Category Archives: नेपाली काव्य

Poetry

कवि लिम्वु ‘आँशु’का पाँच ताङ्का

~कवि लिम्वु ‘आँशु’~ मुटु मिचेर दोष दिउँ कस्लाई भाग्य आफनै खोटो भइदिए सि आवरा जिन्दगी भो । भन्दैन चेली राता रात बेचिन्छ मौन छ सबै हाट हजारी खेल किन्नेहरूको भीड ।

Posted in ताङ्का | Tagged , | Leave a comment

बालकृष्ण गजुरेलको पाँच तियाली

~बालकृष्ण गजुरेल~ तियाली १ आफ्नैको भर हुन्न झुटले मुटु छुन्न त्यसैले कोहि रुन्न ।। तियाली २ बिश्वास गर घात गरेपनि

Posted in तियाली | Tagged , | Leave a comment

कविता : नदी र चट्टानहरु

~सुनील बाबु श्रेष्ठ~ एकतमासले बगेर भारीका भारी सपनाका नदीहरु भविष्य खोज्दै मिसिन्छन पुगेर निलो महासागरमा । यहिँ सपनाका नदीहरुको विचमा अग्लो कद बनाएर बसेका अग्ला चट्टानहरु नदीबाट सृजित शितल हावा स्पर्श गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल मेरो गाउँ

~चन्द्र सिं गुरुङ्ग~ दिनहुँ हेर्छु घाँटु, सोरंठी र लोक दोहरीको नृत्यमा डम्फू, मादल र सारंगीको मौन धारण र गीति अक्षरहरुको शान्त मलामी माथि सल्लाघारीको डाँडामा बसेर जीर्ण तन र वितृष्ण मन बोकी शव यात्राको दृश्यावलोकन गर्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : जवानी उबायो कसैले

~कोमल भट्ट~ छचल्क्यो जवानी उबायो कसैले कसी प्रेम पाशमा डुबायो कसैले अति प्रीतले मन्द मुस्कान छर्दै सुधा जल खन्याई नुवायो कसैले

Posted in गजल | Tagged | Leave a comment

कविता : मखुण्डो र कविता

~नरेश शाक्य~ मखुण्डाहरू उत्रिसकेका छन् र सबै आफ्ना असली अनुहारहरूमा देखापर्न थालेका छन्,

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : हामी बिद्धान

~मधुश्री~ बिद्बान हामी दर्पण थियौँ बदल्न समाज छर्नुथ्यो ज्ञान हुन्नथ्यो दुःख संकट यो आज निद्रामा डुब्यौँ सपना दिवा देखेरै हरायौँ भुलेर आफ्नो बिद्धता सस्तो हावामा फरायौँ अन्याय-न्याय गलत-सही छुट्यौँन सकेनौँ पुज्यथ्यौँ हामी पुजाको अर्थ बुझ्नेनै भएनौँ

Posted in गीति कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : गर तयारी अलमल्ल नपरी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ लडाइँ जब छ ब्वाँसा, फ्याउरा, स्यालहरुको के अर्थ परेवाहरु यता वा उता लाग्नुको । मदारी अरु नै कोही छ, प्रभु अर्कै छ उनीहरुको, नचाउँदैछ कोही अरुले नै उनीहरुलाई;

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

विष्णुबहादुर सिंहका दस हाइकु

~विष्णुबहादुर सिंह~ १. बाढी आएर खेत बगाएपछि खोलो सुकेछ । २. आउनेछु म मङ्गलग्रहमाथि हावा लिएर । ३. समुद्रभित्र गहिराइमा डुब्दा माछा तर्सेछ ।

Posted in हाइकु | Tagged | Leave a comment

लिमरिक : नाठो

~सोफिया शर्मा रेग्मी~ गाइरहेथे माइकमा केटाका जन्ती नाच्ने केटीहरुको पनि थिएन गन्ती । बेगाने शादी मैं अब्दुल्ला दिवाना

Posted in लिमरिक | Tagged , | Leave a comment

गोधूलि दिनेशको ऋषिकेश बिशेष पाँच हाइकु

~गोधूलि दिनेश~ चिसो बिहानी, विष्णुसहस्र नाम — वानप्रस्थमा ।१। छड्के घाम, झिलिमिली तारा झैँ — हरियो गङ्गा ।२।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : बुज्रुक कृर्तिकारहरु

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ लङ्गडो सोखमा बहिरा नेताहरु बुरुक बुरुक उफ्रदै एम्बुस बिछ्याउँन गोला, डाइनामाइट, बन्दुक पड्काउँछन् मेसिनगन भुट्छन, बम, बारुद विस्फोट हुन्छन व्यानेट घोप्छन, ग्रिनेट हान्छन,

Posted in कविता | Tagged | Leave a comment

कविता : थुइक्क ! जाली लोग्ने मान्छेहरु !

~मिजास तेम्बे~ तेरो आमा भएर त, तैँले जीवन पाइस् । आमाको ममता र बात्साल्य कुल्चीएर हुर्कीस् । जवान भइस् /प्रियसी छानीस् /पत्नी अपनाइस् तेरो जीवनले गती पायो । अझ भन्छस्- यस्ता आइमाई /उस्ता आइमाई/नाथे आइमाईहरु, थुइक्क ! पापी लोग्ने मान्छेहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमको रंग-३

~दीपा राई~ अँधेरिएको समुन्द्रको अम्ली समातेर बिहानीलाई पर्खेको छु लाग्दै छ- आदिम समयले काटीँ खुट्टामा ठोकेर म किनारमा उभिएको छु उभिएको छ समय समुन्द्रको हावाले बोकी ल्याएको नुनिलो

Posted in कविता | Tagged | Leave a comment

गजल : मुस्कानको रातमा

~सदानन्द अभागी~ छ पल्लवित सुन्दरता मुस्कानको रातमा जून थिए ढकमक्क हामी दुबै मातमा रस लाग्दो शरीरको श्वेत वर्ण छाती अति सुन्दर माछापुच्छूे बन्दी बने हातमा

Posted in गजल | Tagged | Leave a comment

कविता : श्रद्धाञ्जली

~लक्ष्मी उप्रेती~ समयसँगै तिमीगयौ अनायासै हजाराँै मनहरू स्तब्ध पारेर स्मृति तलाउमा छचल्किंदै बग्ने मायावी नदी देवदिदी ! स्मृतिको धमिलो आँखामा पच्चीस वर्षअघिको पवित्र दिन सम्झँदैछु यसबेला एउटा प्रगाढ सम्बन्धको पवित्र बन्धन सम्झँदैछु यसबेला

Posted in कविता | Tagged | Leave a comment

कविता : अविरल यात्रा

~प्रल्हाद बुढाथोकी~ एकै लक्ष्य हिड्ने यात्रीहरु बीच जब बाटोले बिभाजन ल्याउछ। एकले अर्काको बाटो अबरुद्ध गर्दै जब यात्री अघि बढ्न खोज्दछ। बाटोहरु दक्षिणपन्थी ,मद्यपंथी र उग्रपन्थी हुन पुग्दछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विंद्धत्सभा

~टंक वनेम~ सृष्टिको महायुद्ध ! आमाको गर्भाशायमा बाबुको विर्यदान पाखुरा सुर्काएर पल्टाउँदै सिसिफस ढुङ्गा थाकेर पल्टिन्छ उत्तानो हुटिट्याउँ झयामोलोङ्माको फेदमा जून घामको भाले जुधाई किरिङ मिरिङ………… किरिङ मिरिङ………… छयाक्र्‍याङ छयाङ…..

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मदिरा महीमा

~बिक्रमादित्य~ छन्द : शार्दूल विक्रीडित झर्दै आज छ अन्धकार मधुरो निम्तार यादैहरु हावा आइरहेछ ढल्मल गरी छर्केर बास्नाहरु तिम्रै साथ छ यो पला बिगतका त्यै याद निम्त्याउने तिम्रै हात छ प्रेमलाइ प्रियसीको याद बिर्साउने॥१॥ … देख्दा छौ तरलै तिमी बगिरने … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : बुझ्ने भई सके म

~राई रमेश गाउँले~ नवोले नी धेरै वात, बुझ्ने भई सके म कस्तो हुँदो रै छ घात, बुझ्ने भई सके म नदेखाउ अव मलाई, दीवा स्वप्न तिमी धेरै स्वार्थ पूर्ण तिम्रो साथ, वुझ्ने भई सके म

Posted in गजल | Tagged | Leave a comment

गजल : लक्ष्य हाम्रो पारि थियो

~आशांक उपाध्याय~ यात्रा शुरु गर्दा खेरि लक्ष्य हाम्रो पारि थियो हास्दै खेल्दै रमाउदै यात्रा हाम्रो जारी थियो प्रारम्भ मै यात्रालाई सामल तामल ठिक्क ठाक्क एक्लै बोक्नै नसकिने गुन्टा पनि भारी थियो

Posted in गजल | Tagged | Leave a comment

कविता : ऋतुको गीत

~सीमा आभास~ घङ्गारुको लौरो टेकेर कोशी किनारमा उभिएकी हजुरआमा रित्ता गिजा मजेत्रोले छोप्दै अन्जुलीभरि पानी उघाएर भन्छिन्- फेरिएनन् यी रुखका पातहरु संग्लिएन सप्तकोशी चरा ब्यूँझनुअघि हराएकाहरु भेटिएनन् ऋतुको पोल्टाबाटै हराए बसन्तबहार बाबै !

Posted in कविता | Tagged | Leave a comment

गजल : दाता खोजूँ कतातिर

~जीवनकुमार शाक्य~ माया प्रेम के हो कहाँ पाउ खोजूँ कतातिर तीर्खा छ आँखामा गहभरी मूल खोजूँ कतातिर फूल फुल्यो आँगनमा,मन रसायो मुटुभरि माहुरी मरेछ खोरमा बगैंचा खोजूँ कतातिर

Posted in गजल | Tagged | Leave a comment

गजल : रोगी भएछु

~प्रकाश लामिछाने~ छाति पोल्छ, कोखो दुख्छ, रोगी भएछु । राख-खगौतो मात्र साथमा, जोगी भएछु ॥ ठूलो मान्छे बन्नु भन्थे, उबेलामा सबले, असल नभइ ठुलो बन्दा, भोगी भएछु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आत्महत्याराको देश

~राजेन्द्र तारकिणी~ यो देशको प्रथम प्राइममिनिस्टरले घोर अपमानको विष पिएर आत्महत्या गरेदेखि महाशय, देशले कति क्युबिक मिटर विष पियो के मापन गरेका छौ कहिल्यै आत्महत्याको गणित? लण्डन म्युजियमबाट भीमसेनको टाउकोले क्यालकुलेशन गरिरहेको भए

Posted in कविता | Tagged | Leave a comment

गजल : एकछिन पर्ख घाम

~सदानन्द अभागी~ बिहानीको सङ्गम हो यो एकछिन पर्ख घाम सीताजीको इच्छा पूर्ति गरिछाड्छन् आज राम जवानीमा हुँदो रैछ जोश अनि गतिशीलता गरेको छु विन्तीभाव नसुनेता चक्काजाम

Posted in गजल | Tagged | Leave a comment

कविता : “डेज अफ ग्लोरी” र लज्जित इतिहास

~टंक वनेम~ बाँच्नेहरुको लागि इतिहासको निर्माण हुँदै गरेको वेला ज्ञान,विज्ञान र धन दौलत भारतवर्षबाट अन्यत्र जान्थ्यो धोका,षड्यन्त्र,फट्याई र कुटनीति युरोपबाट एशिया आउँथ्यो हो त्यहीँ –

Posted in कविता | Tagged | Leave a comment

कविता : रूङ्री बिनाको शहर

~देवेन्द्र खेरेस राई~ रूङ्रीः समय रूङ्रीः चेतना रूङ्रीः जीवन जीवन यौटा आस हो र, साहास पनि हो, मानौ तर अर्थ तेसै खुल्दैन छोपिएका पानाहरू नपल्टाएसम्म । सिङ्गो पाना पढ्नु

Posted in कविता | Tagged | Leave a comment

गजल : टल्कीन्छ पुष्प डालीमा

~आशांक उपाध्याय~ पोखिंदा झुल्को लालीमा, टल्कीन्छ पुष्प डालीमा | लालित्य रुप गालीमा, देखियो हर्ष मालीमा || पखाल्दो बाग लौ हेर, शीतको थोपा झरेर | उडायो रात्री निशानी, मुस्कायो दिन पालीमा ||

Posted in गजल | Tagged | Leave a comment

कविता : उनको युगको प्रत्येक साँझ…

~ज्ञानेन्द्र खतिवडा~ हामी- केटाकेटी नै थियौं,र गएको प्रत्येक साँझ भुलेर नै दिनभरि खेल्थ्यौं साँच्चै त्यो डरलाग्दो साँझ हामी खेलेरै भुल्थ्यौं हामी केटाकेटी नै’थ्यौं

Posted in कविता | Tagged | Leave a comment

कविता : किन यस्तो ?

~कमला दाहाल~ भगवान बदल्नेले सम्मान पाउने तर नमान्नेलाई किन गाली गर्ने ? भगवान, ईश्वर, परमात्मा संसार रचेको इनले सबैलाई जन्माएको इनले

Posted in कविता | Tagged | Leave a comment

गजल : खस्रा थिए छाला

~प्रकाश लामिछाने~ हिजोसम्म झुस्स थियौ, खस्रा थिए छाला । प्रधानमन्त्री भएपछि, चिल्ला भएछन गाला । देश हाम्ले हाँक्न पाए, के के गर्छौँ भन्थ्यौ, अ‍ैले चाबी अन्तै भन्छौ, कस्ले खोल्छ ताला?

Posted in गजल | Tagged | Leave a comment