Category Archives: नेपाली काव्य

Poetry

गजल : भर गरिनौ किन ?

~दिपक अभिमन्यू~ रक्सीको नशा जति पनि भर गरिनौ किन ? टाढा हुदा पीडा भए खै नजिक सरिनौ किन ? आफुलाई भन्दा धेरै माया गरेकै थिएँ गर्छुपनि खै किन हो यो आँखाको सागर तरिनौ किन ?

Posted in गजल | Tagged | Leave a comment

गजल : जुनेली तिमी हौ !

~सूर्य चापागाईं~ तिमी जून हौ कि जुनेली तिमी हौ ! कतै पूर्णिमाकी उजेली तिमी हौ ! भयो बाग प्यारो तिमी आउनाले जसै चिर्बिरायौ जुरेली तिमी हौ !

Posted in गजल | Tagged | Leave a comment

कविता : अनन्त बाटाहरु

~मोहन बन्जाडे~ अब सबै खुला छ मेरो निम्ति मन, मस्तिष्क अनि बाटाहरु अझ म मेरा लागि उकालो, ओह्रालो वा तेर्पाहें जुनसुकै बाटो रोज्न सक्षम छु अझ त्यसमाथि म नयाँ बाटोको कल्पना गर्न सक्छु रेखांकन गर्न सक्छु आफु हिड्ने बाटो आफै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भाषा

~सरिता तिवारी~ हावासँग पनि छ भाषा कुनै अल्लारे प्रेमीझै पातका कान फुस्फुसाउँदै गाउँछ प्रीतिको गीत र काउकुती लगाएर भाग्छ! रुखका हाँगाहरू मच्चाउँदै गर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्तिको दिन

~थम्मन के.सी.~ कुखुराको डाँको पर्खिएको रात आमा ! तिम्रो आँखा नचिम्लिएको रात शुक्रतारा उदाउँदासम्म तिमी खोकिरहेकी थियौँ ? मोतिबिन्दुले पोतिएका आँखामा आँशु पोेखेर थर्थर गर्दै मेरा बाबा तिन तारा झुप्रामाथि सुस्त सुस्त ढल्किँदा छट्पटिएको रात पारू तकिया भिजाउँदै मेरो हात … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माइला दाइको उद्घोष

~रामप्रकाश पुरी~ उहिले कुनै दिनमा, कुनै समयमा डाँडामाथिको सूर्यको पाइलामा हिडिरहेको जीवनको उत्तराद्र्ध क्षणमा भोलि आउने दिनको कुरा गर्दै हाम्रो बुवाले माइला दाइलाई केही कुरा सोधेको

Posted in कविता | Tagged | Leave a comment

कविता : बसन्ती र बिर्खे

~शशिधर भण्डारी~ रातो नानी बोकेर बसन्ती पहरासँग पौठेजोरी खेल्छे बसन्तीको पसिनामा खेल्ने ठेकेदार रातभरि भट्टीमा रमाउँछ जाँडले भिल्लु भएको ठेकेदार

Posted in कविता | Tagged | Leave a comment

गजल : बास मन पर्छ

~निश्चल क्षेत्री~ हो मलाई त्रिपालको बास मन पर्छ नमिठै होस् सामुहिक गास मन पर्छ । त्राही त्राही दोधारे यो जीवनभन्दा मृत्युकै होस् सन्तुष्टिको सास मन पर्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बेथितिका विरुद्ध

~निस्नु थिङ~ भुकम्पले लासहरू कुहेर गन्हायो हैन यो देश कस्तो बनायो ? मलामी जाने मान्छे पाउन गाह्रो भो देशको मुहार फेर्ने युवा गाउँमा खाली भो घर भत्केर मान्छे तल थिचियो त्यही बेला विदेशीले हाम्रो सीमा मिचियो

Posted in कविता | Tagged | Leave a comment

गजल : शीर कस्लाई पर्‍यो

~केशव गाहा ‘पाल्पाली’~ पाउ कस्लाई पर्‍यो शीर कस्लाई पर्‍यो टुक्रा पारिइन आमा पीर कस्लाई पर्‍यो ? लुछातानको खेल खेले छातीमा टेकी तन ढाकेको उनको चीर कसलाई पर्‍यो ?

Posted in गजल | Tagged | Leave a comment

कविता : डँढेलो

~दुर्गा कार्की~ जहिल्यै, तिम्रो न्यानोको लागि म बलिरहेँ…जलिरहेँ आगाका राता लप्काहरूले धपक्क बलेको तिम्रो अनुहारमा आफ्नो जिउनुको सार खोजिरहेँ, तिमीले रमाइलो मानेर दाउरा ठोसिरह्यौ, धकेलिरह्यौ- नठोसी कहाँ बल्छ त आगो?

Posted in कविता | Tagged | Leave a comment

कविता : बुर्काले ढाकिएको मरुभुमि

~प्रकाश सुनुवार ‘निराकार’~ ओ, मरुभुमि तिम्रो पक्षमा साक्षि नराख मलाई तिम्रो खिलाबमा उठेको कुनै बहसमा न त म बोल्न सकिरहेको छुँ न त म स्मरण गर्न सकिरहेको छुँ न त म सुन्न सकिरहेको छुँ न त म केहि देख्न सकिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भाले बासेन

~एम.एल. ओली~ डालीमा बसी न्याउली रूँदा प्याउली टुसायो भैंसीले दूध लुकायो आज पारोले चुसायो कुरेर बस्दा आएको पालो सुनायो फैसला कुर्लेर आयो झक्कली भाले काटेर कसला । खोरको धन्दा गरेर बस्दा पुगेन चारोले फुत्फुती खेल्ने करेसा बारी उडायो छारोले

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको पोखरा…

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ प्र्रकृतिका छटाहरुबीच अन्नपूर्ण र माछापुच्छ्रेको काखमा रमाउंदै चारैतर्फ पहरेदारहरु राखेर मेरो स्वागतार्थ छाती थापेर हषिर्त मुद्रामा मुस्कुराउछ – उनको पोखरा । मुटुको माझमा तालबाराही च्यापेर हरिया अनि चिल्ला रेशमहरु परिरिएर

Posted in कविता | Tagged | Leave a comment

गजल : काँडेघारी हुँ म !

~शेखर ‘अस्तित्व’~ गमलाको फुल हैन, वनको काँडेघारी हुँ म ! सौभाग्य हो मेरो न त वारी न त पारी हुँ म ! तिमीजस्तो हलुँगो म भा’को भए तरिहाल्थें ! डुबेपछि थाहा पाएँ तिमीभन्दा भारी हुँ म !

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : विडम्बना !

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् हिमाली महिमा सुन्दा डाहा होला विचित्रको माटो यो बुध्दको भन्दा चर्केला कान दुष्टको प्रकृतिका नदीनाला ताल देख्दा रसाउला लुट्नलाई यिनै शान जाली जाल फिँजाउला । वनपाखा झनै राम्रा फूलका बाग सुन्दर

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सहर, क्रिस्प्यान्डो र भित्ते नाराहरू

~गिरी श्रीस मगर~ छुरीमा धार लाइरहेछ बगरे एक लाइनमा छन् भेडाच्याङ्ग्रा र अर्कोतिर लाइनमै छ सहर पनि ! सडकको व्यस्त भीडमा रिक्सा तानिरहेछ एक बालक, द्रुत गतिमा कुदिरहेछ हत्यारा टिप्पर,

Posted in कविता | Tagged | Leave a comment

छोक : सत्य

~पूर्ण वैद्य~ सत्य । पानीको एउटा समुद्र हो। मान्छेहरूले आ–आफ्नो भाँडोअनुसार त्यसलाई भरिलिन्छन् अनि, तिनीहरू एकआपसमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको कुरा

~उपेन्द्र सुब्बा~ हिजो राति सपनामा तागेरानिवाफुङ्माङ आएर यसो भनिन्- ल कान्छा जे छोइस् तेरो भो।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एक बोकाको अन्तिमपत्र

~लक्ष्मण नेवटिया~ मानवबस्तीहरूमा जब ढोल बजाउने, बन्दै गएको छ माहोल, गरेर हाम्रो तोल ,मोल गरिनेवाला छ कबोल, अब त वेदनाले कुँजिएको हाम्रो उमेरको एकएक पल सकिन्दैछ। जीवनदीप निभाउने उल्टो गन्ती गनिन्दैछ।| बोकालाई हान्न कतै छैन रोका- मात्र चाहियो मौका। विश्वभरी … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : भुइँको धागो

~प्रथा~ उमेरसँगै अग्लिएको यो जीवनको लाँकुरी बोटबाट किन झरिरहेछन् विश्वासका सप्तरङ्गी बसन्तहरू ? सपना फुल्नु अगावै मनको यो हरियो जङ्गलभित्र कसले नचाउँछ आगो र धुवाँसँगै उडिरहेछन् रहरहरू ?

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : कुरा उम्केर गै

~जीवराज बुढाथोकी~ पोख्न थालें मन्का कुरा उम्केर गै । छेक्न थालें बाटो जसै झम्टेर गै । लोभलाग्दा आँखा थिए सेता लुगा, कम्मरै त्यो मर्काउँदै भागेर गै ।

Posted in गजल | Tagged | Leave a comment

कविता : कमरेड दासनुदास

~शरद पाैडेल~ म हनुमान ! कत्ति उत्तेजित छैन कमरेड ! जे उचित लाग्छ कमरेडलाई अाजकाे उचित र मेराे उचित पनि त्यहि नै हाे । र लाग्छ जे खराब हजुरलाइ साेच्न र साेध्नै पर्दैन मलाई शतप्रतिशत खराव पनि त्यहि नै हाे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्केर जाऊ

~रमेश खकुरेल~ छौ हाम्रा दाजुजस्ता धनजनबलमा छौ निकै नै बढेका धेरै शस्त्रास्त्र जोडी अधिक मद चढी आज छौ रे सडेका नालापानी चपायौ अझ पनि जसको घाउ दुख्तैछ हाम्रो कालापानी पस्यौ जो कलुषित मन ली यो भयो झन् नराम्रो ।। भन्थ्यौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फोहोर

~डा.संजीता वर्मा~ मानिस जङ्गली प्राणी फोहोर, धूवाँ र गोलीमा लिप्त भएको कुहिएको दुर्गन्धित बतास निस्किरहेछ जहाँबाट चारैतिर जसलाई रोक्न तिमीहरूले पनि सकेनौ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो म

~तेजेश्वरबाबु ग्वंगः~ म एक प्रवाह आफ्नै गति भित्रको म एक स्वाभाव आफ्नै आचारण भित्रको । गतिशील निरन्तरताले स्वच्छ पखालिएको आचरण मेरो म एक मेलमिलाप सद्भावपूर्ण मुटुको

Posted in कविता | Tagged | Leave a comment

कविता : शहर

~राजु झल्लु प्रसाद~ ५० रुप्पे जाने चप्पल पड्काउदै, एक धोक्रो चामल र १० गुइठा पिँडालु बोकेर, बुबाले पोहोरसाल दशैमा किनिदिनुभएको धुत्रो स्कुल ड्रेसमा, भविष्यको नक्सा खोज्न, म शहर पसेको ओहो ! धेरै वर्ष भएछ ! धेरै वर्ष भएछ:- आमाले निस्किनेबेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मरी मरी वाँच्नु पर्ने

~विनय राजोपाध्याय~ दिन दिनै मर्नु पर्ने , मरी मरी वाँच्नु पर्ने जीवन यो कस्तो मेरो रुंदा रुंदै हाँस्नु पर्ने सुखि हुन खुशी हुन , जति सुकै खोजे पनि

Posted in गजल | Tagged | Leave a comment

कविता : संविधान तिमी आऊ

~एस. दिवस~ भोका पेटहरूका निम्ति अनिकाल हैन सहकाल बनेर आऊ भोकै मर्न बाध्य हुनेहरूका लागि विष हैन पियुष बनेर आऊ भोका पेटहरूमा मुसा दौडिने गरी हैन माछा पौडिने गरी आऊ सविधान तिमी ¤ कोही भोको अनि कोही रो’को देख्नै नपर्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दिक्क बनायो

~एम.एल. ओली~ भोको डकार झाङ्गिएर तन पलायो बाउको धन भाँगिएर मन गलायो साझा पाहुनो नाता जोडी ठिक्क बनायो भुँडीभित्र खहरे उर्ली दिक्क बनायो । मन्दिरभित्र सन्यासीले धुप जलायो पूजारीले धोती जलाई रूप पलायो

Posted in कविता | Tagged | Leave a comment

कविता : “तँ” भनिन्छन् “हजुर”हरू

~मित्रलाल पङ्ज्ञानी~ जो निजी बस्तु हैनन् तिनैलाई निजी भन्यो धर्तीमा युद्धबाट बाटो त्यै स्वार्थी अन्धले खन्यो व्यर्थैको दम्भले गर्दा तँभन्दा म ठूलो भनी इख्खियो हेपिने मान्छे मच्चियो झगडा अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ त मकै पोलिरहेछ

~शिशिर शर्मा~ ऊ मकै पोलिरहेछ पुरानो बाटोको छेउमा पुरानो पसलको अगाडि बुढो पिपलको रूखमुनी काठे पिर्कामा बसेर सहरको धुलो र धुवाँ खाँदै नाबालक एउटा लाचार केटो

Posted in कविता | Tagged | Leave a comment