Tag Archives: दिनेश अधिकारी – Dinesh Adhikari

कविता : विकासोन्मुख देशको मान्छे

~दिनेश अधिकारी~ अनुहारमा – ‘क्षय’ को आफ्नै एक्सरे टाँसेर निरन्तर जिन्दगीसँग युद्ध बोल्दै पोल्टाभरि ठेसका बालीहरु थापेर आफैँलाई आफ्नो टाङमुनि छिराएर – चटकेले जस्तो वा, बोक्न नसकेर भारी जेब्राक्रसको हाराहारीमा डङ्ग्रङ्ग बीच सडकमा लडेको कसैलाई देखियो भने

Posted in कविता | Tagged | Leave a comment

कविता : रामदुलारीको प्रश्न

~दिनेश अधिकारी~ बाबुजी ! म पटक्कै इच्छुक थिइन बिहेको लागि मेरो उमेर गनेर आफूखुसी तिमीले नै मेरो लागि दुलाहा खोज्यौ तिलक तय गर्यौा बिहेको निर्णय गर्यौज सँगी-साथीहरू इतरिनु त थियो नै

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे : आस्थाको अभिब्यक्ति

~दिनेश अधिकारी~ -यो सुन हो लिन्छौ? -लिन्नँ। -खेतमा धान उब्जाउन सकिन्छ केही नगर्दा- खेतमा घर बनाउन पनि सकिन्छ केही नगर्दा- बेचेरै पनि खेतसँग सम्पन्नता साट्न सकिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : भाउजू र सुनका दाँतहरू

~दिनेश अधिकारी~ अनुहारमा भन्दा तपाई श्रृङ्गारका प्रसाधनहरुमा आकर्षक देखिनुहन्छ ब्यवहारमा जस्तोसुकै भए पनि पहिरनमा तपाई सभ्य नै ठहरिनुहुन्छ मान्छे हुनुको नाता जोडेर कसैले बोलेको सायद तपाईलाई सह्य हुँदैन र, यसरी हेरिरहनु भएको छ मतिर बोल्दा- लाग्छ, तपाईको ओठको लाली बिग्रन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल

~दिनेश अधिकारी~ फूल-सुन्दर छ सुकोमल छ सम्मोहक छ फूल-सबैका लागि प्रिय छ फूल- गाउँमा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : निःशब्द अभिब्यक्ति

~दिनेश अधिकारी~ पच्चीसबर्षे लाऊँ-लाऊँ र खाऊँ-खाऊँको उमेरमै ऊ पनि मरी ठीक एक वर्षअगाडि उसको लोग्ने मरेको थियो ! सिरानीमा उसको निजी भनिने टिनको एउटा बाकस थियो खोलेर हेर्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्तीको गीत

~दिनेश अधिकारी~ जसको गालाबाट धेरैपल्ट बतासले गुराँसको लाली चोरेर लगेको छ जसको छातीमा याम/बेयाम बाढीले ताडव-नृत्य नाच्ने गरेको छ जसको स्यूँदो पुछिदिएर समय/असमय बर्सातले उसलाई विरूप प्रस्तुत गर्ने गरेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी को हौ?

~दिनेश अधिकारी~ उज्यालोमा फूलहरु फुल्छन् चरा चिरबिराउँछन् सुकाउँछन् किसानहरु खेतमा धानका निहिनहरु र, भत्केका पुलपुलेसाहरु बनाउँछन् गृहिणीहरु- कुनाकाप्चाका कसिङ्गर बढार्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : ट्रक ड्राइभर

~दिनेश अधिकारी~ स्टाफ होटल खोलेर बाटोमा भात बेच्ने ठूली, साहिली वा कान्छीलाई जत्ति पनि समय दिन भ्याएको छैन आफ्नी स्वास्नीलाई यो सत्य हो ! बाटैमा नुहाएको छु, बाटैमा खाएको छु आजको बास कहाँ पर्छ भन्नेसम्मको

Posted in कविता | Tagged | Leave a comment

कविता : जुम्ला

~दिनेश अधिकारी~ पहाडैपहाडको बीचमा अर्घौतो आकारको बिनानिकासको पोखरी भएर बसेको छ जुम्ला। दौराको बाहुला र फेरले बिरामी सिँगान पुछ्दापुछ्दै नाकभरि कटकटिएर आफ्नै सासमा गनाएको छ जुम्ला।

Posted in कविता | Tagged | Leave a comment

कविता : चेतनाको पीडा

~दिनेश अधिकारी~ १. ए नवजात शिशु ! तिम्रो नाममा मलाई एउटा शोकगीत गाउन मन लागेको छ २. भातका सिताहरु बटुल्नुबाहेक जिन्दगीमा- अर्थोक केही गर्न नसकेपछि घाइते भएको छ आफैँबाट आफ्नो मन र, मस्तिष्कभरि- चेतनाको पीडा

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँमाथि एउटा कविता

~दिनेश अधिकारी~ सेताम्य कपाल फुलेकी बूढीका थोता दाँतहरु झैँ टक्रक्क- यता एउटा टक्रक्क- उता एउटा र यदाकदा अङ्गुरका झुप्पाहरुकै भाँतिमा धेरै पराले र थोरै ढुङ्गे छानाको टोपी लगाएर एकै ठाउँमा गुजमुजिएका केही घरहरु छन् घरभित्र- अन्धविश्वासलाई विश्वास मानेर उग्राइरहेका केही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खुशी

~दिनेश अधिकारी~ बल्लतल्ल नौ महिनापछि बाकसमा बन्द भएर अरबबाट उसको लास आइपुगेको छ र, लास आइपुगेको कुराले उत्सवजस्तो उसकी स्वास्नी र छोराछोरीसँगै आफन्तहरुका बीचमा खुशीयाली छाएको छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहास

~दिनेश अधिकारी~ अर्को विकल्प छैन र, आफू बसिरहेको ठाउँमा कसैले हस्तक्षेप जमायो भने मान्छेले कि त माटोमै मिल्न राजी हुनुपर्छ कि त उसकै टाउकोमा आफ्नो खुट्टा राख्नुपर्छ इतिहासको नाममा यही एउटा ज्ञान सर्वत्र छाएको छ

Posted in कविता | Tagged | Leave a comment

गीत : हातमा चुरा

~दिनेश अधिकारी~ हातमा चुरा, निधारमा टिको, न पोते गलामा म कति टिपूँ आँसुको फूल वैँशको बेलामा ? बोलाए हुन्थ्यो बादलले सँगै म जान्थे उडेर लगे नि हुन्थ्यो खोलाले सँगै म जान्थेँ बगेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सधैँ सुन्न पाऊँ

~दिनेश अधिकारी~ सधैँ सुन्न पाऊँ खबर तिम्रो खुसीको धोएर जाऊ साथी मनमा भए नमिठो बिछोड भन्नुहुन्न यो रीति हो सबैको छेकेर छेकिँदैन सुवास पिरतीको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मैले मन दुखाउन छोडेँ

~दिनेश अधिकारी~ मैले मन दुखाउन छोडेँ अरूसँग रिसाउन छोडेँ दुख्ने पनि आफ्नो मन त हो मैले आफूलाई सताउन छोडेँ संसार हो यो संसारमा सयौँथरी मान्छे हुन्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मै मरिगए

~दिनेश अधिकारी~ मै मरिगए सम्झना राख्नू— माटो भो नभन्नू काँडा नै थिएँ भने नि मनको घाउमा सम्झिनू तर, क्वै बेला सम्झिनू मलाई, क्वै थियो भन्दिनू व्यर्थैमा चित्त दुखाएँ हुँला आँखामा उस्तै धुवाँएँ हुँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो भन्नु ओताउन

~दिनेश अधिकारी~ मेरो भन्नु ओताउन छानु पनि छैन पैँचो दिन अन्न छैन, मानु पनि छैन कसोगरी काट्नु जुनी ? कहाँ राख्नु मन ? किसान हुँ तर आफ्नो खेतबारी छैन कतिचोटि प्यास पनि पसिनाले मेटेको छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मलाई नजरको ईशारा नदेऊ

~दिनेश अधिकारी~ मलाई नजरको ईशारा नदेऊ मलाई अधरको पुकारा नदेऊ बरु आँसु देऊ, अँजुली म थापूँ अँगालो फिँजाई कुनै लोभ नदेऊ यो तृष्णाको नाता कति टिक्न सक्छ ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बोझ नहोस् मेरो माया

~दिनेश अधिकारी~ बोझ नहोस् मेरो माया, बाधा पनि नहोस् भन्छु जुन दिन मनले पराई देख्छ, हाँसीखुसी छुटौँ भन्छु माया भन्नु माया नै हो यसलाई सधैँ चोखो राखौँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बैँसजस्तो बादल

~दिनेश अधिकारी~ बैँसजस्तो बादल हजुर बादलजस्तो बैँस आकाश छुन नसके नि धर्ती छोड्दो रै’छ खेलजस्तो कतै जोड्ने, कतै छोडिदिने

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पग्लेर जाने हिउँ

~दिनेश अधिकारी~ पग्लेर जाने हिउँ म होइन सुकेर जाने शीत म होइन आफैँ म बाटो, आफैँ नै यात्रा म अल्पी जाने मधुमास होइन पर्दैन बाल्नु दीयो कसैले अँध्यारो आफैँ म रोक्न सक्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : निर्दोष छु आफू

~दिनेश अधिकारी~ निर्दोष छु आफू भन्ने देखाउन उसै दोष तिमी नदेऊ मलाई घोची नराख बेहोसीबाट जागा गराई फेरि मलाई तौलिने वस्तु होइन माया गल्ती भो भन्दै दोहोरो गन्न छुटेको वस्तु होइन विश्वास खोजेर फेरि भेटिन्छ भन्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नाम्लोमा खापी डोकाको भार

~दिनेश अधिकारी~ नाम्लोमा खापी डोकाको भार हिँड्नु छ सधैँ उकालो भीर कहाँ बस्छ कुन्नि मान्छेको द्यौता देख्दैन क्यारे दुःखीको पीर खुट्टाले टेक्न नसक्ने ठाउँ शिरले टेक्तै म पुग्छु गाउँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई यस्तो म माया गरूँ

~दिनेश अधिकारी~ तिमीलाई यस्तो म माया गरूँ नघट्दै यो माया म आफैँ मरूँ खुसीका उज्याला सबै रङ्ग टिप्दै जति छन् जीवनका दिलासा समेट्नै

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : काँडा हुन्छ, मोड हुन्छ

~दिनेश अधिकारी~ काँडा हुन्छ, मोड हुन्छ, बाटो हो यो जिन्दगानी हिँडिरहे पुगिनेछ, नपुगिने ठाउँ पनि दुःख पनि केही छिन, सुख पनि केही छिन एउटै हो बुझ्न सके दुःखसँग भाग्नु किन ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : माटोले छोडे मन हुन्छ बाटो

~दिनेश अधिकारी~ कत्ति हो कत्ति मायाको बाटो, आँखाले बोल्छ ओठको साटो मैले त भाकेँ मायामै जुनी, माटोले छोडे मन हुन्छ बाटो जुर्‍यो कि कतै एकान्त–भेट, नखाए पनि भरिन्छ पेट लाग्दैन जाडो पुसैमा पनि शीतलु लाग्छ वैशाख–जेठ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ग्रे-कोटभित्रको मान्छे

~दिनेश अधिकारी~ केही दिन अगाडिदेखि मेरो साथीले ग्रे-कोट लगाउन थालेको छ र, म अनुभव गरिरहेछु- ग्रे-कोट लगाउन थालेपछि उसको मुटु हराउन थालेको छ मान्छे उही हो पहिले पहिले

Posted in कविता | Tagged | Leave a comment

गीत : यो सम्झिने मन छ

~दिनेश अधिकारी~ यो सम्झिने मन छ, म बिर्सुं कसरि तिमि नै भनी देउ, ए जाने निस्ठुरी यी औंला तिनै हुन तिमिले चुमेका परेली यिनै हुन तिमीले पुछेका म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी जुन रहरले

~दिनेश अधिकारी~ तिमी जुन रहरले म मा फुल्न आयौ सबै सुख हराए, संधै चोट पायौ म डुब्दो किनारा, कहाँ हाँस्न सकौं व्यर्थै तिमीले मेरो हात समायौ बैंशालु ती तिम्रा रहरहरुमा, न मैले कहिले हरियाली कोरें

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जिन्दगी आफैँ जित हो मेरो

~दिनेश अधिकारी~ जिन्दगी आफैँ जित हो मेरो जिन्दगी मीठो गीत हो मेरो अर्थोकै होला अरूको लागि जिन्दगी नै हो संसार मेरो म साथी कहिले बाटोको लागि

Posted in नेपाली गीत | Tagged | Leave a comment