Tag Archives: नेपाली कविता

कविता : सुनगाभा, म हारेँ

~डा. रुपक श्रेष्ठ~ मेरो झ्यालको सानो गमलामा फुलिरह्यौ भर्भराउँदो भएर बाह्रैमास नरम सुन्दर सुकोमल पत्र पत्र फिँजाएर बिना पर्वाह कुनै ऋतुको बिना पर्वाह कुनै मौसमको बिना पर्वाह कुनै मलजलको फुलिरह्यौ सधैँ सधैँ न झ्यांगिएर कहिल्यै सेप पायौ

Posted in कविता | Tagged | Leave a comment

कविता : निक्लन नसकेका अनुभूतिहरु

~गोपिकृष्ण प्रसाई~ ताप संयन्त्रसँग रमाएर यस चिस्यानमा धेरै इच्छाहरु आज कैद गरी बस्याछु तिमी रिसाए पनि प्रकृति म तिमीलाई कहिल्यै टाढा ठान्दिन आफ्नो गुरुत्वबाट टाढिएको मान्दिन कठै ! यी घामहरु ऐठन भएका छन् राहु र केतुको झेल परेर हो कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ए मान्छे !

~अमोद उलक~ मान्छेले आफ्नो जात बिर्सेको छ मान्छेले आफ्नो भाषा बिर्सेको छ। आफै बोल्दैनन् यी मान्छेहरु सुगाले रटेजस्तै रटेको छ नक्कलमात्र गर्न जानेको छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाज

~छम गुरुङ~ आफैंभित्रको— रगत बगाइएको आवाज म सुन्न सक्दिनँ गिदी चलेको आवाज सुन्न सक्दिनँ लाखौं कोशिकाहरू मर्दै रोएका आवाज सुन्न सक्दिनँ आँसु उम्लेको आवाज सुन्न सक्दिनँ वर्षौं जेल भोगी बाहिरिएको कैदी झैं निस्किने

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याउली रोयो निरमाया

~विप्लव ढकाल~ निधारको पसिना र आँखाको आँसु पुछिदिने मायालु बताससँग कुरा गर्दागर्दै, डोकामा आधा घाँस र आधा जीवनको भारी बोकेर कालीखोलाको अँध्यारो जङ्गलबाट उकालो चढ्दाचढ्दै, टिनिनि … टिनिनि … पोल्टोभित्र बज्न थाल्यो रिङटोन ! ए निर्मली ! झिक मोबाइल, क्याच्च … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : नागरिकता

~मीनबहादुर विष्ट~ तिनीहरूले – हाम्रा देख्ने आँखा खोसे सुन्ने कानहरू खोसे सोच्ने मस्तिष्कहरू खोसे त्यसको बदला

Posted in कविता | Tagged | Leave a comment

कविता : सहमतिका बादशाहहरू

~राम बिनय~ नेत्रविहीनहरू कुनै दृष्टिविहीन हुँदैनन् दृष्टिविहीन कुनै नेत्रविहीन हुँदैनन् । नेत्रविहीन र दृष्टिविहीनहरू जब हात्तीविहीन वनमा हात्ती खोज्न थाल्छन् चट्टानको ढिस्कोलाई हात्ती सम्झेर

Posted in कविता | Tagged | Leave a comment

कविता : फागुमा मेरी आमा

~अरुणा बैद्य~ फागुका दिन दिनभरि नै मेरी बुढी आमाले झ्यालबाट बाहिर हेरिरहिन् हेरि नै रहिन्- ठिटाहरु, ठिटीहरु राता, नीला, पहेंला, रङ्गीबिरङ्गी भएर फागुमा रमाइरहेको ‘लाइभ सिन’ । थाहा छ् मलाई त्यो ‘सिन’ भरि नै

Posted in कविता | Tagged | Leave a comment

कविता : जसोतसो बाचेकै छु

~लोकेश याक्थुङ्बा~ नसोध मलाई मेरो खबर्, जसोतसो बाचेकै छु मुटु माथि ढुङ्गा राखी,कहिलेकाही हाँसेकै छु टुट्नु थियो टुट्यो नाता,अतित अब नबल्झाउ पुग्नु छ धेरै टाढा मैले, दोबाटोमा नअल्झाउ

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडा ! यसै पनि पीडा हो

~कणाद महर्षि~ पीडा ! यसै पनि पीडा हो कष्ट हो, गाह्रो दुःख हो चहर्याइरहने षडयन्त्रको उनमत्त उहंकार हो तैपनि आफू नदेखिई अल्झाइरहने अरूलाई अप्ठ्यारो पारिरहने, दुःखाइरहने –यो क‚तो दुष्ट कुरूप हो ! –जगल्ट्याएर चौबाटोमा पछार्नु पर्ने त्यो पीडालाई

Posted in कविता | Tagged | Leave a comment

कविता : बाबा ! बुबु !!

~पूर्ण ओली~ “बाबा ! बाबा !” को कर्णपृय दूधे स्वरले म ब्यूँझिएँ झल्याँस्स आधी रातमा, तिमी गुन्द्रीको छेउ लागेर दुवै आँखाबाट मोटा आँशु बगाउँदै नाकमुखबाट र्‍यालसिँगान चुहाउँदै हिक्क हिक्क गर्दै सानासाना हात मुठ्ठी पारेर “बाबा ! बाबा !” भन्दै आँखा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बजारतन्त्रका तीन अनुहार

~पुरुषोत्तम सुवेदी~ एक ब्याङ्क काउन्टरको न्यून वैतनिक कर्मचारी सारा नोट थन्क्याइसकेपछि झल्याँस्स सम्झन्छ रित्तो गोजी र, बिरामी छोराको अनुहार,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तर, म बोल्न सक्छु

~स्वप्निल स्मृति~ हो, म बोल्न सक्दिन ! मेरो कानले अहिलेसम्म कुनै विष्फोट सुनेको छैन? लोकतन्त्र, न्याय, सरकार वा क्रान्ति यी शब्दको अर्थ मलाई विल्कुल थाहा छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि र कविता–१

~चन्द्र गुरुङ~ ऊ एक कवि एउटा नयाँ कविता कोर्दै थियो । उसको कवितामा– आकाश, बादल, पुतली,

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुष मन

~सन्जीव बंकिम~ तपाईं हरु कहिलै पुरुष मन भित्र पस्नु भएको छ ? पुरुष भएर हेर्नु भएको छ ? खोइ कहिले साथ गर्नु भएको छ यो संग ? यिनी हरु कति भद्दा जिस्किञ्छन यिनी हरु कति जिल्लिछन एक आपस मा नारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झार

~सुवास खनाल~ कसले झिकी लग्यो तिम्रा आँखा र मान्छे किनबेच हुने बजारमा उभिएर सोध्दैछौ दृश्यको मोल कुन प्लास्टिकको बट्टामा बिर्को लायौ तिमीले तिम्रो मष्तिष्क ? र मक्किएको त्यान्द्रोझैँ उभियौ आत्महत्याको एक प्रहर अघिझैँ । कुन चिहानमा गाडिएको छ तिम्रा इन्द्रियहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाका कृतिम भिड

~प्रकाश सुनुवार ‘निराकार’~ मेरो देशले अहिले सपना वाँड्नेहरु र, फोकटमा वाँडिएका सपना टिप्नेहरुको खहरे धानीरहेको छ । खहरे अहिले शहरका मुल सडकहरुमा गाउँका गोरटोहरुमा आँखा चिम्लिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : झुशीलकिरा

~नवीन प्यासी~ चराको चुच्चोमा च्यापिएको पुतलीले मृत्युको गीतमा आधुनिक नृत्य देखाउन थाल्यो जब देख्यो उसले बिरामी बालकको हातमा -गुलेली उसले कहिल्यै सोधेन बगरै बगर हिँडिरहेको नदीलाई -यात्राको परिभाषा, उसले कहिल्यै देखाइ मागेन मन्दिर, चर्च या मस्जिदलाई -इश्वरको मुटु, न त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~भिम बहादुर थापा~ नयाँ वर्ष मौसम चुनेर आउँछौ भने यसपाली, जिवनको खण्डहरभित्र विकासको मरुस्थलभित्र बसन्त-बैंशमा ठिम-ठिम कल्कलाउँदो भएर आउनू मोफसलमा सरोकार स्वीकार्ने गरी आउनू। ** नयाँ वर्ष

Posted in कविता | Tagged | Leave a comment

कविता : यूद्ध किन…?

~दिलिप योन्जन~ रोएकोछ बुद्ध आज गोली र गन्धले हराकोछ शान्ति यहाँ आपासी यूद्धले तोड-फोड आगजानी दाजु र भाईमा पनि तछाड-मछाड लडाईले रगत बन्यो पानी छोरा मर्दा आमा रुन्छे दुखाई मातृ-भूमि भाई मर्दा दिदी रुन्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्बोधन

~लक्ष्मी प्रसाद देवकोटा~ क. हामी खिचडीनिम्ति बिकेका हामी आजका नेपाली, सामन्तका सब ढुकुटी ढुकेका, नूर झुकेका साहित्य–कलाका कोर्काली । ख. टेबिल ताक्छौ जिभ्रो चाटी, युग ढाँटी, पापीहरुसँग नीति सिकेका, परिपाटी, चाकरीबिनु जीवन जिएझैं हुन्न नि साथी !

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस |

~दिवाकर सिग्देल~ कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस, तेतिबेला सम्म धैर्य राख्छु म, जतिबेला मेरो मेहनत चरम चुली पुगोस, त्यस पश्चातको अमृत बर्षाले, यो बोराको पाइन्ट, मछिन्द्रनाथको भोटो जस्तै प्रसिद्द होस | मैले बाटोका भिखारीहरु हेरे, प्रकृतीलाई सोधे,

Posted in कविता | Tagged | Leave a comment

कविता : चटके र हाम्रो नाच

~प्रणिका कोयु~ चटके रूख, घाम, तारामा छ हलो, गाई, हँसियामा छ सबै रंग त्यसका सबैमा छ सबभन्दा बढी त्यसको निख्खर कालो अनुहारमा छ चटके मिठो बोल्छ नमस्ते गर्छ खान्छ, नाच्छ, हिंड्छ सुत्छ र सुताउँछ पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : कोहि छ?

~मोहन पौडेल~ कोहि छ? मध्य रात कटेको अढाई घण्टा पछि पनि, म जागराम रहेको जाहेरी सुन्ने, लोकमा ए कोहि छ? कोटि-कोटि मस्त गहिरो निन्द्रामा स्बप्निल सपना सर्लक्क ओढेर आनन्द ओछ्यानमा झुलिरहँदा, त्यस्तै सपनाले आँखा कोक्काएर बिच्छौना बिझाएर हायल-कायल, यो ”एक” … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्दैन राम राज्य

~लोप्चन लामा~ पर्दैन जन्मिनु रामहरु पर्दैन बन्न श्री कृष्ण बस् रावणहरु जन्मिएँ पुग्छ लथालिंग भईसक्यो देश कयौं राम बन्न खोजेर लुटिएँ अस्तित्तो धेरै कृष्ण लीला रोजेर पर्दैन बनाउन अयोध्या

Posted in कविता | Tagged | Leave a comment

कविता : डब्लु डब्लु डब्लु जिन्दगी डट कम

~इन्द्रमणि नेपाल~ एउटा लामो वेब पेग जस्तो जिन्दगि गुगल सर्च गर्नु नपर्ने, कतै क्लिक गर्नु नपर्ने, त्यसै त्यसै सबैको सामु फररररर …… अगाडी देखा पर्ने साचै चाख लाग्दो छ हाम्रो आधुनिक जिन्दगि कतै इन्टरनेट को बन्द कोठामा

Posted in कविता | Tagged | Leave a comment

कविता : नटिप्नु तिमी

~अविर खालिङ~ ओइली झर्ने फूल कैल्यै नटिप्नु तिमी छुटी जाने प्रित कैल्यै नलाउनु तिमी । हातको फूल भुइमा खस्दा कोपिला च्यातिन्छ टुटी जाने प्रीत लाउदा यसरी धर्ति फाटीन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कलेज : एक यातना–शिविर

~सुवास खनाल~ मलाई कलेजको भित्ता भरिभरि यातना–शिविर लेख्नुको रहर छ म कलेज अध्ययन खप्न गइरहेछु हरेक प्रोफेसर पोडियम अघि उभिन्छ र बाँड्छ स्लिपिङ ट्याबलेट

Posted in कविता | Tagged | Leave a comment

कविता : साँझको यात्रा

~हेमन यात्री~ साँझमा सँगै हिँड्ने जूनकीरीलाई थाहा छ बाटामा कोही पर्खिबसेको चौतारोलाई पनि थाहा छ पश्चिमले सधैँजसो उज्यालो चोरी लगेपछि हेर्नलाई ताराहरू मात्र छन् मसित हिँड्नलाई एकान्त मात्र छ मसित । यो त्यही एकान्त हो जसले युगौँदेखि सुनिरहेको छ साँझमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : महानगर

~धुस्वां सायमि~ एउटा सहर महानगरका हरेक मानिस कहिल्यै सीधा र सही तरिकाले बाँच्दैनन् । उनीहरू आफू आफ्नै र अरू कसैको संकेत-निर्देशनमा सदा हिँडेर, सोचेर र बोलेर बाँच्दछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आज मेरी क्रिस्मस

~नर बहादुर खत्री क्षेत्रि~ कतै बुद्ध कतै यसु कतै मुहमद पैगम्बर। जे भनेनी उनै। ब्रह्मा बिष्णु महेश्ववर।। गाई काट्ने क्रिस्चियन त। हिन्दू गाई पुज्ने ।। धर्म पनि कस्ता कस्ता। हामी के बुझ्ने ? हलाल गर्ने मुस्लीम त ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मधेस जलेकै छ

~एन पी भावी~ मधेस आज पनि जलेकै छ तर्राई आज पनि उस्तैछ पहाडहरु मधेस नियाली रहेछन् मधेसहरु दिनरात तातिरहेछ मधेस आफैमा कुस्ताकुस्ती गरिरहेछ मधेसको हितको लागि धेरै मधेसी उदाउदैछन् तर पनि मधेस उस्तैछ तर्राई उस्तै छ

Posted in कविता | Tagged | Leave a comment