Tag Archives: नेपाली कविता

कविता : आश्रमको साहारा

~बिष्णु ढुंगाना~ म हर्षले बिभोर थे, मेरो खुशी को बाध फुटेको दिन, मेरो मुहारमा अलौकिक चमक भरिएको क्षण, तिमी आयौ नि जुन दिन यो धर्तिमा । मैले रात भनिन, न त दिनै भनें न झरि भनें न त घामै भनें,

Posted in कविता | Tagged | Leave a comment

कविता : पोथीको हत्या

~बिमल गुरुङ~ कसले हत्या गर्‍यो पोथीको? जो बासेको थियो दिउँसो ! आगो त्यसलाई छाड्दैन कसले हत्या गर्‍यो पोथीको? जो बासेको थियो दिउँसो ! कसले कलेजो भुट्यो कराहीमा पोथीको?

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्यालेन्टाइन डे

~हरिहर आचार्य~ खान छैन करोडौं नेपालीहरुलाई, खाउन के? फोस्रा आडम्वरीहरु मनाउँछन् भ्यालेन्टाइन डे । मलाई त थाहा छैन के के हो खोई कुन्नी भ्यालेन्टाइन डे मनाए के हुनी के नहुनी

Posted in कविता | Tagged | Leave a comment

कविता: आऊ, मलाई बलात्कार गर !

~दिलकुमारी डङ्गोल~ कामबासनाको मानसिक रोगले ग्रस्त ओ ! कलियुगका पुरुष आऊ ……. ! म माथि भोग गर्न तिम्रो इमोसन तृप्त पार्न तयार छु म र हरेक हिसाबबाट बलात्कृत हुन पनि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्घोष

~सुगिता शाह~ आमा मलेसिया उडेपछी बा मलाई औधि माया गर्थे खुबै सुममुम्याउथे चुम्बन बर्साउथे एक रात बाकै काखमा म खुब चिल्लाएंँ-गुहार मागें सुन्ने कोही थिएन । त्यो रातपछि मेरा बा

Posted in कविता | Tagged | Leave a comment

कविता : मनभरि बुढिया

~भिमदर्शन रोका~ बौद्ध मन्दिरको विशेषता सन्तुलित, खँदिलो, बेजोड सीप कलाको मन्दिरभित्र मन्दिरैमन्दिर पत्रैपत्र चट्टान टन्न बजिरहेको धातु टम्म बसेको इँटहरुको बनोट सधैँ अडिरहने अठोट । देखेँ–आँखाभरि लिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो बिचारको घेरा

~भिमदर्शन रोका~ धरतीको फराकिलोपन, तिम्रो विचारको घेरा उठिरहन्छ, चुपचाप पातलिँदै जान्छ इशाराभन्दा पनि पातलो, मीठो बोली–वचनभन्दा पनि हल्का रेशममा रेशम राखेजस्तो सधैँ मलाई छोइरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हिमाल बोलाउँछ

~भिमदर्शन रोका~ प्रिय ! जाऊँ हिँड त्यो ठाउँमा जहाँबाट छर्लङ्ग देखिन्छ हिमाल र शुरु हुन्छ यसको सीमाना त्यहाँसम्म आई खोजिरहन्छ तिमीलाई, मलाई र हामीजस्ता कैयौँ कैयौँलाई !

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सामिप्य

~भिमदर्शन रोका~ जति जति म तिम्रो वर वर पुग्छु लाग्छ उत्ति नै झन् पर पर हुन्छु यो कस्तो सफर ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~भिमदर्शन रोका~ जहाँ बादलले सधैँ बिसान पाउँछ जहाँ पुग्न् बादलको उद्देश्य हो त्यही एक एक खोला र दुई दुई उकालाहरु मेरो देश हो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो जन्ममुहूर्त

~भिमदर्शन रोका~ तिमी नाचिरहेछौ तिम्रो नाच एक विशाल भवन छन् जहाँ मुद्रा र हजारौँ हातहरु खुट्टैखुट्टा र स्तम्भैस्तम्भहरु फन्कैफन्काहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : केवल तिमी र म

~उत्तम भौकाजी~ तिम्रो इर्ष्यालाई सम्मान गर्न मन लाग्छ, तिम्रो जलनलाई स्वपान गर्न मन लाग्छ सक्छौ यदि भने आऊ, मेरो छेउ

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै नयां नेपाल

~नारायण पन्त~ अझै आशा थियो तिमी शान्ती र विकास संगै फर्कने द्दौ फेरि पनि एक्लै आयौ आम जनतालाई निरास पारयौ कहिले यस्को नाममा कहिले उसको नाममा यो देशका डाक्टर, वैद्य हौं भन्नेहरुको स्वार्थको डोको

Posted in कविता | Tagged | Leave a comment

कविता : खबर

~शंकर सोनम ‘वीरसाना’~ खै ! कहाँबाट सुरु गरुँ ? तिमीलाई सम्बोधन गर्ने शब्दहरू, यो जीर्ण मस्तिष्कमा शब्दकोषका पानाहरू पल्टाउँदा भेटिन, उचित र सार्थक अर्थका शब्दहरू । तर पनि यो अचेतन मनले, तिम्रै नाममा समर्पित केही शब्दहरू कोर्दै छु । प्रिय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन कहानी

~श्रीकृष्ण श्रेष्ठ~ कैयौँझैँ यो संसारमा म नि जन्मिएँ नबिर्सि नै यो पल फेरी त्यो पल सम्झिएँ आउँदा त रोएरै आएँ होला सायद र बिस्तारै रुआईसँगै हाँस्न सिके इच्छा पूरा गर्न रोई फेरी हाँस्न सिके अनि यो संसार बुझ्न आँखा खोल्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी र म

~निशब्द प्रमोद~ तिमी र म तिमी तिमी मै छौ म ममा रहिन तिम्रा याद मै सङ्ग छ ती यादमा म भैन। तिम्रा एकल यादहरू यादका बज्रपातहरु कति सहेँ कति मुर्छित भएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~रीता खत्री~ जीवनको सुकिलो ऐना अगाडि उभ्याएर मैले मनलाई कैयौपटक दोषी सावित गर्न खोजेँ इच्छाको युद्ध रोक्न खोजेँ आवेगको आँधी रोक्न खोजेँ तर मन, मेरो देशको

Posted in कविता | Tagged | Leave a comment

कविता : आज फेरि छोरासित !!

~विकास गोतामे~ स्वतन्त्रताको उन्नतीस वर्षपछि जन्मेर तैले यसो भन्न सोभा दिदैन मेरो छोरा कि मैले खून खराबी किन गरिन ! सायद त सोच्छ्स होला तेरो बाबु कुनै जमानाको बादशाह थियो सायद तेरो विश्वास होला तेरो पिता-पुर्खासित थुप्रै धन सम्पति थियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : इच्छामृत्यु

~जयराम तिमल्सिना~ सरकार म मर्न चाहन्छु मलाई इच्छामृत्युको अधिकार देउ । पहिले खुँडा खुकुरी बोकी हिड्थे धनुकाँड चलाउँथे आफ्नो सुरक्षा आफै गर्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : मखमली

~तारा केसी~ मध्यरातमा जून हेर्दै नरूनु न टाेलाउनु ती ताराहरूसित आँसुकाे दहमा भरिदै मेराे यादमा नभत्किनु म आउने छु र उदाउने छु तिम्राे यादमा र गल्ने छु तिम्राे आँसुमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्रित

~इश्वर देवकोटा~ हिम च्यादर ओढी बस्ने पहाड मेरो शिर लडीबुडी खेल्ने काख तिनै पाखा भिर प्रभातको किरणमा न्यान्यो आभाष पाउँदा लेकबेशी उकाली र देउरालीमा छाउँदा बनका चरी साथि बने छहरा चाहिँ गीत प्रकृतिमै बस्यो मेरो अनौठो यो प्रित !!

Posted in कविता | Tagged | Leave a comment

कविता : दाइ ! एक फूँक मारने हो ?

~केपी अनमोल~ एक हुल ठिटाहरु म तिरै आउदै थिए, भङ्भङ्त्ती धुवाँसंगै लठ्ठिएर दाइ ! एक फूँक मार्ने हो ? जुगाँको रेखि त बसेकै छैन चिउडोमा पलाएका दुई चार झुस बर्टादैं भन्छन्, शिवरात्री हो, शिवरात्रीले गर्छ…..।।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~दाजु गुरुङ~ आमाको काँख लाखौमा लाख । वर्षातमा छाता घाममा छाँया आँचलको कवच

Posted in कविता | Tagged | Leave a comment

कविता : निन्द्रा

~जया शर्मा~ कति पढ्नु उस्तै-उस्तै समाचारहरू ? कति सुन्नु उस्तै-उस्तै खबरहरू ? लुटिएछ अस्मिता मुस्कुराइरहेकी चाँदनीको च्यातिएछ फरिया लजाइरहेकी सन्ध्याको उड्नै खोजेको पखेटा काटिएछ मैनाको बुन्दै गरेको सपना चुँडिएछ नैनसराको।

Posted in कविता | Tagged | Leave a comment

कविता : मुल्यवान मुल्यहिन पलहरु

~नारायण माया बोहोरा ‘नन्दनी’~ ‘तिमी मेरो मनले खाएकी नारि’ उ भन्छ , तिमीलाई सन्सारकै सुन्दर सफल महिला बनाउन चाहन्छु’ प्रफुल्लीत हुन्छु आफुप्रती मायाको आभाष पाउदा, लाग्छ उसका सपना, उसका कल्पना,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेचीलाई बाटो सोधेर

~अगमसिँह गिरी~ टिस्टा, रङ्गित र रेली धुपीडाँडाहरू यी परिचित–परिचित मेरा पहाड–पखेरा यी सपना यहाँ कुण्ठित छन् यद्यपि बिपना यहाँ लाञ्छित छन् यद्यपि

Posted in कविता | Tagged | Leave a comment

कविता : विरोध

~रसुवाली कवि~ रुखबाट खसिरहेको पात धमिलो बगिरहेको बर्खे भेल बासुरीको लयबद्द धुन डाँफे, मुनाल, कोइली भोक, शान्ति, युद्ध

Posted in कविता | Tagged | Leave a comment

कविता : हनुमान

~नवराज पराजुली~ भारतीय दुतावासको गेटको छेउमा राति नौ बजे एउटा नौ बर्षको बालक आफुसंग बाँकी रहेको ठुलो चन्द्रसूर्य झन्डा ओढेर निदाउन खोज्दैथियो झण्डाको सूर्यबाट न्यानो पाएर होला बोरा निदाएजस्तै निदायो त्यो बालक

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरू केही त बोल

~गोविन्द गिरी प्रेरणा~ फूलहरू, बगैँचामा फुलेर मात्र पुग्दैन सुगन्ध छरेर मात्र पुग्दैन मौनताले अभिषेक गरेर एकान्तमा साथ दिएर मात्र पुग्दैन अब चुपचाप बसेर पुग्दैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म इच्छाहरूलाई मारिरहेछु।

~केदार गुरुङ~ म आफ्नै सुख र शान्तिका निम्ति सबै अनावश्यक इच्छाहरूलाई मेरो मनबाट सकी–नसकी अनिच्छाहरूको अप्ठेरो भीरबाट लडाएर औलको मोथको जराजस्तै… बेस्सरी टकटक्याउँदै र धूलो झार्दै— अग्ला र ठूला–ठूला ढुङ्गामाथि थुपारेर…

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्जोग

~बिपना ढुङ्गाना~ विदेशबाट घर फर्कियो छोरा, सपनाका माला उनेर फर्किएको बर्षदिन नभई मर्दियो छोरो,पासो बुनेर। “बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुडामाथि” आखिर सत्य भैदियो त्यो भनाई

Posted in कविता | Tagged | Leave a comment

कविता : उसको मृत्यु

~डा. संगीता स्वेच्छा~ ऊ हाँसेको देख्दा लाग्थ्यो जीवन यसैको नाम हो तर, त्यो हाँसो मात्र एक पीडा ढाक्ने आवरण अनि,

Posted in कविता | Tagged | Leave a comment