Category Archives: कविता

Nepali Poems

कविता : बसुधैब कुटुम्बकम्

~सोम खनाल~ लुङ्गा, रोआ, दोस्त, पासा:, संगी, सखी मीत एक्लै हैन, मिली गाउं ऐउटै राष्ट्र गीत हैसे गरौं, होस्टे गरौ, मिलाऊ सबले हात बिद्वेषलाई मिल्काई दिऊं आजै मन बाट । एउटै बाटो, एउटै घाट, एउटै घारा पानी उस्तै दु:ख, उस्तै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु

~पारिजात~ धेरै अघि एक साँझ चराहरू निन्याउरा भएर हाँगातिर बसिरहेको बेला घरका समस्याहररूले पिल्सिएर आफै पनि झोक्रिएर बसिरहेको बेला मलाई एउटा कविता लेख्न मन लागेको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : बा, मकै र शान्ति

~कमल कुमार~ ४७ सालतिर एकाविहानै भोटे कुकुर डोर्याउँदै दैलोमा आएका गाउँका ठूलाबाले भनेका थिए ‘बहुदल आयो’ सानै थिएँ म सोधेँ कुकुरको नाम भने ठूलाबाले ‘माले’ बासँगै मकै गोडिरहेको मलाई भोटे कुकुरको नाम र बहुदल दुबै नौला थिए

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यस उप्रान्त

~राजव~ सब दुःखहरूको निवारण हुनेछ क्रान्तिले सुख ल्याउनेछ सबलाई आश थियो, त्यस्तै हुनेछ । त्यसउपरान्त ठालू कोही हुनेछैन हरेकको हक बराबर हुनेछ त्यसउपरान्त सुखी हुनेछन् नेपाली ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भगवान माथी मुद्दा

~स्मृती रानाभाट~ ए मान्छेहरूका प्रिय भगवान , तिम्रा अनगिन्ती भक्तका लस्करालाई चिरेर मलाई त तिमी माथी एउटा केस हाल्न मन छ तर मेरो मुद्दा कस्ले लडिदिन्छ खै ? अदालतको कठघेरामा , पापका साङ्लेबारहरु भित्र पस्चतापको आगोलाई पर राखेर गुराँसको मुस्कान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सहर

~अरुणबहादुर खत्री “नदी”~ अचेल यो सहरमा मोटरहरू अन्धाधुन्ध गुडिरहेछन् सडकका पेटी पेटीहरूमा माग्नेहरू कचौरा तेर्छयाएर पैसा मागिरहेछन् तमाम् आमा र श्रीमतीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : हो, म त्यही हुँ

~प्रणिका कोयु~ हो म त्यही हुँ कहाँ-कहाँबाट कसरी-कसरी कुन पला बत्तिएर आउने हावा-हुण्डरीले उडाउने हो म त्यही हुँ असिना नचाहिने चुरचुर भएर चुटिनको निम्ति हो म त्यही हुँ सबैले देख्ने काँच

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन

~भूमि भण्डारी~ जानेछु साथी एकदिन यी रुमानी सपनाहरु छोडेर नखोलिएको प्रेमपत्र झैं अधुरा चाहनाहरु मसँगै जानेछन् एकदिन धुँवा भएर मेरो अनुपस्थितिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : लोकतन्त्रको काजी

~गोविन्दप्रसाद आचार्य~ दूधमा डल घोलेर दूधको मूल्य मागियो स्वतन्त्र लोकको तन्त्र आदर्श यही मानियो काने गुजी भरिएका कान छन् लोकतन्त्रका लुटेरा लुट्न दे भन्दै स्वतन्त्र लोकतन्त्रका औषधि क्षति मान्छेको गर्ने भान्से भए यहाँ यति आदर्शको तन्त्र होला अन्त कतै कहाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : कठघरामा उभिएर

~आस्था के.सी.~ जीन्दगीका दोभानहरु देखिएकै हो समयका दोसाँधहरु टेकिएकै हो एउटा साँघुरो गल्लीबाट छामछाम् छुमछुम् गर्दै अघि बढ्दा रुमानी रहरहरु मिल्काईएकै हो र फेरी नौलो बिहानीका रहरहरु हुर्काइएकै हो । अँध्यारा बस्तीहरु सजाउने

Posted in कविता | Tagged | Leave a comment

कविता : राँको

~शान्ति प्रियवन्दना~ महाभारतको मध्यपर्वमा जब दुर्योधनले मेरा अंगवस्त्रहरू च्यातेर आफ्नो कामातुर जाँघमा बसाए त्यही बेला, बिर्सेकी थिएँ मैले मत्स्यगन्धा हुनुको पीडा आफैंलाई विश्वास लाग्दैन

Posted in कविता | Tagged | Leave a comment

कविता : कोलाम साइबर क्याफे

~केडी रेम्नीसीङ~ एक अनिदो सपना ‘कोलाम’मा साइबर क्याफे अनि भ्यू टावरको, अहँ, निदाउँदैन सपना एक पल पनि, कसरी निदाउँछ देखेर त्यो, नेचादेखि मुग्ली डाँडासम्मको सुन्दर दृष्य,

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुभूति

~ढक बहादुर बस्नेत ‘आकाश’~ सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने ! ठगिखाने बसाहालाई लगाई दिने काम. रिण खोज्ने गरिबलाई सस्तो दिने दाम, शोषन र शोषितको भाव मेटाएर, भोकै रुने नेपालीको आशु पुछाएर, सबै चिज बाडेर खाने, देशको पैसा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलामी

~महेश पौडेल~ आज पनि जलेछ चिता त्यस विरान घाटमा, चुपचाप । दुईचार जोर आँखा र त्यही श्रापित घाट साक्षी थिएछन् । हो, चोला “उन” को थियो, जसको कुनै नाम थिएन । हामीले, नदेखेको पनि देख्नेगरी जब आँखा खोल्यौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : माया– मोह

~चित्र कुमार सुबेदी~ हिजो हाम्रा वुवाहरु एक विहानै उठ्नु हुन्थ्यो बोक्नु हुन्थ्यो हलो कोदालो के छ काम ? गर्नु हुन्थ्यो फत्ते तुरुन्तै आमा बिसाउनु हुन्थ्यो मनको भारी मस्काउनु हुन्थ्यो ढिडो पसिनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~सङ्गीत स्रोता~ तिम्रो बाटो कसैले पनि छेक्दैन भने तिम्रा खुट्टा कसैले पनि तान्दैन भने

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~शुभचन्द्र राई~ किर्ते गरेर मनको सहिछाप मायाको तमासुक बनाए पनि प्रमाणित भएन त्यो मनहरुको कचहरिमा चोरेर लेखेको भावनाको उत्तरपुस्तिकाले पास गराएन जिन्दगिको परीक्षा । मनहरुको वसन्तमा

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वासघाती समय

~मणिराज सिंह~ चारैतिर उज्यालो छ र पनि किन केही देखिँदैन कतै पनि सून्य केबल सून्य फिँजिएझैँ सबैतिर एकनाश छाएको छ सन्नाटा भाङ्ग, धतुरो खाएर लर्बराइरहेको बिहानी रेबजिग्रस्त बहुला कुकुरझैँ पानीसँग डराएर भीर–भीर ढुन्मुनिदै

Posted in कविता | Tagged | Leave a comment

कविता : म कालो छु

~आहुति~ म कालो छु तर म अध्यारो होइन अध्यारोको त कुनै रङ्गै हुँदैन म रंगीन छु रंगहीन होइन अध्यारोको त कुनै रङ्गै हुँदैन ! कालो छु वर्षा यामको बादल जस्तै अझै त्योभन्दा गाढा गाढा कालो छु शीरको तिम्रो केस जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : ए साहिंला ! हामी सिरानतलामै चढ्नुपर्छ !

~नाकारा~ ए साहिंला ! यो देश ‘हाम्रो’ बनाउन कति करायौं हगि !? तर अहिले यो दुनियांमा खै कता लगे हाम्रो आवाज !? कति उचाल्यौ खुकुरी, भाला र तरबारहरु ! हाम्रो आफ्नै छोराछोरिहरुलाइ कति बोकायौं गोलि र बारुदहरु ! तर यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एऽ घामका जुहार हो…

~रामेश्वर राउत ‘मातृदास’~ एऽ घाम जुहार हो मुहार कोटिकोटि धरती/आकाश जुटाएर नाँचौं एकै चोटि धुर्त छली जति बढुन् दुष्ट बेइमानी बस्नै छ यो अन्धकारलाई एक झोक्का ठानी एऽ फूल हो आँसु झारी रुन्छौ आज किन ? घाम/जून मुस्कुराउँदै आउँछन् एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म अज्ञात सहिद आएको छु !

~विप्लव ढकाल~ सुनको मस्तिष्क र हीराका हातहरूले लेखिएको इतिहासको पुरानो किताबले सुनोस् ! ……………. मेरो गीतको भाषा फरक छ— तिम्रो धर्मग्रन्थको ओछ्यान जल्नेछ अब ! तिम्रो राजनीतिशास्त्रको छानामा नाच्नेछ आगो ! तिम्रो अर्थशास्त्रको सपना उम्रेको खेतभरि

Posted in कविता | Tagged | Leave a comment

युद्ध कविता : सुन्दर बन्दुक

~काङमाङ नरेश राई~ सम्भोग, विछोड र वेदना छातीमा टाँसेर प्रेमिका सम्झिरहने जवान सिपाहीँँ युद्धमा उभिएको श्रीमान उनको छायाँ तस्वीर सम्झेर रोइरहेको हुनुपर्छ जोभान

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम संस्करण

~बिमन किरात~ निर्दोष गूलाफ ! भ्यालेन्टाईन डे को अनुहार मा झुन्ड्याएर औईलायो एउटा प्रेम ! बिख्यात आधुनिकता ओकलि रहेको डिजिटल भट्टि पसलमा धुवॉ र कक्टेल को बगलमा रेडलाईट दर्शन शास्त्रको महा मेला सके पछि हतार हतार किने कि हू,यो रातो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~एमसी सुमित~ देख्नु भो भरखरै एउटा बक्रवृत्त मबाट चिप्लेर गयो। *** सदा झै सखारै म एउटा अर्को भ्रम व्युझन्छु र घाइते बर्तमान चढेर

Posted in कविता | Tagged | Leave a comment

कविता : कुनै दिन

~विक्रम पवन~ कुनै दिन मैले राजधानी छोडेको रात जून नलाग्न सक्छ खोलाहरूको गन्तव्य उल्टो हुन सक्छ ताराहरूले नहेर्न सक्छन् बुद्ध रोएको आँखा ननिदाउन सक्छन् चराहरू मैले राजधानी सँग बिदा लिएपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको लालबहादुर

~बलराम तिमिल्सिना “विप्लव”~ आजको लालबहादुर लालवहादुर जस्तो छैन फेर्न मिल्ने भए आफ्नो नाम उसले उहिलै फेरिसक्ने थियो आज ऊ जस्तो छ त्यस्तै नाम राख्ने थियो खै किन हो कुन्नि ऊ नाम फेरिरहेको छैन । आजको लालवहादुर लालवहादुर जस्तो छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तित्वको लडाइँमा मेरो अस्तित्व

~कुसुम आचार्य ‘प्रकृती’~ हरेक साँझ , जब म घाँसको भारि बोक्दै उकालो चढ्छु निधारबाट हाम फाल्न आटेका पसिनाका थोपाले घामका किरणलार्इ इन्द्रेणि बनाउछन् म दङग पर्छु अस्ताउन लागेको घामको चमक देखेर । म त्यहि गोधुलीको घाम सिरानीमा राख्दै सुत्छु पुग्छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वास्तविकता

~रवि थापा~ ठूलो कष्ट भोगेपछि अनौपचारिक अनुभूति आउछँ अनि सन्देश वाहक नसाहरु नसा–नसा चुम्दै जाजरकोट पुग्छन् हुम्ला,जुम्ला र महाकाली हेछर््न अनि त्यहाँको दर्दनाक स्थिती, र यति ठूलो भयानक महामारी पनि । तर, खै सरकारको दायित्व ? महामारी क्षेत्रको जनसँख्या

Posted in कविता | Tagged | Leave a comment

कविता : तुसारो ताप्न छाड

~सर्गमञ्जरी ‘कृष्ण’~ पुषको तुसारोे तापेर ताराहरुको उज्यालोमा रमाउँदै, तस्बिर खिचाउँन पर्खिरहेछन् एक हुल स्वाभीमानीहरु फोटो स्टुडियोमा ! कलियुगको प्रतिनिधित्व गर्दै मिथ्या कर्म अगाँलेर

Posted in कविता | Tagged | Leave a comment

कविता : निष्ठूरीको मन

~सुरज कुमार मगर~ खरानीको धुलो झै निष्ठूरीको मन उजाडीएको मन देख्दा लाग्थ्यो फडिएको बन चाहनु चाहना मात्र रहेनछ् निष्ठूरीको लागि झन् खरानीको धुलो झै निष्ठूरीको मन मलाई थाहा थिएन मेरो माया बन्छ रोग घाउँ भन्दा नि असहन हुन्छ भन्ने के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किसान

~इन्दिरा थापा~ घाम पानी अनि आँधी हुरीको परवाह नगरी बिहानीको प्रभात सँगै खेतबारीमा पौँठाजोरी खेल्न पुग्छ किसान उसलाई कुनै विश्रामको आवश्यकता पर्दैन किनकी उसले पसिनाले माटो भिजाउन जानेको छ मेहेनतले अन्न भित्राउन जानेको छ । ऊ उदार हृदयले भरदिन परिश्रम … Continue reading

Posted in कविता | Tagged | Leave a comment