Category Archives: नेपाली काव्य

Poetry

कविता : यस्तो कविता लेखूँ, जो कसैले नबुझोस्

~हरिहर शर्मा~ सोचेँ- यस्तो कविता लेखूँ जो कसैले नबुझोस् लेखिएका, अक्षर हुन् कि भन्ने परोस् देखिएका, शब्द हुन् कि भन्ने लागोस् तर अक्षरको अनुहार शब्दको सार कसैले नबुझोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : किताब

~भूपिन ब्याकुल~ मेरो हृदयको पुरानो दराजमा मलाई मनपर्ने प्रिय किताब छ ! प्रत्येक दिन त्यसका पानाहरु खोल्छु पाउँछु हिजोका शब्दहरु फेरिएर नयाँ शब्दहरु टाँसीएका छन् मानौँ त्यसको पातलो आवरणभित्र अटाएको छ सिङ्गो समुद्र जहाँ शब्दका नयाँनयाँ छालहरु आउँछन् त्यही एउटा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धमिलो नियति

~नविन लोचन मगर~ पहिले जस्तो निश्चल, निस्कपट, निस्वार्थ छैन, आजकाल माडी पटक्कै छैन सिनोको गन्ध मिसिएको छ त्यहाँ सुसाहतमा गति चिसिएको छ त्यहाँ पुरानो छैन बनावट न पुरानो छ नियति बग्दोछ त केवल नाम मात्रको माडी,

Posted in कविता | Tagged | Leave a comment

गज़ल : धेरै चोटी रुंदा रुँदै हाँसे तिम्रा लागि

~स्वप्निल नीरव~ धेरै चोटी रुंदा रुँदै हाँसे तिम्रा लागि मृत्युको त्यो शैय्याबाट जागे तिम्रा लागि लासमाथि दुस्मनी प्रहार कति कति पलपल मरेर म बाँचे तिम्रा लागि

Posted in गजल | Tagged | Leave a comment

कविता : सपना,घडीफूल अनि चाँदनी

~बिबश बिप्र~ ब्युँझिएर, आफ्नै आँखाले वयस्क सपनाहरुको अतिक्रमण गर्दा दिमागभरि उम्रिएका घडीफुलको छटपटी लाग्छ- क्रोध पिइरहेछ l कच्चा नक्षेत्रको संयोजनमा पन्ध्रौ सताब्दीतिरकी एउटी सुत्केरी

Posted in कविता | Tagged , | Leave a comment

गजल : मेरो मन मेरो मुटु तिमिलाई उपहार भो

~गिरिराज बाँस्कोटा~ मेरो मन मेरो मुटु तिमिलाई उपहार भो जसो गर जे जे गर तिमिलाई अधिकार भो प्रयत्नमा फक्रिएर रहरमा फुल्न खोज्दै पुँजा पुन्य तिमिनै हौ तिम्रो छाति संसार भो

Posted in गजल | Tagged | Leave a comment

कविता : चिलहरु यावत कथा पढ्दैनन

~बलदेव भट्ट “बिहानी”~ आँखाको नानी लाई मटेङ्रा बनाए हुन्छ बर्बादीमा हस्तिनापुर फेरी पनि उजेलोको अनुहार हेर्छ, नगरबधुका मन्मथी बस्तुकलामा खोपिएको रापको चित्त मेरै मटेङ्राले फुटालेको ढुकुरको छातीमा आदर योग्य बैंशको युग कोर्दैछ ।। परालको कुर्कुच्चा लिएर हल्काराहरु मजुर को प्युठानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वासघात

~सुरेश रानाभाट~ माझीहरूले माया गरे गुलाफ जामुनका फूल हुन् भनेर त्यही फूल जलकुम्भी भएर छालसरि ताललाई नै ढाकिदियो । घँसिनीहरूले जतन गरे दूधिलाका फूल हुन् भनेर त्यही फूल बनमारा भएर सारा जङ्गलभरि फैलियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रंगिन पल

~सुष्मा थापा ‘अनुप्राश’~ त्यो दिन रंगिन साँच्चै त्यो क्षण जहाँ तिमी अनि म प्लावित थियौ एक अर्कामा निर्भिकता र आशुतोश थियो,

Posted in कविता | Tagged | Leave a comment

कविता : नागरिकता

~अनिता लामा~ तिमीले नागरिकता लियौ बाबुको नाम, थर पायौ तिमी नागरिक हुनसक्यौं । तिमीले फेरि नागरिकता लियौ तर थर फेरिएर पायौ नागरिकको दर्ज्यानी बढेर कुनै बहादुरको बहादुर्नी कुनै डाक्टरको डाक्टर्नी कुनै पुलिसको पुलिस्नी वाजसको बन्यौ उसकै नामको लिङ्गी पायौ

Posted in कविता | Tagged | Leave a comment

गजल: बैमान हुँदैन र ?

~सरोज अनुराग~ मान्छे मान्छे मात्र हुन्छ सैतान हुँदैन र ? इमान्दार लालसामा बैमान हुँदैन र ? ईश्वरलाई शूलमाथि झुण्ड्याइन्छ यहाँ जाली फटाहा पापीलाई सम्मान हुँदैन र ?

Posted in गजल | Tagged | Leave a comment

कविता : लोक धुन

~सुदीप पाख्रिन~ घुयेंत्रो हाने भोनाथे हुस्सू जित्न नसक्ने यो फुच्चे सूर्यलाई अडेस लाइरहेको छानोबाट झिकेर ब्रह्माण्डको ब्ल्याक होलतिर कतै। बेला न कुबेला काला बादलहरुमा तुर्लुङ्ग.. झुण्डिरहने

Posted in कविता | Tagged | Leave a comment

कविता : एक थुँगा वनफूल

~शशी लुमुम्बू~ करोडौँ बोट-वृक्षहरुको सेपमा कहिल्यै तंगि्रन नसकेको वनमाराले झन्डै-झन्डै खाइसिध्याएको म एक थुँगा वनफूल कसो-कसो बौरिएछु मूच्र्छाबाट !

Posted in कविता | Tagged | Leave a comment

कविता : यस पटक पनि समय संत्रस्त छ

~प्रशान्त खरेल~ सर्सराउँदो हावाको झोक्का एकैपटक सोहोरिएर कसिंगर बढार्न खोज्दैछ भित्र बसेर महलको ढोकामा छेस्किनि लगाउन खोज्दैछ समयको त्रासदीमा बाँचेको अजिङ्गर ए मानवहरू हो जुरूक्क उठ अब यस पटक पनि समय संत्रस्त छ समयको बन्धकि राख्नेहरू देखि साबधान ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘तिमी हराय पछी’

~तेजविक्रम कार्की~ सम्झनाका धेरै धेरै पलहरू जोडिएर एउटा नदी बगीदिन्छ हृदयमा एकै छिन छाडेर जिन्दगीको सबै हिसाबहरू म बेगले उर्लिदिन्छु बेहिसाब तिम्रो मनको डोबै डोब भन म के जवाफ दिउँ ? घुम्ती मोडहरुमा भेटीनेहरूलाई सोध्लान ? यो आधा जिवन लिएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : गधा र हामी

~भिम प्रसाद घिमिरे~ सिर्कना नलाएसम्म भारी नबोकाएसम्म गधा मैमत्ता लाग्छ थाहा छैन हो लागेको कि भएको स्वर सुन्यौ ? हो है ! उसका आवाज न सुर नत ताल प्रिय धोबी, श्रम लिन्छौ भने सिर्कना लाउ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : यो जिरिङ्ग रात

~पुष्प आचार्य~ चीसो टलक्क कालो सलल्ल अए, यो जिरिङ्ग रात ! छेवैबाट झस्काइदिन्छ फिसिक्क जम्काभेटमा मुस्काए झैं के ओठ तन्काओस् थरर्र हल्लिएको मुटु

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी पनि त्यै पुरानो सुकुटीमा रमायौ

~प्रकाश सापकोटा~ तिमी पनि त्यै पुरानो सुकुटीमा रमायौ कि झण्डै-झण्डै रित्तिएको ढुकुटीमा रमायौ कि काँधै हाली उठाउने लाखौं जनता बिर्सिएर डोली बोक्ने दुइ डोलेको झ्याइँकुटीमा रमायौ कि

Posted in गजल | Tagged | Leave a comment

तेज बिबस राईका दुइ मुक्तक

~तेज बिबस राई~ (१) कागज सरी हुँदो रैछ मानिसको भाग्य। झुपडी झै चुँदो रैछ मानिसको भाग्य। आफ्नो भन्ने मान्छे हजुर पराइ भएपछि, कुना पसी रुँदो रैछ मानिसको भाग्य।

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अंश

~सीमा आभास~ अंश लैजानु, दुम्सीले माडेको फापरबारी बाँदर लागेको मकैबारी पछ्यौरीले छोपेको सोलीको कोदाको बीउ आँगनको कुखुराको खोर बुन्दाबुन्दै छोडेको डोको एकमुठी सुकेका चोया खेतमाथि बगेको बाढी घरपर्तिरको खहरे रित्ता किला-दाम्ला

Posted in कविता | Tagged | Leave a comment

घायलश्रीका दुई मुक्तक

~घायल श्री~ मैले भनें – दिन दहाडै गोली चल्छ हाम्रो नेपालमा जीउदो शरिरमा आगो बल्छ हाम्रो नेपालमा । नहुदा कुनै नियम कानुन अपराध छेक्ने

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रेमीहरु

~भूपिन ब्याकुल~ प्रेमीहरु सिर्फ सम्मोहीत पुतलीहरु हुन् जो प्रत्येक रात आफ्नै सपनाहरुको मलामी जान्छन् र प्रेमास्थाको उज्यालो बत्ती वरीपरी मृत्युको तयारी गरिरहन्छन् बारम्बार आगोको समुन्द्र माथी पौडीरहन्छन् दु:खाईका चरम आनन्दहरु लिन्छन् सपनासगै डढ्छन् र अन्तत :मृत्युवरण गर्छन !

Posted in कविता | Tagged | Leave a comment

गोविन्द ‘भाबुक’का केही गेडीहरु

~गोविन्द ‘भाबुक’~ 1)चिस्सो हावा,छाया मा,पिपलुको बोटले झिम्क्याउदै,परेली,लजालु त्यो,ओठले। हेरिनौ, मोहनि ले,अझै बेरिनौ। 2)छाती भरी,तस्बिर,सजाएर,राखेको

Posted in गेडी | Tagged | Leave a comment

कविता : म समय

~रमेश कंडेल~ मान्छे उत्तरार्द्द खोज्न निस्कदा हिमशिखर कालो मुख लाउदैछ हरियो ड़ाडा फुस्रो हुदैछ नदीहरु यात्रा छोट्याउदै छन् उत्तरी दक्षिणी गोलार्द रुदैछ्न तर मान्छे घपक्क अहमताले गाँज्दा एटम बमको चुरी फुरी लाउछ र निर्दोष आत्माहरु माथि गोलि बर्षाउँछ

Posted in कविता | Tagged | Leave a comment

आयुष सम्मोहनका केही हाइकुहरु

~आयुष चौधरी ‘सम्मोहन’~ १ आँखा रसाए तिमीलाई नै सम्झि मध्य रातमा २ छोडेर हिड्यौ भेटे जस्तो नी लाग्छ सपना भरि

Posted in हाइकु | Tagged | Leave a comment

गजल : सिउँदो तिम्रो जब ओभानो लाग्यो

~ज्ञानुवाकर पौडेल~ सिउँदो तिम्रो जब ओभानो लाग्यो घर आफ्नो पनि बिरानो लाग्यो नजुराए पनि मेल दैवले हाम्रो सम्बन्ध भने सारै न्यानो लाग्यो

Posted in गजल | Tagged | Leave a comment

कविता : उद्घोष

~सीमा आभास~ तपाईंले लेखेको किताब तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ मै हुँ यो सभ्यताको धरोहर तपाईंको सभ्य शैली मन्त्र जस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ । तपाईंको निन्द्रा र सपना ध्यान, जप, तप मै हुँ म नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : इश्वर बल्लवका आमाहरुले आत्महत्या गर्छन्

~सरुभक्त~ सुकुटीभेडाः चिलाएका गर्दनहरु घिन्टीका माला उनेर हिड्छन् जीवन सम्वेदना – त्यो राक्षसहरुको वस्तीमा कहाँ हुन्छ ? वन्द असिलेशनः टुकुचामा डुवेका धरहराहरु तेत्सिमोकाई – स्वः ममीकरण वाँचेका छन् शान्त जलका अशान्त गैंडाहरु कर्मापाहरुको सिकार खेल्दैछन्

Posted in कविता | Tagged | Leave a comment

गजल : धोका दिए पछी

~सनिस थापा~ तिमी संगै जिन्दगीमा चोखो माया लाउनु थियो यो जिबनको लक्ष्य मेरो तिमीलाई पाउनु थियो झुटा रहेछन तिम्रा रहस्यमय वाचा अनि कसमहरु जीवन का गोरेटो तिमी संगै धाउनु थियो

Posted in गजल | Tagged | Leave a comment

कविता : ‘साँच्चै ऊ मेरो असल साथी थियो !’

~तेजविक्रम कार्की~ सधै जसो म हिड्ने बाटो आज मै सम्म हिडेर आइपुगेको छ र सोध्दै छ – कहाँ लैजान्छौ भनेर गोरेटै गोरेटो जिवनको पतझड जङ्गल हुँदै घिस्रिदै लछारिदै सपनाहरु हरायर आफ्नै सहरमा मै सम्म आइपुगेर सोध्दैछ मैले झुन्ड्याएर हिडे पछी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कुराकानी सकीए के भो , एउटा बात बाँकी नै छ

~राजु दाहाल~ कुराकानी सकीए के भो , एउटा बात बाँकी नै छ । दिन बिते के को चिन्ता, सीङ्गो रात बाँकी नै छ ।। बोतल खाली भइसके, पीउने रहर अधुरो भो तिम्रो अधर हेर्दा लाग्छ, सग्लै मात बाँकी नै छ … Continue reading

Posted in गजल | Tagged | Leave a comment

नरेश रोकाहाका मुक्तकहरु

~नरेश रोकाहा~ साथ दिएँ चोट लाग्दा तब साथी भएँ छोडी दिएँ छुरा रोप्दा अनि पापी भएँ नयनमा भ्रम रैछ सागर सुक्यो प्रितको

Posted in मुक्तक | Tagged | Leave a comment