झुल्न सकिनछौ

Posted in गजल | Tagged | Leave a comment

गजल : सिमाना मेटिदै छ

~राकेश कार्की~ दुर्भाग्य सिमाना मेटिदै छ नेपालको गला रेटिदै छ नेपाली अनुहार हराउँदै छ विदेशी अनुहार भेटिदै छ

Posted in गजल | Tagged | Leave a comment