Category Archives: नेपाली काव्य

Poetry

कविता : खै यस्तो किन मलाई

~सन्तोषी पहरी~ जब साझपर्छ, झनै याद बढ्छ खै यस्तो किन मलाई । लाग्छ म तिमीलाई माया गर्छु ,माया बाहेक केहि चाहिएन मलाई । जून हैन तारा पनि, तिमी भए हुन्छ । एकै छिन टाढा हुदा भित्री मन रून्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : खास् माटो रहेछ !

~सुसन राई~ लाग्छ जन्मभुमिको माटो खास् माटो रहेछ ! मैले हिड्न सिकेको बाटो खास् बाटो रहेछ !! यो मुटुले आज एउटा निष्कर्ष निकाल्यो ! चोट अस्थाई पिडा, बल्झिने खाटो रहेछ !!

Posted in गजल | Tagged | Leave a comment

कविता : पहिचानका व्याधाहरु

~अदृश्य पाठक ‘लाक्पा’~ ओ ! आत्मघातीहरु हो ए, आफ्नै पहिचान निमोठ्ने अपराधीहरु हो के तिमीलाई अलिकतिपनि विस्मत छैन ? तिमी आफ्नो पहिचान ‘पद र चाट’सँग साट्दैछौ हिजैदेखि हाम्रो नाकको प्रतिनिधित्व गर्दै हाम्रो अनुहार देखाएर तिमीहरुले सत्ता र भत्ताको मत्ता चढ्यौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : छाता बन्छु भन्दै

~श्रीराम अधिकारी~ झरी पर्दा ओत दिने छाता बन्छु भन्दै आयो कोही यो मुटुको गाता बन्छु भन्दै । अहिले बल्ल बुझ्दैछु म नाफा घाटा सबै

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : खेल रहेछ

~भूपेन्द्र काफ्ले ‘नयन’~ समय एउटा खेल रहेछ कहिले कहि पाउने तेल रहेछ थाहा हुनेले भने हुन्थ्यो यो त एउटा भेल रहेछ

Posted in गजल | Tagged | Leave a comment

गजल : देशको हालत बुझिन्छ

~नमन अमृत ‘भु–वन’~ सानै हल्ला फैलाउनु देशको हालत बुझिन्छ एउटै चाल चलाउनु देशको हालत बुझिन्छ । ‘नेताहरू कस्ता छन् ?’ भन्ने प्रश्नको पिल्लर इन्टरनेटमा ढलाउनु देशको हालत बुझिन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : थुइय्या …

~कोइँचबु काःतिच ‘उत्तम’~ ‘थुइय्या … खाराने, अभागी टुहुरा ! मार-दे बेअÞने माचाबि’ – ठुँगीरहेको छ आमाको दिक्दारी चिले रुइनाले । उहिले उहिले दुधमा खरानी घोलेर खिर पकाएको उपद्रव

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रा लागी

~अनु अर्पण~ चाह्यौ भने सिसा सरि चर्किदिन्छु तिम्रा लागी हेरी परैबाट फर्की दिन्छु तिम्रा लागि ज्यानै पनि दिन भने के नै अर्थ माया गर्या? बाहिर हासी आखाबाट दर्किदिन्छु तिम्रा लागि

Posted in गजल | Tagged | 1 Comment

कविता : भ्रमित प्रतिविम्व

~मुकेश राई~ देखिने ती आकृति सबै सक्कली नहुन सक्छन् लेखिएका इतिहास सबै सत्य नहुन सक्छन् माग्नु र दिनु बुझ्नु र नबुझ्नु सिक्काको दुई पाटोझैँ हेराइ र बुझाई बँचाई र भोगाइ यो जिन्दगीको ! टुक्रिने र फुट्ने सबै काँच हुन्नन्

Posted in कविता | Tagged | Leave a comment

कविता : यो समयको अन्तिम अन्तरवार्ता

~उमेश राई ‘अकिञ्चन’~ फेरि पुग्नुछ मैले पुग्न नसकेको गन्तब्य नसोध मलाई कति लामो छ प्रधानमंत्रीको जुँगा वा भर्खरैं पेट्रोल पम्पमा राखिएको गाडीहरूको लश्कर नसोध मलाई कति भयानक हुनसक्छ प्रतीक्षा ?

Posted in कविता | Tagged | Leave a comment

कविता : धोकेवाजहरु

~विनोद न्यौपाने~ अचेल एक हुल बाजहरु, सहर पसेकाछन्, परेवाको खोल ओढेर र उपदेश दिइरहेछन् त्याग र सहिष्णुताको अनि आँखा छल्दै घाँटी निमोठिरहेछन् परेवाहरुको । रगतले रंङ्गिएका चुच्चा र नङ्ग्राहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा कुकुर मरेछ रे !

~राजकुमार श्रेष्ठ ‘दीप’~ के तिमी सुन्ने ? आज पनि एउटा कुकुर मरेछ रे ! खैरे, काले, पाँग्रे कुनै होइन हिजोसम्म यही गल्ली र चौरस्ता घुमी हिँड्ने आफन्तसँग झुकी दिने पराई देखे भुकी दिने कहिले पुच्छर हल्लाई हल्लाई मालिकको स्वागतमा तयार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अर्थ छैन अब।

~कृष्ण पौड्याल~ बिरहका गजल गाउनु अर्थ छैन अब। दोबाटो उन्का निम्ती धाउनु अर्थ छैन अब॥ झुठो रैछ बाचा कसम झुठै रैछ माया। प्रकटमा कसैको आउनु अर्थ छैन अब॥

Posted in गजल | Tagged | Leave a comment

गजल : च्याङ्ग्रा मारेका छन्

~असफल गौतम~ दसैँ तिहार मनाउन भनी च्याङ्ग्रा मारेका छन् कसरी खाउ कुन मिठो भन्दै तेलमा तारेका छन् खोई त यहाँ पशु अधिकार ? हनन् भएन हजुर ? मान्छेको जिब्रोलाई पशुको स्वादसँग नारेका छन्

Posted in गजल | Tagged | Leave a comment

कविता : अत्भुत पराजय

~अतित मुखिया~ सिंगो एउटा कोष बिकशित हुदै सहस्र भयो जिवाणु जिव बन्यो शरीरमा आवश्यक अंग पलाउदै गयो अनावश्यक सायद विलाउदै गयो जलचर, स्थलचर, उभयचर भै यत्रतत्र सर्वत्र छायो । सृष्टीको यो गुह्य भेद सृष्टिकर्ताले जन्तरवनाई डार्विनको गलामा झुण्डायो विकाशबादको डार्विन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म अर्थात हामी

~दिव्य गिरी~ म अर्थात हामी दौडिरहेछौं सदिऔंदेखि सपनाको पछिपछि सपनाकै भारि बोकेर पिठयूँमा अफसोच ! सपनाले नै लखेटिरहेछ निरन्तर सपनाले नै डसिरहेछ युगयुगान्तर धेरैधेरै सपनाहरू राखेर आँखामा धेरैधेरै चाहनाहरू समेटेर मनभित्र सपनाकै महल निर्माणमा जुटेका म

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ हरायो

~निरोज मास्के~ आज, फेरि एउटा ठाउँ हरायो ! ए बटुवा, ए मनुवा, तिमिले देख्यौ कि कतै, मेरो आफ्नै गाउँ हरायो ! यो गोरेटो पारी थियो, त्यो घोरेटो वारी थियो ! नजिकै एउटा, चौतारी थियो !

Posted in कविता | Tagged | Leave a comment

गजल : मीठो आश रैछ

~आचार्य प्रभा~ जिन्दगी कहिल्यै नमेटिने मीठो आश रैछ निराशामै अल्झिदिने जिउँदो लाश रैछ । जस्तो चल्छ,चल्दै जान्छ भोग्नै पर्छ आखिर पीडा,ब्यथा बिर्सिएमा जीवन आहा!खास रैछ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : नेपाली हो साझा नाम

~गीता खरेल~ बुद्ध अनि सगरमाथा शान्ति विम्व बनी चिनिएको देश मेरो प्रकृतिकी धनी हिमाल पहाड तराईको चुल्ठी कोरी बाटी सजिएकी सौन्दर्यले नेपाल आमा खाँटी । एउटै सिङ्गो पहिचान एउटै जात धर्म नेपाली हो साझा नाम, नेपालीत्व मर्म

Posted in कविता | Tagged | Leave a comment

भावना परिस्किृत सुनुवारका सात हाइकुहरु

~भावना परिस्किृत सुनुवार~ आफ्नै धर्तीमा रायोको डकुसँग मिठो छ गाँस ! स्वाद बिहिन बरगर र पिज्जा अमिलो मन !

Posted in हाइकु | Tagged | Leave a comment

कविता : भोक

~होम सुनुवार दशुचा~ कल्पनाका भेलहरुमा डुबुल्की मार्दै भावनाको पलङ्गमा भाते निन्द्रामा घुर्दै ममताको महलमा राज गर्ने किन रोएका ? मध्यराति सुनसानमा किन चिच्याएका ? चित्तामा जल्न लागेका लाश जुर्मुराईरहेका मलामीहरु एक अर्का आफै भौँतारिरहेका आज मसानघाटमा बिरमसान पो जागेछ उसैको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई यो जिन्दगीले

~रामु गैरे~ मलाई यो जिन्दगीले…….. चोटै चोट दियो कहिले सम्म दिदोरहेछ सिरानी पनि आसुले भिज्यो कहिले आफ्नैले चोट दियो अनी त कहिले पराइले नै अहिले मैले दु:ख पाएको छु

Posted in कविता | Tagged | Leave a comment

गजल : न्यानो माया मार्दै जानू

~कमल प्रकाश पौडेल ~ आस्तै–आस्तै म तिरको, न्यानो माया मार्दै जानू अनर्थ कल्पना हैन, भुल्ने बानी पार्दै जानू ।। मैले हैन हतारमा, वल्छी थाप्ने तिमी नै हौ दुवोमाला लगाउने, उसैलाई तार्दै जानू ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : नचलाऊ मलाई

~सागर कार्की~ यस्तै रहन देऊ समय बिथोल्न नखोज अस्थिर मन म त भरिएको गाग्री जस्तै बनेको छु पोखीन सक्छु नचलाऊ मलाई ।। मर्न सक्छु बरु तिम्रो लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना छोडि जाने निष्ठुरिलाई

~चकेन्द्र राई “कैदी”~ तिमी आफुलाई शिक्षित ठान्छौ आधुनिक र सभ्य हुँ भन्छौ मैले पनि तिमीलाई मानब जातिकै असल पात्र मानेको थिए तर तिमी त एकै समयमा जन्ती र मलामी हुन चाहन्छौ……। माया गर्छौ भने अलिकति मायाको चिसो चाख

Posted in कविता | Tagged | Leave a comment

कविता : शुक्रबार एघार बजे राती

~लक्ष्मी प्रसाद देवकोटा~ क. आज शुक्रबारको भो एघार बजे राती धन्य ! मुक्रि जाती ! सानो यो निर्वाण मेरो, एक घडीको साथी ! सकल प्राणी सुत्दछन्, दिन छ मेरो जाती । ख. हृदय पुग्छ आर्को जगत्, नित्यको, विलास झ्याल खोलूँ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्देह

~अभय श्रेष्ठ~ यी बादलका अनेक चित्रहरूले कोरेका सुन्दर कोलाजमाथि सन्देह गर पानीका सुन्दर तालमा देखिने विविध रङको अस्तित्व र बादलका टुक्राझैँ तिम्रा हातमा पर्न आएको हिउँको सौन्दर्यमाथि सन्देह गर । अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार कविका फूलबुट्टे सुकिला कविता

Posted in कविता | Tagged | Leave a comment

गजल : तारा रोएको कहानी लेख्छु

~दिलिप दोषी~ एकतमास तिमीलाई हेर्दा, तारा रोएको कहानी लेख्छु । सिरानीमा नयनले रातभर, जिन्दगीको बिहानी लेख्छु । तिमी त बिरानो भएर गयौ, मेटिएन खै ! ती यादहरु । तिमीसँग बिताएका पलहरु, सोच्दै एक जवानी लेख्छु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : जवानी नै कालो भयो

~कमल प्रकाश पौडेल ~ कसैलाई जोडी हेर्दा, जवानी नै कालो भयो माया गर्छु भन्दै जाँदा, वखानी नै कालो भयो ।। कहाँ सहज् मानेथेंर, स्वयम्वरी दिन सोच्न रुढी ग्रस्त समाजमा, वगानी नै कालो भयो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : होला जस्तो लाग्दैछ

~केशब आचार्य~ तिमीसँग फेरी भेट होला जस्तो लाग्दैछ प्यास मेरो ह्रीदयको फेरी किन जाग्दैछ । बिछोडका घाऊहरु आलै छन छात्तिभित्र जिन्दगीले फेरी किन तिमीलाई माग्दैछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : कुरा नसुन्नु है तिमी !

~सजना गुरुङ~ कोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी ! नोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी ! सत्कर्मले फेर्नु पर्छ सब्को गलत् सोंचलाई खोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !

Posted in गजल | Tagged | Leave a comment

कविता : कुशे औँशीको लागि

~शिरिष लामिछाने~ मस्त निद्रामा सुतिरहेको अबोध बालक थिएँ म अँध्यारोमा नै रमाउने बाहिरको उज्यालोबाट बन्चित एक निरक्षर थिएँ म तर तिमी त्यहाँ थियौ मेरो लागि सधैं टाढाको क्षितिज हेर्दै प्रकाश देखाउदै अझै भन्थ्यौ,”आँखा खोल् छोरा चीर निन्द्रामा सुत्लास् कुनै दिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment