Tag Archives: दिनेश अधिकारी – Dinesh Adhikari

गीत : मान्छेलाई देखूँ

~दिनेश अधिकारी~ उकालीमा चढे पनि मान्छेलाई देखूँ झर्दा पनि ओरालीमा मान्छेलाई भेटूँ हँसाए नि, रुवाए नि, लगाए नि घाउ मान्छेभन्दा टाढा हजुर ! छैन जाने ठाउँ थोपाथोपा आँसुसँगै खसेको छ मान्छे देउताभन्दा नजिक भै बसेको छ मान्छे

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : युद्धविराम

~दिनेश अधिकारी~ युद्धविरामको घोषणापछि भूमिगत तिमी – जङ्गलबाट घर आएकी छ्यौ म- बिदा लिएर ब्यारेकबाट घर फर्केको छु चार बीस उमेर खाएकी आमा नकोरेको आफ्नै कपाल र, वर्षो नमाझेका दाँतजस्तै घर कुरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : ठूला मान्छेसँग सानो प्रश्न

~दिनेश अधिकारी~ तपाई ठूलो मान्छे बिहान बाथरुमुमा पस्दा मात्रै पत्रपत्रिका पढ्न भ्याउने हुनुभो स्लिप नपठाई अब भेट्न नसकिने हुनुभो हाई ! हाई !! जताततै प्रशंसैप्रशंसा पाउन थाल्नुभो स्वागतमा

Posted in कविता | Tagged | Leave a comment

गीत : निधारमा लर्काएर सप्तरङ्गी टिको

~दिनेश अधिकारी~ निधारमा लर्काएर सप्तरङ्गी टिको हिँडिरहूँ सधैँ तिमी शिखरको बाटो ओखरमा फोरिदिएँ बाधाहरू मैले जता पनि पुग दाजै ! घामभन्दा पहिले चहचह ! पिङ हैन, माया झुलेको छ सयपत्रीसँगै मेरो खुसी फुलेको छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हिटलरको दुर्भाग्य

~दिनेश अधिकारी~ रमाउनका लागि खोलाको कलकल सुन्न धाउनु पर्दैन अरुले जस्तो वसन्त पर्खेर कोइली-स्वरकै प्रशंसा गाउनु जरुरी छैन पोहोर-परारजस्तो यो बेला चन्द्रमालाई कसैको पोको पारेरै लगे पनि सायद मलाई पछुतो हुने छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनासोरहित

~दिनेश अधिकारी~ धेरै पल्ट बढो मुस्किलले समय निकालेर तिमीलाई भेट्न भनेर आएको – म हरेक पटक तिम्रो ढोकासम्म पुगेर पनि तिमीलाई नभेटिकनै फर्केको छु ! थाहा छ किन म तिमीसँग केही माग्न चाहन्नथें म तिमीसँग केही पाउन चाहन्नथें

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै बिरुद्धमा

~दिनेश अधिकारी~ थुक्क ! मान्छेको जिन्दगी बुझ्न थालेदेखि बाँचुन्जेलसम्म सधैँ आफ्नै लास बोकेर हिँड्नुपरेको छ सधैँ आफ्नै पीर ओढेर सुत्नुपरेको छ बढ्तै गर्न सके दालभातको सम्पन्नता साटेर दिनहुँ- आफ्नै जिन्दगी चपाउनुपरेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : खै ! के भएको हो यो समयलाई

~दिनेश अधिकारी~ म ग्राहक छु त्यस अखबारको त्यसैले हिजो जस्तै आज पिन ढोकाअगाडि छोडेर गएको छ वितरकले त्यसको नयाँ अंक र भुइँबाट त्यसलाई टिप्नुपर्ने एउटा परिस्थितिको बीचमा म घोरिएको छु अखबार मेरा अगाडि छ

Posted in कविता | Tagged | Leave a comment

गीत : खुसी छु म

~दिनेश अधिकारी~ खुसी छु म आज तिमीभन्दा धेरै तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै हिजोसम्म लाग्थ्यो कतातिर जाऊँ कोसँग म हिषु कोसँग रमाऊँ तिमीलाई भेट्दा हरायो बिरानी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहिले यो मन खहरे

~दिनेश अधिकारी~ कहिले यो मन खहरे कहिले यो मन छहरा चुलबुले यो मनलाई कसले दिने पहरा चिठीपत्रमा सबैलाई यस्तै हो सोह्र सत्रमा उर्ली उर्ली बग्ने मनलाई मायाजालमा पारूँ जस्तो ढुकढुक गर्ने मुटु पनि अन्त कतै सारूँ जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आशङ्का

~दिनेश अधिकारी~ कट्कटी काटिएको आफ्नो मन लिएर थरथर काँपिरहेको आक्रोशयुक्त‚ वरमा कुनै एकदिन वी.वी. अनुरागी मसँग भनिरहेथे – दाइ ! धर्मको नाममा जिजुबाजे, बाजे र बा मात्र हैन

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँ र तिमी

~दिनेश अधिकारी~ न्यानो लाग्नेगरी चिसो हिउँ परिरहेको छ र, म तिमीलाई हाम्रा भेटका प्रारम्भिक दिनहरूमा सम्झिरहेँछु त्यसबेला तिमी असाध्यै नरम र न्यानी थियौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्ता

~दिनेश अधिकारी~ जसरी पनि जालन्धरलाई मार्नैपर्ने उद्देश्यमा समर्पित छ विष्णु र, उसका लागि ठूलो चुनौती बृन्दाको निष्ठा भएको छ । शक्तिले नसकेपछि षड्यन्त्रमा ओर्लन्छ देउता पनि विष्णु

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम तयारी

~दिनेश अधिकारी~ रात आज तँ सुत म जाग्राम बस्छु ! आज म अँध्यारो खेल्छु आज म चकमन्नता बोल्छु आज म नीरवता सुमसुम्याउँछु हेर्नु छ मलाई छोप्न नपाउँदा सिरक आज कसरी छट्पटाउँछ

Posted in कविता | Tagged | Leave a comment

गीत : लैजा चरी मेरो खबर

~दिनेश अधिकारी~ कुरा सुन्छु नानथरी गाँठो पर्छ छातीभरि बह पोख्ने ठाउँ छैन बसेकी छु बाटो हेरी लैजा चरी मेरो खबर जहाँ होला उसको शहर हातमाथि हात राखी देवी देउता सबै भाकी लाएको त्यो चोखो माया कतै बिर्सिदिने हो कि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीति कविता : यो देश मेरो देश

~दिनेश अधिकारी~ यो देश मेरो देश म राख्छु शिरमा यसको गरिमा यही हो मेरो आस्था आशेष ! म स्वप्न बुन्छु यही देशसँग म भर्छु तनमा यसकै उमङ्ग

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : म त आएँ तिम्रो सामु

~दिनेश अधिकारी~ म त आएँ तिम्रो सामु खुसी बोकी आँखाभरि यस्तै दिन जिन्दगीमा आए हुन्थ्यो सधैंभरि आँखा खोल्दा अघिल्तिर खुसी यस्तै देख्न पाए आफू हारी अरुलाई रमाएको हेर्न पाए

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : फूलफूलमा पातपातमा

~दिनेश अधिकारी~ फूलफूलमा पातपातमा पोखूँ जस्तो लाग्छ जोवन मनभरि तनभरि शीतमाथि घाम सरी फुल्न खोज्छ मेरो चाहना हिजोभन्दा आज राम्रो लाग्न थाल्यो आफ्नै रुप बात मार्न मन लाग्छ एकान्तमा आफैंसित

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पानीको गाँठो

~दिनेश अधिकारी~ कहाँनेर खुकुलिन्छ र, कहाँनेर कसिन्छ भनेर हेर्नेले छुट्याउनै नसक्ने पानीको गाँठोजस्तै एउटा सम्बन्ध छ हाम्रा बीचमा मैले त्यसलाई मात लागेको रातमा पनि भोगेको छु घात प्रतिघातका माझमा पनि भोगेको छु

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ

~दिनेश अधिकारी~ पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ हामी युवा जुटेपछि काँडा फुल्नुपर्छ पहराको शक्ति खेल्छ हाम्रो नसा नसामा पहराको माया हुन्छ हाम्रो चौडा छातीमा

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : हर्कबहादुर

~दिनेश अधिकारी~ उसलाई धेरै नामहरूबाट चिन्न सकिन्छ ऊ दाउरे पनि हो ऊ चाउरे पनि हो ऊ काले पनि हो अ?हरूबाट आफ्नो सक्कली नाम सुन्न व्यक्ति, जसले बाबुको सराद्धे पर्खनुपर्छ ऊ हर्कबहादुर हो हर्कबहादुर कुनै अर्जुनभन्दा कम पौरखी छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : नीलो बह

~दिनेश अधिकारी~ देश एउटै हो भन्नुहुन्छ झण्डा एउटै हो भन्नुहुन्छ कानून एउटै हो भन्नुहुन्छ सरकार एउटै हो भन्नुहुन्छ तर हामी किन आकाश-पाताल जस्तै फरक छौं तपाईको शरिर हो कि लुगाबाट

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमी यसै लजायौ म उसै धकाएँ

~दिनेश अधिकारी~ तिमी यसै लजायौ म उसै धकाएँ नबोल्यौ तिमी नै न मैले बोलाएँ कति स्वप्न आए परेलीमा बस्न नसोध्यौ तिमीले न मैले सुनाएँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : के गर्दै होली मायालु मेरी

~दिनेश अधिकारी~ ढोकामा बत्ती कोठामा बत्ती शहरभरि झलल बत्ती तैपनि आँखाभरि आँखा उज्यालो छैन सम्झन्छु खाली घरकै टुकी के गर्दै होली मायालु मेरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : “सीमान्त सपना”को उदए

~अरुणबहादुर खत्री “नदी”~ दिनेश अधिकारी नेपाली कविता काव्य क्षेत्रमा चर्चित नाम गरेका व्यक्ति हुन् । २०३७ सालमा अन्तरका छिटाहरु –कविता सङ्ग्रह) पहिलो कृति लिएर साहित्याकाशमा उदाएका अधिकारीको निरन्तर सक्रियताले सीमान्त सपना नामक कविता सङ्ग्रह २०६७ सालमा साझा प्रकाशनले प्रकाशित गरेको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : अब के गर्ने होला?

~दिनेश अधिकारी~ ऊ अन्धो थियो सडकको पेटीछेउमा बसेर दिनभरि भजन गाइरहन्थ्यो आउँदा-जाँदा म उसलाई देख्थेँ ऊ- सायद आफ्नो आँखाहरुमा एकछत्त अँध्यारो हेरिरहन्थ्यो कुनै एक दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : हतारको हाताभित्र

~दिनेश अधिकारी~ झण्डा हल्लाएर कसैले लाग्छ, रेल छुट्न लागेको सङ्केत दिइरहेछ र, मान्छेहरु त्यसलाई समात्ने हतारमा छन् भर्खरै कसैले लाग्छ, सिङ्गै सहर भुइँचालोग्रस्त हुँदै गरेको खबर सुनाएको छ र, मान्छेहरु भयभीत भागिरहेछन् अथवा- लाग्छ, यहाँ यत्तिखेर

Posted in कविता | Tagged | Leave a comment

कविता : हट् घोडा हट् !

~दिनेश अधिकारी~ ममाथि पिठ्यूँमा बसेर हात उठाऊदै यत्तिखेर– मेरो सानो छोरो तोते बोलीमा ‘हत् घोरा हत्’ भनिरहेछ र, चार हात-खुट्टाहरु टेकेर म, घोडा भाँतीमा घोप्टिएको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : सिपाही

~दिनेश अधिकारी~ पर्ख ! अहिल्यै हातका खनखनाउँदा चुराहरु नफोर बच्चा-मुख आमा-छातीमा टाँसिनुको भाँतिमा चुल्ठीमा अल्झेको लालीगुराँस तिम्रो यौवनलाई असाध्यै सुहाएको छ सिन्दूर पखालेर-

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध

~दिनेश अधिकारी~ औपचारिक रुपमा सम्बन्ध बिच्छेद पछि तिमीसँगको मेरो सम्बन्ध झनै प्रगाढ भएर आएको छ हामी जव सँगै थियौ- सबै उस्तै र एकनास थियो उही आकाश, उही परिवेश

Posted in कविता | Tagged | Leave a comment

कविता : शासक र तर्क

~दिनेश अधिकारी~ उ भनिरहेथ्योः अनुशासनहीनताको पनि एउटा हद हुन्छ म यो देशको शासक पो हूँ त मेरो अनुमति विना नै खोलामा लहरहरु उठिरहेछन् आफु खुसी फक्रिरहेछन् कोपिलाहरु बिना हिचकिचाहट नाँचिरहेछन् हाँगा/हाँगामा फूलका पातहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : विभाजित मृत्यु

~दिनेश अधिकारी~ देख्नेहरुका लागि ऊ मर्‍यो र उसँगै- उसका जवाफदेही र जिम्मेवारीहरु मरे असफलता र पीडाहरु मरे यात्रा र थकानहरु मरे रोग र औषधिहरु मरे

Posted in कविता | Tagged | Leave a comment