Category Archives: पुस्तक अंश

पुस्तक अंश / Parts from Book

पुस्तक अंश : हेडसरकी छोरी

~बच्चु विक~ सदीक्षासँग म धेरै बोल्न सक्दिँन । ऊ मलाई सधैँ जित्छे, बोल्ने कुरामा । मलाई वादविवाद प्रतियोगितामा जहिले पनि हराउँछे । उसले वादविवाद प्रतियोगितामा भाग लिएदेखि म कहिल्यै पहिलो भएको छैन । दोस्रो, तेस्रो हुँदै पछारिन थालेको छु । … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

पुस्तक अंश : त्यो स्वास्नी मान्छे हाँसिदिन्छे

~दौलतविक्रम विष्ट~ हिलो माटोको लेपले माछालाई भुंग्रोभित्र घुसार्दै जान्छु म । त्यो माछा बाफिन धेरैबेर लाग्दैन । केहीछिनपछि भान्सा तयार भइहाल्छ । अनि, म त्यो स्वास्नीमान्छे र किमरिखलाई खुवाउन त्यसैगरी तम्सेको छु, जसरी केटाकेटी छँदा आफ्ना साथीहरुलाई पोल्टाको मकै-भटमास खुवाउन … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

पुस्तक अंश : सुन मैयाँ ! म त जन्मँदै नोकर्नी

~भुवनहरि सिग्देल~ मेरा छोराछोरीले मलाई सधैं यही नामले सम्बोधन गरे । मेरो वास्तविक नाम भने रोमकुमारी हो । छाछुरे भीरको उकाली चढेर देउरालीमा पुगेपछि तलको महाभीरतिर हेर्दा जसरी यात्रु कहालिन्छन्, मेरो जीवनयात्रा पनि त्यस्तै लाग्छ, मलाई । त्यो दुष्कर यात्रा … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

पुस्तक अंश : भूतप्रेत, भगवान र विश्वास

~झमक घिमिरे~ उमेरले अलिकति माथिल्लो खुड्किलो उक्लिए पनि ममा अझै बाल अबोधपन सकिएको थिएन । चेतनाका अंकुरहरू अलिअलि टुसाउन थाले पनि ती पूर्ण वयस्क हुुन अझै धेरै समय लाग्थ्यो । त्यतिबेला हाम्रो घर वरिपरि नजिक पानीको स्रोत थिएन, निकै पर … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

उपन्यास अंश : अनि चमार राम भयो

~शिवानीसिंह थारु~ घुर्ना र अधिकलाल साँझ आँगनमा घुर तापिराखेका थिए । दुवै जना चुप थिए । अँध्यारिंदै गएको साँझ घुरको धुवाँमा लटपटिएको थियो । गम्लङ्ग ओढनी ओढेर, जीउ कुप्राएर, काखीमा हात च्याप्दै एकलदुकल गाउँलेहरू देखिन्थे । ध्वाँसे नीलो साँझमा धुस्रोफुस्रो … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

पुस्तक अंश : रामगीता

~भानुभक्त आचार्य~ साथमा लक्ष्मणजी थिया प्रभुजि थ्यैं कुन् हो ठूलो विष् भनी । सोध्या लक्ष्मणले र सब्‌कहनु भो विस्तार् प्रभूले पनी ।। व्रम्हास्वै विष हो भनी नृगजिको विस्तार् सुन्याथ्या जतै । बुझ्यो चित्त र फेरि लक्ष्मणजिले क्यै सोच्नालाग्या तसै ।।१२१।। … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

पुस्तक अंश : लोग्नेका नाममा कलंक

~रामकुमार एलन~ स्याउलीबाङ गाविसका दुःखसँग मकवानपुर जोडिएको छ । अधिकांश तामाङ जातिको बाहुल्य भएकाले गरिबी, दुःख, अभावमा उनीहरू नै पिल्सिएका छन् । त्यसमाथि चेपाङ, मगरहरू पनि छन् । विकट र दुर्गमले सिङ्गो जिल्ला पिसिएको छ । शिक्षा केही हुनेखानेको पहँुचमा … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

पुस्तक अंश : उपन्यासकै लागि परिवारको हत्या

~रमेश पौडेल~ ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दैै सोध्छु । ‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ— ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’ ‘जागिर खाँदै लेख्न सकि“दैन र ?’ अचम्म मान्दै सोध्छु म । ‘अरूले सक्छन् होला … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

खण्डकाव्य अंश : वनबाला

~भवदेव पन्त~ हा ! झमक्क पर्योन साँझ गए दूर दिवाकर औंसीको रजनीमा यो आउँथे के सुधाकर अनन्ताकाशमा हाय अन्धकार अपार छ दशै दिशा भरी कालो मेघको अधिकार छ

Posted in पुस्तक अंश | Tagged | Leave a comment

पुस्तक अंश : कमरेडलाई कुन रुखमुनि भेट्ने ?

~रामकुमार एलन~ प्रहरीले स्याउलीबजारबाट छेगु मुक्तानलाई फेरि समात्यो । उनलाई ठकुरीको घरमा माओवादी हुलेको मुद्दा छ । प्रशासनले ९० दिनको नजरबन्दमा वीरगन्ज पठायो । विद्रोह र निराशामा बाँचेको पिचुर गाउँ छाडेर हिँडेको थियो । एकातिर अपमान र अभाव । अर्कातिर … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | 1 Comment

पुस्तक अंश : रोल्पा सुइना: युद्धको ऐना

~नवीन विभास~ प्रोलग कमरेडहरू, मलाई माफ गर्नू है ! गरिबका दिन नल्याई फर्किन्नँ भनेर छड्केधुरीमा ढुंगा मन्साएर जनयुद्धमा हिँडेकी थिएँ, गरिखाम्ला कि मरिजाम्ला भन्ने कसम खाएर ।  तर अहिले ? आफ्नै वाचाको मलामी बनी गाउँ फर्केर कसरी मुख देखाम्ला ? … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

उपन्यास अंश : मुखालफा

~मनोहर काफ्ले~ बिनिता’ चितवन घर भएर यहि कम्पनीमा क्लिनर मा काम गर्दथिन । उनि यो कम्पनीमा सुरज भन्दा करिब एक बर्ष पहिले सन् २०११ तिर आएकी रहिछन । सुरज को भनाइ अनुसार उनि सुरज संग भेट हुदा अविवाहित भन्दा पनि … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

पुस्तक अंश : ग्रेटफल्स

~कृष्ण धराबासी~ यसै बीचमा काठमाडौंबाट यादवले फोन गरेर भने – ‘ न्यूयोर्कभन्दा माथि एउटा बर्ड कलेज छ रे । त्यहाँ मेरी एक परिचित बहिनी छन् अनुस्का श्रेष्ठ । उनीहरु त्यो कलेजमा फिल्म हेर्न मन गरिरहेका छन् । आउने जाने खर्चको … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

पुस्तक अंश : ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ

~बालकृष्ण सम~ शण्ड – कुमार, पहिले जान, पढ विज्ञान बेसरी, त्यसै विषयमा बोल जानेर अनि, च्याट्ट यो सबके बीचमा । प्रल्हाद– (एकै छिनपछि ) एक एक हो, ज्ञान यो मिल्यो, जीवनीभर के जप्तै जाने, त्यो-दुइ होइन – तीन होइन – … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

पुस्तक अंश : मुखालफा

~मनोहर काफ्ले~ भुत भूतको बारेमा पनि डिउटी मा रहदा साथीहरुमाझ धेरै कुरा कानी हुने गर्दथ्यो । कोहि साथीहरुले भुत नै देखेको र अरु कोहि कोहि ले भने अनुभव सम्म गरेको सुनाउथे । यस्तो कुरा सुनाउनेमा कति साथीहरु त अर्कालाई डर … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

उपन्यास अंश : अनावृत

~प्रभा कैनी~ उपन्यास अनावृतमा डा. गोविन्दराज भट्टराईले लेख्नुभएको भूमिकाको छोटो अंश अनावृत छ अँध्यारो जीवन यहाँ उज्यालो खोजीमा –डा. गोविन्दराज भट्टराई लेखकसितको भेट र नारी प्रसङ्ग दसैंतिहारको बिदा थियो, म गीता केशरीको बदलिँदो क्षितिज पढिसक्तै थिएँ । त्यसमा प्रतिध्वनित नयाँ … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

कथा : लुगाको गन्ध !

~लाक्पा फुटी शेर्पा~ छेची घर पुग्दा अँध्यारै भएको थियो । उसलाई बाटाभरि पनि देण्डीले दिएको त्यो दुईतिर गोलो भएर माझमा सानो फित्ताले अड्काएको लुगाले तानिरह्यो । उसले टाउकोमा खप्ट्याएर लगाई । चस्मा जस्तो बनाएर लगाई । ‘यो त पछाडि पो … Continue reading →

Posted in नेपाली कथा, पुस्तक अंश | Tagged | Leave a comment

पुस्तक अंश : सहरको कथा

~किशोर नेपाल~ कामको मामिलामा केटीहरूमा उत्तरदायित्वको भावना बढी पाइने हुनाले म केटीहरूसँग बढी हिमचिम बढाउन चाहन्थेँ। तैपनि, परिस्थिति सधैं एकनासको रहँदैन। मैले काम गर्न चाहने केटीहरूको एउटा नेटवर्क नै बनाएको थिएँ। त्यसैलाई ‘इस्यु’ बनाएर मेरा विरोधीहरूले मलाई ‘वुमनाइजर र प्लेब्वाइ’ … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

पुस्तक अंश : यसरी जन्मे राजकुमारहरु

~किशोर नेपाल~ राजाहरू थुप्रै स्वास्नीमानिसका मालिक हुन्थे। रानी र पटरानीका रूपमा विभाजित ती स्वास्नीमानिसका बीच राजाको प्रियपात्र बन्ने होड चल्थ्यो। अविरल महत्वाकांक्षा राख्ने स्वास्नीमानिसमा राजालाई रिझाउने होड चल्थ्यो। आफ्नो सौन्दर्य र रतिरागको प्रभावमा जसले राजालाई रत्याउन सक्थी उही बन्थी पटरानी। … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

उपन्यास अंश : अर्की आइमाइ

~नीलम कार्की नीहारिका~  मस्तिस्कमा मटाल बीच को सम्झना झन् ताजा भएको छ /उनि पनि सम्झन्छु भन्छन /मेरो मन मा पनि बाक्लै आउने गरेको छ मतल बिच / पछी पछीको समरमा मटाल बीच गएको बेला पुनराबृति दिन्थ्यो /त्यसैले त् त्यस पछि … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

पुस्तक-अंश : सुकुमारी भोटिनी झ्याइँ पार

~रामकुमार एलन~ बिहानै स्याउलीबजार नजिकको नर्कटघारीमा चराहरू कल्याङकुलुङ गर्दै लाखापाखा हुन्छन्। नजिकैको भरेङ धारामा नुहाउन जाने पनि कम हुन्नन्। गाउँबाट बजार जानेको उस्तै हल्लीखल्ली हुन्छ। गाउँमा धारा सुकेको हल्लाखल्ला हुन्छ, यस्तै त छ स्याउलीबाङ दैनन्दिनी। कहाँ फेरिएको छ र गाउँ।

Posted in पुस्तक अंश | Tagged | Leave a comment

पुस्तक अंश : आधा जून

~झलक सुवेदी~ एसएलसी दिएर फर्केपछि फेरि उनै खेतबारी र गोठ भकारोका काम सुरु भए। म यसैमा रमाउँदै र अनिश्चित भविष्यको त्रास बोकेर गाउँमा बस्न थालेँ। एकदिन साँझ पर्ने बेला गैरारेकी आमा गुहारगुहार गरेर चिच्याएको सुनेर आमाले भन्नुभयो, ‘ओइ कान्छा, जा त … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

पुस्तक अंश : भानुभक्तको रामायण अंश

~भानुभक्त आचार्य~ यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही । कस्तै कोहि हवस् अवश्य करले जानू छ जहाँ गई ॥ कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ । आमैले यहि बात् बुझी कन बिदा दीनू … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

पुङ्गेनको रङ्गीन आँगनमा

~मोहन मैनाली~ साउन २२ गते बिहान सबेरै उठेर हामी स्यो गाउँको दाहिने किनारको बाटो लाग्यौँ। एउटा घरमा एकजना मानिस सल्लोको फलेक बसिलाले ताछ्दै थिए। त्यसरी काठ ताछ्दा त्यसको धेरै भाग चोइटा बनेर खेर गएको थियो। उनले आज दिउँसो यस गाउँबाट … Continue reading →

Posted in नियात्रा, पुस्तक अंश | Tagged | Leave a comment

पुस्तक अंश : दसैँ आयो

~उमा सुवेदी~ नेपालमा दसैँको चहलपहल सुरु भइसक्यो होला । रेडियो र टेलिभिजनमा मालश्री धुन बज्न थाल्यो होला । लामो दूरीका बसहरु बुक भइसके होलान् । विभिन्न कम्पनीहरुले आफ्नो उत्पादनका विज्ञापनमा नयाँ नयाँ उपहार योजना ल्याएर उपभोक्ता तान्ने कसरत सुरु गरे … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

पुस्तक अंश : जन्मघरबाट बिदा

~हरिवंश आचार्य~ दिदीभिनाजुहरु आफूले सकेको माया गर्थे । सानिमा र दाइहरु पनि माया गर्थे तर दिनले हामीलाई माया गरेन, भाग्यले माया गरेन । घर जीर्ण बन्दै गयो । दलिन मक्काए, फेर्ने पैसा थिएन । इँटमा सोडा लागेर फुसफुस आउने भइसकेको … Continue reading →

Posted in पुस्तक अंश, संस्मरण | Tagged | Leave a comment

पुस्तक अंश : लेख्नकै लागि परिवारको हत्या गरेँ…

~रमेश पौडेल~ ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दै सोध्छु । ‘जागिर खाँदै लेख्न सकिँदैन र ?’ अचम्म मान्दै सोध्छु म ।‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ- ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

पुस्तक अंश : सीमान्त विचलन

~माधव सयपत्री~ आजकल मेरो मन अत्यन्त उद्वेलित भैरहन्छ । फर्केर आफ्नै भूमिमा जाउँ जाउँ लाग्छ । केको कमी थियो र हामीलाई त्यहाँ ? सबैथोक पुगेको थियो । हामीले देश छोड्न लागेको बेलामा आफन्तहरू आएर धर्धरी रूँदा पनि श्रीमान मान्नुभएन । … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : अवैध गर्भ

~कौशल चेम्जोङ~ -’मैले खाना त खाएँ, तेरो बाउको खाइँन, आफ्नै बाउको खाएँ ।’ -’खायौ आफ्नै बाउको । तर, रक्सी खानु रक्सीले चाहिँ हजुरलाई नखाओस् ।’ -’के रे के ?’

Posted in नेपाली कथा, पुस्तक अंश | Tagged | Leave a comment

पुस्तक अंश : यत्रैसित्ती !

~टंक चौलागाई~ “संविधान बन्दैन । संविधान बन्दैन । ……..का छोराहरुले संविधान बनाउँदैनन् । भारतले संविधान बनाउन दिँदैन । चीनले संविधान बनाउन दिँदैन । अमि्रकाले संविधान बनाउन दिँदैन । ज्ञानेले संविधान बनाउन दिँदैन । ए भाते हो ! नबनाओ संविधान ।” … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | 1 Comment

पुस्तक अंश : ऊ असुरक्षा मान्छे

~अमर न्यौपाने~ बाल्यकाल बिर्सनकै लागि हो । तर, जुन कुरा बिर्सन सकिँदैन, त्यो मर्ने बेलासम्म पनि झन् सम्झिरहिन्छ जस्तो भइरहेछ । घाम उदाउनै लागेको पूर्वको रातो आकाश हेरेर आफू जन्मेको सम्भिmन खोजी । सम्झिन नसकेर आमाको मुखबाट सुनेकै भरमा सम्झी … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment