Category Archives: नेपाली काव्य

Poetry

गजल : के के सोँच्दैछ्यौ नढाँटी भन

~कृष्ण प्र. पाण्डे~ आउँदैछ प्रिया मिलन नजिक , के के सोँच्दैछ्यौ नढाँटी भन गाली गर्छ्यौ कि माया अधिक ,के के सोँच्दैछ्यौ नढाँटी भन उदासी तिम्रो हट्छ अवश्य , मेरो खुशी नि दुगुना हुन्छ खुशीमा कसरी हौंला सरीक,के के सोँच्दैछ्यौ नढाँटी … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : हुन्छ हुन्न !

~अधिकारी राजुश्री~ एउटा कुरा सोध्दा हजुर रिसाउनु हुन्छ हुन्न ! जनताको छाला काढी ताज लाउनु हुन्छ हुन्न ! पराग भए माहुरीले चुम्छ, चुम्छ फूललाई प्रयोगशालातिर कदम बढाउनु हुन्छ हुन्न

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा उन्माद बैंसको

~हेमन्त श्रेष्ठ~ एउटै चेहरा एउटै तन र एउटै आवाज म देखिरहेछु सुनिरहेछु र भोगिरहेछु समयको लामो लामो अन्तरालपछि पनि निरन्तर निरन्तर आँखा खोल्दा र चिम्लँदा पनि सपना कल्पना र तरङ्गमा पनि उही चेहरा उही तन र उही आवाज खै के … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : दृष्टि भ्रम

~तीर्थराज अधिकारी~ आफ्नै शिर चक्कराएको भेउ नपाउनेले कुनै पहाडलाई हे–यो भने पहाड नै घुमेको भन्न सक्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जमिनमुनिका पर्खालहरु

~विजय योजीत~ उ पर्खीरहेछ सधैं झैँ उसैगरी , अँध्यारोको व्यग्र प्रतिक्षा छ उसलाई र झुकेको छ चुपचाप पिपलका जराहरु समाएर सधैं झैं घामको नकाब लगाएर , सधैं झैं सन्ध्याको धारिलो गैंती टेकेर , त्यहि पुरानो पर्खालको आडमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : खै एकताको बल ?

~देवी नेपाल~ भन्थे एक थुकी सुकी सय थुकी बन्ने छ पक्कै नदी ऐले भव्य नदी फुटी सय कुलो बन्दै गए सुस्तरी यौटा फूल थुती थुती चुँडिदिए देखिन्छ के सुन्दर ? यौटै काँध बनेर बोक्नु छ धरा खै एकताको बल ? … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : माया साटासाट गरौं

~केशव आचार्य~ आउ हामी एकपटक माया साटासाट गरौं विश्वासको फूलबारीमा पिरतीको बिउ छरौं तिम्रो जस्तै मेरोपनि खाली नै छ मनको घडा दुबै मिलि अँजुलीले सम्झौताको कलश भरौं

Posted in गजल | Tagged | Leave a comment

कविता : भनुँ भनुँ लाग्छ…

~बासु श्रेष्ठ~ गाजल् वनी नयन भित्र बसुँ बसुँ लाग्छ मोती दाना लहर भई खुलुँ खुलुँ लाग्छ गाजल् बनी नयन भित्र… वर्षा भई तिम्रो वदन भिजाउँ भिजाउँ लाग्छ रिसाएर आगो भए रिझाउँ रिझाउँ लाग्छ वर्षा भई तिम्रो वदन…… बादल भई केशभित्र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जस्तै छ साथी

~मधु रिजाल~ देशको हाल के सोध्छौ, तिमीले छोड्दा जस्तै छ साथी रोल्पा, रूकुम, कर्णाली, हुम्लाको दशा उस्तै छ साथी जोती खाने हली दाईको सुखको दिन आ”को छैन जोताईखाने मुखीयाको दमन त्यस्तै छ साथी घैंटा फोड्दै हिंड्नेले नै आज धेरै पिउँदै … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई तिम्रो दरबार चाहिँदैन

~शिव प्रकाश~ दरबार बाँड्दै हुनुहुन्छ नयाँ मालिकहरू म राजा होइन किन चाहियो मलाई दरबार राजा हुन, रण गर्नुपर्छ गणको स्वामी हुनुपर्छ, बध गर्नुपर्छ मैले त्यो गर्न सकिनँ दरबारको आश छैन म घरबारविहीन नागरिक सिहदको रगतले स्वाधीनता पोतिएको एउटा स्वतन्त्र देशको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : यहाँ पस्न थाले हजुर

~हीरारत्न श्रीशा~ विस्तारवादी सेना यहाँ पस्न थाले हजुर हाम्रो भूमि लुट्दै यही बस्न थाले हजुर संघीयतामा देश लगि टुक्रा पारी खान विस्तारवादी गोला बारुद्ध खस्न थाले हजुर

Posted in गजल | Tagged | Leave a comment

गजल : यस्तै भो मायामा फँसेपछि

~राकेश कार्की~ बिदेशीसँग माया बसेपछि यस्तै भो मायामा फँसेपछि । नजिक गई ‘व्युटिफुल’ भन्छु दशथरी मेकअप घसेपछि । ‘No’ लाई पनि ‘Yes’ भन्ने भएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : लूसी र सपना

~प्रतीक चाम्लिङ्ग~ पहिलो भेट मुस्कानहरुले सजिएको तिमी वर्डस्वर्थको लूसी झै कुरुप ढुङ्गाको चेपमा फुलेको शुन्दर फुल प्रकृतिले दिएको बरदान कति प्राकृतिक दुःख खेपेर आस्थाको थुँगा लरक्क लर्काएर तिमी फुलेकी । म सायद तिम्रो सुगन्धित थुँगाहरु संग तिमी संगै फुले क्यारे … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मुर्दा!

~निशा प्रतीक्षित~ आजभोलि अक्सर म आर्यघाटमा हुने गर्दछु टोलाइरहेको अवस्थामा, मुर्दा जलिरहेको आगोबाट निस्की रहेको धुवाँमा तरङ्गित भैरहेको देख्छु म तिम्रै त्यागका प्रतिबिम्बहरु साच्चै तिमी मुर्दा भन्दा केही कम भएका छैनौ आजकल।

Posted in कविता | Tagged | Leave a comment

गजल : मनै बरु हारी दिन्छु

~सरस्वती शर्मा ‘जिज्ञासु’~ यो देशको शान्ती खातिर मनै बरु हारी दिन्छु उजाड देशको स्थितिमा सञ्जिवनी सारी दिन्छु बिबादमा अल्झिएर देशलाई बन्दी नबनाउ देशका बाधा ब्यबधान काडे तारले बारी दिन्छु

Posted in गजल | Tagged | Leave a comment

कविता : समय

~टंक सम्वाहाम्फे~ समय अविरल आइरहन्छ विना मुहानको पानी जस्तो पर्खदैन डुवी जाने घाम जस्तो प्रक्रितिले प्रदान गरेको निशु:ल्क उपहार प्राप्त भैरहन्छ बाँच्नको लागि प्राण जस्तो तर थाहा हुँदैन हामीलाई सहज-असहज बनेर पाइलामा गतिशील भएर उर्लिदिँदा बनिदिन्छ सृस्टिको नियम जस्तो विद्यमान … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : निचोरेर सुकाएको आकास

~अभि सुबेदी~ आकासबाट धर्धरी भक्कानो फोरेर रोएको कानमा खसेपछि वेगले भेट्न दौडेँ पृथ्वी मेरो मोटरसाइकलको चक्कामा पहिरन अल्झाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : मुसाहरुको कथा

~हीरारत्न श्रीशा~ जाडोभरि गुजुल्टिएर बसेका सर्पहरु जमिन भित्रबाट मुख ठूलो बनाएर समतल, मधेश, भिरपाखा अनि कुना कन्दराबाट जमिन नै थर्कने गरी मुसाहरुको जमान तै तर्सने गरी निस्किरहेका छन अघाएका सर्पहरु ५ वर्ष खाएर ५ वर्षसम्म नखाई बाँच्न सक्ने

Posted in कविता | Tagged | Leave a comment

गजल : लेखिएँ फेरि

~कृष्ण प्र. पाण्डे~ शब्द शब्द अकाल तर लेखिएँ फेरि रुन्चे सस्तो भावना बिच चेपिएँ फेरि वाहियात भो त्याग तैंले कठिन मेलो आफूबाट आफू नै हरे ! हेपिएँ फेरि

Posted in गजल | Tagged | Leave a comment

गजल : आफू पग्ली

~रश्मिला कवाङ~ आफू पग्ली अरुलाई दीप छर्छे यी नर्स सेवा गर्न सच्चा भावले सर्छे यी नर्स दह्रिलो मन, आँटिलो पाइला चालेर सदा घामपानी नभनी निश्वार्थ सेवा गर्छे यी नर्स

Posted in गजल | Tagged | Leave a comment

कविता : शव-आसन

~डा. मधु माधुर्य~ कतै दशगजा हरायो र कालापानी मिचियो : विरोधमा आक्रोशको समाचार छापियो ; कविले तातो “क्रान्तिकारी” कविता दन्कायो ; कलाकारले व्यंग्यमा र संगीतकारले गीतमा क्रन्दन ओकल्यो; समाचार र कविताको रापले ‘म’ आगो भैसकेको थिएँ ! दशगजा र कालापानी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यको कुनै छायाँ हुँदैन

~मोमिला~ बाबा भन्नुहुन्थ्यो सत्यको कुनै छायाँ हुँदैन ……………. र म हरपल छायाँमुक्त सपना सोचिरहेँ कैयन् ऋतुहरू हाँगाबाट झर्दै रहे सिसिफस श्रापबाट मुक्त भएको सपना पनि देखेँ ब्युँझँदा श्रापको ठूलो ढुङ्गाले आफै किचिएको रहेछु …………….. र विमूढ सामुन्नेमा छायाँका अनन्त अर्थहरू … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम

~किशोर पहाडी~ जब जब पानी पर्छ म तिमीलाई सम्झन्छु तिम्रो सुन्दर केश राशीबाट झर्दै गरेका थोपाहरू मोतीका र बग्दै गरेको नदी झैँ । जब जब रात पर्छ म तिमीलाई देख्दछु आउँदै विस्तारै अँधेरोबाट छाया विनाका तिम्रा ओठहरू केस्रा केस्रा फूलका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आँशु बिक्री हुने भए

~रजित ओझा~ जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए म बिल गेट्स हुन्थे,आँशु बिक्री हुने भए तिमी बसेको चोक धाएकै हो…. मायामा ज्वरो आएकै हो….. १०४ पुग्थ्यो होला …१०४ पुग्थ्यो होला मायामा डिग्री हुने भए जिउँदो लाश रोएको हेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी उस्तै, उस्तै म

~नवराज दाहाल~ लुकि-लुकि घरि-घरि तिमीलाई नियाल्दा, चाल नपाएको नाटक गर्दै मुस्कान तिमीले फाल्दा। बुझिकन नबुझे झै गर्ने तिमी उस्तै, पत्तै नदिई तिम्रो लागि मर्ने उस्तै म। आउने जाने जसमा पनि तिम्रै मुहार देख्छु, मिठो बोली सुन्दा पनि तिम्रै भनी झस्कन्छु। … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म मर्दिन

~किशोर आचार्य~ नाईं म मर्दिन किनकि शोषण, दमन र अत्याचार चुलिंदै छ कुरीति र कुसंस्कार झन् बढ्यो शोषक र सामन्त सल्बलाउन थाले बैदेशिक हस्तक्षेपले सीमा नाघ्यो विकृति, विसंगति अति नै भो छाक टार्न गाह्रो हुनेहरु धेरै छन् गरिबमाथिको आक्रमण बढ्यो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पाप को गुनासो

~लक्ष्मी प्रसाद देवकोटा~ क. ‘पाप’ हो है नाम मेरो ! पुरुष बाबा, प्रकेति आमा ! देश नरनारीको घेरो ! मासु मन्दिर, बास खास ! मज्जा खोपी ! मन, चमन ! पन्छी, पशुको छुन्न जङ्गल ! मानवता सिमाना मेरो ! त्यसको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : के भनौं साथ छोड्नेलाई

~राजेश नेपाली~ अप्ठ्यारोमा डराएर के भनौं साथ छोड्नेलाई नपुग्दै गन्तव्यमा आफ्नो यात्रा मोड्नेलाई सम्बन्ध गासेपछि ऐस, आराम र धनसँग अब बाँकी के रह्यो र सबै नाता ताड्नेलाई

Posted in गजल | Tagged | Leave a comment

कविता : लुकेको यथार्थ

~मोहन गिरी~ थुप्रै थुप्रै लाज र शरम पचाए पछि पनि तिमी त के मान्छे नै भयौ त, हो ! मान्छे जस्ता भयौ त? आफै सोच्ने गर तिमीले दावी गर्ने मान्छे तिमी हौला, तर मान्छेले दावी गर्ने मान्छे के तिमी हौ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विवशता

~योगेन्द्र काउचा~ एउटा फरक यात्रामा निस्किरहँदा वासनादार फूलका सुगन्धहरुले स्वागतका मुस्कान छरिरहे। सिमसिमे बर्षातका लहरहरुले निस्किरहने फोहोर धोइरहे। अप्ठ्यारा पहाडका गोरेटाहरुले गजबको ताली ठोकिरहे।

Posted in कविता | Tagged | Leave a comment

गजल : दास बन्नु हुँदैन

~कमला क्षेत्री~ नेपाली भई बाँच्नु पर्छ कसैको दास बन्नु हुँदैन नडगमगाई अघि बढौं, ज्यूँदो लास बन्नु हुँदैन नेपाली यो भूमिमा नेपालीनै रमाउने हो हाम्रो नेपाल बैरीजनको बास बन्नु हुँदैन ए नेपाली दाजुभाई कति फुट्छौ जुट अब

Posted in गजल | Tagged | Leave a comment

गजल : भोका र बेकार यहाँ

~धर्मोगत शर्मा “तुफान”~ कराउन त कराउँछन् नै भोका र बेकार यहाँ हालेर तेल कानमा तर सुतेको छ सरकार यहाँ गरिरहेछन् लुछालुछा हेर मानिस खाने गिद्धहरु बस्ती–बस्ती गाउँ–गाउँमा यो कस्तो हाहाकार यहाँ यस फूलबारीमा हुर्कनै पाएनन् हेर फूलका विरूरुवाहरु

Posted in गजल | Tagged | Leave a comment