Category Archives: नेपाली काव्य

Poetry

छविलाल कोपिलाका पन्ध्र मुक्तकहरु

~छविलाल कोपिला~ बचपनका ती सबै प्रहर विरानो लाग्दैछ । उसैगरि बसेको त्यो घर विरानो लाग्दैछ । के गर्नू ? समयले सबै भत्काएपछि यहाँ, कैयौं पिपलहरुलाई वर विरानो लाग्दैछ । सोच्दैछु भोलि बिहान हुन्छ या हुँदैन । यसैगरी यौटै शिरान हुन्छ … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : के दसैँ ? के तिहार ?

~निर्मोही व्यास~ खोक्रो नाता हुनु–नहुनुको हुन्छ औचित्य के र ? ‘बोक्रे मायाँ’ पछि कुदिरहे जिन्दगी जान्छ खेर आफन्तीका मधु–मिलनमा खुल्दछन् चाडबाड आफन्ती नै रिपु** बनिगए के दसैँ ? के तिहार ?

Posted in कविता | Tagged | Leave a comment

कविता : देशमा शान्ति

~अरुणबहादुर खत्री “नदी”~ आज मेरो मन किन हो कुन्नि देशको चिन्ताले दुखिरहेछ प्रत्येक दिन बिहान शान्तिका प्रतिक परेवा मेरो घरको कौसीमा उडेर आइरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : पत्रकार नभएको भए म

~त्रिभुवनचन्द्र वाग्ले~ पत्रकार नभएको भए सायद म साहित्यकार हुन्थें कि साहित्यकार हुन नसकेको भए म सायद शिक्षक हुने थिएँ कि अथवा शिक्षक हुन नसकेको भए राजनीतिमा जम्ने थिएँ कि म सांसद वा मन्त्री पो बन्ने थिएँ कि, पत्रकार नभएको भए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होइन म आमा कसैकी!

~प्रणिका कोयु~ कसले भन्यो म मान्छे हुँ ? तिमीले भन्यौ म छोरी हुँ – अर्काको घर जाने हुन्छ भनें घरधन्दा सिकें गाईवस्तुलाई झैं गोठ सारिदियौ म गएँ लुरूक्क तिलहरीको पासोमा बाँधिएर उसले भन्यो तँ स्वास्नी होस् – मैले तेरो जिम्मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तरकारी पकाइरहेकी मेरी आमा

~बिमल गुरुङ~ च्वाईं … च्वाईं … आमा तपाई तरकारी पकाइरहनु भएको छ यता मेरो मन दुखिरहेछ तपाईलाई सताउन मन लाग्छ तपाई रिसाएको हेर्न आनन्द लाग्छ तपाई भन्नु हुन्छ म तपाईंसंग कहिल्यै तपाइलाई सन्तोष दिने कुर गर्दिन ज्ञानी कुराहरु गर्दिन तर,

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आमालाई चिठी

~भुवनहरि सिग्देल~ छन्द : रुपामाली (१) आमा ! बाँच्ने खोजी गर्दैमा चिन्ता बढ्थ्यो बामे सर्दैमा भोकै पर्दा उठ्ने ज्वालाले रोपेजस्तो हुन्थ्यो भालाले (२) देखा पथ्र्यो आफ्नै दोबाटो खोस्री भन्थ्यौ पाटो त्यै माटो घैया छर्र्थेँ तिम्रो साथैमा गुन्द्र्री ओढी सुत्थेँ रातैमा

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : धिक्कार्दी हुन मेरी आमा

~भुपेन्द्र महत~ स्वयम्भूको आँखाले नदेखेर हो कि तुवाँलोले छेकिएर हो कि आफ्नै ईतिहासको पाना मेटिए पछी आफै बुनेको सपना फुटे पछी जथाभाबी चर्किएका आशाहरु एकचोटी आँखले छुन खोज्दी हुन मेरी आमा

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा दुर्बिन भित्र

~योगेश ढकाल~ एक ब्रिध आमा साथमा कालो दुर्बिन न्याय र अन्याय छुट्ट्यौने बिबेक शिल स्योम्भु का दुइ आँखाको सम्भवत अर्को पर्यायवाची कालो दुर्बिन भित्र ब्रिध आमको दुई आँखा ।।।। शायद उनी जन आन्दोलन भाग-२ लाई आत्मसाथ गर्दै होलिन सामाखुशी एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा,सपना र नानीहरु

~आस्था के.सी.~ सखारै एकाबिहानै एकहुल चराहरु चिरबिर चिरबिर गर्दै आए हाम्रै आँगनको डिलसम्म र ब्युँझाए तिनले मस्त निदाईरहेका स साना नानीहरुलाई । नानीहरु सुतिरहेथे र सुति सुति सपना देख्दैथिए ।

Posted in कविता | Tagged | Leave a comment

गजल : चिन्ता छ आमालाई

~बिस्नु प्रवा सापकोटा~ छोरो कुलतमा फस्छ कि, चिन्ता छ आमालाई हिडदा भिरबाट खस्छ कि, चिन्ता छ आमालाई काखी च्यापी बैगुनिलाई, हसाउदै बैरि सारा आफ्नै मान्छेलाई डस्छ कि, चिन्ता छ आमालाई

Posted in गजल | Tagged | Leave a comment

कविता : आमा तिमी समुन्द्र हौ

~आचार्य प्रभा~ आमा — तिमी समुन्द्र हौ त्यसैले त —, शान्त लहर भै बगिरहेछौ सुस्त —सुस्त, न त कहिल्यै थकानको महसुश गर्यौ न,त उर्लिदो भेल बनेर तिमीले साराको सपना बगायौ , बरु —आफु निश्चिन्त बनेर किनारालाई साथ दिइ बगिरह्यौ /

Posted in कविता | Tagged | Leave a comment

कविता : आउँछु आमा म आउँछु

~रामचन्द्र कार्की~ आउँछु आमा म आउँछु, आफ्नै खेतबारी अनि बनपाखामा धाउँछु । यहाँ त, बाँच्न नै रुनु परेको छ, आँशुले मुहार धुनु परेको छ । प्रजातन्त्र आयो भन्छन्, गणतन्त्र आयो भन्छन्, राजा प्रजा भए भन्छन्। तर

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी पुजनीय आमा

~अरुणबहादुर खत्री “नदी”~ मलाई जन्माउने मेरी पुजनीय आमा आज त मुसुमुसु हाँसिन् लागेछ होला जीवनले मृत्युको छेकारो काट्यो । जीर्ण शरीर मेरी आमाको तागतिलो भएर आँखाको नानीमा झिल्मिलायो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा छोराको वार्तालाप

~कुमार काफ्ले~ हिजो, तिमी सानो छँदा छमछमी खेलेको देखेर तोतेबोली बोल्दै तातेताते गरेर जब तिमी मेरो काखमा आएर लुटपुटिदैं रमाएर वक्षस्थलमा खेल्थ्यौ म सारा दु:खकष्ट भुलेर तिमीमै हराउँथें। आज, तिमी ठूलो भएर सारा संसार घुमेका छौ जान्ने सुन्ने भएका छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्केर नआऊ

~बाबुराम पन्थी ‘गुल्मेली’~ फेरी फेरी र फेरी पनी फर्केर नआऊ ! नचाहेरै पनी निर्दोष मुखहरू बोलि रहनु पर्ने कानहरूले सुनि रहनु पर्ने आँखाहरू देखी रहनु पर्ने र जिवनहरू भोगी रहनु पर्ने भूकम्प ! भूकम्प !! भूकम्प !!! तिमीले दिने असह्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : मेरो ठाऊँलाई बिशेषण

~अनिल नेम्बाङ~ सुन न! लुकिछिपि भाँडाकुटि खेल्दै थिए लोक कथाका सुकिला राजकुमार राजकुमारी हाम्रै घरको घुर्यानमा हिजो रातिको सपनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : लालकिल्लाका सिल्लीहरू

~शिवराज पन्थी~ दिल्ली दरबारको लालकिल्ला कति महत्वपूर्ण, कति ऐतिहासिक छ अंग्रेजहरूलाई परास्त गरेको, ऐतिहासिक स्तम्भ तर, आज त्यही लालकिल्ला

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्ती रक्ताम्य बन्न सक्छ

~शिवराज पन्थी~ युगको पिरामिडसंगै पैंठेजोरी खेल्दै, समयले असंख्य छलाङ मार्दा, वर्तमान आइरहेछ उल्टिएर …. भाइरस किलरको जाल बिछाउदैं, माकुरा बल्झाउन नसक्ने युग बम बारुदको लेकबाट बेसी झर्दा पनि, कुहिरोमा गुडुल्किएर कठ्याँग्रिएको युग,

Posted in कविता | Tagged | Leave a comment

कविता : विद्रोहको विगुल फुकेर आउ

~जीवन शाही~ नयाँ दिनको सपना साकार पार्नुछ तुफानी वेग बनेर आउ उर्लदो भेल बनेर आउ सङ्ग्रामी ढोल ठोकेर आउ विद्रोहको विगुल फुकेर आउ निष्पट्ट यो निशा चिर्न काला निला बादल फोर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम कविता

~बिनोद गौचन~ म कसको कविता लेखूँ ? नाम्लोले थाप्लो खाएको धादिङको भरियाको कविता लेखूँ कि जमिन्दारबाट सताइएको धनगढीको कमैयाको कविता लेखूँ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले पठाएको रित्तो चिठी

~डा. दीपक खड्का~ तिमीले पठाएको रित्तो चिठी रित्तो थिएन हो, त्यो नाङ्लोमा थपक थपक हालिएको मस्यौरा जस्तै आकाशको पूर्वनिर्धारित स्थानमा थपक्क बसेका जून र ताराहरु बोकेको रात जस्तो थिएन न त सूर्यलाई कदरखुट्टी बोकेर सकि नसकि हिंडीरहेको दिन जस्तो

Posted in कविता | Tagged | Leave a comment

गजल : धोकामा जलेको मन..

~भूपेन्द्र महत~ धोकामा जलेको मन कसै गरी थिर हुन्न जति दले नि साबुनले मनको पिर धुन्न माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न

Posted in गजल | Tagged | Leave a comment

कविता : परिचय

~आर.एम्. डंगोल~ एउटा चट्टान अथवा हीराको टुक्रा चट्टान अथवा हीराको टुक्राभन्दा अझै परेको समय मेरो भोगाइ समयरहित एउटा पदार्थ । यसकै अथवा यीजस्तै पदार्थहरूको केस्राकेस्रा भएर

Posted in कविता | Tagged | Leave a comment

कविता : यो हिउँद

~सुरेस खनाल~ चिसो पट्टयारलाग्दो सर्दीमा, गजधुम्म परेर कपास ओडेका, ती एकोहोरो ठाडा रुखहरु; मेरो नियती जस्तै, आफुमाथि क्रमश: थपिँदै गएको बोझ हल्का हुने आशामा, अरु बोझ थप्दै गइरहेका छन्!!

Posted in कविता | Tagged | Leave a comment

कविता : झमेलामा बुढो सहर

~रुमन न्यौपाने ‘अमन्त’~ मैले आफ्नै गन्ती गर्न भुलेछु आफ्नै शहरमा । त्यसैलेत अतिशय सुन्दरता देखी टाढिएको छु । एक्लै निस्कन्छु जुरेथुवा बाट कफी पिएर । समय परिर्बतन भएको मेरो काठे शहरमा । म ब्यस्त हुन,

Posted in कविता | Tagged | Leave a comment

गजल : आउन पाइेन

~आचार्य प्रभा~ यस्पालिको दशैमा आउन पाइेन निधारमा अक्षता लाउन पाइेन परदेशको जीवन यस्तै हुदोरैछ हरियाली बसन्त झै छाउन पाइेन

Posted in गजल | Tagged | Leave a comment

गजल : मुखमा रामराम छ

~रामचन्द्र कार्की~ जनताको मुखमा रामराम छ, यता सरकारमा धुमधाम छ । म्याद थपी तलब भत्ता पकाए तर, तरबारको धारमा संबिधान छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म झापा छिट्टै आउँछु

~रजित ओझा~ रातो बरफ आठआनाको पग्लेर कलरमाँ घरमाँ पक्डाउ खाने डरले मैले पुछेथेँ । मेटिएन ! अहँ मेटिएन!!!!!!!!!!!!!!!!!! न त्यो टाटो न त्यसका यादहरु सिँगान पुछ्दै ,हाफप्यान्ट तान्दै छिछिमिरा समाउन कुद्थ्यौँ हामी

Posted in कविता | Tagged | Leave a comment

कविता : फुलको कुरा

~दिलिप योन्जन~ तिमी गर्छौ फुलको कुरा आफ्नो खिल निस्केको छैन! तिमी गर्छौ जुनको कुरा आफ्नो टेक्ने धुलो छैन! तिमी गर्छौ चौरासी बेन्जनको कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ इतिहासको जन्म

~आचार्य प्रभा~ नयाँ इतिहास जन्म दिनेहरु हो सारा संसारलाई चकित गरी नयाँ जन्म लिएकाछौ , त्यसैले…….जन्मेको सारलाई सार्थक गर्न तिमीहरुले नयाँ पालुवाको श्रीजना गर्नुपर्छ नयाँ बिहानिको ढोका उघार्नु पर्छ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बुद्धको देशमा

~निर्मोही व्यास~ छन्द : स्रग्विणी १ बुद्धको देशमा युद्धको जग्जगी सिद्धको भेषमा गिद्धको बिग्बिगी जाल बुन्दो छ झन्झन् खुनी माकुरा निल्नलाई सधैँ शान्तिका आँकुरा २ डुक्रँदै छन् मदोन्मत्त साँढेहरू छन् मुसार्दै जुँघा धूर्त ढाडेहरू

Posted in छन्द कविता | Tagged | Leave a comment