Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : रेडियो

~कमल खतिवडा~ सवैले गरेको काम हाम्ले चै किन नसक्ने र ? सुरवीरले आफ्नै ठाउँमा रेडियो चलाउन सुर कसे । रहरै  रहरमा कुरो निकै अघि वढ्यो ।  अव नाम पो के राख्ने ? देशका गाउँ गाउँमा खुलेका रेडियोहरुले यति धेरै नाम … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जाममा

~ध्रुव मधिकर्मी~ ऊ त्यहाँ पुग्दा जाम शुरु भइसकेको थियो । बाटोभरि बस, मिनीबस, टेम्पो, ट्याक्सी, साइकलहरूको ठेलमठेल थियो । न बढ्नलाई बाटो थियो, न र्फकने ठाउँ नै । अब अस्पताल पुग्न घण्टौ लाग्ने भयो । यसैबेला उसको मोबाइल बज्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

ऊ को थिइ र मेरी ?

~पुरुषोत्तम गौतम~ साह्रै चकचके केटाकेटीहरू बिहानै ड्यूटीमा आएपछि भेट हुन्छ दिनैपिछे । शायद उनीहररू मेरै पर्खाइमा रात बिताउँदा हुन् । म पनि साँच्चै भन्नु पर्दा तिनीहरूकै सम्झनामा रात बिताउँछु । ठूलै परिवार छ तिनीहरूको । एउटी सानी बुने छ । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अझै बल्झीदै छ घाउ

~प्रेम चापागाईं~ पुस महिनाको जाडोमा पनि एकाबिहानै आज किन मानिसहरूको चहल पहल छ ? बुझ्दा कुरो राम्रो चाहिं होइन रहेछ । माथ्लो घरको मुकेशको श्रीमती सीतादेवी र पल्लो गाउँको धनबहादुर घर छोडी पोखरातिर लागेछन् । कुरो दुख लाग्दो छ सीतादेवीको … Continue reading

Posted in लघुकथा | Tagged | 1 Comment

फरक फरक रुवाई

~मित्र पाठक~ ‘नाई, आज म अघाउन्जेल खाने हो’ पाँच दिन अगाडि म सदरमुकाम गएर आएपछि अघाउन्जेल भातै खालास भन्नु भएको होइन ? जाजरकोटको एउटा गाउँमा छोरो बाउसँग रुँदै थियो अघाउन्जेल सेतै भात खान पाउनु पर्छ भन्ने माग राख्दै ………। त्यति … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साथी

~सुषमा मानन्धर~ हतार हतार हिँडिरहेको उसले अत्यास लागेर एकपव्ट फेरि माथि हेर्यो । ऊ , … त्यो पहाडको टुप्पो । टुप्पोमा रहेको त्यो मन्दिर । ऊ त्यही पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुङ्गे बाटोले गर्दा त्यहाँसम्म पुग्न … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ई-डिभि

~लक्ष्मी गुरागाईं~ न्युयोर्कमा हिउँ परेको बिहानी । सडक छेउछाउका पार्कमा जताततै हिउँ नै हिउँ! “यी !! डीभी ! यी !! डीभी ! यी ! डीभी !!” भनेर चिच्याउँदै, एउटा हातले लोप्पा खुवाउँदै अर्को हातले जमिनको हिउँ शरीरमा दलिरहेकी एक निःवस्त्र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तिरस्कार

~बाबुराम खपाङ्गी~ एकादेशको कुरा हो । त्यस देशमा व्याप्त कुशासन र त्यसबाट उब्जेका भ्रष्टचार, अन्याय, अत्याचार, विकृति, विसङ्गति, व्यभिचार र आपसी वैमनस्यका कारण महाप्रलयबाट कोही बचेनन् । साराका सारा सखाप भए । जमिनमा ढलेका लासहरू मोटामोटी तीन प्रकारका देखिन्थे । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

भाषण र व्यवहार

~मित्र पाठक~ समाजमा भलाद्मी र समाजसेवी गनिएको उसले आजपनि चोक बजारमा सबैका सामू चर्को चर्को भाषण दियो – “छोरा र छोरी दुइमा केहि फरक छैन । छोरीले पनि छोराले बराबर गरेर देखाउन सक्छन, यदि अवसर पाए भने ।” यति भन्दा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सभ्यता

~श्रीओम रोदन~ “घर-आँगन सफा छैन, सडक, खेत त मलमुत्र त्याग गर्ने ठाउँ नै भइहाल्यो । जनस्वास्थ्यप्रति अलिकति पनि ध्यान दिन नसकेका गवाँरहरू “सहरमा नआइकन कसैले सभ्यता पनि नसिक्ने भए” तराईको एउटा गाउँबाट फर्किएपछि एनजीओ मास्टरले साथीहरूसँग कुरा गरे तर रिपोर्टमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुकुम्बासी

~आदर्श खत्री~ भएको जम्मा एक विघाहा बारी उसलाई पचेन । ऊ मात्र होइन देशभरिका हजारौँलाई बेउब्जाउ जग्गाले पोलिरहेको थियो र त सबैजना हानथाप गर्दै अर्कैलााई दिन उद्धत थिए । उसलाई घरमा रहेकी दोजिया श्रीमतीको चिन्ता पटक्कै थिएन, न त साठी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नमस्ते नमस्तेलाल

~घनश्याम खड्का~ उनको नाम सुन्दै मान्छे अचम्म मान्छन् । पहिलो पटक भेट्दा कोही पनि नझुक्कियून् र अचम्म पनि नमानून् भन्ने सजकताका साथ उनी आफ्नो नाम प्रस्ट र पूरै भनिदिन्छन्, ‘नमस्तेलालभूमि श्रेष्ठ’ । ‘नमस्ते’ बाटोमा जब यो सुन्छन्, एकफेर उनको मुन्टो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ज…द..

~मित्र पाठक~ बाटोमा पुरानो साइकल डोराउदै हिड्दै थिए अचानक राति कारको टि-टिट हर्नले झस्किएँ । गाडी तर्फ फर्केर हेरें मलेसियामा सँगै काम गरेको साथी आफैं कार चलाएर हिंडेको । उसलाई देख्नासाथ मैले भनिहालें – “मलेसिया जान छाडेर यहीं कार चलाउन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रातो डायरी

~अनमोल मणी~ प्राविधिक कारणले उडान केही घण्टा डिले भएको सूचना प्रस्थान-कक्षमा प्रसारण भयो। यात्रुहरू चलमलाउन थाले। उठेर घुँडा तन्काएपछि म फेरि बेन्चमा बसेँ। पुस्तक हातमै थियो। अचानक उसलाई कुनाको बेन्चमा देखेँ। खैरो झोला बोकेको उसले दायाँतिर टाउको घुमाउँदा हाम्रा आँखा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सबथोक राम्रो

~आर. आर. चौलागाईं~ टोलको कुनै चोकमा सहरको एउटा जगल्टे केटो बारम्बार देखिन थाल्यो । दिनदिनै उसको आवतजावत देखिरहेका मानिसहरूले ऊ आएपछि मुखामुख गर्थे, अति भएपछि केटोको गतिविधि हेरिरहेकामध्ये एउटाले केटोलाई सोध्यो ”तिमी सधैँ यता किन ?” केटोले भन्यो – ” … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : सतिप्रथा

~गंगाराम ढकाल~ धेरै बर्ष पहिला को कुरा हो कुनै गाँउमा चिरिञ्जीवी नामगरेका पण्डीत बाजे थिए । उनी त्यस ताकाका अति प्रख्यात पण्डीत थिए । चिरिञ्जवी पण्डीत भनेपछि उनलाई ठूला ठूला राजा महाराजाले पनि चिन्दथे । पण्डीत बाजेको यति ठूलो नाम … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गफाडी शिर्षक

~आर. आर. चौलागाईं~ मैले प्रवेशिका दिनेबेलाको कुरा हो। हामी अखिलेश नाम गरेका शिक्षककहाँ ट्युसन पढ्थ्यौँ। पढाइबाहेक कहिलेकाहीँ अनौपचारिक गफ पनि हुन्थ्यो त्यहाँ। अखिलेश सर निकै गफ हाँक्नुहुन्थ्यो। वहाँका कतिपय कुरा त पत्याउन पनि मुस्किल पर्थ्यो। तैपनि हामी चाख मानेर सुन्थ्यौँ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अफिमची

~विमल निभा~ ‘ रे रामचन्दर खिसियाइल बन्दर मठिया के छुछुन्दर रे रामचन्दर…।’ हामी केटाकेटी उसलाई चारैतिरबाट घेरेर उभिन्थ्यौं ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : पर्खाइ

~एकराज थापा~ आखिर किन दाइ हामीलाई मान्छे किन गन्दैन यो समाज किन सम्झन्छ हाँसोको पात्र दुनियाँ किन हाँस्छ हाम्रो बोलीमा हाम्रो रुपको के दोष छ जसलाई यो समाजले जनवार समान देख्छ किन दाइ किन ऊ प्रश्नमाथि प्रश्न थप्दै थियो झ्यालतिर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : बिना-निष्कर्ष

~लीलाराज दाहाल~ नेता कुबेरप्रसाद मन्द हाँसोको साथ आफ्ना जुँगा मुसार्दै आरामदायी कुर्सीमा बसेका थिए । उनको ओठभरि मधुर मुस्कान सलबलाइरहेको थियो । आज उनी भित्रैदेखि प्रसन्न थिए । उनको चेहराबाट हाँसो र खुसी हराएको धेरै भइसकेको थियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : युद्धरत एक रात

~आवाज श्रेष्ठ~ बितेको पल । नफर्किएको हिजो । ढलिरहेको वर्तमान । रोकिन्छ कसरी ? खोला कहीँ गतिहीन हुन्छ र ? १२ वर्षमा खोला फर्किन्छ रे । उखान चलेकै छ । आखिर भ्रम रहेछ सब । खोलो फर्किंदो रहेनछ । यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ठूलो मान्छे

~सफल घिमिरे~ यहाँ एकदम बौध्द शुन्यता छ । किनकि आज कर्फ्यु लागिरहेको छ । परेवाहरु उडेका छैनन् । धुमिल आकाशमा अलिअलि चराहरु मात्रै आहारा खोज्दै भौतारिरहेका छन । बन्द कोठामा टि.भी. र टि.भी. सामुन्ने ऊ बन्दी भएर बाँचेको छ । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एक बिहानको कथा

~सफल घिमिरे ~ एकाबिहानै फेवातालमा जाल हान्ने माझिदाइलाई मैले सोधेँ- “दाइ के हो जिन्दगी ?” सर्सराउँदो जालीको सप्का तान्दै उनले भने:

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मान्छे

~गणेश घिमिरे ‘मार्मिक’~ उसले धेरै जनाको मुखबाट धेरै ठाउँमा र धेरैपटक सुनेको छ- मुलुकमा गणतन्त्र आयो, अब त सर्वसाधारण जनताको पनि पहुँच सिंहदरबारमा पुग्यो । अब भने नेपाली जनता साँच्चैका सार्वभौम भएका छन् । उसको मनमा उसले सुनेका ती कुराहरू … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मेरो मने

~शारदा पराजुली~ दसैँको अष्टमीको दिन बिहानैदेखि घरघरबाट मासुको हरहर बास्ना आइरहेको थियो । ललीताका बुबा पनि मासुको स्वादको कल्पना गर्दै जिब्रो फड्कार्दै खसी काट्ने तरखरमा लागेका थिए । खसी काट्दा चाहिने खुकुरी र रक्ती हाल्न चाहिने भाँडो उनको छेउमै थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पुष्टि कसरी गर्ने ?

~होमशंकर बास्तोला~ विशेष अदालतको अगाडि एउटा एकतले घर भग्नावशेषरूपमा ठडिएको थियो । इजलासमा बसेको समयमा आँखा त्यस घरमा पुग्दा न्यायाधीशका मनमा लाग्दथ्यो – ‘यो घर कसको होला ?’ तर त्यो घर वर्षै दिनमा एकाएक छ तलेमा परिणत भयो । एक … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दशैं र अबोध फ़ुच्चे

~छक्कु उदासी~ दशैं आउँने बेलाको मौसम साँच्चीकै रमाईलो हुन्छ । भौगोलिक हिसाबले पनि नेपालमा दशैं मान्नकै लागि प्रकृतिले सबै कुरा जुराई दिएको हो कि जस्तो लाग्छ । तर…. तर…. त्यहींका धेरै जसो जनताका लागि प्रत्यक बर्ष दशैं, दशैं हैन दशा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आफ्नोपन

~चिरन शर्मा ~ विदेश गएको पाँच बर्षपछि ह्यारी नेपाल फक्र्यो । नेपालमा बाले हरि-हरि बनेर बोलाउने ह्यारी नेपाल फर्कदा कसैले नचिन्ने होकी भन्ने चिन्तामा थियो उसलाई । काठमाडौं हवाइ अड्डामा कालो चस्मासहित आधुनिक क्यामरा कम्प्युटर र अंग्रेजी रहनसहनका साथ झर्र्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पर्खाइ

~सिर्जना दाहाल~ त्यो गाउँ गरिबी र अशिक्षाले ग्रस्त छ । नारी शिक्षाको त कुरै छोडौँ पुरुष शिक्षा पनि कमै छ । अधिकांश पुरुषहरू घरको कामकाजको लागि आफू भन्दा जेठी र परिपक्व केटी विवाह गर्छन् । जसले गर्दा घर व्यवहार गर्न … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मूल्यहीन मृत्यु

~शर्मिला खड्का दाहाल~ मध्यरातको एकोहोरो रुवाइले गर्दा मालिकले उसको प्यारो कुकुर बन्जोलाई गाली गर्छ । गाली गर्दा पनि केही नलागेर एकदुइपल्ट हिर्काउछ । हिर्काउदा पनि कुकुर एकनासले रोइरहन्छ । उसको एकोहोरो रुवाइले गर्दा उसलाई ज्यादै रिस उठ्छ । रिसको झोकमा

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मुग्लानको चिठ्ठी

~शेखर ढुङ्गेल~ वाह् अनायस उस्लाई गुन्द्रुक ढिडो अनी लप्सी को अचार् याद आउछ साच्चिक्कै मुखनै रसाउछ उस्को । चिठ्ही लेख्न सुरु गर्नु अगी एक छीन तकिया मा टाउको राखी कलम लाई मुख मा हल्का च्यापी मुग्लाने सोच मग्न हुन्छ । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बेवारीसे उजुरी

~शेखर ढुङ्गेल~ चारैतिर बाक्लो भीड लागेको थियो । बटुवाहरू कौतुहलतापूर्वक लासलाई घेरेर हेर्दै थिए । पत्रिका पसले बिलखबन्दमा थियो। बुढीआमाले पत्रिकामा एउटा सैनिकको फोटो देखेर खुशी हुँदै सोधेकी थिइन, “ए पसले नानी यो फोटो किन टासेको हँ ?” पसलेले उनी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment