Category Archives: नेपाली काव्य

Poetry

गजल : जाँगर देऊ आमा

~प्रेम बिनोद नन्दन~ मलाई अलिकति धैर्य र जाँगर देऊ आमा खहरेको भेल होइन, सघन, सागर देऊ आमा यी बलिया पाखुरी र फराकिला छातीहरु यी हत्केलाभरी उत्साहको, संसार देऊ आमा

Posted in गजल | Tagged | Leave a comment

गजल : गाह्रो भो

~राकेश कार्की~ आँखा जुध्याजुध्यै भयो हटाउन गाह्रो भो पुरै रात कोल्टे फेर्दै कटाउन गाह्रो भो मुटु चल्यो नशा चल्यो जताततै असर गति बढ्याबढ्यै भयो घटाउन गाह्रो भो

Posted in गजल | Tagged | Leave a comment

गजल : धेरै पछि देखे आज

~सागर साउद~ तिम्रा साथ हिड्नेलाई धेरै पछि देखे आज त्यसैले त सम्झनामा एउटा गीत लेखे आज ।। तिमीलाई देखे पछि उस्कै याद आयो मलाई वेदनाले झर्ने आँशु गहभित्रै रोके आज ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : कहिले पनि तिमी हजुर

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ नहिंड है मस्किएर कहिले पनि तिमी हजुर सम्हालेर मनलाई मुटुभरी फूल हजुर.. बरालिनु हैन राम्रो बन तिमी मेरै हजुर अंगअंग नशा नशा माया छरी डुल हजुर

Posted in गजल | Tagged | Leave a comment

गजल : नेतालाई लड्न पाए भैगो

~कोमल भट्ट~ हाम्रो देशका नेतालाई लड्न पाए भैगो जसरी नि कुर्सी माथि अड्न पाए भैगो काग जति कराउंछ पिना सुक्दै जान्छ महँगा र राम्रा वाहन चड्न पाए भैगो

Posted in गजल | Tagged | Leave a comment

गजल ; लालित्य पोखेर आयौ

~सरुजी~ स्निग्ध चेहरामा भरोसाको लालित्य पोखेर आयौ उसले भन्दा बढी दिन्छु भनि माया जोखेर आयौ । हरा भरा उनको जिन्दगीको त्यो आंचलमा खेली हतारमा ममताको बिउ खोई किन रोपेर आयौ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : देख्या होलाऊ तिम्ले

~नारायण तिवारी~ बसी-बसी खाने मान्छे, देख्या होलाऊ तिम्ले काम गरि खाने पनि, लेख्या होलाऊ तिम्ले सुति-सुति खानपाए गर्नुहुन्न काम ? मनैमन गुन्ने मान्छे छेक्या होलाऊ तिम्ले

Posted in गजल | Tagged | Leave a comment

कविता : म चिकित्सक – मेरो दायित्व

~सुयोग अनुप झा~ मेरो देशको सुरक्षाको रहेको मेरो दायित्व आज पूरा गर्नु छ हे नेपाल आमा, काल कोरोनाको अब विनाश ल्याउनु छ यस धर्तीमा आएको सबै महामारीसँग लड्ने काम छ मेरो बिरामीको मुस्कान फेरि फिर्ता ल्याउनुमा नै आराम छ मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

तिलकराज चुँँदालीका चार हाइकु

~तिलकराज चुँँदाली~ लजायो फुल किसान मुस्कुरायो फल लाग्ने भो! विहानी फूल संगीत भमराको सुगन्ध रोयो!

Posted in हाइकु | Tagged | Leave a comment

गजल : उमेर ढल्के पछि

~सरोज फुयाल~ बा साच्चै नै बा जस्तै लाग्छ उमेर ढल्के पछि । जन्म दिनमा निकै मुठ्ठा मैन बत्ती सल्के पछि । आमा नहुँदा बा ले कहिलै काँचो खुवाउनु भएन बा आमा जस्तै लाग्छ पेटको खाना सक्के पछि ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मात्तिएर हिँड्छौ अरे

~हेम जङ्ग कार्की~ कोरोनाको नामले तिमी मात्तिएर हिँड्छौ अरे साना ठुला राष्ट्र नभनी बत्तिएर हिँड्छौ अरे रुप रंग कस्तो तिम्रो कसैले देख्न सकेन ओल्ले देखी पल्लो किनार पात्तिएर हिँड्छौ अरे

Posted in गजल | Tagged | Leave a comment

कविता : शहिद हाेईन याेद्दा बन

~शिव चालिसे ‘प्रभात’~ मेराे देश मेराे अवस्था निरीह जनताहरुकाे व्यवस्था एक आङ कपडा एक पेट आटाे एक शरीर छानाे र जमिन एक मुख जवाफ नभएकाहरु बहुमतमा छन हाे तिनैका लागि युद्ध गरेर सहिद बन्न म तयार छैन । उनिहरुका लागि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हारिरहेछ मान्छे

~राज अनुराग~ रम्दै खुल्दै जान्छ कसैको आवाजमा बोल्दैन प्रकृति शोषण गर्ने सोस्छन् चुस्छन् रत्ति पनि डग्मगाउँदैन प्रकृति । सबैलाई खुला विना भेदभाव रम्न दिने प्रकृतिको संस्कृति मान्छेको खेलले आजित हुँदा अवतार लिन्छ तर हार्दैन प्रकृति । घमण्ड गर्छ मान्छे जित्छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता: बन्दी

~पिपला ढुङ्गाना~ ‌सोच्दैछु ति खाली बाटाहरू के गर्दै होलान् यतिबेला! मैले सम्झिएजस्तै, कल्पनाको पाइला लम्केजस्तै, यिनीहरू पनि सम्झन्छन् कि सम्झदैनन् होला, आफ्नाे सदाबहार बटुवालाई? एउटा घेरा लगाइएको खुल्ला आकाशमुनि

Posted in कविता | Tagged | Leave a comment

गजल : इच्छाहरू मार्नु छ

~शीतल शर्मा~ मनका धेरै दर्द सहेर इच्छाहरू मार्नु छ तिमीलाई भट्ने सबै भाखाहरू सार्नु छ । मृत्युकाे आभाषलाई मनबाटै निकाल्न बाँच्नुकाे अनुभव संगाल्न धैर्यतालाई खार्नु छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यो धर्तिको सलाम

~अलका मल्ल~ आफ्नाहरु आफ्नोबाट पर पर भागी रहे । पाहुना सम्मान चलन सब हराए झै भए ।। चाडपर्व , रितिरिवाज खै कता गए गए ! समय यस्तै छ चित्कार र त्रास कोरोना को।। मानिस बिनाको गाउँ सहर लक डाउनमा टोलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नआऊ भुकम्प, जाऊ कोरोना

~डम्बर बिकेल~ सम्झिन्छु, २०७२ वैशाख १२ गते र्थिर्कएको जमिन, हल्लिएको धरती भत्किएका घरहरु, ढलेको धरहरा धेरै धनको क्षति, धेरै जनको मृत्यु बाँच्नेहरु पाएनौँ घरभित्र बस्न बाँच्नेहरु बाध्य भयौँ घरबाहिर सुत्न आयो भुकम्प, ल्यायो भुकम्प प्रकृतिले

Posted in कविता | Tagged | Leave a comment

गजल : लेखिदैछ सपना

~सुरेन्द्र थेगिम~ जो-जो जँहा भएपनि लेखिदैछ सपना आँखा खुल्लै राखेपनि देखिदैछ सपना सुक्खा मरुभूमिमा भेडा चराऊदै गर्दा पसिनाको थोपामा नि भेटिदैछ सपना

Posted in गजल | Tagged | Leave a comment

कविता : आत्मीय दुश्मनसंग

~रक्ष राई~ सोंचे थें, हामी फेरि घमासान युद्द लड्ने छौं किल्ला किल्लामा ठोक्किने छौं सीमानाहरुमा सिंगौरी खेल्ने छौं मेरो हातमा फेरि बलभद्रको खुकुरी जाग्ने छ हामी फेरि नालापानी युद्द लड्ने छौं । सोंचे थें,

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमको रंग १

~दीपा राई~ म अनि पुर्व दिशा एक अर्काको आखाको दहमा डुबेका छौ परेली झिमिक्क नगरी म पर्खिरहेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्तमा लुकेको क्षण

~बिपिन शर्मा~ हाम्रो दुई जीवन रेखा विच कहीं कतै मिलन विन्दु छ जहाँ, अलग आँखाले देखेका स्वप्नहरुको समागमवाट निरन्तर खुसीहरु जन्मिरहेका हुनेछन्, सोचौं

Posted in कविता | Tagged | Leave a comment

कविता : माओ जेदोङ, साइँला दाइ र शहीदहरू

~हाङयुग अज्ञात~ ओ ! माओ जेदोङ तिम्रा कविताका हरफहरूमा जब शहीदहरू रून्छन् र आसुहरू हिउँ बनेर वषिर्न्छन् तब सोच्नु तिम्रो देशमा फेरि त्यो रातो तारा उदाउने छैन फगत ढल्नेछ बाटो ढाकेर पुरानो रूख र छेक्नेछ मानिसहरूको यात्रा, रगत उमाल्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~दीपा राई पुन~ आसाका पहाडहरू पैह्रो बनेर मनको संघारमा खस्दा जीवनको आलीमा बसेर खुइया गर्न नपाउँदै रूझेको छु पीडाको दर्के झरीमा लछेप्रै

Posted in कविता | Tagged | Leave a comment

गजल : टाढा भयो भनेर

~राजेन्द्र चोथाले~ किन रोऊँ एउटा टाढा भयो भनेर संकोच छाडी देउता छाडा भयो भनेर रोपेको पनि फूल नै हो फुलेको नि फुलै हो स्वधर्म छोडी तिखो काडा भयो भनेर |

Posted in गजल | Tagged | Leave a comment

कविता : मूर्च्छनाबाट ब्यूँझिएको समय

~अमर गिरी~ इतिहासको अँध्यारोमा खनिएका थिए तिम्रा यात्राका डोबहरू दुःखदायी मूर्च्छनामै इतिहासको शिलान्यास गरिएको थियो तिम्रो राजप्रासादको तर आज सबै थोक बद्लिएको छ महाराज समय ब्यूँझिएको छ इतिहासको मूर्च्छनाबाट ।

Posted in कविता | Tagged | Leave a comment

कविता : केही मन छैन

~इश्वरवल्लभ~ त्यो बेहानको उज्यालोले कहीं दाग छोडेको छ , कहीं आकाशनिर नीलो आवाज छोडेको छ , झङ्कृत तुल्याएर पूरा परिवेशहरुलाई ताराहरु जस्तै, म आउनेछु भन्दै पहेंला फूलहरु टेक्तै,सुम्सुम्याउँदै , छाम्दै उकालो ओरालोहरुलाई ,

Posted in कविता | Tagged | Leave a comment

खण्डकाव्य : टोकाहा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ खण्ड: १। सुदर्शनको जन्म २। मृत्युस्मरण ३। सुदर्शनको जीवन ४। सुदर्शन जन्मस्थान जान्छ ५। महाशून्य सरस्वती प्रार्थना आमा सरस्वती तिमीलाई प्रणाम मेरो छ है । गर्दै भक्तिभाव तिम्रो यो खण्डकाव्य लेख्छु है ॥ १। सुदर्शनको जन्म

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

गीति कविता : भिन्नता

~मधुश्री~ एकै छत मुनि हुर्कि बढी ठूला भयौँ साथी बुद्धी आफ्नो बिवेकले ज्यूँदै हामी गयौँ साथी अधिकार लेख्थ्यौ तिमी ब्यवहार खोज्थेँ मैले समानता भन्थ्यौ तिमी खण्डहर देख्थेँ मैले

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : म त बाटो बिराएको मान्छे

~हेम जङ्ग कार्की~ प्राकृतिक प्रकोप नियन्त्रण गर्ने चुस्त शक्ति बनाउ सरकार । बाडी पहिरो आँउन सक्छ, नियन्त्रणको तयारी गर सरकार । भुकम्प आउँन सक्छ, आवश्यक तयारी अग्रिम गर सरकार । आगो लागि हुन सक्छ, दम्कलमा पानी भरेर राख सरकार । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रात केवल

~भिमदर्शन रोका~ रात केवल एक प्रहर बाँकी छ तीन प्रहरको अन्तिम असर बाँकी छ पश्चिममा पुगेकी एक्ली चाँदनीलाई केवल यौटा मेरै भर बाँकी छ रात केवल एक प्रहर बाँकी छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लुतो

~श्यामल~ बस्, एउटै कुरामा छ आनन्द कन्याइरहनुमा कविता, कथा र चित्र लेख्ने हातहरुले फगत आङ कन्याइरहनुमा विद्रोहमा उचालिने हातहरुले आफ्नै शरीरका कापहरुमा चलाइरहनुमा । लुतो लागेपछि हराउँछ सोच र दृष्टि

Posted in कविता | Tagged | Leave a comment

कविता : विरहिणीका उपर सखीको प्रश्न

~लेखनाथ पौड्याल~ जुटाइ शिरमा लटा वदन-क्रान्ति फुस्रो गरी बसी वजन ठाउँमा नयन नासिकामा धरी । विचार कुन तत्वको गरदछ्यौ अकेली बनी सखी ! भन वियोगिनी हुनगयौ कि या योगिनी ?।।१।। शरीरभर बाहिरै झलकदा नशाजाल यो विशेष-रुचि-भङ्गको स(श) कल चित्तले देखियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment